छाउघर

  • Get News Alerts

उपन्यास अंश
tata

इजाले हाम्रो जन्मदर्ता गरिदिएको घरलाई गाविस भवन भन्छन्। काडामाण्डौं गाविस। हो, बाज्ये त्यही गाविसको पियन हुनुहुन्थ्यो। चार वर्ष भयो बाज्ये काममा नजानुभएको। अँ, पेन्सन पाक्यो रे बाज्येको। 

बाज्येका ठाउँमा बाबाले त्यहाँ काम गर्नुहुन्थ्यो। स्कुल छुट्टी भएको बेला म बाबासँग त्यहाँ जान्थें। बाबाका सरले मलाई धेरै माया गर्नुहुन्थ्यो। उनै सरको सल्लाह र आडमा बाबाले भाइलाई उपचार गर्न धनगढी लिएर जानुभएको थियो। आज सप्पै आउँदै थिए। त्यसैले बिहानैदेखि भेट्न हतार गरिरहेकी थिएँ। अझ भाइलाई भेट्न आत्तिएकी थिएँ।

बाज्येको एक छोरा मात्र, बाबा। एक छोराको पहिलो सन्तान म। बाज्येको जेठी नातिनी। म जन्मिँदा त बाहुनले “साह्रै लक्षिनकी छ” भनेर भनेका थिए रे। लक्षिनकी छु पनि।

म जन्मेपछि भाइ जन्म्यो। म जन्मेको सालमै घरमा भैंसी ब्याएको थियो रे। त्यसै वर्ष बाबाले गाविसमा जागिर पाउनुभएको थियो रे। र, त्यसै वर्ष बाबालाई चिट्ठामा टिभी पनि परेको थियो रे। अचेल त त्यो टिभी बिग्रेर बसेको छ। रेडियो भने बज्थ्यो। गीत आउने समयमा मलाई त्यो चाहिहाल्थ्यो। किनभने म गीतमा नाचिटोपल्थें, छमछम।

कुनै गीत आएको छ कि भनेर रेडियो खोलें भने बाज्ये आँखा तर्दै आउनुहुन्थ्यो र रेडियो थुतेर भित्ताको किलामा झुन्ड्याइहाल्नुहुन्थ्यो। म भने बाज्येका आँखा छलेर रेडियो तलामा लैजाने उपाय सोच्थें।बाज्येसँग पहिले त डराउँथें। हो बूढा जुँगे ह्याउ लाउँदै उभिए हातगोडा नै थरर्र काम्थ्यो। तर अचेल अलिअलि मात्र डराउने भएकी थिएँ। कतिपय कुरामा त अटेरी नै देखाउँथें।

गाईभंैसीलाई घाँस हालेर मकैका साना बुटा गोड्न थाल्नुभयो बाज्येले। मैले भने पढ्ने विचारले दलानमा झुन्डाएको झोला झिकें। पालीमा गुन्द्री बिछ्याएर झोला खोल्न थालें। झोला साह्रै पुरानो भइसकेको थियो। पाँच पढ्दा किनेको। कत्ति पटक त इजाले सिलाइसक्नुभयो। आज धनगढीबाट आउँदा बाबाले मलाई पक्कै झोला ल्याइदिनुहुन्छ होला। मैले पछ्याउँदा, बाबाले भन्नुभएको पनि थियो— “मेरी चेलीलाई निक्को झोला ल्याइदिउँला। घरै बसेइ हा।”

बाबाले यति भनेपछि म घरै बसेकी थिएँ। नत्र म पनि जान्थें बज्यैको हात समाएर धनगढी। केही कुरा ल्याइदिन्छु भनेपछि पछ्याउँदिनँ पनि। तर भाइ कत्ति मान्दैन। ऊ पछ्यायो भने त लगेरै जानुपर्छ। अलि अटेरी पनि छ।

हीरा आइपुगी पढ्न। आज त ढिलो आई, नत्र ऊ अझ छिट्टो आइपुग्थी। ऊ मेरो कक्षा साथी पनि हो। त्यति मात्रै होइन, गाउँको साथी पनि हो। अस्तिको रात पनि हाम्रै घरमा बसेकी थिई। त्यो रात हामीले नौ बजेसम्म पढेका थियौं। अरु दिन त सात बजे नै सुत्थें म। भात खानेबित्तिकै ओछ्यानमा लम्पसार भइदिन्थें।

इजा कत्ति कराउनुहुन्थ्यो। बज्यै भने मेरो पक्षमा बोल्नुहुन्थ्यो— “सिन दे।” बज्यैले सुत्न दे भनेपछि इजा चुप। बज्यैको आडले अझै तङ्¥याउँथ्यो। अनि त म ओछ्यानमै खुसुखुसु चलेर घन्टौं बिताइदिन्थें। हीराले गुन्द्री समाई। मैले झोला समाएँ। तलामा टुइँटुइँ गयौं। “रामले त आउनैन भन्यो,” झोला खोल्दै हीराले भनी।

राम आउँदैन भन्नेबित्तिकै मलाई झ्याउ लाग्यो । ऊ भएपछि पढ्न खुब मन लाग्थ्यो। नआएको पाठ पनि मज्जाले सिकाउँथ्यो। हामी एकै कक्षामा एउटै बेन्चमा बसेर पढ्थ्यौं । घरमा पनि सँगैसँगै हुन्थ्यो।
“केइ ?” मैले भनें।
“इजासित गडा गयाछ भन्यो।”
बारीमा गएको सुनेर चुपचाप भए। खोलेको किताबतिर हेर्नै मन लागेन। तलामाथिको झ्याल खोलें। र, तगारोतिर हेरें। तगारोले छोएको बाटोभरि हेरें। राम आउँदैछ कि भनेर हेरें।

राम प्रायः एक्कासि आउँथ्यो।
“हट् !” तर्साउला झैं भन्थ्यो।
हामी चिरिर्र चिच्याउँदै एकैठाउँमा गुट्मुटिन्थ्यौं।

“केलाई छल्लाई, केलाई छल्लाई? हिहिहि–हाहाहा” गर्दै एकै ठाउँ खाँदिन्थ्यौं। थाकेको सास लामोलामो तान्दै छोड्दै खिस्सखिस्स हाँस्थ्यो ऊ। त्यो हाँसोमा आफ्नो हाँसो मिलाउँदै स्कुलको पाठ गर्न थाल्थ्यौं। तर आज ऊ आइपुगेको थिएन। ऊ आउने आशाको एक झिल्को मभित्र बलिरहेको थियो। जतिबेला पनि आँखा तगारोतिर हामफाल्दै थिए, पुलुक्क पुलुक्क!

“ए कला, कला!”
बाज्ये मकै गोड्दागोड्दै कराउनुभो। माथिल्लो झ्यालबाट पढ्दैछु भनें। पढेनपढेको विचार गर्न बाज्येले बेलाबेला डाको लगाउनुहुन्थ्यो। बाज्येलाई किताब समाएर झ्यालबाटै देखाएँ। खिस्स हाँसेझैं गर्नुभो। बाज्येको निधारको पसिनामा घामको प्रकाश टिलिक्क टल्कियो। कोदाली छोडेर पसिना पुछ्दै लामो सुस्केरा हाल्नुभो बाज्येले।

“हरिहरि रामराम, यै कन्नोले निउड्डलै हुनैन्।”बाज्येलाई साह्रै ढाड दुख्थ्योे। घोप्टो परेपछि बाज्येको ढाड नै बाङ्गिन्थ्यो। तब हरिहरि रामराम आउँथ्यो बाज्येको मुखमा। कत्ति दिन त्यो ढाडमा बज्यैले तातो तेलले सेकिदिएकी थिइन्। मैले ढाड टेकिदिएवापत ज्याला पाएकी थिएँ।

“ए कला, आज तेरा ब्वा आउन्या हुन्?”
रामीकाकाले आँगनबाटै बोलेको सुनें। पुलुक्क हेर्दै भनें— “अँ अँ, आउन्या हुन्।”
उनी बाख्रोलाई बोको लगाउन आएका थिए। बाख्रोमाथि बोकोलाई चढाएको देखेर हीरालाई कोट्याएँ। हीराले तल पुलुक्क हेरी। अलिकति लाज मानेर मलाई चिमोटी।

प्याट्ट हानें हीरालाई। उसले जामाको फुर्को टोकेर तल पुलुक्क हेरी। त्यसपछि चुपचाप पढ्न थाल्यौं हामी।

धेरै पछि रामीकाकाले बोलाएर तल ओर्लिएँ। बाज्येलाई मकैबारीमा देखिनँ। रामीकाकाले बोका लगाएको पैसा पाँच रूपैयाँ दिएर गए। स्कुल जाने जामामा पैसा राखें र चुलोमा आगो लगाइदिएँ।सुपो बोकेर मङ्गली दिदी आइन्। हाम्रो खलोमा ओखल थियो। धान कुट्ने ओखल। परभातै बिहानै सुरू हुुन्थ्यो धान कुट्न। जाँतो पनि थियो हाम्रोमा, तर घुमाउनै सकिन्न। बज्यैले त फनफन घुमाइदिन्थिन्। मुसल त अलिअलि चलाउँथें। अघिल्लो वर्ष मेरो गोडा च्यापिएको थियो मुसलले। बाज्येले त्यहीबेलादेखि ओखल छुनै दिनुहुन्न।

बाज्ये खोक्दै आउनुभयो गोठबाट। दौडिएर पाणमा गएँ। मङ्गली दिदी एक्लै धान कुट्न थालिन् । फेरि पढ्न थाल्यौं हामी।

“कला, ए कला! इस्कुल झाऊ ला।” राम कराएको सुनें।
माथिल्लो तलाको झ्यालबाट पुलुक्क हेरें। मसँगै हीराले पनि हेरी। ऊ त स्कुलको ड्रेस लगाएर आइसकेको थियो। तगारोमा उभिएर हे¥यो मात्रै। पढ्दापढ्दै नौ बजेको थाहै भएनछ हामीलाई।

हीरा तल हतारिएर गई। आफूलाई भने राम हेर्न ठिक्कै।
“कला, छिट्टाइ आ। मु गया,” तगारोछेउबाट हीरा कराई।

राम पनि पछिपछि जान लागेको देखेर भनें— “राम, पख्न! सातै झाउली!”
ऊ आएर खाटमा थपक्क बस्यो। बाज्येअघि गम्भीर भएर बस्थ्यो। बाज्येसँग ऊ पनि डराउँथ्यो।

उसलाई जिस्कनको लागि म एक्लै हुनुपथ्र्यो। तर राम जति चकचके भए पनि मान्छेको अघि सोझो भएर बस्थ्यो। उसको यही बानी निको लाग्थ्यो। ऊ बिहान पढ्न नआएकोले एकछिन ठुस्सिएँ। बाज्ये भएकोले उसलाई चिमोटेर दुखाउन पाइनँ। उसको आडमा बसेर बिहान किन नआएको सोधें मात्र।

उसको पूरै ध्यान किताबीमा थियो। मेरो भने उसमा। बाज्ये भान्साबाट कराए— “कला, भात छिटाई खा।”छिट्छिटो कपडा लगाएर भात खाएँ। हात धोएर थाल जुठेल्नामा राखिदिएँ। चिसा हात जामामै पुछें र खाटमा छरिएका किताब झोलामा राखें।

आइँऽ आइँऽऽ
भैंसी करायो। सुसारे खोजेको होला। तर इजा आइपुग्नुभएको थिएन। मैले थाहा पाएदेखि इजा मात्रै घाँस काट्न गएको देखेकी थिएँ। तर दूध बेच्न भने बाज्ये मात्रै जानुहुन्थ्यो। दूध बेचेरै तेरा बाबालाई पढाएको हुँ भन्नुहुन्थ्यो। दही मथ्ने, पारो धुने, घ्यु बनाउनेचाहिँ बज्यैले गर्नुहुन्थ्यो।

बाज्येले भैंसी सारेको मैले देखेकी थिइनँ। बरू बाँजो गडामा बाख्रा चराएको देखेकी थिएँ। अझ बोकालाई त छाडा नै छोडिदिनुहुन्थ्यो। बोका देउको नाममा चढाइसकेकाले त्यसो गरेका हुन्।

हाम्रो गाउँतिर त बोका त के चेली पनि छाडा छोडिदिन्थे। तिनलाई द्यौकी मान्दथे। निङ्गलासैनी देवीको मन्दिरतिर द्यौकीहरु अझै पनि भेटिन्छन् रे। ती द्यौकीहरु पनि मन्दिरलाई चढाइएका हुन् रे। बिचरा द्यौकीहरु गाउँ रूँघेर बस्थे। बज्यैले भनेकिन् मन्दिरकै हाताभित्र लुटिन्थे रे द्यौकीहरु।
म्याँऽ म्याँऽऽ
तगारोतिर दौडिँदै बोका करायो। त्यतैबाट घाँसको डोका बोकेर आउनुभएको इजालाई देखें।

घाँसको डोका टाँडमा राख्दै निधारको पसिना धोतीको फुर्कोले पुछेर तान्नुभयो लामो सुस्केरा। पटपट फुटेका कुर्कुच्चातिर हेर्दै मुसार्नुभयो। मचक्क टेक्न सक्नुभएको थिएन। गोडामा जतासुकै लामा धर्के निलडाम थिए। पिँडौलाभरि वनका काँडाले कोतारेका थिए।

थाप्लोको पछ्यौराले फेरि मुख पुछ्नुभयो। मैले पानी लगेर दिएँ। टाँडको छेवैमा बसेर पानी पिउँदै मलाई हेर्नुभयो। “इस्कुल झान लागेइ होइ?”
मैले टाउको तल गर्दै “अँ” भनें।
“भात खाहाली ?” फेरि सोध्नुभयो इजाले।
खाइसकें भने।
इजा थकाइमा पनि मुस्कुराउनुभयो अनुहारभरि। मलाई काखमा राखेर नमिलेको कपाल अझै मिलाएर बाँधिदिनुभयो। इजाको गालामा चुप्प खाइदिएँ।

इजाको थकाइ मेटियो, मैले दिएको पानीले। सुकेको आँत रसायो कि मैले दिएको मायाले! मेरो कपाल मुसार्दा हातमा लागेको तेल इजाले नाडी, गोडामा मुसार्दै भन्नुभयो— “द हेद्दी गोडा कसा घिनालाग्दा। झा धोइबट आ ।”

धारामा गोडा धुँदै भाइ, बज्यै, बाबा कतिखेर आउने हुन् इजा भनी सोधें। “आउन लाग्या हुन्ना। तु इस्कुल झा। निक्करी पढेई, नतर मेरा जनरी घाँस काट्ट रे ग्वालो हुनु पड्ला।”

पढ्न नसक्नु गोठालो हुनु हो गाउँमा । त्यसैले पनि मलाई पढ्नमा जोर गर्नुहुन्थ्यो। इजाको यत्रो मेहनतले म थाक्थें तर इजा थाकेको कहिल्यै देखेकी थिइनँ।

“कला झाऊँ, नतर...,” रामले झोला भिर्दै भन्यो।

उसको आँखामा हेरें। उसको हतारो बुझें। कक्षाको अगाडि बेन्चमा बस्न पाइन्न कि भनेर आत्तिएको थियो। केही नबोली म रामको पछिपछि लागें। महादेव मन्दिरमा हीरा र उसकी बहिनीलाई भेट्यौं। भोलिबाट त भाइ पनि हुनेछ।

बाटोभरि पाठको नै कुरा ग¥यो रामले। म भने बाबाले ल्याइदिने चिजहरु सुनाउन हतारिएकी थिएँ। हिँड्दाहिँड्दै रामको कुरा काटेर बाबाले ल्याइदिने चिजबारे भनें। सुरूमा त झोलाकै कुरा गरें। कुरा गर्दागर्दै हामी स्कुल पुग्यौं।

जनसङ्ख्याको अन्तिम कक्षा भएन, छैटौं कक्षापछि छुट्टी भयो। रामले चुङ्गी खेल्न चौरमा बोलायो। रातभरि पेट दुखिरहेकोले म भने खेल्न सकिनँ। मलाई घर जाऊँ जस्तो लागिरह्यो। भाइलाई कतिखेर भेटुँ भइरह्यो। रामलाई भनें— “राम घर झानैन ?”

रामले खेल्दाखेल्दै पछि आउँछु भन्यो। हीरा पनि मसँगै नजाने भई। खिन्न भएर झोला भिरें। म हिँडें एक्लै घरतिर लुरूलुरू।

hundai

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • चक्मकाउँदै गरेको जैदी चक्मकाउँदै गरेको जैदी

    संसारले नयाँनयाँ आकार लिइरहेको बेला हाम्रा गाउँघरहरु किन अझँ पछि छन्, किन पछि पारिए? हाम्रा नेताहरुमा किन देश विकास गनुपर्छ भन्ने सोच पलाएन? आदि–आदि कुराले मलाई गाउँ पुग्दा पिरोल्छ। यस्ता अनेकन जिज्ञासा मलाई गाउँघरहरु डुल्दा हुन्छ। हाम्रा गाउँघरहरुलाई हामी बिर्सियौं भने, हामी कहिल्यै अगाडि बढ्न सक्दैनौँ। कारण, हामी सबैको अस्तित्व गाउँसँग जोडिएको छ भन्ने लाग्छ।

    आरके अदिप्त गिरी

  • सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष

    नेपालमै पहिलो पटक पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर तह सञ्चालन गरी विद्यमान् पत्रकारिता शिक्षामा आमुल परिवर्तन गर्ने उद्धेश्यल २०५७ सालमा कलेज अफ जर्नालिजम् एण्ड मास कम्युनिकेसन (सिजेएमसी) स्थापना भएको हो। त्रिभुवन विश्वविद्यालयले २२ वर्षदेखि पत्रकारिता विषयमा स्नातक तह सञ्चालन गरिरहेको तर स्नातकोत्तर तह सुरु गर्न नसकेको अवस्थामा सिजेएमसीले काठमाडौंको धापासीबाट तीन कोठा भाडामा लिएर सुरु गर्नु आफैंमा चुनौतीपूर्ण थियो। २०५८ साल पुष २७ गते वरिष्ठ पत्रकार भारतदत्त कोइराला, प्राध्यापक र सिजेएमसीका विद्यार्थीबाट सामूहिकरूपमा कलेजको उद्धघाटन भएको थियो।

    डा. मञ्जुश्री मिश्र

  • कार्यसम्पादन ठूलो कि जागिर? कार्यसम्पादन ठूलो कि जागिर?

    ओली सरकार छँदै ज्ञवाली नेतृत्वको प्राधिकरणले कर्मचारी तान्न, धान्न र काम लगाउन नसक्ने पुष्टि भइसकेको थियो। कुनै पनि सार्वजनिक पदमा नियुक्ति गर्दा पार्टीप्रतिको वफादारीलाई केन्द्रमा राख्ने नगरेको भए ओलीले पहिले त ज्ञवालीभन्दा धेरै योग्य मानिसलाई प्राधिकरणमा ल्याउने थिए। भुलवश त्यस्तो मानिस नियुक्त भएको भए कार्य सम्पादन हेरेपछि फेरेर अर्को मानिस राख्ने थिए। 

    जीवन क्षत्री

साहित्यपाटी

  • शालिकहरुको उपत्यका शालिकहरुको उपत्यका

    गुँरासका रिफ्लेटहरु परेको मेरा आँखालाई
    सहरको श्मशानतिर डोहो¥याउँदा,
    आँखिभौंलाई घरको ढोकामा झुन्ड्याएर
    काँपेको अँगालाले मलाई बेस्सरी
    कसेकी थिइन् आमैले–
    शालिकहरुको उपत्यका किचकन्याहरुको हो भनेर,
    तर, मैले मानेन।

    दीलिप कुँवर

  • माछो माछो भ्यागुतो माछो माछो भ्यागुतो

    ‘उसको अर्थात् यो मुसहरी टोलको अर्थात् उनीहरु जस्ता श्रमजीवीहरुको समस्या कसले हेर्छ त?’ घुरको धुवाँले पिरो हुँदै गएको आँखा मिच्दै ऊ फेरी पनि घोरियो–‘रोजी– रोटीको समस्या कसले टार्न सक्छ? नन्दन रायले वा माधोबाबुले वा शर्माजीले वा अरु? ’अहँ। फलाना थोक गर्छु, तिलाना थोक गर्छु भन्नेहरु नजितुञ्जेल मात्रै डिङ हाक्ने हुन्, जितिसकेपछि त उल्टो लोप्पा ख्वाँउछन्। माछो, माछो भ्यागुतो!

    इस्माली

  • दुध चिया दुध चिया

    कसैको  अलिकति गाली र नमिठो  वचन सहने क्षमता नभएको मलाई उसले सिधै मुर्ख भनिदिई। परिचय नै भएको छैन सिधै इडियट भन्छ, कस्ती केटी हो? सोचेर तलदेखि माथिसम्म उसलाई हेरें। सर्ट, पाइन्ट र कोट लगाएकी ऊ निकै भद्र देखिन्थी। 

    भानुभक्त

पाठक विचार

  • विकासको नाम जपी, माछो-माछो भ्यागुता बनाए

    हेर हाम्रा नेताले, आफैंलाई भुइ-फुट्टा बनाए। बिखन्डनको बाटो रोजी, न यता न उता बनाए ।   अनेकौ वाद तन्त्र भनी सधै जनता झुक्याइरहे, विकासको नाम जपी, ...

    डा. रबिन खड्का

  • हामी मधेसीबाट कहिले नेपाली हुने?

    lsquo;ल् उठनुस तपाईहरु, आ–आफनो झोलाहरु चेकजाच गराउनुहोस्’, यसरी जोडले आएको एक्कासी आवाजले म झस्केर उठेँ। उठेर देख्दा भर्खर हेटौडा, मकवानप...

    सुशीलकुमार साह

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट