अनामनगरको क्याफेमा पुग्दा भरखर पानी पर्न थालेको थियो। मंसीरको महिनामा पानी पर्नु अस्वभाविक अवस्य थियो तर प्राकृतिक कुरालाई स्वाभाविक या अस्वभाविक ठानेर पो के हुन्छ र ? चुपचाप ब्यहोर्नु सिवाय अरु कुनै उपाय छैन। सरीताले मलाई आज ठिक ३ बजे भेट्ने भनेर भनेकी थिई। तिन बज्न पॉंच मिनेट हुंदा म त्यहॉं पुगीसकेको थिएँ।
सरीतालाई मैले नभेटको पनि करिब बिस बर्ष नै हुन लागेको थियो। मैले जानकारी पाए सम्म उ डि.भी परेर अमेरीका गएकै पनि दश बर्ष भैसकेको छ। धन्न यो फेसबुक भन्ने साधन छ र मान्छेलाई भेटन सजिलो भएको छ आजभोली। फेसबुक म्यासेन्जरमा उसले मलाई उसको नम्बर पठाएकी थिई र उसलाई कन्ट्याक गरेर यहॉं भेट्न गईरहेको छु। उ अर्को हप्ता अमेरीका जॉंदैछ भनेर मलाई जतिसक्दो चॉंडो भेट्न खोजेकी थिई।
तिन बजेर दश मिनेट हूंदा सरीता आईपुगी। फेसबुकमा फोटोहरु देखीरहने हूंदा एकआपसमा चिन्न कुनै गाह्रो भएन। हामी छेउको टेवलमा बस्यौं। मैले भने- "के हो ? तिमी तिन बजे बोलाएर १० मिनेट ढिलो आउने ? नेपाली टाईम भनेर हेपेको हो की क्या हो ?"
उसले भनि- "हैन कहॉं त्यसो हुनु ? ट्राफिक जाम अनि झरीले गर्दा अलिक ढिला भो सरी है।ल भन्नुस दाई के पिउने।" कपाल र कपडाको पानी रुमालले पुछदै सरिताले भनी।
"तिमी जे भन्छौ तेही" मैले भनें।
सरीताले दुईकप कफी मगाई।
"तिमी त उस्तै छौ त पहिले जस्तै, बुढ्यौलीले बिर्से जस्तो छ तिमीलाई हैन अमेरीकामा समय रोकिन्छ कि क्याहो ?"
मैले ठट्टा गर्दै भनें। उ हॉंसी र भनि "त्यसो होईन दाई, तपॉंई पनि त उस्तै देखीनुहुन्छ नी त।"
कुरा गर्दा गर्दै कफी टेवलमा आईपुग्यो। सरीताले पहिलो सुर्को लिंएपछी भनि "दाई एउटा कुरा भनुं"
"भन न एउटा के दुईटा पनि भन।"
"तपॉंईलाई थाहा छ दाई सुरभीले तपॉंईलाई मनपराउंथीन नी"
लगभग मनबाट सम्पुर्ण रुपमा उत्रीसकेको कुरा आज एकाएक सरिताको मुखबाट त्यो पनि भिन्न तरिकाले सुन्दा म त तिनछक परें।सुरभीलाई मैले नदेखेको पनि अहिले लगभग पन्ध्र बर्ष भईसकेको छ।
समयले यादहरुलाई कुल्चेर धेरै अघी बढीसकेको छ। अचेल त मलाई उसको याद पनि निकै कम आउँछ। तर सरीताले कुरा निकाल्ने बित्तिकै मलाई एकाएक ति पुराना दिनहरुको सम्झना भयो।
***
सुरभी स्कुलभरीमा नै राम्री केटी थिई।उसलाई पहिलोपटक देख्नेहरु मन नपराउने कोही थिएनन। गोरी, अग्ली र पातली थिई। उसका आँखा हल्का खैरा थिए। उ कक्षा सात सम्म अर्कै स्कुलमा पढेर कक्षा आठ देखी हाम्रै स्कुलमा पढन आएकी थिई। उ एकदम गम्भीर स्वभावकी थिई। कुनै केटाहरुसंग पनि कुरा गर्थीन। अरु त अरु स्कुलमा सरहरु संग पनि बोल्न हिच्किचॉंउथी। उसका केही सिमीत केटी साथीहरु थिए। उनिहरुसंग मात्र बोल्थी,हॉंस्थी। उसको साथी मध्ये सबैभन्दा मिल्ने साथी थिई सरिता। उनिहरुको घर नजिक नजिक थियो र स्कुल जॉंदा आउंदा पनि संगै हुन्थे। सरिता हाम्रै कक्षामा पढ्ने मेरो साथी निर्मलको बहिनी नाता पर्थी त्यसैले सरीता पनि मलाई दाई नै भन्थी। हामी एउटै स्कुलमा पढ्थ्यौं। निर्मल र म दशमा पढ्थ्यौ भने शुरभी र सरिता आठमा पढ्थे।
म कक्षाको प्रथम र शुरभी पनि आफ्नो कक्षाको प्रथम थिई। स्कुलमा पुरस्कार लिने बेला हामी नजीक नजिक हुन्थ्यौ। अनि कहिले कॉंहि निर्मल र म स्कुलमा खाजा खान निस्कंदा सरितासंग उ पनि संगै निस्कन्थी र जम्का भेट हुन्थ्यो। म सरितासंग मात्र बोल्दथें। सुरभीसंग आखा जुद्थे तर म कहिल्यै बोल्थीन।
एसएलसीमा म फस्ट डिभीजनमा पास भएँ। तर निर्मलले थर्ड डिभीजन ल्यायो। त्यसपछी म आई एस्सी पढन काठमॉंडौ आएँ, निर्मल बुटवलमै कलेज पढन थाल्यो।
स्वभाविक नै हो अरुलाई जस्तै मलाई पनि शुरभी राम्री लाग्थी। उमेर अनुसारका चाहना मेरा मनमा पनि अवश्य थिए।तर त्यसमा भन्दा पनि मलाई पढाईमा गहिरो लगाव थियो। माया प्रेममा भुल्ने बित्तिकै पढाईलाई बिग्रिन्छ भन्ने मलाई लाग्थ्यो। शुरभीको पनि पढाई राम्रो थियो। कतिपय केटाकेटीहरु माया प्रेममा फसेर आफ्नो पढाईलाई चटक्कै छोडेको पनि देखेको थिएँ। त्यहि देखेर पनि यो बेला माया प्रेम गर्ने हैन आफ्नो पढाईमा केन्द्रीत गर्नुपर्छ भन्ने मेरो मान्यता थियो। उमेरले उब्जाएका रहरलाई पनि म आफ्नो नियन्त्रणमा राख्न सफल भएको थिएँ। र आँफूलाई त्यसमा गर्व गर्थें।
त्यतिबेला काठमॉंडौबाट जाडो बिदा मनाउन म घरमा आएको थिएँ। सरिता र शुरभीको एस एल सी चलिरहेको थियो। म सरिताको घरमा गईरहन्थें। उसलाई म्याथ र ईन्गलिस गाह्रो लाग्थ्यो। म उसलाई सिकाई दिन्थे। यस्तै क्रममा एकदिन शुरभी सरीताकोमा आई। शुरभीलाई त्यहॉं देखेर म खुसी भएँ। तर उ त्यहॉं धेरै बेर बसीन। तुरुन्त गईहाली। म संग त कुराकानी पनि भएन। शुरभी गएपछी सरीताले मलाई जिस्काउदै भनि- "के हो दाई शुरभी तपॉंईलाई भेट्न आई तर तपॉंई एक शब्द पनि बोल्नुभएन त। के हो केटा मान्छे भएर नी यस्तो लाछी"
मैले प्रशंग मोडदै भने- "हावादारी कुरा नगर। उ तिमीलाई भेटन आएकी हो, मलाई हैन। तिमी खुरुक्क आफ्नो जॉंचमा ध्यान देउ"। तर सरिताले मेरो कुरा मान्दै मानिन। भनि "एउटा लवलेटर लेखेर पठाउनु न थाहा भईहाल्छ नी खास कुरा त" मैले भनें- "हेर मलाई यो लव सवमा कुनै रुचि छैन। मैले आफ्नो पढाई नसके सम्म लव गर्छु भनेर सोचेकै छैन। फेरी तिमीलाई शुरभीले मलाई मनपराउछे भन्ने लाग्छ भने उसैलाई मलाई लेटर लेख्न भन न। त्यसपछी म लेखौंला। "दाई तपाई त साह्रै बुद्धु, केटीले पनि कहीं लेख्छन त पहिला? तपॉंई त केटा भएर पनि केटी जस्तो" सरीताले मेरो ऑंखामा हेरेर प्याच्च भनि।" मलाई थोरै असह्य भयो। मैले लेटर लेख्न नसक्ने त अवश्य हैन तर यस्ता कुरा मेरा मेरा प्राथमिकतामा नपर्ने भएकोले टाढै रहन खोजेको थें। सरिताका कुराले मलाई मेरो नियन्त्रणको बॉंधमा सानो प्वाल पारीदियो। मैले भनें - "ठिकै छ म लेटर त लेखौंला तर कस्ले दिन्छ नी ?" "ह्या दाई तपॉंईपनि उसको हातमा पुर्याउने जीम्मा मेरो, तर सक्नुहुन्छ त लेख्न ?।" सरीताले आगोमा घ्यु थपी।
सरिताका कुराले ममा अलिकता दम्भ चढ्यो। लेख्न सक्छु भनेर सरितालाई देखाउनकै लागी भएपनि मैले प्रेमपत्र लेख्नैपर्ने भयो। उनिहरुको एस एल सी सकिएको दिन मैले सरितालाई एउटा बन्दी खाम दिएं र भनें-"यो सुरभीलीई दिनु ल"।
त्यसको भोलीपल्ट मेरो कलेजको छुट्टी सकिएकोले एकाबिहानै काठमान्डौ हिडे। त्यसको केही दिनमा मैले जागीर पनि पाएँ। पढ्दै जागीर खॉंदै गर्दा म निकै ब्यस्त हुन पुगे।
मैले त्रिचन्द्रमा बि.एस्सी दोस्रो बर्ष पढ्दै थिएँ। एकदिन बिहान डेरामा सुतिरहेको थिएँ, घरबेटीको छोरीले मेरो ढोका नक नक गरी र भनि "दाई तपॉंईको फोन आको छ" म दौडेर घरबेटीको कोठमा पुगे र फोन उठॉंए।निर्मलले फोन गरेको रहेछ।
"यार मलाई एउटा हेल्प गर न प्लिज" निकै हतारमा जस्तो सुनिन्थ्यो निर्मल।
"के ?"
"मैले एउटी केटी भगाएर ल्याउदै छु। काठमॉंडौको कुनै लजमा बस्नु पर्ने भो त्यहॉं कुरा गर्देन।"
"थपक्क बिहे नगरेर किन भगाएको त ?" मैले भनें
" ति कुरा छोड। म त्यहिं आएर भनुंला।" यति भनेर निर्मलले फोन राखीदियो।
मैले आफुले चिनेको लजमा उनिहरुलाई कोठा खोजीदिएँ र लजको ठेगाना दिएँ । निर्मल र उसकी भगौडा बुढी आएर त्यहॉं बसेछन। भोलीपल्ट बिहान म उनिहरुलाई भेटन गएँ।अचम्म मा त म त्यतिबेला परें जब देखें निर्मलले भगाएर ल्याएको केटी त अरु कोही नभएर सुरभी पो रहिछ। आश्चर्य अर्को के कुरामा पनि के लाग्यो भने त्यस्तो कसैसंग बोल्दै नबोल्ने केटी ले कसरी प्रेम गर्न सकी अझ आफ्नै घर छेउको अन्तरजातिय केटासंग भाग्न सकी ? एकछिन सोचमग्न पनि भएं। निर्मलको आर्थीक स्थीती राम्रो भएपनि उनिहरु क्षेत्री थिए। तेसैले बाहुन सुरभीका घरमा क्षेत्री ज्वाईं स्विकार नगर्ने भएकोले उसले भगाउनु परेको थियो।
शुरभी निर्मलसंग भागेको कुराले मलाई चिन्तित अवश्य तुल्यायो। मनको कतै कुनामा मैले शुरभीलाई अझै पनि राखीरहेको थिएँ । त्यतिबेला सम्म पनि म अरु कसैलाई प्रेम पनि गरेको थिईन। समय आएपछी शुरभीलाई बिहेको प्रस्ताव राखुंला भन्ने सोचेको थिएँ। तर सोचेका सबैकुरा पुरा कहॉं हुंदारहेछन र?
तीनचार दिन काठमॉंडौ बसेपछी सुरभीको परीवारले थाहा पाएर पछी उनिहरुको बिहे गराईदिए। निर्मलले मलाई बिहेमा बोलाएको पनि थियो तर मलाई जान मन लागेन। केही समयपछी सरिताको पनि बिहे भयो। उसको बिहेमा पनि गईन। सबैकुराहरु खवर मात्र पाउँथे। यसैबिच सुरभीलाई अमेरीकाको डिभी परेछ। उनिहरु अमेरीका गए। सरीताको पनि पछी डिभी परेर अमेरीका गई भन्ने सुनें। र आज करिब बिस बर्ष पछी म यतिबेला सरितालाई भेटेर कुराकानी गर्दैछु।
***
"दाई तपाईं त टोलाउन पो थाल्नु भयो त। तपॉंईलाई याद छ सुरभीलाई तपॉंईले प्रेमपत्र पठाउनु भएको थियो नी।" सरिताका कुराले मलाई बिगतबाट एक्कासी बर्तमानमा ल्याएर झारीदियो।
मैले भनें-"कहॉं याद नहुनु ? तिमीले मलाई उक्साएर त हो नी तर तिमीलाई थाहा छैन होला त्यो खाम भित्र मैले खाली पेपर राखेको थिएं। त्यसमा केही लेखीएको थिएन। त्यो कुनै प्रेमपत्र थिएन।"
"मलाई सबैकुरा थाहा छ दाई।त्यसदिन तपॉंईले पत्र दिएपछी पत्र लिएर म तुरुन्तै सुरभीको घरमा गएकी थिएं। मैले उसलाई दिंदै भनेकी थिएं- ' दिनेश दाईले यो तिमीलाई पत्र दिनुभएको छ। तिमी खोलेर हेर।' मैले पत्र उसको हातमा थमाउँदा उनी केही डराएकी थिईन। तर एकै छिनमा खुसी भईन। सायद उनलाई बिश्वासनै थिएन की तपॉंई मायॉं गर्नुहुन्छ र यसरी प्रेमपत्र पठाउनुहुन्छ भनेर। म पत्र बुझाएर फर्कनै लागेकी थिएँ। उनले मलाई रोकीन र भनिन 'पख न दिनेशदाईले के लेखेको रहेछ संगै बसेर पढौ। तपाईको पत्र पाएर उनी निकै खुसी र उत्साहित देखीन्थीन। त्यसपछी उनले निकै जतन गरेर खाम उघारीन र चिठी बाहिर निकालीन। चिठीको एकपट्टी खाली देखुन्जेल त उनी खुसी नै थिईन तर जव अर्को पट्टी पल्टाईन उतापनि खाली देखेपछी उनी एकाएक निरास भईन। केही बोल्नै सकिनन। एकाएक हुरीले उजाडेको फूलबारी जस्ती भईन।
सरिताका कुरा सुनेर मलाई नरमाईलो लाग्यो। मैले त ख्याल ख्यालमा पत्र पठाएको थिएं। त्यो पनि सिर्फ सरितालाई देखाउनका लागी। शुरभीलाई मैले मनपराएको भए पनि म स्वयं त्योबेला प्रेम गर्नका लागि तयार थिईन। त्यसैले मैले चिठीमा केही पनि लेख्नु जरुरी पनि ठानीन। तर खाली चिठीले पनि यति ठुलो सन्देश बोकेको हुँदो रहेछ मैले बल्ल थाहा पाएँ। आज यतिका बर्षपछी आएर सरिताका यि कुरा सुनेर मलाई चिठीमा केही नलेखेकोमा अफसोस लाग्यो।
कफि लगभग सक्किनै लागेको थियो। अन्तिम सुर्को लिनु अघि सरीताले झोलामा हात हाली र एउटा खाम निकालेर मेरो हातमा थमाईदिई र भनि-"यो मलाई सुरभीले हजुरलाई दिनु भनेर उतिनै बेला दिएकी थिईन। तर दुर्भाग्य अहिले सम्म दिन पाईन।"
खाम हातमा लिंदै मैले सोधें "के सुरभीले मलाई पत्र को जवाफ पनि पठाएकी थिई ?"
"आफै खोलेर हेर्नुस न दाई थाहा भईहाल्छ नी" सरिताले भनि।
मैले खाम खोलेर हेरें। भित्र केही नलेखीएको एउटा खाली कागज थियो। मलाई लाग्यो उसले त मलाई खाली चिठीको बदला पनि लिएकी रहिछ।
मैले त्यो खाली कागज खामभित्र राखें र सरीतालाई दिंदै भनें "यो मलाई चाहिंदैन सुरभिलाई नै दिनु"
"यो तपॉंईले आफै राख्नुस दाई, यो तपॉंईले नै पठाएको खाली कागज हो। तपॉंईलाई नै फिर्ता दिनु भनेर सुरभीले मलाई दिएकी थिई। यत्रो बर्षसम्म म संगै रह्यो। अब हजुरलाई दिएपछी म ढुक्क भएं" सरिताले भनि।
अनि भारी मन लिएर मैले त्यो खाली प्रेमपत्र आफ्नै गोजीमा हालें।