ग्रीनकार्ड

चुनाव
  • Get News Alerts

tata

घरबाट अपरिचित पाहुनाहरू बाहिर निस्केपछि छोरीले सशंकित हुँदै बाबुलाई सोधी -‘बाबा तिनिहरु को हुन्? किन आएका? तिनीहरु सँगै आएको केटाले चाहीं मलाई निकै घुरेर हेर्दै थियो।’

छोरीले नै आफैं सोधेपछि बाबाले भने-‘तिनीहरु तिम्रो बिहेको कुरा लिएर आएका हुन छोरी। उनीहरुलाई तिमी साह्रै मन पऱ्यौ अरे।’

छोरीले रिसाउँदै भनि -‘बाबा, मलाई नै थाहा नदिई कसरी मान्छेहरु यहाँ बिहेको कुरा लिएर आउँछन्? म त अहिले मरिगए पनि बिहे गर्दिनँ।’

आमाले सम्झाईन् -‘निर्णय नै त कहाँ भएको छ र छोरी? निर्णय त तिमीले नै गर्ने हो । हामीलाई त राम्रै लागेर हो, तिमी पनि सोच।’

‘ममी तपाई पनि मेरो कुरा प्रष्ट सँग सुन्नुस्- पहिलो कुरा त म पढ्दैछु, मेरो अहिले बिहे गर्ने बेला भएको छैन। दोस्रो कुरा मलाई यो केटा मन पनि परेको छैन, यो केटा मेरो लागि योग्य पनि छैन।’

बाबाले सम्झाउदै भने - ‘त्यसो नभन छोरी, केटो उत्तम छ। पढाई पनि राम्रै छ, सम्पति पनि छ। बाबु आमाको एक्लो छोरा हो ।’

बिचैमा कुरा काट्दै छोरीले भनि- अनि के त? एक्लो छोरा हुँदैमा मैले नै बिहे गर्नुपर्छ भन्ने छ र?’

बाबाले भने -‘बिदेसमा बस्छ, उतै जागिर छ, त्यतीमात्र हैन, अझ उतैको ग्रीनकार्ड होल्डर हो रे।’

बाबाको कुरा सुनेर छोरी एकछिन मौन भई । मनमनै दोहोर्‍याई ‘ग्रीनकार्ड’। धेरैबेर सोचेपछि एकदमै आज्ञाकारी छोरी झै बनेर भनी-‘अब हजुरहरूले मन पराएको केटालाई मैले कसरी नाईं भन्न सक्छु र?’

(गोरखा पब्लिकेशनले बजारमा ल्याएको लघुकथा संग्रह "बहिर्गमन" शनिबार राजधानीमा लोकार्पण हुँदैछ।)

Hyundai
nic asia
mahindra
hawali
alka

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

  • कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा? कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा?

    म फेरि भन्छु हामी झापाली हुनुभन्दा अघि नेपाली हौं। नेपालको हित हुनसके झापाको पनि हित भइ हाल्छ। तर, हाम्रो सपनाको नेपाल भनेको सबै नेपाली काठमाडौंको भूगोलमा थुप्रने भन्ने होइन। आ-आफ्नो जिल्ला र गाउँ बनाउन दत्तचित्त हुनु भनेको पनि नेपाल बनाउन योगदान गर्नु हो। एक ‘राजनेता’ हुनुको हैसियतमा तपाईँको ब्यक्तित्वले शहरलाई होइन गाउँलाई केन्द्र बनाउन अपिल गर्नुपर्दथ्यो। गाउँको माटोलाई छाडेर शहरको धुलोमा देश खोज्न निरुत्साहित गर्नु पर्दथ्यो। कमरेड आफ्नै पिताजीलाई शोध्नुस् किन उहाँलाई प्रधानमन्त्री छोराको बालुवाटारमा भन्दा झापा गाउँको बालुवा र धुलोको बसाइ उचित लाग्यो?

  • उड्न त उडेँ तर, गुँड फर्किएको छैन उड्न त उडेँ तर, गुँड फर्किएको छैन

    मलाई सबैभन्दा बढी आनन्द चराहरू खिच्दा मिल्छ। यिनै चराहरूले मलाई सम्झाइरहन्छन् कि, म उड्न त उडेँ तर, गुँड फर्किएको छैन। चराहरूले पनि बसाइ सर्छन्। सबै चराहरूको फर्किने ठेगाना हुँदैन। सिमाना नै नभएका चराहरूसँग पनि जीवन संघर्षका कथाहरू छन्। आफूलाई बोकेको डुंगा पल्टिँदा जसरी मर्छन् हरेक दिन शरणार्थीहरू, चराहरू पनि आकाशबाटै फुत्त झर्छन् धर्तीमा आफ्नो जीवनको गती गुमाएर।

    निष्प्रभ सजी

साहित्यपाटी

पाठक विचार

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट