ऊ, इन्टरनेट र म

  • Get News Alerts

united
कथाः
tata

‘हेलो!’

‘हेलो हाउ आर यु?’

‘आईएम फाइन्, एण्ड यु?’

‘मी टु ..तपाईं कहाँबाट?’

‘म....काडमाडांै, एन्ड यु?’

‘आईएम परदेशी।’

‘तर, कहाँ?’

‘म युएई।’

यसरी सुरू भएको थियो हामीबीचको सम्बन्ध। थाहा थिएन नवीन को हो? न त उसलाई नै थाहा थियो, म को हुँ। न त हाम्रो भौतिक भेटघाट नै थियो। तर, लाग्थ्यो हामी एक–अर्काबिना बाँच्न सक्दैनौं।

धित मरुन्जेल हेर्यौं हामीले एक–अर्काको अनुहार वयम क्याम्पमा, च्याटको माध्यमबाट मनभरि उत्पन्न भावना साटासाट गर्यौं। लाग्थ्यो, हामीबीचको मित्रता युगौंदेखि पुरानो थियो। तर, त्यो त भावना थियो मेरो। यथार्थमा मात्र केही महिना बितेको थियो।

मेरो बिहे भएको। प्रेम विवाह थियो। दीपसँग। विवाहपछि प्रेम सुखमा बिताएका थियौं। केही दिन भए पनि त्यो परम सुखलाई छिनेर दीप बाहिर जानुपर्ने भयो, पाल्न र पालिनको लागि। ऊ पैसा कमाउने अन्धवेशले विदेश गएको केही अवधिमै म र मेरो प्रेमलाई बिर्सियो। सम्पर्क नै हुन छाड्यो दीपसँग। मेरा दिनहरू झनै कष्टकर हुन थाले। निष्कृय जीवन बाँच्दै थिएँ म। मेरा चाहना, इच्छा अनि आकांक्षा मरिसकेका थिएनन्, सुसुप्त अवस्थामा थिए। जसले एउटा जीवन्त परिवेश खोजिरहेका थिए। सक्रिय जीवनका लागि मैले दीपप्रति गर्ने प्रेम त्याग, समर्पणले आफंैलाई जिस्क्याएको महसुस हुन्थ्यो। म चाहन्थेँ, मलाई दीपले एक पल पनि नछाडोस्।

उसले मलाई मात्र छाडेन, मेरा हरेक आकांक्षालाई लत्यायो। ऊ बिरानो भयो। सम्पर्कविहीन भयो। जीवन जसरी पनि जिउनै पर्दोरहेछ। आँखा अगाडि हरेक दिन छाइरह्यो कालो बादल। मानसिक पीडा, भौतिक कठिनाई र अभाव, जसकारण सिर्जित मेरो अव्यक्त अवस्था। म आफू जीवन सार्थक नरहेको महसुस गर्थें। अपरिचित भीडमा रुमलिँदै जाँदा इन्टरनेटलाई परिचित मित्र बनाएँ। आफ्ना पीडा भुल्ने माध्यम बनाएँ मैले इन्टरनेटलाई। त्यही क्रममा भेट भएको थियो नवीनसँग। नवीन र मबीच यस्ता मोड आइदिए, जुन मैले भौतिक रुपमा अँगाल्न सकेँ, न त मनबाट गलहत्याउनै।

हामी एक अर्काको नेट सम्पर्कमा रह्यौं सँधैं। दुई दिनमात्र भेट हुन सकेन भने ऊ भन्ने गर्दथ्यो, ‘कता हराएको रिजु? सम्झना आएन यो परदेशीको?’

‘त्यस्तो होइन नवीन, म अलि व्यस्त भएँ कि!’

मैले मेरो यथार्थतालाई लुकाएकी थिइनँ। मैले पटक–पटक भनेकी थिएँ, म विवाहित नारी हुँ।

उसले मेरो गम्भीर तर्कलाई हल्का ढंगले उडाइदिन्थ्यो। उसको भावले ऊ मेरो वास्तविकतालाई विश्वास गर्न सकिरहेको छैनजस्तो झल्किन्थ्यो। भन्थ्यो, ‘ठट्टा नगर न। तिम्रा हरेक ठट्टाले मेरो मस्तिष्कमा गहिरो असर छोडेर जान्छ, जुन मेरो संवेदनशीलता हो।’

सायद उसको आगमनले छोयो मेरो मन। धेरै नजिक आइरहेको थियो नवीन। हामीबीचको दुरी मैले असल मित्र मात्र सीमित गर्न चाहेकी थिएँ। ऊ पनि भन्ने गथ्र्यो, जीवनको २८ औं वसन्तमा आइपुग्दा मात्र एउटा केटी साथी भेटाएँ। जसका कारण म आफूलाई भाग्यमानीको दर्जामा राख्न हिचकिचाएको छैन।

म पनि झस्किन्थेँ उसका कुराले। सबैभन्दा ऊप्रति आकृष्ट हुनुको कारण उसले महिलाहरूप्रति गर्ने सम्मानजनक व्यवहार नै थियो। ऊसँगको चिनजानी धेरै पुरानो अनि निकट हुँदासम्म पनि उसले मलाई कहिल्यै नराम्रो सबै र नराम्रो दृष्टिले हेरेन। त्यो विशेषताका कारण नै म उसको सामीप्य भएँ। नचाहेरै अनौठो प्रेम गर्न थालिसकेकी थिएँ। तर, उसलाई म अपनाउन सक्दिनँथेँ। किनकि मैले त मेरो दीपलाई प्रेम गर्थें उसलाई भन्दा बढी।

दुई वर्षे लामो प्रेम सम्बन्धलाई केही समयअघि मात्र विवाहमा रुपान्तरण गरेका थियौं हामीले। दीपले भुले पनि अनि म अरु कसै सँग नजिकिए पनि ती सब संयोग थिए। मात्र संयोग।

म धेरै माया गर्थें दीपलाई र मलाई चाहना थिएन म अरु कसैकी बन्ने। तर, नवीनसँगको सामीप्यता कसिलो बन्न थालेको थियो। म आफूलाई मुस्किलले सम्हालिरहेकी थिएँ।

ऊ भन्थ्यो, ‘तिमीबिना कुनै अस्तित्व छैन मेरो। म हामीबीचको मित्रतालाई बिहेमा परिणत गर्न चाहन्छु, त्यसैले अब केही दिनभित्रै नेपाल आउँदैछु। केवल तिमीलाई पाउनको लागि। तिमी मात्र मेरो प्रथम अनि अन्तिम मित्र वा पत्नी हुन सक्छ्यौ।’

म नमीठो सपनाबाट ब्युझिएझैं गरी झस्किएँ। उसलाई सम्झाउन खोजेँ, ‘तिमी मेरो कुरा सुन, तिमी तिम्रो पागलपनबाट बाहिर आऊ, तिमी यथार्थको धरातलमा उभिन सक। किन मेरा कुनै कुरालाई वास्ता गर्दैनौ? आज तिमीले सुन्नै पर्छ मेरा कुरा।’

साइबर क्याफेमा व्यस्त युवायुवती मस्कीमस्की कुरा गर्दैथिए। कोक, फ्यान्टाका बोटल अगाडि ठड्याएर वयम क्याम्प मिलाउनेहरूको जमात पनि प्रसस्तै थियो। क्याफेमा बज्दै थियो, ‘तिमीले साथ छोडिदिँदा, मेरो के हाल भएको छ...।’

गीतले रहेक तरुनी, तन्नेरीको मनमा भावना उथलपुथल मच्चाएको थियो। म आफू पनि गीत सुन्दै सबै व्यस्त अनुहारलाई हेर्दै थिएँ। दुई घन्टा बितिसकेछ। नवीनसँग आज सबै कुरा फत्ये नगरी घर नफर्कने अठोट गरेँ। र, आग्रह गरेँ, नवीनलाई पनि अझै एक घन्टा बस्नुपर्छ।

‘प्लीज नवीन, आज म धेरै कुरा गर्दै छु, गम्भीर कुरा। तिमीले आज आफ्नो जिद्दी छोडेर मेरो कुरा सुन्नै पर्छ।’

‘ल भन के भन्न चाहन्छौ? एक वर्षपछि बिहे गरांैला मात्र भन्न खोजेकी त हौली होइन?’

‘होइन नवीन। त्यसो होइन, विल्कुल फरक छ। मैले भन्न खोजेको कुरामा किन ठट्टा गर्छौ? ल नढाँटी भन त तिमीले मलाई कुन रुपमा माया गर्छौ?’

मैले कुरा निकाल्नलाई जिस्किएको भावमा सोधेँ।

‘तिमीले जुन रुपमा ठानेकी छौ, त्यस रुपमा मैले भनिसकेँ, कि तिमीलाई म तिमीलाई एउटा राम्रो साथी मात्र मान्न सक्छु। त्यो भन्दा पर म केही गर्न वा सोच्न सक्दिनँ। मित्रताभित्र प्रेम हुँदैन भन्ने ठानेकी छ्यौ तिमीले। हामी मित्र हौं, राम्रो मित्र। यही मित्रताको दीगो रुप हो विवाह। अर्थात् अनन्तसम्म सँगै जिउने सम्झौता। त्यही सम्झौता म तिमीसँग गर्न चाहन्छु,’ नवीन भावुक भएर भन्न थाल्यो।

म आफूलाई कठोर बनाउँदै उसका कुरालाई वास्ता नगरी आफ्नो भनाइ राख्न थालेँ, ‘तिमी मेरो आत्मीय मित्र हौ। आत्माभित्र माया, ममता, स्नेह सबै पर्छन्। मेरो शब्दकोशमा माया ममताको जुन अर्थ छ, प्रेमको त्योभन्दा फरक अर्थ छ नवीन। म तिमीलाई माया गर्छु, तर त्यसको अर्थ यो नबुझ कि म तिमीसँग बिहे गर्छु। किनकि म बिहे भइसकेकी नारी हुँ। मेरो भनाइलाई कुन रुपमा लियौ, त्यो तिम्रो आफ्नो कुरा हाम्रो। सामीप्यताले तिमीमा मप्रति कुनै आकर्षण जन्माएको भए त्यो तिम्रो भ्रम हो। जुन प्रत्येक महिला वा पुरुष मित्रबीच देखिने गरेको छ।’

आँखाभरि आँशु छचल्किएको थियो। क्याम्प बन्द गरेँ। छातीमा पत्थर जमाएर म त्यहाँ निर्दयी बनेकी थिएँ। म विवश थिएँ किन कि दीपलाई मैले भुल्न सकेकी थिइनँ। यदि मैले नवीनले भनेअनुरुप गरेँ भने झनै ठूलो पाप हुन सक्थ्यो। जुन पापबाट मैले जन्मौंसम्म मुक्ति पाउने थिइनँ।

मैले भनेँ, ‘नवीन, हाम्रो मित्रता यो अवस्थामा पुगेर टुटेको अर्थात् टुंगिएको पनि होइन। तिम्रो लागि मेरो मनभित्र छुट्टै स्थान छ। अत्यन्तै मधुर, जो सधैँ रहिरहने छ। एक आत्मीय मित्रको स्थानमा।’
‘भइगो, चुप लाग। पुग्यो, केही नबोल। म सुन्न सक्दिनँ,’ उसले भन्यो।

घर फर्किदा रात परिसकेको थियो। रातभरि छटपटी भयो। उसलाई म आघात प्रेम गर्थेँ तर पनि अर्को बिहे गरेर महाभूल गर्न पनि सक्दैनथेँ। साइबर जाने बानी परेको थियो मलाई। भोलिपल्ट पनि दिउँसोतिर साइबर छिरेँ। साइबरमा प्याक रहेछ।

एकछिन कुरेँ। पालो आयो। म्यासेन्जर खोलेँ। एउटा मेल आएको जानकारी प्राप्त भयो। मेल खोलेँ, ‘सदा खुसी रहनू’ शीर्षकमा उही नवीनको मेल रहेछ। जहाँ राता अक्षरले लेखिएको थियो।

रिजु,

सर्वप्रथम तिमीलाई दाम्पत्य जीवन सफल रहोस् भन्ने शुभकामना। गल्ती मेरै थियो। तिमीले पटक–पटक भन्दा पनि मैले एकोहोरो प्रेम गरेको थिएँ। किनकि तिमीले म विवाहित हुँ भनेर झुट बोलेकी छ्यौ भन्ने लागेको थियो। तिम्रो फोटो हेर्दा अनि तिम्रो क्याम्प हेर्दा मलाई त्यस्तो लाग्दैनथ्यो। र, उमेरले पनि तिमी धेरै सानी लाग्थ्यो। झन् पढ्दै गरेको जानकारीले गर्दा मैले विश्वास गर्न सकिनँ। हिजो मैले तिम्रा कुरा सुन्ने सामर्थ्य जुटाउन सफल भइनँ। किनकि मेरो मुटु बज्रिएको थियो, मन थाम्न नसकेर रन्थनिएको थिएँ। मेरो मेरो मनले त साँचो अर्थमा तिमीलाई रोजेको थियो। पहिलोपटक प्रेम गरेको थिएँ। म तिम्रो हर खुसी र सुख देख्न चाहन्छु। प्रेमको परिभाषा तिमीले बुझाइदियौ। माया, प्रेम अनि सम्पूर्णको अर्थ आज महुसुस गरेँ। मानसिक आघात जिन्दगीमा पहिलोपल्ट परेको छ। मानिस किन पागल हुन्छ? किन आत्मघाती निर्णय गर्छ त्यो सबै कुराको जानकारी गरायौ।

मैले आजबाटै जीवनभर बिहे नगर्ने निर्णय गरेको छु। किनकि म चाहन्न तिम्रो याद मेरो मस्तिष्कबाट फरार होस्। तिमीले माया गरेनांै त के भो? तिमीले मसँग लामो नाटक गर्यौ त के भो? जे गर्यौ ठीकै गर्यौ। मेरो निमित्त साह्रै भलो गर्यौ। किनकि मैले म आफू, प्रेम र नारी जातिलाई चिन्ने मौका त पाएँ।

साथै प्यारमा मान्छेको मन कस्तो हुन्छ त्यो पनि थाहा पाएँ। हुन त म अब बाँच्दिन भन्न मन लागेको थियो। तर, म भन्दिनँ, किनकि तिमीले मलाई रुपान्तरण गरायौ। वास्तविक धरातलमा उभ्याइदियौ। त्यसैले तिमीलाई धेरै धेरै धन्यवाद।

मनको घाउ निचोरियो। फेरि एकपटक आँखाबाट बगेका आँशु रुमाल झिकेर पुछेँ। अनायासै मोडिए पाइलाहरू। शून्यतातिर।

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • नेपाली फोटोपत्रकारिताका बारेमा मेरो कुरा नेपाली फोटोपत्रकारिताका बारेमा मेरो कुरा

    नेपाली फोटोपत्रकारिता भनेजस्तै विकास र उन्नति नहुनुमा नेपाली फोटो पत्रकारहरुले जति सुन्दर तस्बिर कैद गर्छन् त्यस्तै अनुरुपमा फोटो क्याप्सन (फोटो विवरण) नलेखेर हो। उनीहरुलाई लाग्छ कि लेख्नु भनेको लेखक पत्रकारहरुको काम हो। त्यसैले त्यो लेखाइ गलत भैदिन्छ जब क्याप्सन लेखकले फोटोपत्रकारको नजरले हेर्न सक्दैन।

    दीपेन्द्र बज्राचार्य

  • काठमाडौंमा म कसलाई मतदान गरौं काठमाडौंमा म कसलाई मतदान गरौं

    काठमाडौं! आफैं भित्र के छ? अवस्य नै धेरै छ। काठमाडौं मेरो लागि धेरै हो। यसलार्इ राम्रो बनाउन प्रतिज्ञा गर्ने र परिवर्तनका सम्वाहक बन्न खोज्ने मानिसहरूका लागि पनि यही नै सत्य हो, कुनै पनि व्यक्तिका लागि उसको नाम नै सबैथोक हो। काठमाडौंका लागि त्यो अझ बढी हो। तपाईँ आफूलार्इ विवेकशिल वा एमाले, काँग्रेस, माओवादी, साझा, हाम्रो यो वा त्यो अन्य दर्जनौं नामले पुकार्नुहोस्, के तपाईँको काठमाडौं वास्तवमै मेरो भन्दा फरक छ? तिनीहरू भन्छन् कि युवाहरू तेज, लचिलो र दिन चाहने हुन्छन्। तर नेपालका नयाँ राजनीतिक पार्टीहरूलार्इ के भएको छ, मलार्इ थाहा छैन । कुनै पनि नयाँ राजनीतिक पार्टीसँग जित्नका लागि चाहिने कोष, युवाहरूको सहयोग, अनुभव जस्ता सबै कुराहरू पर्याप्त छैनन्। के हामी सबै मिलेर एउटा समूह बनाउन सक्तैनौं जहाँ हामीसँग पर्याप्त कोष, कार्यान्वयन गर्न सक्ने युवाशक्ति र बौद्धिक वार्ताकारले भरिपूर्ण रहुन् अनि त्यहाँ उत्कृष्ठताका लागि फरक हुन सक्छ।

    सुमना श्रेष्ठ

  • फेसबुकमा मात्र हैन, आमालाई मनमा पनि सजाउने कि? फेसबुकमा मात्र हैन, आमालाई मनमा पनि सजाउने कि?

    यसको अर्थ यो नमानौं कि आमाको फोटो फेसबुकमा राख्न पनि नपाउने? पक्कै पनि पाउने। तर आफूले आमालाई कतिको माया गर्छु, बिरामी पर्दा कतिको हेरचाह गर्छु, बृद्ध अवस्थामा कतिको माया र स्नेह गरेँ, आमालाई मिठो मसिनो खान दिएँ कि दिईन लगायतका कुराहरु ख्याल गरेका छौं? एकपटक स्मरण गरौं, हामीमध्ये कतिले फेसबुकमा धेरै खाले ‘क्याप्सन’ सहित तस्बिर राखेका आमाहरु कति बृद्धाश्रममा होलान्, कति खान नपाएर रत्नपार्कमा हात फैलाउन बाध्य होलान्, कति उपचार खर्च नभएर अस्पतालमा जीवन र मृत्युको दोँसाधमा लडिरहेका होलान्।

    गोबिन्द मरासिनी

साहित्यपाटी

  • आमा आमा

    रगतको थोपा थोपा सिन्चित गरेर  आफू भित्र लुकायौ  शारीरिक परिवर्तनसँगै  जाग्राम बसेका  मातृ उमंगहरु  दिन अनि महिना गन्दै...

    मिरा प्रसाई

  • माता तिर्थ औँसी माता तिर्थ औँसी

    लंके दिनभर र्याली र भाषणमा ब्यस्त रह्यो। साँझपख लखतरान परेर पार्टी कार्यलय पुग्यो। कार्यालयको वाइफाइ अटो-कनेक्ट हुनासाथ मोबाइलमा नोटिफिकेसन बज्न थाल्यो। उसले फेसबुक खोलेर हेर्यो। ओहो! आज त आमाको मुख हेर्ने दिन पो रहेछ। आफुसँग दिनभर सँगै हिंडेका मने, रिखे र यामेले फेसबुकमा आमाको फोटो राखेको देखेर ऊ चित खायो। उसले सोच्यो- 'कुन बेला फुर्सद पाएछन यिनेरुले? अनी कहाँको वाइफाइ पाएछन?'

    सन्तोष पौड्याल

  • र, एउटा एस्ट्रे र, एउटा एस्ट्रे

    निभाउँछु उही एस्ट्रेमा ठुटो चुरोट
    र, प्रश्न गर्छु आफैलाई
    मनभित्र एकान्तमा कतै किन चिच्याउँदैछ बच्चु कैलाश?
    ‘टाढा टाढा जानु छ साथी, एकफेर हाँसीदेऊ’

    भोलि त सबेरै छोडेर जानु छ।

    सौरभ कार्की

पाठक विचार

  • किशोर थापाजीलाई खुलापत्र

    राजनितिमा भर्खर प्रवेश गरेकी रन्जुलाई मेयर पदमा निर्वाचित गराएर उनीलाई मार्गदर्शन गर्ने भूमिकामा तपाई रहनु भयो भने निश्चय नै नेपालको राजनैतिक इतिहासमा यो एउटा नयाँ प्रयोग हुनेछ। अरुले पनि यसबाट पाठ सिक्ने छन्। नयाँ पुस्तालाई राजनितिमा स्थान दिन यो कोशेढुंगा साबित हुनेछ। मलाई के पनि विश्वास छ भने वैकल्पिक राजनैतिक शक्ति खोजिरहेका काठमाण्डौबासीहरुले तपाईहरुलाई अवश्य विजय गराउने छन्।

    डा. शैलेन्द्र सिग्देल

  • नयाँ वर्ष प्रण

    रित्तो बोतल र खाली शिशाहरूले सामुहिक आत्महत्या गरे। ऊ परऽऽको एक कुनामा हेर त? एक थुप्रो लासहरू जस्तै डंगुर लडिराछ।   चीत्कार तिरस्कार अपहेलना बित...

    इन्द्र थेगिम

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट