नेपालबाट अग्लो, वृहत्तर र विश्वस्तरीय दर्शनको एकैपटक पार्दुभाव भएको छ । पढ्दा, बुझ्दा गहन लाग्ने तर सर्वहितकारी औषधि बराबरका ज्ञान शीर्षक र व्याख्याहरु आफैंमा अलौकिक छन् । यो अग्लो “ज्ञान पिरामिड” को नाम “सार्वभौम ज्ञान” राखिएको छ । विषयको गम्भीरतालाई हेर्दा यस ज्ञानलाई सार्वभौम विश्ववाद भन्न पनि सकिन्छ। सृजनाकारको तीन सृजनाहरुलाई पुस्तक मात्र भन्नु भन्दा ग्रन्थ भन्नु उपयुक्त देखिन्छ। यो दर्शनलाई तीन खण्डमा विभक्त गरिएको छ । जसमा अध्यात्म खण्ड, विधान खण्ड र विज्ञान खण्ड छन्। नेपालका अति विशिष्ट व्यत्तित्वहरुबाट अध्ययन भैसकेको यस दर्शनबारे छोटा समिक्षाहरु पनि प्राप्त भएका छन् । फरक तीन ग्रन्थहरुको छोटो अन्तरवस्तु प्रस्तुत गर्दछु ।
१. सार्वभौम अध्यात्मः–
यो ग्रन्थ ३८९ पृष्ठमा प्रस्तुत छ । यस ग्रन्थभित्र अति महत्वपूर्ण सोध र जिज्ञासाका विषयहरुको तर्क संगत र वैज्ञानिक ढंगबाट व्याख्या गरिएको छ । जसमा सुख दुःखको कारण अनुसन्धान, ध्यानको सिद्धान्त, परमात्माको व्याख्या, साहित्यको सिद्धान्त, शान्ति र आनन्दको सिद्धान्त, सार्वभौम धर्म÷दर्शनको सिद्धान्त लगायत ४४ वटा मूल प्रसङ्गमा लेखिएको यस ग्रन्थमा विविध प्रसङ्गहरु १०८ वटा छन् । सबै भन्दा मर्मस्पर्सी पहिलो भगवानको आवाज शीर्षकमा भएका १०५ वटा भगवत् वाणीहरु अत्यन्त गहन र आनन्ददायक छन् । बाँकी सबै ज्ञानहरुले वर्तमान संसारमा प्राप्त ज्ञानहरुमा विशिष्टता हासिल गरी थप विशेषताहरु पस्किएको पाइन्छ । सम्पूर्ण अध्ययन पश्चात सार्वभौम अध्यात्म सनातन दर्शनको महानता हो भन्ने लाग्छ । सबै धर्म, दर्शन, वाद र अध्यात्महरुलाई अभिभावकत्व प्रदान गर्ने लक्ष्यमा यो ग्रन्थ प्रस्तुत भएको पाइन्छ ।
२. सार्वभौम युगको विश्व विधानः–
यो ग्रन्थ ५८० पृष्ठमा प्रस्तुत छ । यसमा १०१ वटा मूल प्रसङ्गहरु छन् । विश्व व्यवस्थापन गरी युग परिवर्तनको महान लक्ष्यलाई यसले प्राप्त गर्ने लक्ष्य राख्दछ । सार्वभौम विश्व सरकारको गठन गरी संसारलाई एउटै राजनैतिक छातामुनी राख्नु यस ग्रन्थको स्पष्ट लक्ष्य देखिन्छ । यू.एन.लाई विश्व सरकारमा परिवर्तन गर्ने उपायहरुको यसमा व्याख्या गरिएको छ । यसमा पहिलो खण्ड राजनीति, दोस्रो कूटनीति, तेस्रो कानून त्यस्तै शिक्षा, अर्थशास्त्र गरी विश्व व्यवस्थापनका लागि आवश्यक सबै पक्षहरु बारेमा वृहत्तर उपायहरुको व्याख्या गरिएको पाइन्छ । यस ग्रन्थ अध्ययन गर्दा भविष्यमा भ्रमण गरिरहेको महसुस हुन्छ । हरेक शीर्षकको समाप्तीमा अलग साहित्य विधा “सत्य साहित्य” को प्रस्तुती अति मार्मिक लाग्दछ । यो ग्रन्थ देश÷देशका संविधान जस्तै तर सैद्धान्तिक र भावातित अभिव्यक्ति सहितको साँच्चै विश्व विधानको रुपमा पाठकले महसुस गर्न सक्छन् ।
३. सार्वभौम विज्ञानः–
यो पुस्तक ४३७ पृष्ठमा प्रस्तुत छ । यसभित्र ७४ वटा मूल प्रसङ्ग र विविध प्रसङ्गहरु ५९ वटा छन् । यसको पहिलो खण्डमा ब्रम्हाण्डको अति सुक्ष्मदेखि अति विशाल सत्यहरुको सरल भाषामा व्याख्या गरिएको छ । दोस्रो खण्डमा शक्तिको अति वृहत व्याख्या गरिएको छ । त्यसैगरी गणित, जीवशास्त्र, मानव दिमाग, आत्मा, मृत्यु, पृथ्वी, मनोविज्ञान लगायत अति सुक्ष्म सत्यहरुको तथ्यगत व्याख्या गरिएको छ। “सोध चेतना” प्रवल भैरहेको वर्तमान संसारमा नयाँ सत्य सबैभन्दा प्यारो लाग्न थालेको छ । मानवको भौतिक विकासपछि ब्रम्हाण्डीय आश्चार्यहरु जान्न मानव उद्त छन् । यस विज्ञानले वर्तमान आधुनिक विज्ञानलाई आवश्यक दिशा, लक्ष्य र अभिभावकत्व प्रदान गर्न सक्ने देखिन्छ । आधुनिक युगमा शंका, लक्षण र सम्भावनाहरुको सोधमा ठूलो भूमिका हुन्छ । यस विज्ञानले संसारलाई सोधको नयाँ क्षितिज दिनेमा पाठक विश्वस्त हुन सक्छन् ।
एक समिक्षकको दृष्टिमा यि कुरा देखिए तर सबै पाठकहरुको आ–आफ्नै तर्क र दृष्टिकोण हुन्छन् । यी ग्रन्थहरुको अध्ययन पश्चात प्राप्त केही छोटा समिक्षाहरु पनि हेरौं ।
पूर्वप्रधानमन्त्री के.पी. शर्मा ओली
युवा चिन्तक कुलराज पौडेलका तिनवटा कृतिहरु “सार्वभौम अध्यात्म”, “सार्वभौम विज्ञान” र “सार्वभौम युगको विश्व विधान” मलाई एकैसाथ प्राप्त भयो । मैले पुस्तकहरु माथि विहंगम दृष्टि दौडाएं । लेखक कुलराज पौडेलको चिन्तन र अभिव्यक्तिको शैली असाधारण छ । ब्रम्हाण्ड, श्रृष्टि, प्रकृति र जीवन आदिका बारे लेखकको आफ्नै दृष्टिकोण र लक्ष्य छ । विचारमा कसैको सहमति वा असहमति रहन सक्छ तर चिन्तन प्रवाहको बेग र त्यस गतिभित्र निहित दृष्टिकोण र विश्लेषणको उचाईलाई हरेकले स्वीकार्नै पर्छ । विचार उत्पन्न गर्ने र विचारलाई शान्त तलाउ भन्दा छाँगा र छालहरुमा उराल्दै चिन्तन यात्रा अघि बढाउने शैलीमा अवश्य नै नयाँ पन छ । लेखकबाट आगामी दिनहरुमा चिन्तन र त्यस प्रवाहका निष्कर्षहरु थप पुस्तकाकारमा लिपिवद्ध हुँदै जानेछन् भन्ने विश्वास लिएको छु । मेरो धेरै धेरै शुभकामना छ, थप सफलताहरु प्राप्त हुँदै जाउन ।
स्वास्थ्य मन्त्री गगन थापाः–
आधुनिक युगको विश्व नेतृत्व सार्वभौम ज्ञानले लिन सक्छ भन्ने लागेको छ । नेपालबाट निस्किएको यो ज्ञानलाई विश्व सामु पु¥याउनु हामी सबैको कर्तव्य सम्झेको छु ।
राष्ट्रकवी माधव प्रसाद घिमिरेः– कुलराज पौड्यालका सार्वभौम ज्ञान विषय तिनौटै पुस्तकहरुमा उल्लेखित ज्ञानलाई पहिले स्वानुभूति र त्यसपछि कार्य रुपमा उतार्न सकियो भने हामी अर्को युगमा प्रवेश गर्नेछौं ।
आदित्य दाहाल (नेपाली गुगल ब्याई)
शुभकामना विज्ञानलाई अध्यात्मवादले जित्नु पर्दछ ।
विश्व प्रसिद्ध महा मण्डलेश्वर कुमार श्वामी (भारत)- एह पुस्तक अलौकिक गिता जैसा हैं ।
स्वामी आनन्द अरुण (ओसो तपोवन) ः– दर्शन आफैंले बोधका लागि खुड्किलो बनाउन सक्छ । ब्रम्हाण्डको रहस्यलाई विश्मय भावले अंकमाल गर्न सक्छ । यो सुखद अनुभूति पनि हो । तर यो सबैभन्दा पर बोधको अन्तिम स्वप्रकाशित, शुद्ध चेतनाको उपलब्धी मानव जीवनको सर्वोत्म उपलब्धी हो । कुलराजजिको दर्शनको यो प्रयास सरहानिय छ ।
नाटककार अशेस मल्ल ः– ब्रम्हाण्डको अनन्त सत्य, अध्यात्मको वैज्ञानिक विश्लेषण र मानव मूल्यका वृहत पाटाहरुको अभिव्यक्ति प्रस्तुत ग्रन्थहरुका विशेषता हुन् । जीवन जगतका अनेकौं जटिल प्रश्नहरुका उत्तर भेटिनेछन् यि ग्रन्थमा ।
समग्रमा भन्न पर्दा यो दर्शन नेपालको लागि मात्र नभई वर्तमान मानव सभ्यताकै गौरव हुनेमा पाठक विश्वस्त हुन सक्छन् । मानव जातिको युगौ लामो ज्ञानको तिर्खा यो दर्शनले मेटाउन सक्छ र पाठकहरुले आफूमा अध्ययन पश्चात ज्ञानको नयाँ पूर्ण पाठ प्राप्त गरेको महसुस गर्दछन् । प्राविधिक पक्षलाई हेर्दा भाषागत शुद्धाशुद्धी केही बाँकी छन् । कतिपय शीर्षकहरुले थप व्याख्या खोजेका छन् । कतिपय सिद्धान्तहरुलाई सरलता प्रदान गर्नुपर्ने देखिन्छ । अन्तमा यो दर्शनलाई विभिन्न भाषाहरुमा उल्था गरी विश्वसामु पु¥याउनु हामी नेपालीको कर्तव्य पनि हो ।