एउटा प्रश्न आफैंलाई

चुनाव
  • Get News Alerts

विश्व कविता
tata

के म कहिले बुझ्न सक्छु 
गोरुगाडा र बजारको
धुलोले भरिएका सम्बन्धको अर्थ

यो संसार
मलाई यति राम्रो किन लाग्दछ
के यो कुरा जान्ने
कुनै उपाय छ मसँग!

मलाई कति कम कुराहरु थाहा छ
धोबीहरुका साबुन
र आफ्ना छिमेकीहरुका निधारका बारेमा

के म हावाको वर्णविन्यास
ठीक–ठीक जान्दछु

के म राख्न सक्दछु
एउटा चुँडिएको केशलाई
कार्य र कारणको ठ्याक्कै बीचमा
मलाई कसरी थाहा हुन सक्दछ
मेरो भोकमा
मेरो ढाड दुख्नु
संलग्न छ या छैन

म किन
र कुन चाहि तर्कले हिन्दु हुँ
के म कहिले जान्न सक्दछु?

कवि परिचयः

इ. सं. १९३४ को जुलाई महिनाको ७ तारिखको दिन भारतको चकिया (उत्तर प्रदेश, बलिया जिल्ला) भन्ने गाउँमा जन्मेका केदारनाथ सिंह हिन्दी भाषाको राम्रा कवि मात्रै होइनन्, राम्रा निबन्धकार र समालोचक पनि मानिन्छन्। प्रारम्भिक शिक्षा चकियामै गरेका उनले बनारसको उदय प्रताप कलेजबाट आफ्नो स्नातक तहको अध्ययन सकेका थिए भने एम. ए. र पि. एच. डी. भने काशी हिन्दु विश्वविद्यालयबाट गरेका हुन्। गोरखपुरमा केही समय हिन्दीको शिक्षक भएर काम गरेपछि उनले जहावरलाल नेहरु विश्वविद्यालय, नयाँ दिल्लीमा प्राध्यापकका रुपमा काम गरे। पछि उनी त्यही हिन्दी विभागको प्रमुख पनि भएका थिए।

पचासको दशकको प्रारम्भिक वर्षहरुबाटै विधिवत रुपमा काव्य–लेखन सुरु गरेका उनका ‘अभी बिल्कुल अभी,’ ‘जमीन पक रही हैँ,’ ‘अकाल मे सारस,’ ‘यहाँ से देखो,’ ‘बाघ,’ ‘तोल्सतोय और साइकल’ जस्ता उत्कृष्ट कविताका संग्रहहरु प्रकाशित छन्।

उनले साधारण, दैनिक बोलीचालीका भाषाहरु र विम्बहरुको प्रयोग गरेर एक प्रकारको जटिल विषयबस्तुको प्रस्तुति गरेका छन्, आफ्ना कविताहरुमा। उनी आफ्नो कविता–संग्रह ‘अकाल मे सारस’ को लागि सन् १९८९ मा उनी साहित्य एकेडेमी पुरस्कारबाट सम्मानित भएका थिए।

Hyundai
nic asia
mahindra
hawali
alka

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

  • कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा? कांग्रेस नेता विश्वप्रकाश शर्माको केपी ओलीलाई पत्र-किन छोड्नु भएको त्यो झापा?

    म फेरि भन्छु हामी झापाली हुनुभन्दा अघि नेपाली हौं। नेपालको हित हुनसके झापाको पनि हित भइ हाल्छ। तर, हाम्रो सपनाको नेपाल भनेको सबै नेपाली काठमाडौंको भूगोलमा थुप्रने भन्ने होइन। आ-आफ्नो जिल्ला र गाउँ बनाउन दत्तचित्त हुनु भनेको पनि नेपाल बनाउन योगदान गर्नु हो। एक ‘राजनेता’ हुनुको हैसियतमा तपाईँको ब्यक्तित्वले शहरलाई होइन गाउँलाई केन्द्र बनाउन अपिल गर्नुपर्दथ्यो। गाउँको माटोलाई छाडेर शहरको धुलोमा देश खोज्न निरुत्साहित गर्नु पर्दथ्यो। कमरेड आफ्नै पिताजीलाई शोध्नुस् किन उहाँलाई प्रधानमन्त्री छोराको बालुवाटारमा भन्दा झापा गाउँको बालुवा र धुलोको बसाइ उचित लाग्यो?

  • उड्न त उडेँ तर, गुँड फर्किएको छैन उड्न त उडेँ तर, गुँड फर्किएको छैन

    मलाई सबैभन्दा बढी आनन्द चराहरू खिच्दा मिल्छ। यिनै चराहरूले मलाई सम्झाइरहन्छन् कि, म उड्न त उडेँ तर, गुँड फर्किएको छैन। चराहरूले पनि बसाइ सर्छन्। सबै चराहरूको फर्किने ठेगाना हुँदैन। सिमाना नै नभएका चराहरूसँग पनि जीवन संघर्षका कथाहरू छन्। आफूलाई बोकेको डुंगा पल्टिँदा जसरी मर्छन् हरेक दिन शरणार्थीहरू, चराहरू पनि आकाशबाटै फुत्त झर्छन् धर्तीमा आफ्नो जीवनको गती गुमाएर।

    निष्प्रभ सजी

साहित्यपाटी

पाठक विचार

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट