मेयर हर्कचोक

  • Get News Alerts

united
tata

मेयर हर्कचोक।

कुन चोक हो यो? कहाँ पर्छ यो?

सायद धेरैको प्रश्न यही हुनेछ। पोखराका धेरै चोकहरू जस्तै पृथ्वीचोक वा लखनचोक, सभागृहचोक, सिर्जनाचोक, रत्नचोक, राष्ट्रबैंकचोक, मुस्ताङचोक आदि चोकहरूमध्येको एक चोक हो मेयर हर्कचोक। तर धेरै पोखरेलीलाई पनि मेयर हर्कचोक भन्यो भने झट्ट बुझ्न गाह्रो हुन्छ। एयरपोर्टबाट जनप्रिय क्याम्पसतर्पm लाग्ने चोक हो त्यो। एयरपोर्टचोक भन्यो भने बल्ल सबैलाई बुझ्न सजिलो हुन्छ। त्यहाँ, चोकको नाम लेखेको बोर्ड छ। मेयर हर्कको सालिक पनि छ। दुई तीनवटा ट्याक्सीहरू त्यहाँ ग्राहक पर्खी रहेका हुन्छन्।। मेयर हर्कबहादुर गुरुङ पोखराका पूर्व मेयर थिए। उनैको सम्झनामा यो चोकको नाम राखिएको हो।

ए कथा भन्ने मान्छे! के चोकको कथा भन्न लाग्यौ नि आज? यस्ता चोक सडकका कथा त के सुन्नु र?’

तपाईंलाई पनि यस्तै लाग्दैछ भने नआत्तिनुहोस्। यो कथा मेयर हर्कचोकको मात्रै होइन। उनको नाममा यो चोकको नाम किन राखियो? कहिले राखियो? उनको योगदान के के छ? भनेर चर्चा गर्नु यो कथाको उद्देश्य होइन। यो कथाको नायक मेयर हर्क होइनन्। यो कथाकी नायिका त त्यो चोकमा एकदिन देखा परेकी अपरिचित युवती हुन्।

मेयर हर्कचोक म दैनिक हिँड्ने बाटोमा पर्छ। जनप्रिय क्याम्पस नजिकैको मेरो वासस्थानबाट विश्वविद्यालयको गाडी समात्न म सँधै यही चोक हुँदै निस्कन्छु। यदाकदा ट्याक्सी चढ्नुपर्दा पनि म यो चोकमा निस्कन्छु। यो चोकमा बस्ने एकजना ट्याक्सीचालक काकासित मेरो राम्रै हिमचिम छ।

त्यो दिन पनि म बिहानै हतार हतार यहि चोक हुँदै निस्किरहेको थिएँ। मेरा परिचित ती ट्याक्सीचालक काका अन्य युवा ट्याक्सीचालकहरूलाई वरपर राखेर कुनै रमाइलो कथा सुनाईरहेका थिए। कथा रोचक थियो भन्ने कुरा टाढैबाट सुनिने हाँसोले स्पष्ट पारीरहेको थियो। म नजिकै पुगेँ र ती काकालाई नमस्कार गरेँ। तिनले नमस्कार फर्काए। म तिनै तर्फ हेरीरहेको थिएँ। तर अचानक, चोकमा पुग्नै लाग्दा मेरा आँखा चोकको मेयर हर्कको सालिकको बारको पेटीमा बसीरहेकी एक युवतीमा पर्यो। ती युवती करीब बीस पच्चीस वर्षको उमेरकी हुँदी हुन्। रातो र सुन्तले रंङ्ग मिस्सिएको धुस्निएको ह्वार्लाङ्गे सुरवाल र सेतो रङ्गको तर पहेँलो रङ्गको भनेर हुने गरी मैलो भइसकेको बिरालोको रेखाचित्र र त्यसको मुनि ‘हेलो किट्टी’ भनेर अंग्रेजीमा लेखिएको टीसर्ट तिनले लगाएकी थिइन्। एउटा मुस्किलले एक वर्षको जत्रो बच्चा र यौटा बडेमानको जेब्राब्याग भनेर चिनिने कालो पाटेझोला तिनको साथमा थियो। बच्चा हृष्टपुष्ट थियो। गुलाफी रङ्गको सुरवाल र उस्तै रङ्गको टोपी, ज्याकेट र जुत्ता लगाएको थियोे बच्चाले। धेरै स्यानो भएको हुनाले छोरा थियो वा छोरी भनेर म प्रष्ट भन्न सक्दिन तर उसका गाला पुक्क पुक्क परेका, हल्का फुटेर पाकेको स्याउझैं राता रङ्गका थिए।

म नजिकै पुगेँ। मेरो विश्वविद्यालयको बस पृथ्वीचोकबाट लाग्ने हुँदा धेरै जसो हिँडेरै र यदाकदा ढीलो हुँदा नगरबस चढेर म पृथ्वीचोकसम्म जान्थेँ। त्यो दिन पनि ढीला भएको हुँदा त्यही छेउमा बसेर म नगर बस पर्खन थालेँ। तर मेरो ध्यान भने तिनै युवती तर्फ थियो। हल्का रातो वर्णकी युवती दुब्ली पातली लाग्दथिन्। कैयौँ दिनदेखि नकोरेका र ननुहाएका जस्ता तिनका कपाल थिए। खुट्टामा सस्ताखाले हवाई चप्पल थिए। खुट्टा मैला र फुटेका थिए। तिनी फोनमा कुरा गरीरहेकी थिइन्। सानो पुरानो मोडेलको फोन समातेको तिनको दायाँ हातको औँलाहरूमा सस्तो खाले रातो नङ पालिस आँखै बिझाउने गरी टलक्क टल्केको थियो। अनि कान पछाडीको मैला पनि उत्तिकै बिझाउने गरी टल्केको थियो। तर तिनका आँखा ठूला र गहीरो भाव बोकेका थिए। गजबका आत्मविश्वासी आँखा थिए ती। मैले मेरो जीवनमा त्यति आत्मविश्वासी आँखाहरू विरलै देखेको छु। ती आमा र बच्चाका आँखा बिलकुल दुरुस्तै थिए।

फोनमा कुरा सघन वादविवादको रूपमा चलीरहेका थिए। मैले उनका कुरामा खासै ध्यान दिएको थिइन तर अचानक तिनको कुराको लहजा परिवर्तन भयो। कडा र आत्मविश्वासी स्वरमा वादविवाद गरीरहेकी ती युवतीको स्वर एक्कासी भारी भयो, गला अवरूद्ध भयो। तिनले फोन काटिन्। मेरो अनुमानमा कुरा बच्चाको बाबुसित चलीरहेको थियो। तिनले फोनमा भनेको अन्तिम वाक्य मेरो कानमा गुञ्जिरहेको थियो ‘के अब माटी खाएर बस्नु मैले?’

यसबीचमा माथि पृथ्वीचोक तर्फबाट यौटा अग्लो कार हुइँकिएर आयो। सालिकको पारीपट्टी आइपुगेपछि त्यो कार रोकियो। कारको पछिल्लो सीटबाट एकजना वयोबृद्ध मान्छे उत्रिए उनले कारको ड्राइभरलाई केहि भने र वारी तरेर आए। गोरा र अग्ला ती व्यक्ति बडा शालीन र सभ्य देखिन्थे। तिनको पहिरन पनि बडो संभ्रान्त किसिमको थियो। तिनको हातमा एउटा सेतो खादा थियो। ती वयोबृद्ध पुरूषले बडो श्रद्धाका साथ झुकेर मेयर हर्कको सालिकलाई नमस्कार गरे अनि एकछिन हात जोडेर उभिए। मनमनै केहि भने। आफूले लिएर आएको खादा उनले प्रेमपूर्वक सालिकको बारमा बाँधे। पुनः एकपटक उनले सालिकलाई नमस्कार गरे र पुलुक्क ती युवती तर्फ हेरे। सुँक्क-सुँक्क गरीरहेकी ती युवतीलाई तिनको बच्चाले अरलीरहेको थियो। ती युवतीले आफ्नो बच्चालाई प्रेमपूर्वक काखमा लिएर फुल्याउन लागिन्। ती वयोबृद्ध पनि सडक तरेर आफ्नो कारमा गएर बसे र मुस्ताङचोक तर्फ हानिए।

यता बच्चाको रुवाई चर्को हुँदै थियो। युवतीले उसलाई मनाउन अनेक कोशिश गरिन् तर बच्चा मानेन। उनले अघिका बयोबृद्धले पर्खालमा बाँधेको खादा फुकालेर बच्चालाई देखाउँदै फुल्याउन प्रयास गरिन्। सेतो रङ्गको खादामा तिब्बती लिपिमा केही लेखिएको र केहि चित्रहरू छापिएको थियो। ती चित्र र चित्रविचित्रको लिपि देखेर बच्चा बल्ल मान्यो।

‘स्याङ्जा जाने बस कताबाट लाग्छ दाई?’ उनले तिनै ट्याक्सीचालक काकालाई सोधिन्।

‘अल्लि माथिबाट लाग्छ तर यही बाटो भएर जान्छ, तर यहाँबाट सीट पाउन गाह्रो छ माथि पृथ्वीचोकबाट चढे सीट पाइन्छ, नानीसँग झोला र बच्चा पनि रहेछ!’ ती काकाले जबाफ दिए।

उनको जबाफमा तिनले ट्याक्सी चढ्छिन् कि? भन्ने भाव थियो तर तिनले स्पष्ट रूपमा सोध्न सकेनन्।

यत्तिकैमा तलबाट नगरबस आयो र म पनि त्यसमा चढेर पृथ्वीचोक तर्फ लागेँ।

पृथ्वीचोकबाट विश्वविद्यालय पुगुञ्जेल पनि मेरो मनमै तिनै युवती र तिनको बच्चाको अनुहार याद आइरह्यो। मनमा तिनैको बारेमा अनेक कुराहरू खेलीराखे। को होलिन् तिनी? कता होला घर? घरमा झगडा गरेर माइत जान हिँडेकी हुन् कि? घरमा वा माइतमा पनि राम्रो सम्बन्ध छैन कि? आदिआदि। त्यो दिन मेरा दुई कक्षा थिए। कक्षा लिँदा विषयवस्तुको रसमा एकछिन तिनलाई भुले पनि बाँकि समय भुल्न सकिएन। बेलुकी म फर्केर आए पछि पुनः त्यहि चोकमा आइपुगेँ। मलाई अझै पनि ती युवती त्यहीँ बसीरहेकी छिन् कि जस्तो लागेको थियो। तर त्यहाँ ती थिइनन्। न त ट्याक्सीचालक काका र उनका साथीहरू नै। सायद ती सबैले ग्राहक पाएका थिए। सुनसान थियो चोक।

म घर गएँ। मलाई कस्तो कस्तो उकुस मुकुस जस्तो भयो। भोलिपल्ट मैले थाम्न सकिन र ती ट्याक्सीचालक काकालाई उनको बारेमा सोधेँ। उनले भने ‘त्यो धेरै बेर सम्म यहीँ बसीरही, मैले मायाँ लागेर बहिनीको भाडा दिने पैसा छैन भने पनि पृथ्वीचोक पु¥याइदिन्छु भन्दा पनि मानिन, पछि एघार बजेतिर बल्ल भो घरै जान्छु भन्दै रत्नचोक तिर लागेकी थिई।’ मलाई नरमाईलो लाग्यो।

दिनहरु बित्दै गए। मेरा मानसपटलमा ती युवती र त्यो बच्चाको अनुहार धमिलो धमिलो हुँदै गयो। शायद अघिल्लो वाक्य मैले गलत लेखेँ। ती आँखाहरू धमिला हुने किसिमका थिएनन्। सुदूर मानसपटलमा गहिरो गरी कुँदिएका थिए ती।
...

करीब एक महिनापछि एकाबिहानै हाम्रो टोलमा हल्ला भयो। फेवाताल छेउ तितेपानीको जङ्गलमा एउटी केटी झुण्डेर मरेकी छ रे भनेर। मेरो मनमा चीसो भयो। म दगुर्दै त्यता तिर गएँ , त्यहाँ धेरै मान्छेको भीड थियो। अनेक किसिमका कुराहरू चलीरहेका थिए।

‘यसलाई त हामीले रत्नचोकतिर देख्थ्यौँ। यसको साथमा एउटा बच्चा पनि थियो। त्यसलाई पनि मारेर फालिछे कि क्या हो?’

‘हैन हैन, यो त अस्ति एक्लै मेरो बच्चालाई खोसेर लान पाइँदैन भन्दै राष्ट्रबैकचोकतिर बरबराउँदै हिँड्दै थिई बहुलाही हो यो।’

‘हैन, यो त बेचिएको ठाउँबाट भागेर आएकी रे तर लोग्ने र माइती दुवैले घर पस्न दिएनन् र झुण्डेकी रे।'

‘हैन हैन यो त बुटबलको साहुकी छोरी हो रे आफ्नै ड्राइभरसँग भागेर पोखरा बसेकी रे पछि केटा अर्कै केटीसँग लागे पछि झुण्डेकी रे। ’

‘के को हुन्थ्यो? यसका र घर र माइती दुवै हुनेखाने हुन्, यो बेचिएकी पनि हैन, यसको आफ्नै चालचलन नै ठीक थिएन।’

आदि-आदि।

यस्तै हल्ला सुन्दै सुन्दै म तितेपानी जाने फेवातालको बाँधमुनिको काठे पुल नजिक पुगेँ। अहिले सम्म प्रहरी आएर सारा कानूनी प्रक्रिया पूरा गरेर युवतीको शवलाई रुखबाट झिकिसकेको थियो। अब तिनको शवलाई शववाहनमा राखिँदै थियो। म भीड पन्छाउँदै अघि बढेँ। म शववाहनको नजिकै पुगेँ।

तिनको अनुहार ढाकिएको थियो तर प्रहरीको हातमा रहेको प्लाष्टिकको झोलाभित्रको सेतो खादा र तिनको शरीरमा रहेको ‘हेलो किट्टी’ लेखिएको मैलो टीसर्टलाई मैले प्रष्टसँग चिनेँ।

एउटी आमाका आत्मविश्वासी आँखाहरू सँधैका लागि बन्द भएको समय थियो त्यो। मैले मेरा निरीह आँखाहरू चिम्लेँ। मेरो मानसपटलले अर्को एक जोडी त्यस्तै युवा र आत्मविश्वासी आँखालाई खोज्दै थियो।

आज पनि हरेक पटक मेयर हर्कचोक पुग्दा मेरा आँखाहरू तिनै आँखालाई खोज्छन्।

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • एक नर्सको अनुभवः अस्पतालले बिरामी कुरुवालाई पनि बिरामी बनाउँछन् एक नर्सको अनुभवः अस्पतालले बिरामी कुरुवालाई पनि बिरामी बनाउँछन्

    उपचार गराउन पैसा जुटाउने तनाब, बिरामी निको होस् भन्ने तनाव र अझ नेपालमा त छुट्टै अस्पतालले दिएको भागदौडको तनाव। यस्तो अवस्थामा कुरूवा नै बिरामी पर्न सक्छन्। मैले नर्सिंङ सकाएर काम गरेको दुई वर्षको अनुभवमा यस्ता थुप्रै कुरूवा देखेँ जो स्वयम् आफैं सिथिल भएर र कमजोरीका कारण बेहोस भएर लडे। यो देख्ता मन कुँडिन्थ्यो।

    सुजता अधिकारी

  • अब रेडलाइट एरिया खोले हुन्न? अब रेडलाइट एरिया खोले हुन्न?

    होटलमा प्रेमी–प्रेमिका होस् या श्रीमान–श्रीमती, महिला–पुरुष देख्नासाथ मिडिया साथै लगेर छापा मार्ने र थुन्ने काम सभ्य समाजका लागि पाच्य हुँदैन। राज्यले प्रहरी–प्रशासनको यस्तो प्रवृत्तिमा अंकुश लगाउनैपर्छ।

    मानवी पौडेल

  • के पर्यटकका लागि सगरमाथा नै चाहिने होर? के पर्यटकका लागि सगरमाथा नै चाहिने होर?

    साना खुद्रे पसलहरु वा रेष्टुरेण्टमा पाउरोटी खाने झोले पर्यटक मात्र लगेर पर्यटन क्षेत्र उभो लाग्छ त? आजको भोलि प्रतिफल खोज्ने क्षेत्र पर्यटन होइन। पर्यटकलाई सुविधा दिएर फाइदा लिने अवस्थामा हामी नभएका कारण अनुभव बेचेर प्रतिफल बढाउनुपर्ने अवस्था नेपाली पर्यटन उद्योगको छ। त्यसैले दिनहुँ जस्तो हुने जात्रा पर्वहरु, सय भन्दा बढी जातिहरुका धर्म, संस्कृति, संस्कारहरुलाई पर्यटनको भाषामा बेचेर लाभ लिन ढिलो गर्नु हुँदैन। विस्तृतमा

     

    सुधन सुवेदी

साहित्यपाटी

  • नेपाली पनि नयाँ बनिसके नेपाली पनि नयाँ बनिसके

    ठूलै क्रान्तिको बिगुल फुक्छु भन्थ्यो छोरो

    आफ्नै बिहेमा नरसिंहा फुक्न सकेन

    अर्कैलाई मैले ज्याला तिरेर फुकाउनु पर्‍यो

    सिंगो नेपाल र सप्पै नेपालीको  नेतृत्व गर्छु भन्थ्यो

    मैले जुटाई दिएका दस-बीस जन्तिको नेतृत्व गर्दै दंग पर्‍यो।

    चट्याङ मास्टर

  • दुःख बिर्साउन विदेशिएकी श्रीमती दुःख बिर्साउन विदेशिएकी श्रीमती

    ऊ बेला मुनाले आफ्ना मदनको बाटो छेक्न सकेकी थिइनन्। अहिले मदन हार खाइरहेको छ।’ अन्ततः ऊ ‘केयर गिभर’ को ट्याग भिर्दै इजरायल हान्निएकी थिई।  ‘अहिलेसम्म त केही बिग्रेको छैन। यताको चिन्ता छैन। हरपल मन त्यतै डुलिरहन्छ। छोरीलाई पुरा अवधि स्तनपान गराउन सकिन। आफ्नी आमाका रसिला दुधे स्तन चुस्न आँ गरिरहेकी उसको मुखमा तितेपाती कोचिदिएँ मैले। आधारभूत बालअधिकार समेत उपभोग गर्न पाइन उसले, मेरै कारणले। डर लागिरहन्छ, मलाई भोलि के भन्ली उसले?’

    शिव अर्याल

  • इन्गेजमेन्ट इन्गेजमेन्ट

    अव त्यसपछि मैल बोल्ने केही देखिन, मस्तिष्कमा शुन्यता छायो। तै पनि अन्तिम प्रयत्न गर्दै भनेँ, ‘हेर त्यसो नभन, म त बर्वाद हुन्छु, कसैको अगाडि मुख देखाउनलायक हुन्न, म त मरे पनि हुन्छ। तिम्रो पनि भविष्य ड्यामेज हुन्छ, के सोचेर यस्तो निर्णय गर्यौ?'

    लक्ष्मण अधिकारी

पाठक विचार

  • गगन थापा र विश्वप्रकाशहरुलाई चिठ्ठी !

    क्षमा गर्नुहोला, म कांग्रेसको सदस्य भएका कारण कांग्रेसको गर्विलो इतिहास र शक्तिशाली बर्तमानको विषयमा निश्चय पनि अनभिज्ञ छैन। सँगै देशको समृद्ध भविश्यको राजमार्ग आजको विद्यमान कांग्रेसको काम गर्ने सोच र शैलीले सुनिश्चित गर्न सक्दैन भन्ने कुरामा पनि अनभिज्ञ छैन। नेतृत्वका लक्ष्यहरु सधै आफू केन्द्रित मात्र छन्। सत्ता र शक्ति जोगाउन मात्र नेतृत्वको प्राथमिकताको विषय बन्छ। नेतृत्वसँग न इमान–जमान छ, न विधि र प्रकृया छ, न सपना र कल्पनाशिलता, न समस्याहरुको समाधान गर्नसक्ने कार्यकौशलता छ। त्यसैले महोदयहरु, मेरा अघि देश फेर्नका लागि भनेर कांग्रेस फेरिन्छ कि फेरिदैन भन्ने प्रश्न खडा भएको छ।

    चन्द्र के.सी.

  • भारतीय प्रहरीको गोलीले नेपाली मारिँदा साझा बसमा आगो किन?

    नेपालमा हुने बन्द हड्तालका कार्यक्रममा धेरैजसो आगजनी र तोडफोडका कार्यक्रम सम्भवत: विप्लवले नै आयोजना गरेका बन्दमा हुने गर्छन्। त्यसमा पनि धेरै नोक्सानी मजदुर वर्गले नै खेप्नुपरेको देखिन्छ। चालकलाई ट्याक्सी भित्रै राखेर बाहिरबाट आगो लगाइएका घट्ना समेत हामीले यस्ता बन्द हड्तालमा देखिसकेका छौँ। ती घटनासम्म त मैले पनि  केही लेखिनँ। माओवादी जनयुद्धको समयमा यस्ता आगजनीका घट्ना धेरै देखिएकाले पनि स्वभाविकै ठानियो।

    कृष्णप्रसाद शर्मा

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट