तिमीजस्ता नामर्दसँग बिहे गरेर गल्ती गरें

  • Get News Alerts

सम्बन्ध बिच्छेद
tata

भित्तामा झुण्डिएको उसको र मेरो फोटोलाई एकोहोरो नियालिरहँदा ती दिनको याद आयो, जुन दिनहरुमा म उसको प्रेममा दिवाना थिएँ। घरभन्दा दुई किमि परको हाम्रो स्कुल अनि स्कुलभन्दा सय मिटर पर उसको घर। बिदाको दिन पनि स्कुल जाउँझैं लाग्ने ती दिनहरु।

अतीत सम्झेर मन हाँस्न खोज्छ तर पीडाले मुस्कुराउन सक्दिनँ।

साँच्चै ! कति मीठा थिए ती पल। उसको गाउँ नै मेरा लागि स्वर्ग थियो। ऊ नै मेरो सबथोक ।

एक पटकको कुरा याद आउँछ। उसले जिस्काउदै भनी, ‘ओए हिरो !’

उसले हिरो भनिदिदा आफूलाई सलमान खानभन्दा सानो ठानिनँ। उ मलाई असाध्यै जिस्काउँथी। माया गरेको आभाष दिलाउन हरेक कुरामा जिद्धी गर्थी। उसको जिद्धी स्वभावमा मैले आफैलाई भुल्ने माया पाउँथें।

उसको घर, अलि पल्तिरको घर, उसको टोल नै मेरा लागि सबथोक थियो। उसको गाउँबाट आउने हरेक मान्छे मेरा प्रिय थिए। मलाई आफ्नै घरको बेलौती नमिठो लाग्थ्यो तर उसको गाउँबाट ल्याएर स्कुलमा बेच्न राखेको बेलौती स्याउभन्दा मीठो लाग्थ्यो। हरेक चीजको माया लाग्थ्यो।

उसको घर जाने ग्राबेल बाटोको उत्ति माया लाग्थ्यो। घर पल्तिरको सिमलको रुख अनि त्यसमा फुल्ने फूल मेरा लागि लालीगुराँसभन्दा कम्तिका थिएनन्। उसले पठाएका साना लभलेटर पढ्दै गर्दा मेरा आँखा रसाउँथे। खुशीका आँसुले भरिएका आँखाले फेरि उसको गाउँतिर हेर्थें। उड्दै आएका चरा पनि आफ्नै लाग्थे, उसको गाउँको माटो नै मेरो हो जस्तो लाग्थ्यो।

एक्कासी झस्काउने गरी मोबाइल बज्यो। कुनै अफिसको नम्बर थियो। ‘हेल्लो।’

सामान्य स्वरमा बोलें म।

‘म दाङदेउखुरी जिल्ला अदालतबाट तामेलदार बसन्त बन्जाडे बोल्दैछु। पर्सि सोमबारको दिन अदालतमा हाजिर हुन आउनुहोला। तपाईंकी श्रीमती कल्पना खनालले सम्बन्ध बिच्छेदको मुद्दा हालेकी छन्, पत्र पनि पठाएका छौं।’

मैले हेल्लो सक्नासाथ सर्सर्ती बोलेका सरकारी मान्छेले निमन्त्रणा दिएर फोन राखिदिए। अचम्मित हुने अवस्था थिएन। उसको आवश्यकता नै यही थियो। चार बर्षको हाम्रो प्रेम दुई बर्ष नटिक्दै अदालतसम्म पुग्यो।

उसको फोटोले मलाई सधैं अतीतमा पु¥याउँथ्यो। म अतीत सम्झिदा रमाइलो महसुस गर्थें तर वर्तमान सम्झिदा आँखा रसाउँथे। हरेक पटकको लभलेटरमा उसले लेख्थी, ‘बाबा ! बरु एक छाक खाउँला तर अब टाढा बस्न सक्दिनँ, भगाएरै भए नि लैजाउ मलाई।’

कति मिठा लाग्थे उसका हरेक शब्द। मुटु बटारिने गरी माया लाग्थ्यो उसको। त्यतिबेला मात्र हैन, आज पनि उत्तिकै माया लाग्छ उसको। तर उसले बुझिन मेरो माया। एक छाक खाएर भए पनि रमाउन चाहने कल्पना, मेरो एक छाक खाने खेत अलग्याएर आधा गराउने दाउमा छे। तर पनि म उसलाई अझै उत्ति माया गर्छु, जत्ति पैला गर्थें।

मलाई अझै याद छ, उसले फोनमा सधैं एउटा गीत सुनाउँथी। ‘हाम्रो सानो घर होला, फराकिलो मन होला...!

यही गीतमा म रमाउँथें, कल्पनासँगको महल सपनामै खडा गर्थें। हामी दुई अनि हाम्रा दुईको सपना देख्थें अनि गीत सुनेर भ्याइँदा फोनबाट चुप्पा दिन्थें। मेरो चुप्पाको बदला सयौं चुप्पा पठाउँथी फोनमै। साँच्चै मेरा लागि कल्पना को थिई, कस्तो थिई ? त्यो अब भनेर फाइदा छैन।

रसाएका आँखा पुछेर बिक्रमलाई फोन गरें। ऊ आजभोलि शहरको नामुद वकिल हो। म सकेसम्म कल्पनालाई गुमाउन चाहदैन। श्रीमान श्रीमतीको झगडा, परालको आगो भन्ने उक्ति उहिल्यैदेखि व्याप्त छ। हाम्रो झगडा मिलाउन सक्छ कि भन्ने सानो आशा लिएर बिक्रमलाई फोन लगाएको थिएँ तर उसले आशा निरासामा बदलिदियो। ‘केटीले चाह्यो भने तुरुन्तै डिभोर्स हुन्छ र तेरो सम्पत्तिमा आधा हिस्सा लाग्छ, नाइँनास्ती चल्दैन।’

मेरो सम्पत्ति भने नि संसार भने नि ऊ नै थिई। उ गएपछि बच्ने घर मेरा लागि मसानघाट थियो। बिक्रमले सक्दो प्रयास गर्ने तर अब मामला बिग्रिसकेको अवस्था जनाएपछि फोन राखिदिएँ।

अस्तिदेखि अफिस पनि गएको थिइँन। माइत बसेर सम्बन्धबिच्छेदको धम्की पठाइरहेकी कल्पनालाई कल्पिदा–कल्पिदा म कमजोर भइसकेको थिएँ। तर पनि मनमा माया अति थियो, यति माया गर्दागर्दै पनि उसले सम्बन्ध बिच्छेदको मुद्दा हाली। कारण थियो– महत्वाकांक्षी कल्पना।

ऊ हरेक कुरामा अगाडि आउन चाहन्थी– धन सम्पत्ति, रुप, मान–सम्मान। तर म यी सबै कुरामा गरिब थिएँ। बाले दिएको तीन कठ्ठा जग्गा बेचेर उसले भनेजस्तै सानो चिटिक्कको घर हालेको थिएँ शहरमा। तर उ अझ माथि उठ्ने सपना देख्थी, म सक्दैनथें। ऊ हजारौं सपना सुनाउँथी अनि पूरा गर्न खाडी जा भन्थी। म एक छाक खान तयार तर उसलाई छाडेर खाडी जान कहिले भएन तयार। यो उसले नबुझ्दा सुरु हुन्थ्यो सामान्य झगडा। उ कराउँदा–कराउँदा रुन्थी, म उसलाई सम्झाउँदा सम्झाउँदा थाक्थें।

अदालतबाट मुद्धाको जानकारी पाएसँगै सुरु भएको नैरास्यताले कहिले मलाई बेस्सरी पिरोल्थ्यो त कहिले दरिलोसँग हिम्मत दिन्थ्यो। हाम्रो झगडा उसको माइतीलाई मात्र थाहा थियो। म परालको आगो ठान्थें हाम्रो झगडालाई, कसैसँग शेयर गरिनँ।

घरबाट आएको बाको फोनले मलाई फेरि झस्कायो। ‘कति टाढिइस् जेठा, शहर बसाई सरेपछि माया मारिस्। बुहारीलाई लिएर माघे संक्रान्तिमा आइज।’

हेल्लो भन्न नपाउँदै आमाले गुनासो सुनाउनुभयो र माघे संक्रान्तिमा निम्तो पनि दिनुभयो। म केही बोल्न सकिनँ। पर्सि सम्बन्धबिच्छेद गरेर उ अलग हुँदैछे। ऊ मात्र हैन, बाकै जायजेथाबाट आएको सानो सम्पत्तिको आधा हिस्सा पनि उसले आफूसँगै लैजान्छे। यी सबै कुरा न आमालाई सुनाउन सक्थें, न बुहारी लिएर घर जान। त्यो बेलाको प्रेममा बाधक बन्नेहरुकै भीडमा आमा पनि हुनुहुन्थ्यो। एकपटक तुल्सीपुर बजारमा रङ्गेहात भेट्नुभएको आमाले बेलुका भन्नुभाथ्यो, ‘त्यो केटी तेरा लागि ठिक छैन, मेरो बुहारी म आफै खोज्छु। आजैदेखि त्याग त्यो केटीलाई।’

आमा उसको लवाइ खवाइप्रति घृणा गर्नुहुन्थ्यो। उहाँ बारम्बार भन्नुहुन्थ्यो, ‘उत्ताउली केटीलाई कसरी बुहारी मानुँ ? मलाई साधारण केटी बुहारी चाहियो, त्यस्तो फेसन गर्ने आइमाईले हाम्लाई लात्ताले हान्नेछन्, तेरो पनि भविष्य देख्दिनँ।’

तर म मान्थिनँ, कैयौ पटक आमालाई जवाफ फर्काएको छु, ‘तपाईंलाई त लेखमा घाँस काट्ने बुहारी चाहियो। जमाना कहाँबाट कहाँ पुगिसक्यो।’

साँच्चै जमाना जहाँ पुगे पनि आमाको नजरले भविष्य देख्ने कला उस्तै रहेछ। फेरि एकपटक आमाको काखमा मुन्टो घुसारेर बेस्सरी रुन मन थियो। आमासँग माफी माग्न मन थियो तर सक्दिनँ। सबैको इच्छाविपरित बिहे गर्नु, बिहे गरेकै बर्ष बाउको अंशमा हकदाबी गर्नु अनि पाएको अंश लिएर शहर छिर्नु मेरा मुख्य गल्ती थिए। यो सबै कल्पनाको लागि थियो।

म कल्पनाको लागि घर छाड्ने अवस्थामा पुगें तर समय यस्तो आइदियो कि सबै त्यागेको मलाई आखिरमा कल्पनाले पनि त्यागी। तर कति मिठा थिए ती पल। उसले लेखेका पत्र अझै पनि सुरक्षित छन्। पढ्दा यति आनन्द आउँछ कि मानौं मलाई कल्पनाको प्रेममा लठ्ठिने प्रेम रोग लागेको छ।

उसलाई फेरि सम्झाउन मन लाग्यो, मान्दिनँ थाहा छ तर पनि मेरो मनले मान्दैन ऊ बाट टाढिन। उसको फोन नउठेपछि सासुलाई फोन गरें। उनी कल्पनाभन्दा घमण्डी छिन्। तर कुरा बुझ्छिन कि भन्ने झिनो आशा छ। ‘अब के नाताले फोन गर्नुहुन्छ दीपकजी ! सोमबार आउनुस् अदालतमा अनि उतै गरौंला छिनोफानो।’ मैले हेल्लो नभन्दै कल्पनाले डाइलग मारी। आमाको फोन उसले आफै उठाई। म उसलाई सम्झाउने कोसिस गर्दैथें, उसले फोन काटी।

एक छाक खाएर बस्न तयार हुने, मेरा लागि मर्न तयार हुने केटी किन आज मबाट टाढिई ? यही प्रश्नले एकछिन सेन्टी बनायो। कहाँनिर बिग्रियो हाम्रो सम्बन्ध ? सामान्य झगडा जसका घरमा पनि हुन्छन् तर मैले आजसम्म उसलाई गाली गरेको छैन तर किन उसले मलाई लत्याई ? सोचमा डुबें।

उ सँगको प्रेममा फस्दा मलाई अनौठो किसिमको मजा आउथ्यो। उसको घर जाने बाटो मेरै लाग्थ्यो, उसका गाउँ जाने गाडी मेरै लाग्थे। सबैतिर कल्पना लेखेको आभाष हुन्थ्यो। उ पनि त्यस्तै भन्थी, ‘दीपक तिमीबिना बाँच्न सक्दिनँ।’

कोही त छ मेरा लागि मर्न तयार। यस्तै आभाष लिएर जीवन गुजार्दै गरेको हाम्रो दुई जनाको परिवारमा एक्कासी दरार आउँदैछ। उसलाई थाहा छ, म गरिब छु। तर पनि खुशी थिइ त्यो बेला। आज मलाई अझ गरिब बनाउँदै अलग्गिने निर्णयसहित अदालतमा मुद्धा दिदा उसले अतीत किन सम्झिन कोसिस गरिन ? किन भुल्छे त्यो बेलाका हाम्रा बाचा कसम ?

बिहेपछिका हरेक साँझ उ मेरो गरिबीलाई दोषी देख्थी। बिदेश जाउ भन्ने उसको आग्रह, जान्न भन्ने मेरो उत्तर। म बिदेश जान्न भन्नु पनि उ प्रतिको माया थियो तर उसले त्यो बुझिन। एक साँझ उसले भनेकी थिई, ‘तिमीजस्ता नामर्दसँग बिहे गरेर गल्ती गरें। डाक्टर, इञ्जिनियर माग्न आउँदा तिमीसँग सुटुक्क भागें। आज न माया छ, न इज्जत।’

माया आफ्नो भन्दा बढी दिएको थिएँ। इज्जत गहना र फेसनले मात्र आउदैन भन्ने उसले कहिल्यै बुझिन। एक दिन अवश्य रानी बनाउने छु भन्ने मेरो सपनालाई लत्याउँदै उ माइत हिडी अनि सुरु भयो अन्तिम यात्रा।

बाउसँग मनमुटावसहित ल्याएको जग्गा बेचेर शहरमा तीन धुरमा बनेको सानो घर पनि जाने निश्चित थियो। सम्पत्ति जानु कुनै पीडा थिएन तर जसका लागि बाउआमा त्यागें, उसैले मलाई पर्सी आधिकारिक रुपमा त्याग्दैछ भन्ने सम्झिदा पनि मुटु जोडले धड्किन्छ। तर अब कल्पना सम्झिने अवस्थामा थिइन। कथाले अर्कै मोड लिइसकेको छ।

कस्तो कानुन ? नेपालको कानुन, दैवले जानून् भनेको सही रहेछ। म उ बाट अलग्गिन चाहन्नँ, उ आफै टाढिदैछे। गल्ती उसकै छ तर पनि जरिवाना तिर्नुपर्ने मैले। आहा कति मीठो कानुन उसका लागि। तर पछुतो छैन दिनुमा। किनकि म ठूलो दिल भएको पुरुष हुँ। पछुतो त कल्पनालाई गुमाउँदा हुनेछ। ऊ मेरो आधा सम्पत्ति लत्याउँदा खुशी हुन्छे तर त्यतिबेला म रुनेछु। अदालतको कठघराभित्रै भक्कानिदै रुनेछु। ताकि

मेरो आँसुले उसलाई एकपटक सोच्न बाध्य बनाओस्, ‘दीपकसँग नाता तोडेर सही गरें या गलत ?’

hundai

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • चक्मकाउँदै गरेको जैदी चक्मकाउँदै गरेको जैदी

    संसारले नयाँनयाँ आकार लिइरहेको बेला हाम्रा गाउँघरहरु किन अझँ पछि छन्, किन पछि पारिए? हाम्रा नेताहरुमा किन देश विकास गनुपर्छ भन्ने सोच पलाएन? आदि–आदि कुराले मलाई गाउँ पुग्दा पिरोल्छ। यस्ता अनेकन जिज्ञासा मलाई गाउँघरहरु डुल्दा हुन्छ। हाम्रा गाउँघरहरुलाई हामी बिर्सियौं भने, हामी कहिल्यै अगाडि बढ्न सक्दैनौँ। कारण, हामी सबैको अस्तित्व गाउँसँग जोडिएको छ भन्ने लाग्छ।

    आरके अदिप्त गिरी

  • सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष

    नेपालमै पहिलो पटक पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर तह सञ्चालन गरी विद्यमान् पत्रकारिता शिक्षामा आमुल परिवर्तन गर्ने उद्धेश्यल २०५७ सालमा कलेज अफ जर्नालिजम् एण्ड मास कम्युनिकेसन (सिजेएमसी) स्थापना भएको हो। त्रिभुवन विश्वविद्यालयले २२ वर्षदेखि पत्रकारिता विषयमा स्नातक तह सञ्चालन गरिरहेको तर स्नातकोत्तर तह सुरु गर्न नसकेको अवस्थामा सिजेएमसीले काठमाडौंको धापासीबाट तीन कोठा भाडामा लिएर सुरु गर्नु आफैंमा चुनौतीपूर्ण थियो। २०५८ साल पुष २७ गते वरिष्ठ पत्रकार भारतदत्त कोइराला, प्राध्यापक र सिजेएमसीका विद्यार्थीबाट सामूहिकरूपमा कलेजको उद्धघाटन भएको थियो।

    डा. मञ्जुश्री मिश्र

  • कार्यसम्पादन ठूलो कि जागिर? कार्यसम्पादन ठूलो कि जागिर?

    ओली सरकार छँदै ज्ञवाली नेतृत्वको प्राधिकरणले कर्मचारी तान्न, धान्न र काम लगाउन नसक्ने पुष्टि भइसकेको थियो। कुनै पनि सार्वजनिक पदमा नियुक्ति गर्दा पार्टीप्रतिको वफादारीलाई केन्द्रमा राख्ने नगरेको भए ओलीले पहिले त ज्ञवालीभन्दा धेरै योग्य मानिसलाई प्राधिकरणमा ल्याउने थिए। भुलवश त्यस्तो मानिस नियुक्त भएको भए कार्य सम्पादन हेरेपछि फेरेर अर्को मानिस राख्ने थिए। 

    जीवन क्षत्री

साहित्यपाटी

  • शालिकहरुको उपत्यका शालिकहरुको उपत्यका

    गुँरासका रिफ्लेटहरु परेको मेरा आँखालाई
    सहरको श्मशानतिर डोहो¥याउँदा,
    आँखिभौंलाई घरको ढोकामा झुन्ड्याएर
    काँपेको अँगालाले मलाई बेस्सरी
    कसेकी थिइन् आमैले–
    शालिकहरुको उपत्यका किचकन्याहरुको हो भनेर,
    तर, मैले मानेन।

    दीलिप कुँवर

  • माछो माछो भ्यागुतो माछो माछो भ्यागुतो

    ‘उसको अर्थात् यो मुसहरी टोलको अर्थात् उनीहरु जस्ता श्रमजीवीहरुको समस्या कसले हेर्छ त?’ घुरको धुवाँले पिरो हुँदै गएको आँखा मिच्दै ऊ फेरी पनि घोरियो–‘रोजी– रोटीको समस्या कसले टार्न सक्छ? नन्दन रायले वा माधोबाबुले वा शर्माजीले वा अरु? ’अहँ। फलाना थोक गर्छु, तिलाना थोक गर्छु भन्नेहरु नजितुञ्जेल मात्रै डिङ हाक्ने हुन्, जितिसकेपछि त उल्टो लोप्पा ख्वाँउछन्। माछो, माछो भ्यागुतो!

    इस्माली

  • दुध चिया दुध चिया

    कसैको  अलिकति गाली र नमिठो  वचन सहने क्षमता नभएको मलाई उसले सिधै मुर्ख भनिदिई। परिचय नै भएको छैन सिधै इडियट भन्छ, कस्ती केटी हो? सोचेर तलदेखि माथिसम्म उसलाई हेरें। सर्ट, पाइन्ट र कोट लगाएकी ऊ निकै भद्र देखिन्थी। 

    भानुभक्त

पाठक विचार

  • विकासको नाम जपी, माछो-माछो भ्यागुता बनाए

    हेर हाम्रा नेताले, आफैंलाई भुइ-फुट्टा बनाए। बिखन्डनको बाटो रोजी, न यता न उता बनाए ।   अनेकौ वाद तन्त्र भनी सधै जनता झुक्याइरहे, विकासको नाम जपी, ...

    डा. रबिन खड्का

  • हामी मधेसीबाट कहिले नेपाली हुने?

    lsquo;ल् उठनुस तपाईहरु, आ–आफनो झोलाहरु चेकजाच गराउनुहोस्’, यसरी जोडले आएको एक्कासी आवाजले म झस्केर उठेँ। उठेर देख्दा भर्खर हेटौडा, मकवानप...

    सुशीलकुमार साह

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट