छापामारकी बुढी

  • Get News Alerts

tata

प्लीज, रोक्नुस न?

आफ्नै रफ्तारमा दौडिरहेकी म अनामनगर हनुमानथाननिर मेरो ध्यान एकाएक बाटोमा इशारा गरिरहेकी एउटी छोटो कदकी स्मार्ट युवतीतर्फ मोडियो।

म बानेश्वरदेखि न्यूरोड हिँडेकी थिएँ। केही सामन खरिदिनु थियो। साँच्ची भनूँ भने म एकदम हतारमा थिए। प्रायः जसो म हतारमै हुन्छु। मेरा आफ्नै काम अनि बाध्यता छन्, घरको काम गर्नु, आफ्नो ब्यवसाय चलाउनु, बच्चा सम्हालनु, बुहारी, पत्नी, आमा सबैको भूमिका कुशलतापूर्वक निर्वाह गर्नु मेरो मात्र नभएर सबै कामकाजी महिलाका बाध्यता हो।

हतारमै भए पनि स्कुटी रोकेँ। त्यतिबेला काठमाडौंमा हाहाकार थियो। नाकाबन्दीको चरम मारमा थिए नेपाली जनता। गाडी चल्दैनथे। सडक प्रायः खाली हुन्थ्यो। कहीकतै आफ्नो पहुँच हुनेको निजी सवारी साधन चले पनि जनजीवन एकदमै कष्टकर थियो।

सेवा नै धर्म हो भन्ने सोचेर मैले स्कुटीको ब्रेक थिचेँ।

‘कहाँ जाने बहिनी?’ हेर्दा पुरानो तर सफा जिन्स र टि–सर्ट लगाएर बाटोमा उभिरहेकी युवतीलाई सोधे।

प्लीज मलाई लिफ्ट दिनुस् न, मलाई सुन्धारासम्म जानु छ।

बस्नुस् न म नि ऊतैतिर जाँदैछु, मैले भनेँ।

उनी मेरो स्कुटीको पछाडि बसिन् अनि ठूलो श्वास फेरिन्। मानौ लामो बिछोडपछि अविभावक पाएजस्तो।

बहिनी अलि हतासमा हुनुहुन्छ जस्तो लाग्यो। मैले कुरा निकाल्ने बहानाले औपचारिक बन्दै सोधेँ।

केही होइन दिदी, फेरि ठूलो श्वास फेरिन्।

हुनत कहाँ विश्वास गर्न सकिन्छ र बाटोमा पहिलोपल्ट भेटेको अपरिचितलाई। मैले उनलाई हेर्दा सजिलै अनुमान लगाए कि उनी तनावमा छिन् अर्थात उनको जीवनमा ठूलो घटनाको बज्रपात भएको छ।

उनी मसँग पोखिन चाहिनन्जस्तो लाग्यो। बाटोमा सामान्य कुरा गर्दै हिडे सुन्धरा आइपुग्यो। काठमाडौं मल अगाडि रोकेर उनलाई स्कुटीबाट झर्न आग्रह गर्दै बोले।

बहिनी यहीसम्म होइन?

खै दिदी कासम्म भनूँ ? जाऊ कहाँ जाऊँ बसूँ कहाँ बसूँ, स्वास्नी मान्छे हुनु त अभिशाप रहेछ। कोठामा पनि अरुलाई लिएर आएको छ।

उनी आत्मीय हुन खोज्दै भनिन्। म अलमल परे कसको बारेमा बोलिन उनी भनेर।

कसको कुरा गर्नुभो ? मैले सोधेँ।

हजुरलाई हतार छैन भने बसौन कतै उनले सोधिन्।

बेलुकी ५ बजिसकेको थियो। मलाई हतार त थियो नै त्यो भन्दा ज्यादा हतार उनको जीवन जान्नु थियो। मैले हुन्छ भन्दै काठमाडौं मलको छेउमा रहेको रेस्टुरामा लगेर गएँ।

के खाने बहिनी? मैले सोधेँ, ‘केही नखाने भनिन्। मैले २ कफी मगाएँ।

वातावरण शून्य थियो। मैले कुरा निकाल्ने बहानाले सोधे कहाँ बस्नुहुन्छ?

हनुमानथान नजिक।

घर ?

घर गुल्मी हो रे माइती सल्यान।

अघि कसको कुरा गर्नु’भा ?

मेरो लोग्नेको। आज पनि त्यही केटीलाई कोठामा लिएर आएको छ। म बस्न सकिन अनि निस्किएर हिडेँ।

‘अनि ?’

म सल्यानको बिकट गाउँको दलित परिवारमा जन्मिएर हुर्केकी हुँ, मेरी आमा म सानी छँदा नै सुत्केरी हुन नसकेर बित्नुभो। भाइ बाच्यो। आमा बितेको ३ महिना नबित्दै हाम्रो हेरचाह गर्न भनेर सानिमा पर्नेसँग बाबाले बिहे गर्नुभयो। शुरुमा राम्रै थियो। हाम्रो बाल मस्तिष्कले सबै कुरा नबुझे पनि राम्रो नराम्रो बुझ्न सकिन्थ्यो। सानीमाको बच्चा जन्मिएसँगै भाइ र मेरा कष्टकर दिन शुरु भए। जसो–तसो भाग्यलाई दोष दिँदै घरको काम सकेर पढ्दै थियौं। स्कूलमा पनि युद्वको प्रभाव पर्दै थियो। विद्यार्थी संगठन निर्माण हुँदै थिए। घरको पीडा भइरहेको बेला, दलित मुक्ति, महिला मुक्ति अनि सबैखाले मुक्ति, बुर्जुवा शिक्षा नपढ्ने भन्दै युद्वमा लागे। नाच्न जान्ने भन्दै पार्टीले कलाकार बनायो। नाच्ने बाहेक आफ्नो स्तर बढ्न सकेन। आफूभन्दा पछाडिका संगठनको क्षेत्रमा माथि पुगे। आफू जिल्लाभन्दा माथि कहिले पुग्न सकिएन। तैपनि सेनाको प्लाटुन कमान्डरले प्रस्ताव राखे। खुसी भएर बिहे गरे। दलित र ब्राह्मणबीचमा अन्तर्जातीय जनवादी बिहे भयो।

भाइ पनि पछि युद्वमै लाग्यो। उसलाई पार्टीले सेनामा खटायो। दाङको घोराहीको लडाइँमा सहिद भयो। दुःख, सुख जसो–तसो चलिरहेको थियो। पछिल्लो समयमा पार्टी शान्ति प्रक्रियामा आएसँगै हाम्रा नराम्रा दिन शुरु भए। मेरो लोग्नेले थुप्रै युद्व जितेर आए पनि पछि सरकारले अयोग्य लडाकू घोषित गरिदियो। पार्टीले गर्व गरेको अन्तर्जातीय बिवाहले मेरो जिन्दगी नै तहस–नहस पारिदियो। उसले मलाई अहिलेसम्म आफ्नो घर देखाएन। मेरो त के कुरा उसको परिवारले दलित केटीसँग विहे गरेकै कारण सामाजिक बहिष्कार गरे।

जाने ठाउँ कतै भएन, पार्टीभित्र पनि सांगठनिक हैसियत ठूलो हुने र नेताको चाप्लुसी चाकडी गर्न सक्नेहरु मात्र वर्चश्वमा रहे। पार्टीले मलाई नाच्न बाहेक केही सिकाएन। जिउने कला जानिन, मैलेँ। काठमाडौंको बसाई, आर्थिक कठिनाई, जातीय विभेद यी सबै कारणले परिवारमा कलहको विजारोपण भयो। जीवनलाई सुखी होइन सम्पन्न बनाउनुपर्छ भनेर लागिरहे। तर न सुखी भए न सम्पन्न।

जीवनमा यस्ता घटनाहरु पनि हुँदोरहेछ जसलाई पत्याउनै गाह्रो हुन्छ। मलाई आखिर त्यही भयो। आफ्नो जीवन आफैलाई भारी भएको बेला म गर्भवती भएँ। एउटा मिठो अनुभूत भयो। बच्चाको आगमनसँगै भौतिक कठिनाई भए पनि मानसिक सन्तोष मिल्नेछ। मलाई जिउने आधार मिल्ने छ। बिडम्वना ! त्यसको उल्टो भैदियो। असोचनीय भयो। अकल्पनीय भयो। मेरो पेटको बच्चा ट्युवमा बसेको रहेछ। ३ महिनामा बच्चा खेर गयो। एकदम धेरै रगत बग्यो। हस्पिटल जाँदा थाहा भयो, ट्युव फुटेको रहेछ, रगत नरोकिएकोले गर्दा अप्रेशन गर्नुपर्ने भयो। पछि थाह भयो कि मेरो पाठेघर निकालेर फालिसकेको रहेछ। अब म जीवनभर आमा बन्न नसक्ने भए।

तपाई आफैं कल्पना गर्नुस् दिदी त्यो बेला मेरो के हाल भएको होला। एउटा कहालीलाग्दो र अन्त्यहीन जीवनको जस्केलोमा आएर पसारिए। जस्लाई पन्छाउने झिनो सामथ्र्य पनि रहेन ममा। देश परिवर्तन गर्न हिडेको मेरो छापामार लोग्नेको ज्यादती अब ममाथि शुरू हुन थाल्यो। प्रत्येक तीता शब्द सुन्नुपर्‍यो मैले बच्चा जन्माउन नसक्ने कमिनी भन्दै कुटिए, पिटीए, जातीय बेइज्जती त मेरा लागि सामान्य भए।

जन्मले दिएको नाता पनि रहेन ममा, सम्बन्धले बनेको नाता पनि रहेन, वर्गीय नाताको त के कुरा गरौं ? वर्गीय साथीहरुलाई भेटेर कुरा गर्न, समस्या राख्न पनि नखोजेकी होइन। मेरो लोग्नेकोबारे। ऊ अयोग्य लडाकू भएर के भो त ? साथी सर्कलको जमातमा कति प्रिय छ, अरुका लागि ऊ यति महान छ कि कसैलाई उसको बारे नराम्रो केही भन्यो भने विश्वास गर्न गारो हुन्छ। भन्छन् नि ? खुकुरीको चोट अचानोलाई मात्र थाह हुन्छ। म त्यही अचानो हो दिदी।

उनले आशु पुछिन् र फेरि बोल्न थालिन्। आजकल मलाई कोही आफ्नो लाग्दैन। आफन्त नभएको घर जेलभन्दा बढी हुन्छ अहिले पनि सधै जस्तै घरमा उसले क्षेत्री थरकी केटी लिएर आएको छ। कोठा एउटा छ, ऊ आउँदा म त्यहाँ अटाउँदिन त्यसैले बाहिर निस्केर तपाईसँग यता आएँ।

तपाई ऊ बिना पनि बाँच्न सक्नुहुन्छ काम गर्नुस्। आफ्नै तरिकाले जीवन जिउनुस्। मैले साहस बटुलेर उनलाई सान्त्वना दिँदै बोले।

काम के गरुँ दिदी ? म बुर्जुवा शिक्षा भन्दै ९ कक्षा पनि पास गरिनँ। काम कहाँ के पाइन्छ ? ब्यवसाय गरूँ कसले पैसा दिने? कसैका जुठा भाँडा माझू, मजदुरी गरूँ कहाँ गरुँ ? अझै पनि म हिजो युद्व लडेको मान्छे भन्ने महत्वकांक्षा छ। बाहिर कसैले नचिने पनि जिल्लामा राम्रै चिन्छन्। सबैले सम्भावना बोकेकी मान्छे भन्थे। गाउँमा जाऊ कहाँ जाऊ ? माइती उहिल्यै गुमाएँ। लोग्ने आफ्नो नभएपछि घर को त कुरै नगरौं। जब एउटी नारी आमा, दिदी, बहिनी, छोरी र पत्नीमध्ये केही बन्न सक्दिनँ तब ऊ बेश्या बन्छे। तर पाठेघर झिकिएकी म बेश्या पनि बन्न सक्दिनँ। उसको कुराले म स्तब्ध भएँ। बोल्नै सकिनँ। कुनै गर्हौ भारीले थिचेजस्तो भयो। कफी सेलाइसकेको रहेछ। पिउन मन लागेन, बिल तिरे, उनलाई त्यही हालमा छोडेर आफ्नो कामै नगरी घर फर्किएँ।

****

hundai

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • चक्मकाउँदै गरेको जैदी चक्मकाउँदै गरेको जैदी

    संसारले नयाँनयाँ आकार लिइरहेको बेला हाम्रा गाउँघरहरु किन अझँ पछि छन्, किन पछि पारिए? हाम्रा नेताहरुमा किन देश विकास गनुपर्छ भन्ने सोच पलाएन? आदि–आदि कुराले मलाई गाउँ पुग्दा पिरोल्छ। यस्ता अनेकन जिज्ञासा मलाई गाउँघरहरु डुल्दा हुन्छ। हाम्रा गाउँघरहरुलाई हामी बिर्सियौं भने, हामी कहिल्यै अगाडि बढ्न सक्दैनौँ। कारण, हामी सबैको अस्तित्व गाउँसँग जोडिएको छ भन्ने लाग्छ।

    आरके अदिप्त गिरी

  • सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष

    नेपालमै पहिलो पटक पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर तह सञ्चालन गरी विद्यमान् पत्रकारिता शिक्षामा आमुल परिवर्तन गर्ने उद्धेश्यल २०५७ सालमा कलेज अफ जर्नालिजम् एण्ड मास कम्युनिकेसन (सिजेएमसी) स्थापना भएको हो। त्रिभुवन विश्वविद्यालयले २२ वर्षदेखि पत्रकारिता विषयमा स्नातक तह सञ्चालन गरिरहेको तर स्नातकोत्तर तह सुरु गर्न नसकेको अवस्थामा सिजेएमसीले काठमाडौंको धापासीबाट तीन कोठा भाडामा लिएर सुरु गर्नु आफैंमा चुनौतीपूर्ण थियो। २०५८ साल पुष २७ गते वरिष्ठ पत्रकार भारतदत्त कोइराला, प्राध्यापक र सिजेएमसीका विद्यार्थीबाट सामूहिकरूपमा कलेजको उद्धघाटन भएको थियो।

    डा. मञ्जुश्री मिश्र

  • कार्यसम्पादन ठूलो कि जागिर? कार्यसम्पादन ठूलो कि जागिर?

    ओली सरकार छँदै ज्ञवाली नेतृत्वको प्राधिकरणले कर्मचारी तान्न, धान्न र काम लगाउन नसक्ने पुष्टि भइसकेको थियो। कुनै पनि सार्वजनिक पदमा नियुक्ति गर्दा पार्टीप्रतिको वफादारीलाई केन्द्रमा राख्ने नगरेको भए ओलीले पहिले त ज्ञवालीभन्दा धेरै योग्य मानिसलाई प्राधिकरणमा ल्याउने थिए। भुलवश त्यस्तो मानिस नियुक्त भएको भए कार्य सम्पादन हेरेपछि फेरेर अर्को मानिस राख्ने थिए। 

    जीवन क्षत्री

साहित्यपाटी

  • शालिकहरुको उपत्यका शालिकहरुको उपत्यका

    गुँरासका रिफ्लेटहरु परेको मेरा आँखालाई
    सहरको श्मशानतिर डोहो¥याउँदा,
    आँखिभौंलाई घरको ढोकामा झुन्ड्याएर
    काँपेको अँगालाले मलाई बेस्सरी
    कसेकी थिइन् आमैले–
    शालिकहरुको उपत्यका किचकन्याहरुको हो भनेर,
    तर, मैले मानेन।

    दीलिप कुँवर

  • माछो माछो भ्यागुतो माछो माछो भ्यागुतो

    ‘उसको अर्थात् यो मुसहरी टोलको अर्थात् उनीहरु जस्ता श्रमजीवीहरुको समस्या कसले हेर्छ त?’ घुरको धुवाँले पिरो हुँदै गएको आँखा मिच्दै ऊ फेरी पनि घोरियो–‘रोजी– रोटीको समस्या कसले टार्न सक्छ? नन्दन रायले वा माधोबाबुले वा शर्माजीले वा अरु? ’अहँ। फलाना थोक गर्छु, तिलाना थोक गर्छु भन्नेहरु नजितुञ्जेल मात्रै डिङ हाक्ने हुन्, जितिसकेपछि त उल्टो लोप्पा ख्वाँउछन्। माछो, माछो भ्यागुतो!

    इस्माली

  • दुध चिया दुध चिया

    कसैको  अलिकति गाली र नमिठो  वचन सहने क्षमता नभएको मलाई उसले सिधै मुर्ख भनिदिई। परिचय नै भएको छैन सिधै इडियट भन्छ, कस्ती केटी हो? सोचेर तलदेखि माथिसम्म उसलाई हेरें। सर्ट, पाइन्ट र कोट लगाएकी ऊ निकै भद्र देखिन्थी। 

    भानुभक्त

पाठक विचार

  • विकासको नाम जपी, माछो-माछो भ्यागुता बनाए

    हेर हाम्रा नेताले, आफैंलाई भुइ-फुट्टा बनाए। बिखन्डनको बाटो रोजी, न यता न उता बनाए ।   अनेकौ वाद तन्त्र भनी सधै जनता झुक्याइरहे, विकासको नाम जपी, ...

    डा. रबिन खड्का

  • हामी मधेसीबाट कहिले नेपाली हुने?

    lsquo;ल् उठनुस तपाईहरु, आ–आफनो झोलाहरु चेकजाच गराउनुहोस्’, यसरी जोडले आएको एक्कासी आवाजले म झस्केर उठेँ। उठेर देख्दा भर्खर हेटौडा, मकवानप...

    सुशीलकुमार साह

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट