कथा :- फौजी

  • Get News Alerts

tata

उसले बाँच्दै गरेको ढल्किँदो उमेरले अकस्मात मनसँग प्रश्न गर्छ ।

सन्देश ! तैंले आजसम्म बिहे नगरेर के पाइस्? के विवाह नगर्नु भनेको सबै समस्याको समाधान हुनु हो? के संसारका सबै विवहिताहरू दुःखी छन्?

उसले बिस्तारै आफ्नो गाला मुसार्छ। कुनै बेलाको मुलायम गाला अहिले आफैलाई बिझाउने भइसकेछ। उसका कपालहरू पनि बिचबिचमा सेता भैसकेछन्। उसको अहिलेको उमेरलाई १६ वर्षे उमेरसँग तुलना गर्न मन लाग्छ। ऊ आफू १६ वर्षे भएको अस्ति जस्तै लाग्छ। तर अस्ति जस्तो हिजो रहेन। हिजो जस्तो आज छैन। र आज जस्तो भोलि नहुने निश्चितै छ।

अहो ! मलाई प्रत्येक दिनले बूढो बनाउँदै लगेछ । उसले अनुमान गर्छ।

यतिबेला उसलाई कुनै मेशिनगन, राइफल र एल.एम.जि सम्झन मन छैन। उसलाई कुनै युद्व सम्झने फुर्सद छैन। उसले अहिले आफ्नो फुलि सम्झिरहेको छैन। खानु छैन उसलाई कसैको सलामी।  हुनुछैन उसलाई क्याप्टेन सन्देश। उसलाई हुने रहर छ मात्र सन्देश। १६ वर्षे सन्देश!!

उसले आफू भर्ती भएदेखि भोगेका दुःख कष्ट, अनि आफ्नो जन्मभूमी छोडी बाहिरिनुको पीडा सम्झियो भने त झन मन छियाछिया भएर आउँछ। ट्रेनिङको बेला हिलाम्य नालिमा पौडी खेल्नु पर्दा, काँडेतारको मुनिबाट कुइनाले टेकेर हिड्नुपर्दा आफ्नो घर परिवारलाई झल्झली सम्झन्थ्यो। सोँच्थ्यो, नेपालमा नै मेहनत गरे जे सुकै गर्न सकिन्छ।

कहिलेकाही त उसलाई भागौँ जस्तो पनि लाग्थ्यो । भागेका साथीहरुलाई छोप्दै नालीमा २४ घण्टासम्मा घाँटिमात्र देखाएर गाडेर राखेको देख्दा भाग्न सकेन। अझै पनि उसलाई आर्मी भित्रैका मानव अधिकार र उलंघन, हेपाहा प्रवृत्ति देख्दा त झन वाक्क लागेर आउँछ ।

उसले आफ्नो कोठाको चारैतिर हेर्छ। केवल सुनसान । मानौं, कोठामा कोही बसेकै छैन ।

ऊ आफ्नो कोठाबाट बाहिर निस्किदै गर्दा पल्लो कोठाबाट सानो फुच्चेले अंकल भनेर बोलाउँदा उसको मन नचस्किएको होइन। उसको आजको उमेरमा आफ्नो श्रीमती अनि छोराछोरिसँग रमाउने मन नभएको पनि होइन। तर जब जीवन उसले चाहेजस्तो भएन तब उ पारिवारिक मायामोहबाट टाढा रहन चाहन्छ।

उसले कुनै अतीत सम्झिने प्रयास गरिरहेको छैन तर जे कुराबाट टाढा भाग्न खोजिन्छ त्यही कुराले बारबार पछ्याइरहन्छ। उसलाई आफैंदेखि दिक्क लागेर आउँछ। उसले टेबलमाथिको चिसो पानी एक गिलास पिउँछ र बिस्तारै झ्यालको पर्दाहरु खोल्छ। 

एक मात्तिदै हिँडेको जोडी उसका नजरमा ठोकिन आउँछन्। उसले आफ्नो आँखा नहटाइ त्यो जोडिलाई पछ्याइरहन्छ। त्यो जोडी उसको नजिकै आउँछन्। केटाले बोलेको आवाज सुनिन्छ । संगिता! तुम मुझे कितना प्यार कर्ति हो? केटीले केटोलाई आफूतिर तान्छे र चुम्बन गरिदिन्छे । उसलाई असह्र्य हुन्छ।

‘संगिता’ शब्दले सन्देशको मन मस्तिष्क भरी भएर आउँछ। आँखा भरिएर आउँछ। उसलाई त्यो जोडी फिटिक्कै हेर्न मन लाग्दैन उसले झ्यालको पर्दा बन्द गरिदिन्छ।

संगिता! नाममात्रै पनि कुनै बेला उसलाई अति प्यारो लाग्थ्यो । तर अचेल नामसँग पनि सम्बन्ध बिग्रेको छ जुन दिनदेखि उसकी संगिता नामकी प्रेमिकासँग सम्बन्ध बिग्रेको थियो  ।

उसले नचाहँदा नचाहँदै पनि अतीत सम्झिन पुग्छ।

संगिता संदेशको बच्चै देखिको साथी थिई। सन्देश अनि संगिताको बुबा पनि साथी साथी हुन्। संगिताको बुबा आर्मी अफिसर हुन भने संदेशको बुबाले खेतिकिसान गरि जिविकोपार्जन गर्छन्। उनीहरूको बुबाहरु साथीसाथी भएकै कारण उनीहरु साथी बनेका थिए।

संगिताले झुम्रोको पुतली बनाएर काखमा च्याँपेर ‘मेरो बाबू’ भन्दै हिड्थी। संन्देशले मेरो हो भन्दै खोसिदिन्थ्यो अनि संगिताले आफ्नो बाबालाई गएर भनिदिन्थी। उनीहरु छिनमै झगडा गर्थे अनि छिनमै अंगालो मारेर हिड्थे ।

यतिसम्म संगिता कतै रोएको सुन्यो भने संदेशले "मेरो संगितालाई कस्ले पिट्यो?" भनेर चिच्याउँथ्यो । स्कुलमा लगेको टिफिन बाँडेर खान्थे। यतिसम्म कि एकअर्को जुठो नखाइ उनीहरुलाई हुदैनथ्यो ।

उनीहरुको उमेरमा पनि खासै अन्तर थिएन।  संगै पढे र संगै हुर्किए। उमेर क्रमशः बढ्दै गयो। एक अर्काबीच प्रेमको अनिभूती हुन थाल्यो। आत्मियता झनै बढेर गयो ।

अब बाल्यकालदेखिको साथीमा मात्र सिमित रहेनन् उनीहरू। १४/१५ बर्षको उमेरदेखि नै उनीहरु प्रेमी प्रेमिका बने । साथी हुँदा जति स्वतन्त्र थिए त्यो स्वतन्त्रता बिस्तार खोसिँदै गयो।

केही उमेर बढेसँगै केही जिम्मेवार अनि केही सजग बन्नुपर्ने परिस्थिति आउन थाल्यो। सधैं संगै जाने स्कुलको बाटोमा संगै हिड्दा पनि अप्ठ्यारो महसुस हुन थाल्यो । सँगै गाई चराउने ठाउँमा दुई जना मात्र हुँदा समेत कसैले देखेको छ कि भन्नू पर्ने अवस्था आयो। उनीहरुको मनले भने झनै सामिप्यता खोज्दै थियो । झनै एकान्त ठाउँ खोज्दै थियो ।

संगिताका बुबा लाहुरे! बुबाको पेन्सन आएपछि दाइ लाहुरे भए। उनीहरुको नजरमा लाहुरे नै सबैथोक हो । लाहुरे भन्दा ठूलो कोही छैन। संगितालाई पनि सोही छाप परेको छ ।

खोलाको गन्तव्य आखिर सागर नै हो। दुई खोलीहरू दोभानमा मिसिएर सागर पुग्छन्। तर दुई किनाराहरु कहिल्यै एक हुन सक्दैनन्। यति थाहा हुँदाहुदै पनि कहिले काहीँ नसोचेको भैदिन्छ।

अकस्मात एक दिन संगिताले भनी- संदेश ! तिमी इन्डियन आर्मीमा भर्ती हुन जाऊ।

किन? संदेशले प्रश्न गर्छ ।

मलाई आर्मी मन पर्छ । संगिताको जवाफ आउँछ । 

मलाई भर्ती हुनुमा कुनै रुची छैन। जे सक्छु नेपालमै गर्छु। आफ्नो जन्मभूमि, मात्रृभूमी छोडेर जादिनँ। संदेश बोल्छ ।

संगिताले पटक पटक संदेशलाई कर गर्छे। सुनाउँछे, हाम्रो बाबालाई आर्मी मन पर्छ, मेरो दाइले पनि बहिनीले आर्मिसँग बिहे गरोस् भन्ने चाहन्छन्।

संदेशले भन्छ! तिमी ढुक्क भए हुन्छ। मैले नेपालमै बसेर पनि तिमिलाई सुखसाथ पाल्न सक्छु। बिदेश मलाई मन पर्दैन। उसले केही सान्त्वना दिने प्रयास गर्छ।  तर संगिताको मनमा संदेशको शब्दहरुले कुनै असर पर्दैन ।

उनीहरुले चाहेर या नचाहेर सम्बन्धमा केही चिसिदै जान्छ। पहिले संगै गाई चराउने ठाउँ पनि सुनसान देखिन्छ। कलेज जाँदा आउदा समेत अलग अलग जाने आउने गर्छन्। संदेशले पटक पटक संगितालाई भेट्ने कोसिस गर्छ तर संगिता भने तर्किने प्रयास गरिरहेकी हुन्छे।

एकदिन अप्रत्याशिक खबर संदेशको कानमा पर्छ । "संगिताको पल्लो गाउँको लाहुरेसँग विवाह भयो।’ संदेश छाँगाबाट खसेजस्तै हुन्छ । एकवचन पनि नसोधी संगिताले त्यत्रो ठूलो निर्णय गर्दा संदेशको मन छियाछिया हुन्छ । संदेशलाई असह्य पीडा हुन्छ ।

संगिताले आफूलाई आर्मी नभएकै कारण छोडेको थाहा पाउँछ। त्यसको केही दिनपछी संदेशले एउटाटा अठोट गर्छ "इन्डियन आर्मिमा भर्ती हुने!"।

उसलाई संगिताको कुराहरु सम्झिए त झन भर्खरै उठेर हिडौँ जस्तो लाग्छ। नभन्दै उ इन्डियन आर्मीमा भर्ती समेत हुन्छ। उसले दिनरात, दुःख कष्ट, घाम पानी नभनेर आदेशको पालना गर्छ। त्यही मेहनतले नै उ आज पद बढुवा हुँदै क्याप्टेन सन्देश भएको छ।

आजसम्म पनि उसले आदेशको पालनामा कुनै कसुर राखेको छैन। उसले आदेश पाएका कुनै युद्व पनि हारेको छैन। उसले कुनै दुस्मनलाई पनि बाँकी राखेको छैन तर उसले प्रेम युद्व हारेको छ । ऊ संगितासँग हारेको छ।

ऊ भर्ती भएको दुई वर्षमा पहिलो छुट्टी गएको थियो। त्यसपछि १५ बर्षसम्म चार पटकमात्र घर गयो। पछिल्लो समय घर गएको पनि चार वर्ष बितिसक्यो । तर ऊ घर गएको छैन । घर नजानुको एउटै कारण हो परिवारबाट बिबाहको लागि दबाब आउनु।

क्याप्टेन संदेशले ६५ जना फौजीहरुको नेतृत्व गर्छ । उसका मिल्ने साथीहरु रोशन, समीर, नवीन हुन्। उनीहरु क्याप्टेन भन्दा सानो पदमा भए पनि क्याप्टेनको बोलिचाली र व्यबहारबाट प्रभावित छन्।

एकदिन रोशन क्याप्टेन सन्देशको कोठामा जान्छ।

भोलिपल्टको डिउटी सकिएपछी साँझमा रोशनको परिवारसंगै उसको श्रीमतीको जन्मदिन मनाउन निम्ता गर्ने इच्छा रोशनको थियो ।

रोशनले कोठाको ढोकामा पुगेर चारैतिर हेर्यो तर क्याप्टेनलाइ कतै देखेन । कोठाको ढोका खुलै थियो । क्याप्टेन कतै नजिकै गएको र केही बेरमै फर्किने अनुमान लगायो र रोशन क्याप्टेनको कोठामा छिर्यो ।  केही अप्ट्यारो मान्दै रोशन टेबल साइडको कुर्सिमा गएर बस्यो । केही समय कुर्यो तर क्याप्टेन आइपुगेन ।

 

रोशनलाई पत्रिका पढ्ने मन भयो । उसले टेबल माथी आँखा डुलायो । त्यहाँ पत्रिका भेटिएन बरु एउटा सुन्तलासँगको डायरी भेटियो । उसले त्यही डायरी पल्टाउँछ । केही पाना पल्टाउँदै गर्दा रोशन आश्चर्यमा पर्छ । उसकी श्रीमती संगिताको फोटो क्याप्टेनको डायरीमा भेट्छ।

उसले प्रत्येक पानाहरु पल्टाउँछ । त्यहाँ संगिताका नाममा लेखेका सयौं नोटहरु भेट्छ ।

रोशनको शरीरमा काँडा उम्रन्छ। रिसले रोशन आगो झैँ हुन्छ। उसका हातखुट्टा रिसले काप्छन्। उसका मनमा धेरै शंका उपशंकाहरु पैदा हुन्छन्। उसले आफ्नी श्रीमती र क्याप्टेनको बिहे पूर्व मात्र नभएर आजसम्म पनि लसपस भएको अड्कल काट्छ। ऊ मुर्मुरिँदै कोठाबाट बाहिर निस्कन्छ।

यता संगिताको बिहेपश्चात उनीहरुको कुनै पनि सम्पर्क छैन। यति सम्म कि संगिता कहाँ छ भन्ने पनि क्याप्टेनलाई थाहा छैन नत संगितालाई सन्देशको बारेमा थाहा छ। क्याप्टेनलाई यति मात्र थाहा छ कि संगिताको बिहे लाहुरेसँग भएको हो। र संगितालाई सन्देश इन्डियन आर्मीमा भर्ती भएको सम्म थाहा छ।

क्याप्टेन सन्देश कोठामा आउँछ। उसलाई रोशन आएर गएको कुनै पत्तो हुँदैन।

त्यसको एक सातापछि कास्मिरमा बिद्रोहिद्वारा हमला गरेको समाचार आउँछ। तत्कालै रोशन लगायत अढाइ सय जना सैनिक कास्मिरका लागि खटाइन्छ । त्यस टोलिको नेतृत्व क्याप्टेन संन्देशले नै गर्छ ।

उक्त टोली कास्मिर पुगेको केही घण्टामा नै युद्वको सामना गर्नुपर्छ। बिद्रोहीले कास्मिरको केही भाग आफ्नो नियन्त्रणमा लिने प्रयास गर्छन्। क्याप्टेन सन्देशको आदेशमा फायरिङ सुरु हुन्छ र दुश्मनहरु ध्वस्त पार्न हरप्रयास गर्छन्।

दुस्मनसँगको भिडिन्त निरन्तर चलिरहेकै हुन्छ। केही क्याप्टेन सन्देशको नेतृत्वमा गएका फौजीहरु पनि हताहत हुन्छन् भने धेरै दुश्मन हरु मारिन्छन्।

क्याप्टेन सन्देश अरु फौजीभन्दा अगाडि पुग्छ। संयोगबस क्याप्टेन सन्देशको ठिक पछाडि रोशन पर्छ । क्याप्टेन सन्देश आफ्नो केही अगाडि देखेपछि रोशनको मनमा अकस्मात बदलाको भावनाले भरिन्छ। रोशनले सम्झन्छ, क्याप्टेन संदेशको डायरीमा भएको संगिताका फोटाहरु र सयौँ नोटहरु।  रोशनले चारैतिर हेर्छ, केही साथीहरु अलि पर देख्छ।

आफ्नो नजिकका साथीहरु गोलि लागेर छटपटाउदै गरेका हुन्छन्। रोशनले दाह्रा किट्दै क्याप्टेन सन्देशको टाउकोमा पछाडिबाट गोलि बर्साउँछ।

आमा!!! भन्दै चिच्याउँदै क्याप्टेन सन्देश ढल्छ। केही बेर छट्पटाउँछ। उसको दाहिने हातले राइफल झन बेस्सरि समाउँछ। देब्रे हातले भुइँबाट एक मुट्ठी माटो उप्काउँछ।  उसको ढुकढुकीले आफ्नो चाल छोडिदिन्छ।

उसलाई एक मुठ्ठी स्वासले पनि साथ दिँदैन। अन्तत: पानी समेत पिउन नपाएर क्याप्टेन सन्देश संसारबाट बिदा हुन्छ। ऊ बिदेशी भूमिमा सदाका लागि निदाउँछ। ऊ सँगै उसको नेपाल फर्किने र आमालाई बम्बैको सारी लैदिने सन्देशको सपनाको पनि त्यहिँ अन्त्य हुन्छ।

भोलिपल्ट अखबारहरुमा ठूला ठूला अक्षरमा हेडलाइन देखिन्छन्  "बिद्रोहिको गोली लागेर क्याप्टेन सन्देशको मृत्यु !"

उता रोशनले भने क्याप्टेन सन्देश मरेकोमा खुसियाली मनाछ ।  बिचरी संगिता अन्जानमै आफ्नो पूर्वप्रेमी मरेको उपलक्ष्यमा रमाइरहेकी हुन्छे।

हाल दक्षिण कोरिया

hundai

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष

    नेपालमै पहिलो पटक पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर तह सञ्चालन गरी विद्यमान् पत्रकारिता शिक्षामा आमुल परिवर्तन गर्ने उद्धेश्यल २०५७ सालमा कलेज अफ जर्नालिजम् एण्ड मास कम्युनिकेसन (सिजेएमसी) स्थापना भएको हो। त्रिभुवन विश्वविद्यालयले २२ वर्षदेखि पत्रकारिता विषयमा स्नातक तह सञ्चालन गरिरहेको तर स्नातकोत्तर तह सुरु गर्न नसकेको अवस्थामा सिजेएमसीले काठमाडौंको धापासीबाट तीन कोठा भाडामा लिएर सुरु गर्नु आफैंमा चुनौतीपूर्ण थियो। २०५८ साल पुष २७ गते वरिष्ठ पत्रकार भारतदत्त कोइराला, प्राध्यापक र सिजेएमसीका विद्यार्थीबाट सामूहिकरूपमा कलेजको उद्धघाटन भएको थियो।

    डा. मञ्जुश्री मिश्र

  • कार्यसम्पादन ठूलो कि जागिर? कार्यसम्पादन ठूलो कि जागिर?

    ओली सरकार छँदै ज्ञवाली नेतृत्वको प्राधिकरणले कर्मचारी तान्न, धान्न र काम लगाउन नसक्ने पुष्टि भइसकेको थियो। कुनै पनि सार्वजनिक पदमा नियुक्ति गर्दा पार्टीप्रतिको वफादारीलाई केन्द्रमा राख्ने नगरेको भए ओलीले पहिले त ज्ञवालीभन्दा धेरै योग्य मानिसलाई प्राधिकरणमा ल्याउने थिए। भुलवश त्यस्तो मानिस नियुक्त भएको भए कार्य सम्पादन हेरेपछि फेरेर अर्को मानिस राख्ने थिए। 

    जीवन क्षत्री

  • माघीलाई मिलनको पर्व बनाउने कि फुटको? माघीलाई मिलनको पर्व बनाउने कि फुटको?

    माघीको मौकामा मालिकहरू गाउँमा गएर गरिब, सोझा अभिभावकलाई ललाईफकाई विभिन्न प्रलोभनमा पारेर, वर्षको सिर्फ एकजोर कपडा दिएर वा एकदम न्यूनतम पैसा दिएर ५ देखि २० वर्ष सम्मका छोरीलाई आफ्नो घरायसी काम गर्नका लागि कमलरीको रूपमा लैजाने चलन थियो। कमलरीको नाउँमा हजारौं थारू चेलीवेटीहरूको विभिन्न तवरले शोषण हँुदै आएको छ। उनीहरू श्रम शोषण, यौन शोषणमा परी मानसिक पीडा भोग्दै विक्षिप्त अवस्थामा मालिकको घरमा नारकीय जीवन जिउन विवश छन्। कुनै न कुनै बहाना पारेर चेलीवटीलाई अझैसम्म कमलरी बनाउने काम हुँदै आएको छ। यसलाई रोक्न समाजका हरेक सचेत नागरिक लाग्नु जरुरी छ। साथै राज्य पक्षबाट यी सामाजिक विकृतिपूर्ण कुप्रथालाई हटाउनका लागि ठोस कार्यक्रम अगाडि ल्याउनु पर्दछ। तर उनीहरुले अझैसम्म कमलरी परिचय पत्र समेत पाएका छैनन्।

    शत्रुघन चौधरी

साहित्यपाटी

  • खाम भित्रको माया खाम भित्रको माया

    मैले भनें– म थाकेकी थिएँ, यसो पल्टेको भुसुक्कै निदाएछु । ‘तिमी बद्लियौ।’ ‘मेल्वर्नको मौसम जस्तै भयौ भन्न खोजेको कल्याण?’ ‘तिमी नजिस्क त मसँग।’ ‘हुन्छ, त्यसो भए अर्कोसँग जिस्किन्छु नि त।’

    निरु त्रिपाठी

  • कसको सिन्दूर? कसको सिन्दूर?

    गएको वैशाखमा गिरानचौरतिर बिहे भएको रहेछ मस्यौरीको। रामदाइ घर फर्किएको खबर सुनेर मामाघर राउतगाउँ जाने बहाना बनाएर आएकी रहिछन् यता।  हुनु–हुनामी भइसक्यो। रिसाएर अथवा रोएर अब केही हुनेवाला थिएन। 'के गछ्र्यौ त अब?' रामदाइले सोधे।  'तिमी जे भन्छौ, त्यही गर्छु... !' उनले आँसु पुछ्दै भनिन्। 'जान्छ्यौ त मसँग?' रामदाइले खिरिल्याएर सोधे। मस्यौरीले मुन्टो हल्लाइदिइन्।

    प्रोल्लास सिन्धुलीय

  • जुग्री जुलुस जुग्री जुलुस

    तराईमा औलो उन्मूलन भयो। पहाडबाट मान्छे ओइरिए। त्यसबेला दाङका फाँटमा धान झुलेका थिए। पहेलपुर तोरी फुलेका थिए। र, तिनकै रङमा भूमिपुत्र थारूका अबोध मन खुलेका थिए। पहेलपुर तोरीको फूलसित बाजी लाग्दै जुग्री–जग्गु प्रेमको कोपिला लागेको थियो। दाङ झरेका शासक खलकका अाँखा पहेलपुर फाँटमा परे। थारू र अक्षर, थारू र राज्यसत्ताबीच गोरु बेचेको साइनो पनि थिएन। त्यसैले ‘शासक खलक’लाई ती फाँट कब्जा गर्न कुनै आइतबार कुर्न परेन।सिङ्गो पञ्चायत नै तिनका भएपछि छिनभरमै सारा फाँट आफ्नो बनाए। हेर्दाहेर्दै पहाडबाट झरेका शासक खलक जति जिम्दार भए भने थारू भूमिहीन।

    नवीन विभास

पाठक विचार

  • विकासको नाम जपी, माछो-माछो भ्यागुता बनाए

    हेर हाम्रा नेताले, आफैंलाई भुइ-फुट्टा बनाए। बिखन्डनको बाटो रोजी, न यता न उता बनाए ।   अनेकौ वाद तन्त्र भनी सधै जनता झुक्याइरहे, विकासको नाम जपी, ...

    डा. रबिन खड्का

  • हामी मधेसीबाट कहिले नेपाली हुने?

    lsquo;ल् उठनुस तपाईहरु, आ–आफनो झोलाहरु चेकजाच गराउनुहोस्’, यसरी जोडले आएको एक्कासी आवाजले म झस्केर उठेँ। उठेर देख्दा भर्खर हेटौडा, मकवानप...

    सुशीलकुमार साह

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट