लुरी केटी

चुनाव
  • Get News Alerts

कथा
tata

‘एउटी युवती त्यतिखेर सुन्दर देखीन्छे जब उसको शरीरमा रातो रङ मात्र भेटिन्छ! 

फिलिङ रेड!

फिलिङ असम!’

जब यति लेखेर लुरीले फेसबुकमा आफ्नो सेल्फी टाँस्छे, तब महसुस हुन्छ उसलाई–कति फेक हुन्छन् फेसबुकमा लेखिएका स्टाटसहरु!

रातो रङ लुरीलाई उहिल्यैदेखि मन पर्ने रङ होइन। उसका बाआमाले पोहोर साल रातो कुर्ता–सुरूवाल सिलाइदिँदा लुरी दुई दिनसम्म ठुस्केर बसेकी थिई।

उसले घरमा रुद्री गर्दा त्यो कुर्ताको जोडी लगाइन।

लुरीकी आमा त्योबेला छोरीको जिद्दीपना देखेर दिक्क बनेकी थिइन्।

‘बिहा गर्ने बेला भएको छोरीले रातो रङ मन पर्दैन भनेर हुन्छ?’ आमाले यसरी गाली गर्दा लुरीले मुखमुखै लागेकी थिई।

‘किन रातो रङ मन नपराउनु कुनै अपराध हो?’ उसको ढिपी थियो, ‘लाउँदै लाउन्न रातो लुगा, मलाई त सेतो रङ मन पर्छ।’

‘अर्को साल एउटाको टाँसो लार पठाउँछु, अनि हेरौँला कसरी लाउन्नस् रातो?’ आमा यसरी झोंक्किएपछि लुरीलाई लाग्यो, ‘साँच्चै मेरो बिहे गर्ने बेला भइसकेछ? म त पराई पो हुन आँटिसकेछु?’

‘छोरी ठूली भएपछि कुन निहुँमा लखेटौँ जस्तो हुन्छ हो आमा?’

ऊ यत्ती भनेर ओछ्यानमा घोप्टो परेर पल्टी। र, धेरै बेरसम्म झोक्राएरै सुतिरही। सायद ऊ रोएकी थिई त्यतिबेला। ओछ्यानमा पल्टिनुभन्दा अगाडि उसका आँखामा टिलपिल आँसु टल्केका थिए।

‘अलच्छिना! सेतो रङ त लोग्ने मरेकाले मात्र लाउँछन्!’

लुरीलाई ठयाक्कै सम्झना छैन, तर यस्तै केही उसका घर परिवारका कोहीले उसकी भाउजुलाई भनेका थिए। जतिबेला उसकी भाउजु सेतो कुर्ता–सुरुवालमा सजिएकी थिइन्।

तर लुरीलाई भने भाउजु सेतो लुगामा सजिँदा निकै सुन्दर लागेकी थिइन्। घरपरिवारले गाली गरेपनि उसले भाउजुको कानमा खुसुक्क भनेकी थिई, ‘आहा! कति राम्री देखिनुभाको भाउजु आज तपाईं!’

त्यसो त भाउजुले लगाएको कारण उसलाई सेतो रङ मन परेको होइन। न फिल्मका हिरोइनहरु सेतो साडी, कुर्ता–सुरुवालमा सजिएकै कारण उसलाई सेतो रङ मन परेको हो। बरु आफ्नो रुचीको रङ कसैले लगाएको देख्दा अरु रङका कपडा लगाउने भन्दा ती महिलाहरु निकै सुन्दर लाग्थे लुरीलाई। किनकि, उसले सानोमा थाहा पाएदेखि उसको रुचीको रङ सेतो हो। लुरी सानै थिई, उनका काकीहरुले परीका कथा सुनाउँथे। बडो चाख मानेर कथा सुन्दै गर्दा उनको दिमाग परीहरु सेता लुगा लगाएर, सेतो हाँसमा चढेर, सेतो जादुको छडी बोकेर धरतीमा ओर्लन्थे। अनि, सेतै फूलमाथि नृत्य गर्थे। परीहरु हाँस्दा सेता दाँत टलक्क टल्किन्थे र रोएको अभिनय गर्दा आँशुमा पनि सेतै रङ मिसिएर आँखाबाट तप्किन्थे। उसलाई परीका सेता दाँतहरु आमाले बेला–बेला गलामा लगाउने मोती र आँसुहरु मामा घर जाँदा बाटोमा देखिने झरनाजस्तै लाग्थ्यो।

ती सेताम्मे परीहरु केहीबेरमै धरतीबाट सेतो हाँसमाथि चढेर आकाशतिर उड्थे। सेतै सहरमा बस्थे।

ती सेता अनि चम्किला परीहरुको संसार! ओहो! सोचेर पनि आँखा तिर्मिराउँथ्यो लुरीको।

काकीले कथा सुनाउँदा ती हजारौँ सेता परीहरुमा ऊ आफूलाई पनि कतै उभ्याउँथी। परीहरुसँगै आकाशबाट सेता हाँसमा चढेर धरतीमा ओर्लन्थी। सेतो फ्रक लगाएर, जादुको छडी बोकेर खिसिक्क हाँस्थी। सँगसँगै काकी पनि हुन्थिन्। आन्टी पनि उस्तै राम्री थिइन्। सेता लुगा लगाउँदा ठयाक्कै परीजस्तै देखिन्थिन्। बेला–बेला काकीले सेता कोट लगाएर सेतो घोडा चढी परीलाई लिन राजकुमार आएको कथा सुनाउँथिन्। यस्तो सुन्दा लुरीलाई बिछट्टै लाज लाग्थ्यो।

ऊ त्यतिखेरैदेखि यो संसारमा नभेटिने परीको जिन्दगी बाँच्न थालेकी हो। ऊ परीजस्तै बन्छु भनेर उसले जीवनको रङ सेतो चुनेकी हो।

उसले आफ्नो नाम नै ‘परी’ राख्ने सोचेकी थिई, धेरैपटकसम्म। तर सबैले ‘लुरी’ भनेर बोलाए। लुरीका लागि सेतो रङ त्यती नै महत्वपूर्ण छ, जति उसको जीवन।

उसलाई रातो रङसँग गुनासो सायद हुँदैन थियो होला, यदि सबैले ‘छोरी मान्छे भएर रातो रङ नै मन पराउनु पर्छ’ भनेर नभन्दिएको भए। कसैले जबर्जस्ती ‘यही मन परा’ भनेर पनि कही हुन्छ र? लुरीलाई त झन् रिस उठ्थ्यो।

‘रङमा के राखेको छ? जुन तिमीलाई मन पर्छ, त्यस्लाई आफ्नो बनाउ,’ यस्तो भन्दिने लुरीकी काकी मात्र थिइन्।

जसले आफ्नो पक्षमा बोल्छ, उसैसँग हो मान्छेले सल्लाह–सुझाव लिने। त्यसैले लुरी पटक–पटक काकीलाई नै सोध्ने गर्थी।

‘म पनि परीहरु जस्तै सेतो रङ मन पराउँ आन्टी’ म पनि परीहरुजस्तै सेता फूलहरु घरभरी रोपौँ आन्टी?’

काकीले लुरीका हरेक प्रश्नको उत्तर दिन्थिन्। हरेक जिज्ञासा पुरा गर्दिन्थिन्।

लुरीले गर्दा नै आज लुरीकी आमाले शिवजीलाई दिनहुँ सेतो फुल चढाउन पाइकी छन्।

‘शिवजीलाई सेतो फूल मन पर्छ,’ आमाले यसो भन्दै फूल टिप्दा लुरी मुसुमुसु हाँस्दै काकीको घरतिर दगुर्थी।

‘मलाई पनि कोही राजकुमार सेतो घोडामा लिन आउँछ’ एकदिन लुरी स्कुलबाट दगुर्दै काकीसँग यो प्रश्न सोधेकी थिई।

त्यही दिन हो लुरीलाई, म केटी हुँ र मैले एकदिन बिहे गरेर जानुपर्छ भन्ने लागेको।

काकीले मुस्कुक्क हाँसेर ‘आउँछ’ भनेको उत्तर सम्झिँदै ऊ तीन दिन मुस्कुराइरही। लुरी त्यसरी मुस्कुराउँदा काकीले जहिल्यै लुरीको गालामा म्वाइँ खान्थिन् र मसिनो स्वर बनाउदै जिस्किन्थिीन्।

‘लुरी तिम्रो दाँत त मोतीजस्तै चम्केको छ त,’ काकीले यसो भन्दा लुरीको खुसीको सिमा रहन्नथ्यो। ऊ फुर्किँदै दाँत माझ्ने मन्जनको विज्ञापनमा भन्ने गरेजस्तो उत्तर दिन्थी।

लुरीलाई विश्वास भइसकेको थियो, ऊ सेती छे, उसका दाँतहरु परीहरुकाझैं मोती जस्तै टल्किन्छन्। उसको मन पनि सफा छन्। उसका सपनाहरु सेता र चम्किला छन्।

तर आँसु? आसुँ कस्तो छ? के परीहरुको जस्तै सेतो छ त?

एक्कासी बेलुका आठ बजेतिर यो प्रश्नले उसको हुटहुटी बढेपछि ऊ एक्लै काकीको घरतिर दगुरी।

स्याँ! स्याँ! गर्दै ढोकैबाट काकीलाई सोधी, ‘आन्टी, के मेरो आँसु पनि परीहरुको जस्तो सेतो छ?’

‘लौ मैले त तिमी रोएको देखेकै छैन, कुनै दिन देखे भने भन्छु है, कस्तो रङको छ तिम्रो आसुँ,’ काकीले यसो भनेपछि ऊ निराश भई।

अब कसरी थाहा पाउने आँसु कस्तो छ? उसलाई हतपत रुन मन लाग्दैन। रुने त दुःखीहरु हुन्। ऊ त खुसी छे। हाँसीरहन्छे, आफ्नो संसार मा नाचिरहन्छे। उसकी काकीले पनि लुरी रोएको विरलै याद गरेकी थिइन्।

समय बित्दै गयो, लुरी तरुनी भई। काकी अलि चाँडैदेखि रोगी थिईन्। संसारबाट बिदा भइन्।

लुरी ठूली भए पनी उसका मनभित्र उस्तै निर्दोष प्रश्नहरु खेल्छन्। आज पनि लुरीसँग यस्ता प्रश्नहरु धेरै छन्, तर चाहेजस्तो उत्तर पाउने स्रोतहरु कम। त्यसैले ऊ कसैलाई प्रश्न गर्दिन।

हुर्के–बढेका चेलिबेटीलाई रातो रङले जित्छ। लुरीलाई पनि जित्यो। एउटा–एउटा गरेर उसका राता लुगाहरु बढ्न थाले। वल्लो घर पल्लो घर, बाका फुपू आमा हुन् वा काकी, सबैले लुरीका लागि जे किनिदिन्छन्, रातै किनिदिन्छन्। ती राता कुर्था, सारीहरु देखेर लुरी झन्–झन् लुरी हुँदै गई।

फागुनको महिना लुरीले घरभरी रोपेका सेता फूलहरु रातो रङको आक्रमणमा परे। लुरीको माइती बन्न लागेको घरको आँगन पनि रातै रङमा बद्लियो।

त्यही दिन लुरीलाई शिर देखी पाउसम्म रातै बनाएर उसका आमाबाले पुण्य कमाए!

लुरीलाई लिन कोही सेतो घोडामा चढेर आएन।

तर पनि लुरीले तिरस्कार गर्न सकिन, परिवारको नाजुक अवस्था र उसका बाले टाउकोमा बोकेको ऋणले उसलाई पोल्थ्यो। लुरीका इच्छाहरू त्यस्तै अवस्थाको खेदाइमा परे।

तर, जब लुरीले घरको गेटबाहिर आफूलाई लिएर जान ठिक्क परेको रातो गाडी देखी, उसको गहले बाँध फुटायो। लुरी बगी आँखाबाट।

उसको रोदनसँगै निस्केका नबुझिने आवाजहरु बिहेमा आएका पाहुनाहरुको कानमा पुग्न थाल्यो। सबैले लुरी रोएको देखे/सुने। तर लुरीले आफ्नो अगाडि केही बर्षअघि बितेकी आफ्नी प्यारी ‘आन्टी’लाई मात्र देखी। लुरीकी काकी सेतो परीको कपडामा जादुको छडी हातमा लिदै मुस्कुरार्इ रहेकी थिइन्।

आफ्नी प्यारी काकीलाई धेरै वर्षपछि त्यसरी अगाडि उभिएको देख्दा लुरीलाई असह्य पीडा भयो। उसले मनको संसार हल्लिने गरी चिच्याएर आफ्नी काकीलाई भनी, ‘आन्टी मेरो आँसुँ रातो रैछ, मैले त रातो रङ रुन पर्छ।’

Hyundai
nic asia
mahindra
hawali
alka

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

  • कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा? कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा?

    म फेरि भन्छु हामी झापाली हुनुभन्दा अघि नेपाली हौं। नेपालको हित हुनसके झापाको पनि हित भइ हाल्छ। तर, हाम्रो सपनाको नेपाल भनेको सबै नेपाली काठमाडौंको भूगोलमा थुप्रने भन्ने होइन। आ-आफ्नो जिल्ला र गाउँ बनाउन दत्तचित्त हुनु भनेको पनि नेपाल बनाउन योगदान गर्नु हो। एक ‘राजनेता’ हुनुको हैसियतमा तपाईँको ब्यक्तित्वले शहरलाई होइन गाउँलाई केन्द्र बनाउन अपिल गर्नुपर्दथ्यो। गाउँको माटोलाई छाडेर शहरको धुलोमा देश खोज्न निरुत्साहित गर्नु पर्दथ्यो। कमरेड आफ्नै पिताजीलाई शोध्नुस् किन उहाँलाई प्रधानमन्त्री छोराको बालुवाटारमा भन्दा झापा गाउँको बालुवा र धुलोको बसाइ उचित लाग्यो?

  • उड्न त उडेँ तर, गुँड फर्किएको छैन उड्न त उडेँ तर, गुँड फर्किएको छैन

    मलाई सबैभन्दा बढी आनन्द चराहरू खिच्दा मिल्छ। यिनै चराहरूले मलाई सम्झाइरहन्छन् कि, म उड्न त उडेँ तर, गुँड फर्किएको छैन। चराहरूले पनि बसाइ सर्छन्। सबै चराहरूको फर्किने ठेगाना हुँदैन। सिमाना नै नभएका चराहरूसँग पनि जीवन संघर्षका कथाहरू छन्। आफूलाई बोकेको डुंगा पल्टिँदा जसरी मर्छन् हरेक दिन शरणार्थीहरू, चराहरू पनि आकाशबाटै फुत्त झर्छन् धर्तीमा आफ्नो जीवनको गती गुमाएर।

    निष्प्रभ सजी

साहित्यपाटी

पाठक विचार

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट