पुष्पलाललाई नभनी बिपी भेटेपछि...

skoda
  • Get News Alerts

united
संस्मरण-चालीस वर्षपछि
tata

सर, पुष्पलालवाला इन्सिडेन्ट लेख्नू न, त्योबेलाको वनारस पढ्न मजा आउँछ। मेरो मोबाइल बक्समा उदय अधिकारीको यस्तो एसएमएस आयो।

म एक प्रकारको अभाव र तनावको मनस्थितिमा थिएँ। बिछट्टै गर्मी, जस्तापाताको छानो भएको घरमुनि लोडसेडिङको उपहारको छायाँको शीतल तापेर मोबाइलको एफएमबाट लोकतान्त्रिक गणतन्त्रको रत्यौली सुनिरहेको थिएँ।

उदयको एसएमएसले अचानक मेरो मनको स्टेयरिङ घुमाइदियो। के साँच्चै त्यस समयका घटनाहरूको संस्मरण प्रासङ्गिक होला? अहिलेको पुस्ता वा पठन संस्कृतिमा त्यसको प्रवेश सान्दर्भिक र उल्लेखनीय होला? बस्! म एउटा निष्कर्षमा पुगेँ, जे–जे याद आउँछ लेख्दै जाऊँ, लेखिसकेपछि देखा जाला!

उदयको आग्रहले अलिकति जाँगर पलायो। स्मृतिपट खोलेर केही घटना टिप्न थालेँ। एकमुठी मकैका ठेट्ना चपाएपछि २०२८ सालको बैशाख–जेठतिर वीरगञ्जबाट वनारसतर्फको यात्रा तय गरेको दृश्य आँखाअगाडि फाट्टफुट्ट उम्रन थाल्यो। यात्राका बीचबीचमा आएका ठाउँहरूको नाम सम्झन गाह्रो भयो। कतिपय पात्रहरूको चरित्र सम्झियो, नामचाहिँ बिर्सियो। तथापि यात्राका केही घटना, प्रमुख पात्र र प्रवृत्ति भने ताजा भएर मस्तिष्क भरियो।

औँला भाँचेँ।

चालीस वर्ष भइसकेछ।

चौँथो महाधिवेसनको असङ्गठित कार्यकर्ता, उपयोगितावादी कम्युनिस्ट संस्कृतिको पेचिलो दुखाइ, राहुल साङ्कृत्यायन, शिव वर्मा, राम आसरे वर्माका ससाना पुस्तक र माओ त्से तुङका दर्जनौँ भोल्युमदेखि कार्ल माक्र्सको ‘पुँजी’ सम्म पढ्ने दुस्साहसमा दौडिरहेको २० वर्षे ठिटो थिएँ म। चौँथो महाधिवेसनवाला पार्टीबाट असङ्गठितै भए पनि विद्रोह गरेँ र पुष्पलाल समूहमा सङ्गठित थिएँ। रूपलाल विश्वकर्माको सङ्गत थियो। गीतानगर बजारमा उनी सुन ठटाएर बस्थे। त्यतिबेलाको कम्युनिस्ट शास्त्रका बजारु पुस्तकमा आनन्दबहादुर अर्थात् मोहनविक्रम सिंहको ‘गद्दार पुष्पलाल’ र पुष्पलालको ‘सिंहावलोकन’ पनि मिसाइएका थिए। तिनको वितरणप्रणाली अर्धभूमिगत थियो। विपक्षी मतका कामरेडहरूका लागि ती पुस्तक प्राप्त गर्न हम्मे–हम्मे पथ्र्यो। मैले नरबहादुर खाँडबाट ‘गद्दार पुष्पलाल’ र रूपलालबाट ‘सिंहावलोकन’ पाएँ। कुरो सामान्य थियो–दुवै पढेपछि मलाई ‘सिंहावलोकन’ले तान्यो र पुष्पलाल समूहमा सङ्गठित भई रूपलालको कार्यकर्ता बनेँ।

पुष्पलाल समूहमा आबद्ध हुनुको पीडा सम्झँदा अहिले पनि मेरो जिउ र चित्त दुवै दुख्छन्। मेरो राजनीतिक जीवनको प्रारम्भिक चरणको घाउको एउटा कुनातिर पुष्पराज जमरकट्टेल र कृष्णबहादुर मरहट्ठा पाप्रो भएर बसिरहेका छन्। चम्पानगर चौमको बज्र किल्ला थियो त्यसबखत। अध्ययनको संस्कृतिमा धमिरा लागेको बतासे चेतना, बहसको परिपाटीमा घोर अनुदार, विचार विनिमय भन्ने कुरो ‘कौन चिडियाका नाम’झैँ थियो त्यतिबेलाको क्रान्तिकारी स्कूलिङ। म पुष्पलाल समूहमा आबद्ध भएपछि मेरो टाउकोमा पनि केही पगरीहरू गुथाइए। काङ्ग्रेसको पुच्छर, गद्दार पुष्पलालको नोकर, भारतीय दलाल। यस्तै आरोपहरूको राँको लगेर घरभित्र झोस्ने र परिवारभित्रै वैमनश्य पैदा गर्ने भद्रता पनि देखाए कामरेडहरूले। यसैबीच पार्टीले कलेज अफ एजुकेसन वीरगञ्जमा पढ्ने र विद्यार्थीमा सङ्गठन गर्ने जिम्मा लगायो। र, चम्पानगरको गल्लीमा बेसुरको बाँसुरी बजाउने नित्यकर्मबाट निवृत्त भएँ–म।

प्रेमसिंह धामी मरिसके। उनीसँगको सहयात्रा अथवा उनको सुदूरपश्चिमा भाषा बुझ्न कठिन भए पनि सङ्गत भने व्यक्तिगत र राजनीतिक दुवै अर्थमा गहिरो थियो। उनको कम्युनिस्ट जीवनको कर्मठ आरम्भ विन्दू र व्यक्तित्व उठानको सन्दर्भ कोट्याउनु पनि मरिसकेको मानिसको इतिहास भजाउने प्रयत्न ठहर्छ। तर, उनको आइएडको सेमेस्टर परीक्षा नपरेको भए मेरो यात्राका एकजना सहयात्री हुने पूर्व तयारी भएको सम्झनाचाहिँ आयो यतिबेला।

भीमबहादुर भण्डारी अत्यन्त खरो मिजासको साथी। ऊ थियो मेरो वनारस यात्राको सङ्गठित मित्र। काशीराज सुवेदीसँग पनि कुरा छिनिएको थियो, तर अन्त्यमा बिचरा त्यो साथी डरायो र चितवन जानुपर्ने जरुरी कामको बहाना बनायो। त्यतिबेला घरको अवस्था राम्रै थियो। महिनाको एक सय रुपियाँ छात्रवृत्ति पनि पाइरहेको थिएँ। खर्चको राम्रै व्यवस्थासाथ रूपलाल विश्वकर्माले दिएको ठेगानामुताबिक पहिला दरभङ्गातर्फ लागियो। रक्सौलबाट रेल चढेर थोरै भय, धेरै आनन्दको अनुभूतिसँगै भोलिपल्ट बिहानै दरभङ्गा पुगियो। हामीलाई दर्वेमान नेपालीको घरको ठेगाना दिइएकोले रिक्सा लिएर हिँड्यौँ। लगभग पन्ध्र मिनेट रिक्सामा हिँडेपछि दर्वेमान नेपालीको घर फेला प¥यो। हामीभन्दा अगाडि रूपलाल र गुणबहादुर पुगिसकेका रहेछन्। त्यहाँ पुगेपछि थाहा भयो। पार्टीको केन्द्रिय कमिटीको बैठक पनि रहेछ। हाम्रो भ्रमणको उद्देश्यचाहिँ अखिल भारत नेपाली छात्र फेडेरेसनको अधिवेसनमा नेपाली विद्यार्थीको प्रतिनिधित्व गर्दै भाग लिनु मात्र थियो। पार्टी केन्द्रिय कमिटीको बैठकमा भाग लिन रूपलाल, गुणबहादुर, हिम्मत सिंह, नन्दमोहन र नारायणमान आदि पुगिसकेका थिए। पुष्पलाललगायत अरू आउन बाँकी भएको थाहा भयो। हामी पुगेको करिब आधा घण्टापछि पुष्पलाल पुग्नुभयो। पुष्पलाललाई सबैले माइल्दाइ नै भन्थे वनारसमा निर्वासित नेपाली दुई नेताहरू बिपी


र पुष्पलाल दुवैलाई कार्यकर्ताहरू सान्दाइ र माइल्दाइ भनेर सम्बोधन गर्थे।

पुष्पलाल पुग्नेबित्तिकै हामीलगायत सबैसँग परिचय र सामान्य भलाकुसारी भयो। पुरी तरकारी र चिया नास्ता खाएपछि माथिल्लो तलामा केन्द्रिय कमिटीको बैठक बस्यो। बैठकपछि साँझतिर वनारस हिँड्ने कार्यक्रम थियो। भीमबहादुर र म दरभङ्गा घुम्न निस्कियौँ।

त्यतिबेलाको दरभङ्गा अहिलेको काठमाडौंजस्तै। फोहोर, अव्यवस्थित बसोवास। सडक किनाराहरू सार्वजनिक शौचालय, सामाजिक मर्यादा ह्रासोन्मुख चोर र पकेटमाराहरूको खुलेआम दादागिरी। नेपाली देखेपछि नेपाली नै पछि लाग्ने बलियो र सहज सञ्जाल। सुरक्षाको कहीँकतै गुञ्जायस नभएको अराजक वातावरण–मैले यस्तो देखेँ दरभङ्गा। आफ्नो सुरक्षा आफैँ गर्दै, नाक मुखमा रुमाल राख्दै दरभङ्गा घुमियो। घुम्दै जाँदा कुराकानीको सन्दर्भमा माइल्दाइको सत्तामा पुगेपछि साउँब्याज तिर्ने अभिव्यक्तिले आफूलाई बिझाएको कुरा भीमबहादुरसँग गरेँ–उसले पनि त्यति राम्रो मानेन। तर, पनि हामीले यसलाई सकारात्मक रूपमा ग्रहण गर्ने सहमति बनायौँ।

साँझतिर एउटा ठूलै डफ्फा वनारस हिँड्यो। पुष्पलाललाई दिल्ली जानुपर्ने काम रहेछ। उहाँ अर्कै रेलमा र हामी अर्कै रेलमा चढ्यौँ। रेलको यति लामो यात्रा मेरो लागि पहिलो अनुभव थियो। रेलको झ्यालबाट भारत हेर्दै र नेपालमा यस्तै परिवर्तन र विकासको कल्पना गर्दै चुपचाप एक घण्टा जति बित्यो। मलाई त्यतिबेला कोइलाबाट चल्ने रेलको टाउकोले धुवाँ फालेको दृश्य अति रमाइलो लाग्यो। कहिलेकाहीँ झ्यालबाट मुन्टो तन्काएर रेलको मुखसम्मै हेर्न पुग्थेँ। अझ मलाई त रेल कतै घुम्तीमा परेको बेला शिरदेखि पुछारसम्म हेर्दै जाँदा बडेमानको सर्प बटारिएजस्तो अनुभूति हुन्थ्यो र अत्यन्त रोमान्चित हुन्थेँ। यसका अतिरिक्त प्लेटफर्महरूमा ‘पान, बिँडी गरम चाय’को सङ्गीतमय आवाज पनि अनौठो लाग्यो।

भोलिपल्ट दिउँसोतिर वनारस पुगियो। वनारस–नेपालीहरूले बढी प्रयोग गर्ने नाम, वाराणसी भारतीय लिखतमा पढिने नाम, काशी हाम्रा पिता पुर्खाले तीर्थ गर्ने, पितृश्राद्ध गर्ने पवित्र नाम। वनारसका भव्य भवन, सफा र फराकिला सडक, कहिल्यै नदेखेका चिल्ला र कछुवाजस्ता सवारी साधन, मानिसहरूको समुद्र आदि हेर्दै अँध्यारो गल्लीतिर छिरियो। मनमा वनारस राम्रोसँग हेर्ने, अखिल भारत नेपाली छात्र फेडेरेसनको अधिवेसनमा महङ्खवपूर्ण र क्रान्तिकारी भूमिका निर्वहन गर्ने र क्रान्तिकारी कम्युनिस्ट विचारले इस्पात बन्ने रहर उम्लिरहेको थियो। यी विचारहरू मनमा खेलिरहेको बेला अचानक म अलिअगाडि पुगेछु, अलिकति डर लाग्यो र मनमा आयो ‘यतै हराइयो भने?’ टक्क रोकिएँ। रूपलालको हात च्याप्प समातेँ। सायद हराउनु नै रहेछ–जिन्दगीमा। यसैको पूर्व सङ्केत त थिएन कतै मैले रूपलालजीको हात समाउनुको अज्ञात र मनोवैज्ञानिक अर्थ? रूपलाल जिन्दगीका सारा लगानी बालुवामा पोखेर म¥यो। म त्यसैत्यसै बतासमा हराएँ। तर यसरी हराउनुमा पनि एउटा अर्कै आनन्द हुने रहेछ–जुन आनन्द मैले प्राप्त गरिरहेछु। गद्दार भनिएकाको पछि लाग्नुको तत्कालीन पीडा अहिले मेरा लागि स्वर्णिम दुनियाँ देख्नुको स्वप्नद्रष्टा भएझैँ लाग्छ। पुष्पलाल स्वयम् पुरी तरकारीको ऋण तिर्न नपाई उधारो कात्रोमा खरानी भए, परस्पर विरोधको अग्निमा डढ्यो उनको देह। उनको खरानीले समेत देश टेक्न पाएन।

बलराम उपाध्याय मरिसके। मोहन चापागार्इं सायद छन् क्यारे–काङ्ग्रेसतिर। त्यतिबेला पुष्पलाललाई छाड्नेहरू थुप्रै काङ्ग्रेस भए। उनैले पार्टी कोषबाट पढाइदिएकाहरू पनि काङ्ग्रेस भए। कतिपय कोअर्डिनेसन केन्द्रको गोरेटो हुँदै माले सडकमा पुगे। मदन भण्डारी, वामदेव, मोदनाथप्रभृति परिवर्तित नेपाली राजनीतिका संवाहक बने। आफूले त्यतिबेला छोडे पनि, जुन केन्द्रबाट अभ्यास गरे पनि, अन्ततः उही बाटोको अवलम्बनको संश्लेषणको दस्ताबेज पनि लेखे। सुन्दैछु–हिजो गद्दारको दस्ताबेज बनाउने माक्र्सवादका पण्डितको मनमा पनि पश्चातापको आगो बलेको छ र कीर्तिपुरको शालिकमुनि कसिलो मुठी ठड्याएर सम्मानपूर्वक फोटो खिचाएका छन्।

मेरो सम्झनामा वनारसको भूगोल वर्णनीय ढङ्गले बसेको छैन। नेपालीहरूको गन्तव्यको कारण र सामान्य वातावरण भने झझल्कोको रूपमा रहेको छ। बलराम ट्युसन पढाउँथे। मोहन चापागार्इंको धन्दा नेपाली छात्रहरूलाई विद्यालय महाविद्यालय भर्ना गराउनु, डेराको बन्दोबस्त मिलाइदिनु, प्रमाण–पत्र चाहिएकालाई दिलाइदिनु आदि इत्यादि थिए। राजनीतिक अभीष्टमा वनारस बस्नेहरू अधिकांश यस्तै काम गर्थे, आयश्रोत जुटाउँथे। नेपालीहरू प्रायः संस्कृत पढ्नैका लागि त्यता जान्थे। हुने खानेका छोरा डेरा, छात्रावास वा अझै सुविधा सम्पन्न ढङ्गले बस्दथे भने विपन्न परिवारका चाहिँ कसैको आडभरोसामा, धर्मशालामा तथा पूजाआजा र जजमानीसमेत गरेर आफ्नो लक्ष्य पूरा गर्न लाग्थे। बेलाबखत तीर्थ गर्ने नेपाली बूढाबूढीहरू सातुसामल बोकेर गयाजीतिर लागेको लर्को पनि रमाइलै लाग्थ्यो। ब्रह्मपुत्रको किनारमा पितृश्राद्ध गर्नेहरूको घुँइचो, पण्डाहरूको बोल कबोल, एउटा गाईको सयौँ दान, शयादानका नाममा मोटो रकमको भेटी, रहरै गरेर, लुटिनुमा तृप्त देखिन्थे नेपालीहरू। भाटकी गली, कचोडी गली, काशी हिन्दू विश्वविद्यालयको प्राङ्गण, बिपीको निवास, पुष्पलालको पार्टी हेडक्वाटर र डेरा, गोविन्द ज्ञवालीले भात पकाउने भान्सा, राँगाको मासु किन्ने बुच्चडखाना र साँढे नछिर्ने गल्लीहरूमा नेपालीहरू देखिने तिनै स्थानलाई अलिअलि सम्झन्छु। 


हामी वनारस पुगेको तेस्रो दिन सिटी हलमा अखिल भारत नेपाली छात्र फेडेरेसनको अधिवेसन सुरु भयो। मेरो सम्झनामा कतै दाग लागेको छैन भने त्यो अधिवेसन भारतका प्रख्यात वामपन्थी बुद्धिजीवी वयोवृद्ध लेखक शिव वर्माले उद्घाटन गरेजस्तो लाग्छ। अधिवेसनमा श्रीपाद अमृत डाँगे, कानु सान्याल वा अरू यस्तै भारतीय कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता कोही थिएजस्तो लाग्छ। उद्घाटन सत्रमा पुष्पलालको भाषण ध्यानपूर्वक सुनियो र भाषणको सारसङ्ग्रह सम्झनामा पनि रहन गयो। पुष्पलालको अत्यन्त जोशिलो र धाराप्रवाह भाषणको सार थियो–नेपालमा दलगत स्वतन्त्रता सँगसँगै गणतन्त्रको स्थापना अपरिहार्य छ। राजतन्त्र रहेसम्म प्रजातन्त्र सुरक्षित नहुने कुरामा बिपीलाई स्पष्ट हुन आग्रह गर्दै कम्युनिस्टहरू पनि स्वतन्त्रताको पक्षमा स्पष्टसँग अघि बढिरहेको र कम्युनिस्टसँग सशङ्कित नहुन आग्रह गरेका थिए उनले। वामपन्थी र प्रजातन्त्रवादीको एकता र संयुक्त आन्दोलनमा पुष्पलालको जोडलाई त्यतिबेलाका भारतीय पत्रपत्रिकाले महङ्खव दिएको कुरा भोलिपल्ट थुप्रै पत्रिकाहरूमा मैले फेला परेँ।

उद्घाटनको दिन साँझ ‘पचास रुपियाँको तमसुक’ नाटक मञ्चन गर्ने कार्यव्रmम पनि रहेछ। यसका लागि मोदनाथ प्रश्रितको टोली पुगिसकेको थियो। उहाँको नाटक मण्डलीमा एकजना प्रौढ उमेरका बुद्धिबहादुर थकाली र उनका दुइटी युवती छोरीहरू थिए। नाटक र सांस्कृतिक कार्यव्रmम सम्पन्न भएपछि रातको करिब आठ नौ बजेको हुँदो हो। सिटी हलको प्राङ्गणबाहिर होटलमा खानाको प्रबन्ध रहेछ। खाना खाने समयमा भीडभाड हुनु स्वाभाविक थियो। हामी खाना खाइरहेका थियौँ, अचानक हल्लाखल्ला र दङ्गाफसाद भयो। हामी खाना खाइसकेर उठेर बाहिर आउँदा त मोदनाथ प्रश्रितको निधारमा चोट लागेर रगत बगेको तथा कलमसहित पकेटबाट करिब ६ सय रुपियाँसमेत लुटिएको थाहा भयो। यसको कारण ती २ जना थकाली नानीहरूमाथि होटलमा आएका केही बाहिरका मानिसबाट दुव्र्यवहार भएको र त्यसको प्रतिकारमा मोदनाथजीलाई चोट लागेको कुरा बुझियो। यस घटनापछि माइल्दाइ (पुष्पलाल) लाई बोलाइयो र उहाँले सायद मजिस्ट्रेट र बिपी निवास समेत पुगेर विरोध जनाउनुभयो। भीडमा चर्चा थियो, ‘त्यो गुण्डागर्दी गर्ने कुनै भारतीय थिएन बरु यतै बस्ने नेपाली काङ्ग्रेसकै कार्यकर्ता थिए।’

दोस्रो वा तेस्रो दिन अधिवेसन सकियो। अधिवेसन अवधिभर हरेक साँझ ‘पचास रुपियाँको तमसुक’ नाटक मञ्चन भएको थियो। नाटकमा मोदनाथ प्रश्रितले सामन्तको भूमिकामा अभिनय गरेको दृश्य भने मेरो मनमा ताजै छ। मोदनाथ प्रश्रितमा सिर्जनात्मक लेखनसँगै चित्रकला र अभिनयमा पनि उत्तिकै कौशल रहेछ भन्ने थाहा भयो।

अधिवेसन सकिएको भोलिपल्ट साँझ मलाई पुष्पलालसँग केही जिज्ञासा राख्ने इच्छा भयो। मूलतः नेपालमा कम्युनिस्ट साथीहरूले काङ्ग्रेसको पुच्छर भनेको र यहाँ पनि पुष्पलालको भाषण काङ्ग्रेससँगै मिल्नुपर्छ भन्ने प्रकारको पाएकोले मन दुविधाग्रस्त थियो। हुन पनि नेपालमा काङ्ग्रेसहरूको खेदाइ वाक्कलाग्दो नै हुन्थ्यो। काङ्ग्रेस र कम्युनिस्टबीच झडप नभएको दिन हुँदैनथ्यो। मैले वीरगञ्जमा पनि यही पीडा भोगिरहेको थिएँ। मैले समय मिलाएर माइल्दाइ ९पुष्पलाल०समक्ष यी कुराहरू राखेँ। उहाँले पाँच–सात मिनेटमै मेरो चित्त बुझ्ने गरी सम्झाउनुभयो।

उहाँले भनेका कुराहरूको सार थियो, ‘काङ्ग्रेसलाई कम्युनिस्ट प्रजातन्त्रको पक्षमा हुँदैनन् भन्ने भ्रम छ, यसमा पनि दरबारियाहरूको घुसपैठ दुवैतिर देखिन्छ। अर्को नेपालका अन्य कम्युनिस्टहरूको पनि राजालाई हेर्ने दृष्टिकोण ठीक छैन। कतिपयलाई राजालाई सेनाको बलियो साथ रहेकोले ‘म्यास्याकर’ होला भन्ने डर लागेको छ भने कतिपयले राजामा सिंहानुक देखिरहेका छन्। यिनीहरूले गर्दा पनि काङ्ग्रेस सशङ्कित देखिन्छ। तर, कम्युनिस्ट साथीहरूमा पनि राजालाई मूल दुश्मन मान्ने चेतना आउने र काङ्ग्रेसलाई पनि विश्वासमा लिन सकियो र तत्काल कार्यगत एकता भयो भने राजतन्त्र एक लातमा पछारिन्छ र सेनाले पनि साथ दिने अवस्था रहँदैन।’ अन्त्यमा उहाँको जोड थियो, ‘तपाईं युवाहरूले हेर्दै जानुहोला भोलि यस्तै देख्नुहुनेछ।’

हुन पनि त्यस्तै भयो। ज्ञानेन्द्र शाहको कुबुद्धि र गिरिजाप्रसादको महत्वाकाङ्क्षाले काङ्ग्रेसको चेत फिरायो र राजाको हाउगुजीबाट कम्युनिस्ट पनि निर्भय भए। त्यसो त मैले गणतन्त्र स्थापना भएपछि त्यतिबेलाका कम्युनिस्ट नेता कसैलाई पनि भेट्न पाएको छैन। भेट्न पाए यस विषयमा चर्चा गर्ने रहर थियो। बलराम उपाध्याय पनि गणतन्त्र नदेखीकनै दिवङ्गत भए। उनीसँग धेरै कालको अन्तरालमा २०४९ सालको चैतमा कलकत्तामा अचानक भेट भएको थियो। पुष्पलालसँग भएका कुराकानीको पुनःस्मरण गरेका थियौँ हामीले। त्यतिबेला पनि उनको धारणा वाममोर्चा दरो भइदिएको भए गणतन्त्रको सम्भावना बलियो थियो भन्ने रहेछ। एमालेसँग अलिकति वैरागिएको तथा पुष्पलाललाई मार्ग निर्देशक माने पनि ‘गणतन्त्र’को पक्षमा अझै अस्पष्टै रहेको उनको आशङ्का मैले त्यतिबेला बुझेको थिएँ।

अब एउटा असान्दिर्भक तर प्रासङ्गिक स्मरण।

कदाचित् एउटा साँढे आयो भने विपरीत दिशातर्फ फर्कनुपर्ने बाध्यतासहितका वनारसका सुरुङजस्ता गल्लीहरूमा मलाई एकाबिहान एक्लै घुम्न मन लाग्यो। थुप्रै गल्लीहरू घुम्दै फिर्दै म एउटा ठूलो मैदान भएको चोकमा पुगेँ। पान चुरोटका घुम्ती, स–साना चिया पसल, गुलाबजामुन र रसवरी पाइने मिठाई पसल र अधिकांश नेपालीहरूको भीड देखिने बजार थियो यो। मलाई रसबरी खान मन लाग्यो र एउटा पसलमा पसेर रसबरी र लालमोहन खाएँ।

मिठाई पसलबाट निस्केको मात्र थिएँ, ढोकैमा एकजना परिचित अनुहारसँग जम्काभेट भयो। दुवैले चिनेजस्तो ग¥यौँ। मैले उनलाई चिन्नुभन्दा चाँडो उनैले चिने मलाई। उनी एक–दुईपटक मेरो र मेरा दिदीभिनाजुको घरमा गएका रहेछन्। म दश कक्षामा पढ्दा उनले मलाई राम्रोसँग चिनेकाले देख्नेबित्तिकै ठम्याएर मेरो भिनाजुको नाम लिए। मैले उनको ठम्याइ ठीक भएको बताएपछि हामी फेरि पसलभित्र पसेर चिया पियौँ।

लामो कुराकानी भयो। यतिबेला मैले उनको नाम सम्झन सकिनँ। तर, थर भने सायद देवकोटा हुनुपर्छ। मभन्दा झण्डै दोब्बर उमेरका उनी नेपाली काङ्ग्रेसका कार्यकर्ता थिए। उनले मलाई बिपीलाई भेट्ने प्रस्ताव राखे, म पनि सहमत भएँ। म बिपीलाई भेट्न सहमत हुनुका दुई तीन कारण थिए। बिपीलाई सत्र सालमा गिरप्mतार गरेपछि गाउँघरमा उनीबारे अनेक चर्चाहरू हुने गरेका थिए। यी चर्चाहरू त सुनेकै थिएँ, मूलतः मेरा एकजना छिमेकी होमनाथ खनालबाट उनको बारेमा थुप्रै कुरा सुनेको थिएँ। होमनाथ खनाल पनि अठाह्र सालमा गिरप्mतार भई दुई वर्ष कारागार जीवन बिताएर छुटेका थिए। उनी गिरप्mतार भएपछि भरतपुरको एउटा मात्र ठूलो पक्की घर ९पछि त्यो जिल्ला पञ्चायतको गेष्ट हाउस बन्यो० मा पु¥याइएछ। त्यहाँ दर्जनौँ मानिसलाई गोली ठोक्दै मारिएको र उनलाई पनि मार्न लाग्दा अचानक उनको पहाड घर तनहुँका छिमेकी आर्मी अफिसरले देखेर चिनेछ र उसैले मर्नबाट बचाएको उनको भनाइ थियो। उनलाई गोली हानी मारिएका मानिसहरूको लासको थुप्रो र रगतको तलाउमा उभिएरै रात कटाएपछि बिहानै वीरगञ्ज जेल चलान गरिदिएछन्। उनी जेलबाट छुटेपछि मैले उनीबाट धेरै राजनीतिक जानकारीहरू लिएँ र बिपीका बारेमा थुप्रै थाहा पाएको थिएँ। यसको स्मरणले पनि मलाई बिपीसँग भेट गर्ने इच्छा जागृत भएको थियो। सोही दिन दुई बजे भेट्ने र त्यसका लागि उनले समय मिलाउने सहमतिमा हामी छुट्टिएका थियौँ।

पूर्व सहमतिअनुरूप दिउँसो दुई बजे हामी त्यही ठाउँमा भेटियौँ। समय र अनुमति पाएको जानकारी भयो। हामी पैदलै टाढाटाढासम्म गल्लीहरू छिचोल्दै एउटा फराकिलो बाटोबाट अर्को गल्लीको एउटा गेटभित्र छि¥यौँ। भित्र बरण्डा वा आँगनजस्तो ठाउँमा केही मानिसहरू थिए। उनले सबैजनालाई हात हल्लाएर जय नेपाल भन्दै मलाई साथै लिएर सरासर भित्र पसे। त्यहाँ एउटी सामान्य पहिरनकी महिला प्रकट भइन्। देवकोटाजीले ‘जय नेपाल’ भन्नासाथ उनले दश मिनेट पर्खन आग्रह गरिन्। पछि उनले मलाई ती महिला शैलजा आचार्य भएको बताएका थिए।

तर दश मिनेट पनि नपुग्दै कुर्ता सुरुवाल, चुचो पारेको कालो टोपी, कालै डन्डी भएको चश्मा र मभन्दा दोब्बर उचाइ भएको मानिस स्वयम् दुई हात जोड्दै मीठो मुस्कानसहित टुप्लुक्क आइपुगे। मैले अनुमान गरेँ–यिनै हुन् मान्यवर विश्वेश्वरप्रसाद कोइराला। हामी दुवै जुरुक्क उठ्यौँ र बस्ने ईशारा पाएपछि थचक्क बस्यौँ। बिपीले मेरो नाम सोध्नुभयो, गाऊँ र बाबुआमाको नाम र उमेरसमेतको जानकारी लिनुभयो। मेरो शैक्षिक योग्यता र अभिरुचिका विषयमा निकै चासो राख्नुभयो। साहित्य र पत्रकारितामा पनि मेरो रुचि रहेको बताएपछि उहाँ निकै रौसिएजस्तो लाग्यो र म पनि निकै हौसिएँ। कम्युनिस्टमा लाग्नुको कारण सोध्दा मैले लट्पटिएर जवाफ दिएँ, ‘सबै जनता बराबर हुन्छन् भन्ने सिद्धान्त हो भन्ने लागेर ।’

उहाँ मुसुक्क हाँस्नुभयो र भन्नुभयो, ‘बाबु१ कम्युनिज्म नराम्र्रो होइन तर त्यस पद्धतिमा जनता स्वतन्त्र हुँदैनन्।’

हामीले करिब आधा घण्टा बढी नै समय लियौँ। मैले उहाँलाई अत्यन्त विनम्र र भद्र, साना ठूला सबैप्रति उत्तिकै उत्सुक पाएँ, उहाँको बोलीचालीमा पनि चुम्बकीय शैली पाएँ र गम्भीर रूपमा प्रभावित भएँ। साँच्चै भन्ने हो भने मैले व्यक्तिगत व्यवहारमा पनि त्यतिबेला पुष्पलालभन्दा बिपीलाई नै मन पराएको थिएँ। बिदा हुने बेलामा पनि मप्रति उहाँको गहिरो अभिरुचि भएको अनुभूति भयो मलाई। वनारस बस्ने समयावधि र फर्कने दिनसमेत सोधेर साहित्यका लागि बेस्सरी पढ्न र पत्रकारिता गर्न आत्मबल बलियो पार्ने सल्लाह दिँदै सम्भव भए फर्कने बेलामा र नभए अर्कोपटक भेट्न सक्नेसमेतमा उहाँ वचनबद्ध हुनुभयो।

बिपीको निवासबाट फर्किएपछि मेरो मनमा ठूलै द्वन्द्व चल्यो। कतै काङ्ग्रेस नै ठीक त होइन? कम्युनिस्ट भएर जीवन बर्बाद पो हुने हो कि? यस्ता थुप्रै तर्कना मनमा नउठेका होइनन्। तर अन्तमा बिपीको मीठो कुरा सुनेर भ्रमित हुनुहुन्न भन्ने निष्कर्षमा पुगेँ। देवकोटाजीलाई बिदा गरेर म पार्टी हेडक्वार्टर पुग्दा भीमबहादुर र गोविन्द ज्ञवालीले म हराउन सक्ने अनुमान गरेको थाहा पाएँ। तर, मैले पूरा वनारस घुमेको गफ दिएँ, बिपीलाई भेटेको कुरा भने उनीहरूबाट लुकाइराखेँ।

(चालिस वर्षपछि शीर्षकको यो निबन्ध शिखा बुक्सद्वारा प्रकाशित रेशम विरहीको निबन्धसंग्रह ‘देब्रे आँखा’बाट लिइएको हो)

Hundai
fasino
sagoon

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मकैको चामल मकैको चामल

    खाना नलिनु अघिः -यो साउले खाना सोध्दा पुग्यो भने ‘आगायो’ भन् हे!
    -नपुगेको चैँ कसरी भन्ने?
    -‘चायो’ भन् न! मलाई फिटिक्कै खसकुरा नआउने। आखिरमा ‘आगायो’ के खाएर भन्न सक्नु ? बल्लबल्ल ‘चायो’ मेरो मुखबाट पाँच किलोको ढक जस्तो गरुङ्गो भएर सुस्तरी प्रक्षेपण हुन्छ। बाले अर्डर दिँदा भात मेरो लागि चैँ ‘हाफ’ भनेको हुन्छ। खाने बेला मैले ‘फुल’ पो खाइसक्छु, कारणः भात चामलको देखापर्छ।

    छम गुरुङ

  • हामी आफैं उखेलिनुपर्ने जरा हौं हामी आफैं उखेलिनुपर्ने जरा हौं

    मैलै जीवनमा धेरै बालबालिकाको कान निमोठेँ। कन्सिरीका रौं तानेँ। गालामा चड्कन लगाएँ। पाइपको लौरोले हत्केला बजाएँ। ढाड भाँचिएला जसरी हिर्काएँ। जबजब म बालबालिकालाई निरीह बनाउँदै शासकीय रवाफमा यी कार्य गर्थेँ म स्वयम् बिरामी पर्थेँ। त्यही दिन या भोलिपल्ट सम्बन्धित बालकसित भेटेर सम्बन्ध पुनसर््थापित भएको अनुभूति भएपछि मात्र आफूलाई सजिलो महसुस हुन्थ्यो।

    नरेन्द्रकुमार नगरकोटी

  • आमा र अनुहारका धर्सा आमा र अनुहारका धर्सा

    घाँटीमा अँगालो मारेर सुत्ने मेरो बानी थियो। बुवासँग सुत्दा पनि त्यसरी नै अँगालो मार्थेँ। उहाँलाई कहिल्यै झर्को लागेन। आमा आइरहन नपाउने। उहाँलाई लिन बुवा नै जानुपर्ने भएकाले चाँडै आँउने सम्भावना कम हुन्थ्यो। चाडपर्वजस्ता विशेष बेलामा मात्र हाम्रो भेट हुन्थ्यो। आमालाई लिन बुवा हिँडेदेखि आईपुगुन्जेलसम्मको पर्खाई सबैभन्दा लामो लाग्थ्यो मलाई। आमालाई सुनाउने धेरै कुराहरु सम्झिएर बस्थेँ म। सुनाउँछु भनेर सम्झिएका धेरै कुराहरु उहाँ नजिकै आईपुग्ने बेलामा हराउँथे।

    सुरज सुवेदी

साहित्यपाटी

  • फर्कनु उसको फर्कनु उसको

    भर्खरै थाहा पाएको हुँ मैले उनी फर्कि आएकी
    उनी जो हाम्रो टोलको सबैभन्दा सुन्दर युवती थिइन्
    अब आएकी छिन् सधैँको लागि विवाहको तीन वर्षपछि फिर्ता

    शिरीष कुमार मौर्य

  • मेयर हर्कचोक मेयर हर्कचोक

    दिनहरु बित्दै गए। मेरा मानसपटलमा ती युवती र त्यो बच्चाको अनुहार धमिलो धमिलो हुँदै गयो। शायद अघिल्लो वाक्य मैले गलत लेखेँ। ती आँखाहरू धमिला हुने किसिमका थिएनन्। सुदूर मानसपटलमा गहिरो गरी कुँदिएका थिए ती।

    शिव संकल्प

  • बैंस बैंस

    चिठी च्यात्छन्। मेरो आफ्नै मुटु च्यातेजसरी दुख्न थाल्छ। चिठी च्यातेपछि राजा घोडा र रेडियो छाडी टाप कस्छन्। त्यसपछि बजिरहेको बाउसा’बको रेडियो पनि बन्द हुन्छ। घोडा मन्टो हल्लाउँदै हेरिरहन्छ- घरी मलाई, घरी नरेशजंग राजा गएतिर त घरी भेरी पारितिर। ‘राजा! किन च्यात्सियो? लालीको चिठी’ भनेर छाडेथे हल्काराले,’ यति भनेर चिठीका टुक्रा उठाउन थाल्छु। बाउसा’ब ओझेल पर्छन्। तैपनि प्रश्नले बाटो छेक्छ, ‘अब लालीको बैंस?’ चिठीका टुक्रा हातमा उठाएर अमूल्य उपहारझैं हेर्न थाल्छु, ‘आँखा देख्ने भए आफैंले सन्चोबेसन्चो सोध्थे हुँला छोरीले पठाएका अक्षरसित।’ जहाँ भए पनि, जे गरे नि लालीले ‘ठीक’ गरेजस्तो ‘अनौठो’ अनुभूत गरी बोलाइरहेछु- लाली!

    नवीन विभास

पाठक विचार

  • प्रधानमन्त्रीज्यू, चुरेभूमिलाई मरुभूमि नबनाईयोस्!

    म कसरी भनूँ मेरो देश चक्रै चक्रको कुचक्रमा फँसेको छ भनेर, म कसरी भनूँ मेरो देश केही मुठ्ठीभर मान्छेहरुको र दलदासहरुको चंगुलमा फँसेको छ भनेर, म कसरी भनूँ स्वार्थको राजनीतिको रापमा देश भत्भति पाकिरहेको छ भनेर ! कसरी भनूँ यहाँ राज्यका अंग अंगमा दलका दासहरुले योग्यता हैन चाकरीको भरमा नोकरी पाउँछन् भनेर ! त्यसैले जब जब अमेरिकीहरुले 'ह्वाई आर यु हियर' भन्छन् तब तब म त्यही नोष्टाल्जियामा हराउँछु । अनि आफैले उठाएको सवाललाई बिषयान्तर गर्छु ।

    - सरगम भट्टराई

  • ठूला सञ्चारमाध्यमको मनोमानी, सरकारको लाचारीपन

     सञ्चारमाध्यमहरुले कहिले समाचारमा त कहिले बिज्ञापनमा पटक पटक यस्ता गल्ती दाहो¥याइरहन्छन् । जसका कारण लोकतान्त्रिक पद्दतिमा पुगेका नेपालीहरुको सही सुचना पाउने अधिकारमा असहजता पैदा भएको छ। यो सुचनजाकै हकमा पहिलो कुरा सञ्चारमाध्यमले स्रोत बिना प्रकाशन/प्रसारण गर्नु नै गल्ती हो। दोस्रो नेपालमा प्रयोग हुने नाङ्गा साबुनको गुणस्तरबारे बिज्ञापन प्रस्ताव आइसकेपछि ती उत्पादनको गुणस्तरबारे छलफल परामर्श तथा सम्बन्धित पक्षको ध्यान आकर्षण गराउनुपथ्र्यो जुन कुरा आम सञ्चारको दायित्वभित्र पथ्र्यो।

    मनीषा अवस्थी

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट