माओवादीले चलाएको पहिलो स्याटलाइट फोन

  • Get News Alerts

united
tata

युद्धकालमा सञ्चारको पनि उत्तिकै महत्व थियो। पहिले जस्तो चिठ्ठीपत्र र मान्छे–मान्छेबीचको सम्पर्कले जनयुद्धलाई अघि बढाउन सक्ने स्थिति थिएन। दुश्मनले उच्च प्रविधियुक्त सञ्चारसाधन प्रयोग गथ्र्याे। शाही सेनासँग वायरलेस सञ्चार प्रविधि थियो। युद्धलाई सफल तरिकाले अघि बढाउने हो भने हामीले पनि त्यही स्तरको सञ्चार प्रविधि प्रयोग गर्नु जरुरी थियो। एक हिसाबले भन्ने हो भने, युद्धकालमा हातहतियार र गोलीगट्ठा जस्तै सञ्चारसाधन पनि उत्तिकै महत्वपुर्ण थिए।

पार्टी र जनमुक्ति सेनालाई आवश्यक पर्ने सञ्चारका साधन जुटाउने जिम्मा पनि सप्लाई विभागलाई थियो।

२०५८ सालमा शाही सेनामाथि आक्रमण गर्दा जनमुक्ति सेनाको बटालियन स्तरको संरचना थियो। शान्ति प्रक्रियासम्म आइपुग्दा जनमुक्ति सेनाको सैन्य संरचना सात डिभिजनको बनिसकेको थियो। उपल्लोदेखि तल्लो तहसम्म सूचना पठाउन आधुनिक प्रविधि जरुरी थियो। जनमुक्ति सेनाका लागि आवश्यक पर्ने सञ्चारसेटदेखि पार्टी शीर्ष नेतृत्वले प्रयोग गर्ने स्याटेलाइट फोनहरुको खरिद गरेर नेपालसम्म ल्याउने जिम्मा पनि सप्लाई विभागले नै पाएको थियो।

स्याटेलाइट फोनको खरीद र व्यवस्थापन हामीले पाएको अर्को महत्वपुर्ण जिम्मेवारी थियो। पहिलोपटक हामीले २०५८ सालमा स्याटेलाइट फोन ल्याएका थियौं। जनयुद्धका क्रममा सबैभन्दा धेरै स्याटेलाइटको कारोबार र व्यवस्थापन गर्ने जिम्मा पनि मैले नै पाएँ।

स्याटेलाइट फोनका कारोबारीसँग पहिलो भेट काठमाडौंमा भएको थियो। लाजिम्पाटमा स्थायी बसोबास गर्ने उनी थाइल्यान्ड, फिलिपिन्स र जापानतिरबाट स्याटेलाइट फोनहरु मगाउने गर्दा रहेछन्।

पहिलो भेटपछि हामीले फोनमै कुराकानी गरेर कारोबार थाल्यौं। उनी हामीसँग अर्डर माग्थे। हामीलाई जति फोन चाहिने हो, लाग्ने रकम उनको खातामा पठाइदिन्थ्यौं। रकम पठाइदिएपछि हामीले भनेको ठाउँमा स्याटेलाइट पठाइदिन्थे। फोन रिचार्जका लागि आवश्यक पर्ने कार्डका लागि पनि त्यसरी नै पैसा पठाइदिन्थ्यौं। उनले कार्ड नम्बर पठाइदिन्थे।

पहिलो पटक हामीले पाँचवटा स्याटेलाइट फोन मगाएका थियौं। तीमध्ये तीन वटा एकै प्रकृतिका थिए। बाँकी दुईटा चाँहि फरक थिए। तीमध्ये एउटा स्याटेलाइट फोनको मूल्य १ लाख १० हजार रुपैयाँ परेको थियो। हामीले किनेकामध्ये सबैभन्दा महँगो त्यही थियो।

सुरुमा ल्याइएका पाँचवटा फोनमध्ये राम्रो गुणस्तरका ती तीनवटा फोन सुदूरका गाउँका घरभित्रै बसेर पनि मजासँग चलाउन सकिन्थ्यो। बाँकी दुईटा चाँहि अलिक कमजोर गुणस्तरका थिए। फोन गर्दा कोठाबाहिर निस्केर एन्टेनालाई खुला आकाशतिर फर्काउनुपथ्र्याे अनि मात्र कुराकानी गर्न सकिन्थ्यो। ती दुईटालाई चाहिँ प्रतिगोटा ७० हजार रूपैयाँ परेको थियो।

फोन आएपछि सुुरुमा मैले नै चलाउन सिकें। त्यसपछि अरु साथीलाई सिकाएँ।

हतियार ल्याउन जति कठिन थियो, स्याटेलाइट फोन र सञ्चारसेट ल्याउन त्यति गाह्रो थिएन।

यस्ता सञ्चारसामग्री बिक्रेताहरुको जताततै सञ्जाल हुँदो रहेछ। त्यही सञ्जाल प्रयोग गरेर तोकिएको ठाउँसम्म पु¥याइदिन सक्दा रहेछन्। मूल्य दिएपछि एजेन्टहरु जहाँ पु¥याइदिनु भनिएको हो, त्यहाँसम्म नै फोन ल्याइदि“दा रहेछन्। नेपालमा मात्र होइन, अन्य देशमा पनि यस्तो कारोबारका लागि मानिसहरु जोडिएका हुँदा रहेछन्। मूल्य दिएपछि खरिद गर्नेले त्यस्तो टाउको दुखाउनुपर्दाे रहेनछ।

हामीले तीनवटा कम्पनीका स्याटेलाइट फोन लिने गरेका थियौं। यसमध्ये सबैभन्दा राम्रो जापानको थुरायो कम्पनीको थियो। बाँकी चाँहि थाई र फिलिपिनो कम्पनीका थिए। राम्रो र भरपर्दाे भएकाले हाम्रो रोजाइ स्वाभाविक रुपमा जापानी कम्पनीकै फोन थियो।

स्याटेलाइटबाट फोन गर्दा जति रकम लाग्थ्यो, त्यो सोचिए जस्तो महँगो थिएन। युनिटका हिसाबले पैसा खर्च हुन्थ्यो। सेट टु सेट फोन गर्दा एक युनिट बराबर तीन रूपैयाँ पथ्र्याे। सेट टु सेटभन्दा बाहिर कुरा गर्दा चाँहि अलिक महँगो पथ्र्याे। त्यसो गर्दा अन्तर्राष्ट्रिय कल अनुसार मूल्य तिर्नुपथ्र्याे।

२०५८ सालको पहिलो वार्ताकालदेखि सुरु भएको स्याटेलाइट फोन किन्ने प्रक्रिया दोस्रो वार्ताकालसम्म नै चल्यो। वार्तामा भएपनि युद्धविराम भङ्ग हुनसक्ने सम्भावना त्यत्तिकै थियो। त्यसैअनुसार आन्तरिक तयारीलाई पनि मजबुत बनाउनुपथ्र्याे। आन्तरिक तयारीको एउटा महत्वपुर्ण पक्ष सञ्चारमा पार्टी र जनमुक्ति सेनालाई सुदृढ गराउनु थियो।

जनमुक्ति सेना र पार्टीका लागि ल्याइएका स्याटेलाइट फोनहरु पार्टीभित्रको अन्तरसङ्घर्षका बेला बाबुराम भट्टराई पक्षीय विचार सम्प्रेषण गर्न पनि सहयोगी सिद्ध भए।

आफ्नो विचार राख्दा बाबुरामजी कारबाहीमा पर्नुभएको थियो। हुन त उहाँ अध्यक्ष प्रचण्डकै साथमा हुनुहुन्थ्यो, तर पनि उहाँमाथि पार्टीको निगरानी थियो। आफ्ना विचार बाहिर पु¥याउन सक्ने स्थिति थिएन। उहाँ पक्षधर नेता–कार्यकर्तासँग उहाँको भेटघाट र कुराकानी हुन सक्दैनथ्यो।

म बाबुरामजीको विचार समूहमा भएपनि अध्यक्ष प्रचण्डसँग सुमधुर सम्बन्ध थियो। बाबुरामजीले त विश्वास गर्नुहुन्थ्यो नै, प्रचण्डजीले पनि उत्तिकै भर गर्नुहुन्थ्यो। त्यही सम्बन्धको उपयोग गर्दै बाबुरामलाई मैले सुटुक्क एउटा स्याटेलाइट फोन उपलब्ध गराएको थिएँ।

बाबुरामजीसँग स्याटेलाइट फोन भएको कुरा कसैलाई थाहा थिएन। अध्यक्ष प्रचण्डलाई पनि थाहा थिएन। उहाँ हामीसँग फोनमा सुटुक्क कुराकानी गर्नुहुन्थ्यो। कुन बेला कुराकानी गर्ने भन्ने पहिले नै तय गरिन्थ्यो। कुराकानी गर्ने भनिएको समयमा उहाँ अलिक एकान्तमा जानुहुन्थ्यो।

उहाँले पार्टीसमक्ष सुरुमा चारबुँदे र पछि तेह्र बुँदे असहमतिपत्र राख्नुभएको रहेछ। उहाँ रोल्पामा हुनुहुन्थ्यो। कारबाहीमा पर्नुभएकाले अन्तरसङ्घर्षका लागि आफ्ना कुरा तल्लो तहसम्म लैजान सञ्चारमाध्यमलाई प्रयोग गर्नु उचित हुन्थ्यो। पछि उहाँको तेह्र बुँदे असहमतिपत्र नेपाल साप्ताहिकमार्फत सार्वजनिक हुन पुग्यो।

पार्टीको हिरासतमा रहेकै बेला असहमतिपत्र सार्वजनिक भएपछि निकै ठूलो हल्लीखल्ली मच्चियो। पार्टी नेतृत्व र कसैसँग सम्पर्क हुन नसक्ने स्थितिमा रहेका बाबुरामजीसँग मात्र भएको त्यो पत्र कसरी सार्वजनिक भयो? यो कुरा पार्टी नेतृत्वका लागि पनि रहस्यको विषय बन्यो।

रोल्पाको गाउँमा पार्टी नेतृत्वसमक्ष उहाँले पेश गरेको तेह्र बुँदे असहमति सार्वजनिक हुनुमा उहाँसँग रहेको त्यही स्याटेलाइट फोनले भूमिका खेलेको थियो। त्यो बेला म लखनउमा थिएँ। उहाँले स्याटेलाइट फोनमार्फत त्यो कुरा मलाई टिपाउनुभएको थियो। उहाँले जेजे टिपाउनुभयो, त्यो मैले यताबाट रेकर्ड गरेर राम कार्की (पार्थ) लाई दिएको थिएँ। यसरी रेकर्ड गरिएको तेह्र बुँदेको व्याख्या ब्रिफिङसहित पार्थले पत्रिकालाई दिनुभयो र त्यो प्रकाशित हुन सक्यो। त्यो बेला पार्थ सम्भवतः राजस्थानमा हुनुहुन्थ्यो। उहाँ पहिले दिल्लीमा बस्नुहुन्थ्यो। तर जब अन्तरसङ्घर्ष बढ्दै गयो, त्यसपछि राजस्थानमा बस्न थाल्नुभएको थियो।

लोकतन्त्र स्थापना र शान्ति प्रक्रियासम्म आइपुग्दा हामीले पन्चानब्बे वटा स्याटेलाइट फोन भित्र्याइसकेका थियौं। तर, जब हामी शान्ति प्रक्रियामा आयौं, त्यसपछि त्यसको उपयोगिता रहेन। किनभने, त्यो बेलासम्म मोबाइल फोन सर्वसुलभ हुन थालिसकेको थियो।

(सांग्रिला बुक्सबाट प्रकाशित भक्ति प्रसाद पाण्डेको संस्मरणात्मक कृति ‘चाचा’ आज विमोचित भएको हो।)

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • नेपाली फोटोपत्रकारिताका बारेमा मेरो कुरा नेपाली फोटोपत्रकारिताका बारेमा मेरो कुरा

    नेपाली फोटोपत्रकारिता भनेजस्तै विकास र उन्नति नहुनुमा नेपाली फोटो पत्रकारहरुले जति सुन्दर तस्बिर कैद गर्छन् त्यस्तै अनुरुपमा फोटो क्याप्सन (फोटो विवरण) नलेखेर हो। उनीहरुलाई लाग्छ कि लेख्नु भनेको लेखक पत्रकारहरुको काम हो। त्यसैले त्यो लेखाइ गलत भैदिन्छ जब क्याप्सन लेखकले फोटोपत्रकारको नजरले हेर्न सक्दैन।

    दीपेन्द्र बज्राचार्य

  • काठमाडौंमा म कसलाई मतदान गरौं काठमाडौंमा म कसलाई मतदान गरौं

    काठमाडौं! आफैं भित्र के छ? अवस्य नै धेरै छ। काठमाडौं मेरो लागि धेरै हो। यसलार्इ राम्रो बनाउन प्रतिज्ञा गर्ने र परिवर्तनका सम्वाहक बन्न खोज्ने मानिसहरूका लागि पनि यही नै सत्य हो, कुनै पनि व्यक्तिका लागि उसको नाम नै सबैथोक हो। काठमाडौंका लागि त्यो अझ बढी हो। तपाईँ आफूलार्इ विवेकशिल वा एमाले, काँग्रेस, माओवादी, साझा, हाम्रो यो वा त्यो अन्य दर्जनौं नामले पुकार्नुहोस्, के तपाईँको काठमाडौं वास्तवमै मेरो भन्दा फरक छ? तिनीहरू भन्छन् कि युवाहरू तेज, लचिलो र दिन चाहने हुन्छन्। तर नेपालका नयाँ राजनीतिक पार्टीहरूलार्इ के भएको छ, मलार्इ थाहा छैन । कुनै पनि नयाँ राजनीतिक पार्टीसँग जित्नका लागि चाहिने कोष, युवाहरूको सहयोग, अनुभव जस्ता सबै कुराहरू पर्याप्त छैनन्। के हामी सबै मिलेर एउटा समूह बनाउन सक्तैनौं जहाँ हामीसँग पर्याप्त कोष, कार्यान्वयन गर्न सक्ने युवाशक्ति र बौद्धिक वार्ताकारले भरिपूर्ण रहुन् अनि त्यहाँ उत्कृष्ठताका लागि फरक हुन सक्छ।

    सुमना श्रेष्ठ

  • फेसबुकमा मात्र हैन, आमालाई मनमा पनि सजाउने कि? फेसबुकमा मात्र हैन, आमालाई मनमा पनि सजाउने कि?

    यसको अर्थ यो नमानौं कि आमाको फोटो फेसबुकमा राख्न पनि नपाउने? पक्कै पनि पाउने। तर आफूले आमालाई कतिको माया गर्छु, बिरामी पर्दा कतिको हेरचाह गर्छु, बृद्ध अवस्थामा कतिको माया र स्नेह गरेँ, आमालाई मिठो मसिनो खान दिएँ कि दिईन लगायतका कुराहरु ख्याल गरेका छौं? एकपटक स्मरण गरौं, हामीमध्ये कतिले फेसबुकमा धेरै खाले ‘क्याप्सन’ सहित तस्बिर राखेका आमाहरु कति बृद्धाश्रममा होलान्, कति खान नपाएर रत्नपार्कमा हात फैलाउन बाध्य होलान्, कति उपचार खर्च नभएर अस्पतालमा जीवन र मृत्युको दोँसाधमा लडिरहेका होलान्।

    गोबिन्द मरासिनी

साहित्यपाटी

  • आमा आमा

    रगतको थोपा थोपा सिन्चित गरेर  आफू भित्र लुकायौ  शारीरिक परिवर्तनसँगै  जाग्राम बसेका  मातृ उमंगहरु  दिन अनि महिना गन्दै...

    मिरा प्रसाई

  • माता तिर्थ औँसी माता तिर्थ औँसी

    लंके दिनभर र्याली र भाषणमा ब्यस्त रह्यो। साँझपख लखतरान परेर पार्टी कार्यलय पुग्यो। कार्यालयको वाइफाइ अटो-कनेक्ट हुनासाथ मोबाइलमा नोटिफिकेसन बज्न थाल्यो। उसले फेसबुक खोलेर हेर्यो। ओहो! आज त आमाको मुख हेर्ने दिन पो रहेछ। आफुसँग दिनभर सँगै हिंडेका मने, रिखे र यामेले फेसबुकमा आमाको फोटो राखेको देखेर ऊ चित खायो। उसले सोच्यो- 'कुन बेला फुर्सद पाएछन यिनेरुले? अनी कहाँको वाइफाइ पाएछन?'

    सन्तोष पौड्याल

  • र, एउटा एस्ट्रे र, एउटा एस्ट्रे

    निभाउँछु उही एस्ट्रेमा ठुटो चुरोट
    र, प्रश्न गर्छु आफैलाई
    मनभित्र एकान्तमा कतै किन चिच्याउँदैछ बच्चु कैलाश?
    ‘टाढा टाढा जानु छ साथी, एकफेर हाँसीदेऊ’

    भोलि त सबेरै छोडेर जानु छ।

    सौरभ कार्की

पाठक विचार

  • किशोर थापाजीलाई खुलापत्र

    राजनितिमा भर्खर प्रवेश गरेकी रन्जुलाई मेयर पदमा निर्वाचित गराएर उनीलाई मार्गदर्शन गर्ने भूमिकामा तपाई रहनु भयो भने निश्चय नै नेपालको राजनैतिक इतिहासमा यो एउटा नयाँ प्रयोग हुनेछ। अरुले पनि यसबाट पाठ सिक्ने छन्। नयाँ पुस्तालाई राजनितिमा स्थान दिन यो कोशेढुंगा साबित हुनेछ। मलाई के पनि विश्वास छ भने वैकल्पिक राजनैतिक शक्ति खोजिरहेका काठमाण्डौबासीहरुले तपाईहरुलाई अवश्य विजय गराउने छन्।

    डा. शैलेन्द्र सिग्देल

  • नयाँ वर्ष प्रण

    रित्तो बोतल र खाली शिशाहरूले सामुहिक आत्महत्या गरे। ऊ परऽऽको एक कुनामा हेर त? एक थुप्रो लासहरू जस्तै डंगुर लडिराछ।   चीत्कार तिरस्कार अपहेलना बित...

    इन्द्र थेगिम

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट