मेरी माइजुको घर

  • Get News Alerts

tata

मेरी माइजुको घर मेरो घर तनहूँको कमलाबारी भन्दा करिब तीन किलोमिटरको दुरी कटहरेमा भए पनि त्यति दुरी पार गर्न मलाई करिब पैंतालिस मिनेट भन्दा बढी नै लाग्छ । माइजुको घर पुग्न ठाडो ओरालो झरेर खोला तरे पछि फराकिलो फाँट हिड्दै फेरि अर्को उकालो चढ्नु पर्छ । जंगलको छेउमा निकै एकान्तमा मेरी माइजुको घर छ । नजिकको अर्को घर पुग्न करिब पन्ध्र मिनेट हिड्नु पर्छ ।

त्यहाँ पहाडको काखमा सुन्दर नेपाली पाराको एउटा घर छ । गाउँको शैलीमा बनाएको ढुंगाले छाएको एउटा घर । घरको छेउमा पानीको धारा छ । घर अगाडी एउटा भान्सा कोठा, नजिकै एउटा गोठ र शौचालय पनि छ । घरमा जंगली जनवारले सताउने भएकोले माइजुले अजंगको कुकुर पनि पाल्नु भएकोछ । घर वरिपरि फलफूलका बोटहरु छन् । चारैतिर हरियालीभन्दा अरु केही छैन । घरबाट तल ठूलो फाँट छ । माथि घनाघोर जंगल छ । पारि एउटा अजंगको डांडो उभिएको छ ।

ठाउँ त्यस्तो भए पनि घरमा बिजुलीको सुबिधा छ । तसर्थ, टेलिभिजन हेर्ने सुबिधा पनि छ । तार रहित मोबाइल र तार बिनाको ल्याण्डलाइन दुवै फोनको सुबिधा पनि छ ।

हालसालै कृषि सडकको नामबाट त्यहाँ कच्ची सडक पनि पुगेको रहेछ । उहाँको घर भन्दा करीब दुई सय मिटर तल कच्ची सडक पुगेको छ । तर बर्षामा भने त्यो बाटो पुरै हिलो र झाडी हुने भएकोले त्यहाँ मोटर वा अरु कुनै सवारी साधन जाने कुनै गुञ्जायस रहेनछ । माइजुको घरबाट पारीको डाँडोमा जहाँ मेरो घर छ, त्यहाँ पृथ्वी राजमार्ग छ । जहाँबाट नेपालको सबैजसो शहरमा जाने मोटर कुद्छन ।

माध्यमिक स्कुल करिब एक घण्टाको दुरीमा कमलाबारीमा छ । प्राथमिक स्कुल भने घर माथि आधा घण्टाको दुरीमा छ । सदरमुकामबाट मेरी माइजुको घर जान दश मिनेट मोटर चढेर कमलाबारी आए पछि करिब पैतालिस मिनेट हिड्नु पर्छ । यदि त्यहाँ सधै सबै सिजनमा मोटर कुद्ने हो भने त्यो ठाउँमा एउटा घरको लागि चाहिने सबै जसो सुबिधा छ । मलाई त खुब मन पर्छ त्यो ठाउँ । त्यस्तो ठाउँ यदि विकसित मुलुकमा हुने हो भने धनीमानी मानिस बस्ने र कटेज बनाउने महँगो ठाउँ हुन्थ्यो ।

मलाई सानैदेखि मामाघर भन्दा पनि माइजुको घर भन्न मन लाग्छ । किनकी मैले मेरो मामालाई कहिले पनि देखिन । मेरो मामा एउटा मात्रै छोरा । मैले मात्रै हैन मेरो मामाका छोराहरु मामादाईहरुले पनि मेरो मामालाई देख्नु भएनछ । किनकी मेरी माइजुको दुई छोराहरु जन्मने बित्तिकै मेरो मामा बित्नु भएको रहेछ । म बुझ्ने भएदेखि माइजुलाई मात्रै देखेकोले म त्यो घरलाई मामाघर भन्दा पनि माइजुको घर नै भन्न रुचाउँछु ।  

सधै नेपाल जाँदा म जति नै ब्यस्त भए पनि माइजुलाई भेट्न जान्छु । यो पटक पनि म माइजुलाई भेट्न गएँ । भाद्रको अन्तिम साता तिर भए पनि खुब पानी परेको थियो । म, मेरी पत्नी  र हाम्रा  छोराछोरीसंगै माइजुलाई भेट्न घरबाट हिडेका थियौ । तर केही समय ओरालो झरेपछि जुगाको आक्रमण, चिप्लो बाटो, ठाडो ओरालो बाटो का कारण यात्रा कठिन हुँदै थियो । छोरा र छोरी नै चिप्लो र हिलो बाटोमा एक-एक बल्डयाङ्ग खाए पछि उनीहरुले यात्राको अन्त्य त्यही र त्यत्ति नै बेला गरे र उनीहरु त्यो दिन उता माइजुको घर पुग्न नसक्ने निस्कर्ष निकाल्दै घर फर्के । हामी बुढाबुढी भने निरन्तर यात्रामा लागियो । करिब एक घन्टाको यात्रा पछि हामी त्यहाँ पुग्यौ ।

बाहिर ठूलो भोटे कुकुर बाँधेको थियो । बाहिर घरको छेउमा एउटा सानो झुप्रो जस्तोमा भान्सा रहेछ । त्यही भान्सामा भाउजु खाना बनाउँदै हुनुहुन्थ्यो । मैले भाउजुलाई अभिबादन गरें । आँगनमा मेरी माइजुको पनाति र नातिनी-बुहारी बसेका रहेछन । मैले भाउजुलाई सोधें, 'माइजु खै त?' भाउजुले भन्नु भयो, 'माइजु भित्र दही मोथ्दै हुनुहुन्छ ।'  म हत्त पत्त भित्र पसें । माइजु मलाई देख्ने बित्तिकै खुब खुसि हुनु भयो । मानौ की उहाँको अघि कुनै भगवान नै खडा भए । त्यसो त धेरै पछि मेरी माइजु सँग भेट हुँदा म पनि निकै प्रसन्न थिएँ ।

मेरी माइजु अहिले उन्नानअसि बर्ष पुग्नु भो ।  यो उमेरमा पनि उहाँ सामान्यतया स्वास्थ्य नै देखिनु हुन्छ । बुढेसकालको कमजोरी र बुढ्यौलीपन भन्दा अरु खासै कुनै रोग लागेको छैन । पहिले उहाँहरु माथिको  गाउँ कर्लुंगमा बस्नु हुन्थ्यो ।  त्यति बेला उहाँहरु हरेक दिनजसो गाउँ बेसी गर्नु पर्ने हुन्थ्यो । बस्तुभाउहरु र खेतीपाती तल बेसी कटहरेमा हुने अनि उहाँहरु माथि गाउँ कर्लुंगमा बस्ने । गाउँबाट बेसी झर्न झन्डै एक घण्टा लाग्छ ।  अनि, बेसीबाट गाउँ जान त्यो भन्दा पनि बढी । आफ्नो उमेरमा त्यति धेरै उकाली ओराली गर्नुपर्ने भएकोले होला उहाँको स्वास्थ्य खासै बिग्रेको रहेनछ । मेरी माइजुको अनुहार बुढेसकालले चाउरी पर्नु त स्वाभाविक नै हो ।

म पनि सानो हुँदा कहिलेकाहीं माइजुको घर जाँदा मामादाईहरुसँग माथि गाउँबाट तल बेसी जाने गर्थे ।  दिनभरी उहाँहरुसँग गोठालो जाने र बेलुकी साँझ भएपछि माथि घर गएको सम्झना अहिले पनि ताजा नै छ । म माइजुको घर जाँदा भाउजु र माइजुले बारीमा कोदो रोप्दा माइजुको पहिलो नातिलाई बारीको छेउमा झोलुङ्गोमा हल्लाएको, माइजुसंगै करिब बिस मिनेट तल पानी लिन गएको, कर्लुंगको ठाँटीमा बसेर चिसो हावा खाएको, पारी तनहुँसुर र हिमालको अवलोकन गरेको आदि कुराको खुब याद आउँछ । 

हाम्रो हिन्दु संस्कारमा भान्जा भान्जीलाई खुब मानसम्मान गरिन्छ । मेरी माइजुले पनि हामीलाई खुब सम्मान गर्नु हुन्छ । मेरी आमा ज्यूँदो हुँदा हरेक साउनमा उहाँ मेरी आमालाई सेलरोटी र अचारको कोशेली लिएर भेट्न आउनु हुन्थ्यो । मेरी माइजुले पकाएको सेल रोटी सबैले तारिफ गर्थे । हरेक सालको तीजमा उहाँ मेरी आमालाई लिन आउनु हुन्थ्यो । मेरो मामा नभए पनि मेरी आमाको लागि उहाँले त्यो कुराको अभाव हुन नदिने भरसक कोसिस गर्नु भयो । म पनि सानोमा माइजुको घर जान खुब रहर गर्थे ।

उहाँ खस्रो कुरा गर्ने मानिस हुनुहुन्छ । कसैसँग नडराउने । मुख र मनले दुई फरक फरक कुरा नबोल्ने । एउटा किसान परिवारमा जन्मे हुर्केको आइमाई । बिल्कुल निराक्षर । उहाँले न त पतिको साथ पाउनु भयो, न त परिवारको कुनै आड र भरोसा ।

गाउँमा खेती पाती गरेर दुई छोराहरु हुर्काउनु भयो । अहिले तिनै दुई छोरा मध्ये कान्छा छोरासँग बस्नु हुन्छ । सानै उमेरमा बिदुवा हुनु भएपनि छोराहरुलाई सकेको पढाउनुभयो । दुवै छोराहरु प्राथमिक तहको शिक्षक थिए । गाउँको स्कुलमा पढाउँछन् । उहाँको ठूलो छोराले हालसालै अवकास लिनु भएछ।

उहाँले आफ्नो जीवनमा सायद सबै प्रकारको दु:ख गर्नु भयो । लाग्छ, उहाँ अनुभव नै अनुभवको एउटा दस्तावेज हो । कहिले पनि आफूलाई अस्थिर नबनाउने । सधै उस्तै, जति दु:ख परे पनि सहन र धैर्य गर्न सक्ने । निकै कम मान्छे हुन्छन यो धर्तीमा जस्ले त्यति धेरै दु:ख, कष्ट र पीडा सहेर पनि आफूलाई खरो रुपमा उतार्न सक्छन । यो अर्थमा मेरी माइजु सबैको लागि एउटा नमूना पात्र हो ।

मेरी माइजुले मलाई खुब माया गर्नु हुन्छ । मलाई मात्रै हैन मेरो परिवारको सबैलाई उहाँ उत्तिकै माया गर्नु हुन्छ । माया मात्रै हैन कसैले नराम्रो काम गरे हप्कीदप्की पनि गर्नु हुन्छ । परे सम्झाउनु पनि हुन्छ । मलाई सम्झना छ, मेरो बुवा जीवित हुँदा उहाँ मेरो बुवालाई पनि त्यस्तै गर्नु हुन्थ्यो - माया, सम्मान, सम्झाई, बुझाई, उस्तै परे हप्कीदप्की पनि । अहिलेसम्म पनि उहाँको त्यो स्वभाब उस्तै रहेछ ।

म बिदेशमा भएको कारणले अहिले पनि उहाँलाई एउटा चिन्ता रहेछ । मर्ने बेलामा म उहाँको साथ हुन्न भन्ने । मैले उहाँलाई सम्झाएँ । म विदेश भए पनि मेरो मन यता हजुरसँग नै हुन्छ भनें । म बिदेशमा बसे पनि बेला बेलामा उहाँलाई फोन गर्छु । त्यो कुराले भने उहाँलाई अलिकति आश्वस्त पारेको रहेछ । म जहाँ बसे पनि मेरो गाउँमा बस्ने मेरा दाई, भाउजु, काकी, माइजु, दिदी, बहिनी लगायत अरु मेरा आफन्तहरुलाई बेला बेलामा फोन गर्छु ।  मलाई मेरो गाउँ सम्झंदा पनि निकै रमाइलो लाग्छ । झन् उहाँहरुसँग कुरा गर्दा त निकै रमाइलो लाग्छ ।

उहाँको अर्को गुनासो पनि रहेछ । धेरै बर्षदेखि उहाँको जेठो छोरा भेट्न आउनु भएको रहेनछ ।  त्यति मात्रै हैन, जेठा छोरा तर्फका नातिहरु पनि उहाँलाई भेट्न नआएको कुरा मलाई सुनाउनु भयो । कारण त मैले बुझ्ने कोसिस गरिन । मेरो मनमा कस्तो कस्तो खल्लो लाग्यो ।  तर, जुन आमाले आफ्नो कुनै पर्वाह नगरी आफ्ना छोराहरुलाई पढाउनु भयो ।  हुर्काउनु भयो । आफूले सक्दो गर्नु भयो । तिनै छोरा ती बुढी आमालाई भेट्न समेत नआउँदा, आमाको वास्ता नगर्दा र दशैमा टिका लगाउन समेत नआउँदा उहाँको मनमा कस्तो पिडा हुँदो हो, म सहजै अनुमान गर्न सक्छु ।

माइजुको घरको पिंडीमा निकैबेर बसियो । मेरो र मेरी माइजुको परिवार, आफन्त, हाम्रो विगत र वर्तमान आदिको बारेमा कुरा गरियो । उहाँले मेरा दिवंगत बाआमालाई खुब सम्झनु भयो । उहाँहरुसँग  बिताएका धेरै पलको बारेमा अनुभव सुनाउनु भयो । ती विगत सम्झेर हामीले सँगसँगै आँशु झार्यौ ।

मेरो मामादाई भने त्यति नै बेला मासु किन्न माथि गाउँ तिर उकालो लाग्नु भएछ । त्यो दिन माथिको गाउँ बोर्धनमा मासु नपाएकोले उहाँ फेरी तल सेराफाँट तिर झर्नु भएछ । मैले धेरै पटक फोन गरें । उहाँलाई जति फोन गरे पनि बाटोमा छु भन्नु हुन्थ्यो । मैले उहाँलाई सम्झाएँ, हामीलाई मासु भन्दा गाउँ घरको तरकारी, हरियो सागपात र दालभात नै प्यारो हुन्छ । त्यसैले मासु लिन जाने दु:ख नगर्नु होला । त्यही पनि उहाँ मान्नु भएन । अहिले पनि गाउँघरमा  पाहुनाको लागि सत्कार गर्न मासु भात नै दिने चलन रहेछ । मेरो जोडले केही चलेन । आँखिर दुई घण्टा जति लगाएर उहाँले मासु ल्याई छाड्नु भयो ।

माइजुको घर निकै एकान्त जंगलको छेउमा भएकोले एक्लै बस्दा जोसुकैलाई पनि डर लाग्ने हुन्छ  । मैले सोधें, 'हजुरहरुलाई यस्तो जंगलको छेउमा बस्दा डर लाग्दैन ? कुनै जंगली जनवारले अहिलेसम्म सताएको छ कि छैन?' माइजुले सुनाउनु भयो, 'दुई वटा कुकुर त बाघले लागि सक्यो । अहिले पनि राति घरमा कुकुर नहुने हो भने जुन बेला पनि जंगली जनवार ले आक्रमण गर्ने हो कि भन्ने डर लाग्छ ।' त्यो जंगलमा म पनि कति पटक घाँस दाउरा गर्नको लागि पुगेको थिएँ ।  तर, अहिले त त्यो जंगल झन् झन् बाक्लो हुँदै गएछ । सायद सरकारको सामुदायिक जंगल संरक्षण गर्ने नीतिको कारण हुन सक्छ ।

घरसंगै जोडिएको घना जंगल देखेर मैले मेरी माइजुलाई सुझाब दिएँ, 'अब हजुरहरु पनि माथि राजमार्गको छेउछाउ कमलाबारी जहाँ अर्को बस्ति छ, त्यहाँ सर्नु पर्छ ।' उहाँको तर्क थियो, 'सर्न त हुन्छ, तर निकै सानो घडेरीमा घर बनाउनु पर्ने भएकोले आफूलाई चाहिने खेतीपाती, तरकारीबारी, वस्तुभाउ र अरु कुराको लागि त्यहाँ सास्ती हुन्छ ।' त्यहाँ उहाँहरुले एउटा सानो घडेरी पनि किन्नु भएको रहेछ, तर घडेरीको छेउमा एक जना दलित पनि बस्ने भएकोले त्यो घडेरी उपयुक्त नभएको बताउनु भयो । मलाई निकै चिन्ता र उदेक लाग्यो, अहिले पनि त्यति धेरै रुढीवादी ब्याप्त रहेछ । हामी एक्काइसौ शताब्दीमा आएर पनि त्यस्ता कुराहरुमा अल्झेको देख्दा नेपालमा गणतन्त्र र नयाँ संविधान आएर नयाँ नेपाल भए पनि गाउँघर त्यसको कुनै प्रभाब रहेनछ ।

केहो वर्षको अन्तराल पछि मेरी माइजुलाई भेट्ने मेरो चाहना पुरा भयो । म पनि घरबाट त्यही दिन काठमान्डू जानु पर्ने भएकोले धेरै समय त्यहाँ बस्न सकिन । त्यसैले हाम्रो छिट्टै हिड्ने बेला भयो । मेरी माइजुले आँखाभरी आँशु पार्नु भयो र भन्नु भयो, 'खै अर्को पटक भेट हुने कि हैन ? राम्रोसँग जानु बाबु । म भए पनि नभए पनि आउँदै गर्नु ।' मेरा पनि आँखा रसाएँ । म केही बोल्न सकिन, केवल मुन्टो हल्लाएँ । म र मेरी पत्नी आफ्नो बाटो लाग्यौ । मनभरी मेरी माइजुको घरको र उहाँसँग बिताएको मिठो क्षणको याद गर्दै र फेरी अर्को पटक नेपाल आउँदा भेट्न आउने प्रण गर्दै हामी आफ्नो घर लाग्यौ ।

hundai

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष सिजेएमसी यात्राको चुनौतीपूर्ण १६ वर्ष

    नेपालमै पहिलो पटक पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर तह सञ्चालन गरी विद्यमान् पत्रकारिता शिक्षामा आमुल परिवर्तन गर्ने उद्धेश्यल २०५७ सालमा कलेज अफ जर्नालिजम् एण्ड मास कम्युनिकेसन (सिजेएमसी) स्थापना भएको हो। त्रिभुवन विश्वविद्यालयले २२ वर्षदेखि पत्रकारिता विषयमा स्नातक तह सञ्चालन गरिरहेको तर स्नातकोत्तर तह सुरु गर्न नसकेको अवस्थामा सिजेएमसीले काठमाडौंको धापासीबाट तीन कोठा भाडामा लिएर सुरु गर्नु आफैंमा चुनौतीपूर्ण थियो। २०५८ साल पुष २७ गते वरिष्ठ पत्रकार भारतदत्त कोइराला, प्राध्यापक र सिजेएमसीका विद्यार्थीबाट सामूहिकरूपमा कलेजको उद्धघाटन भएको थियो।

    डा. मञ्जुश्री मिश्र

  • कार्यसम्पादन ठूलो कि जागिर? कार्यसम्पादन ठूलो कि जागिर?

    ओली सरकार छँदै ज्ञवाली नेतृत्वको प्राधिकरणले कर्मचारी तान्न, धान्न र काम लगाउन नसक्ने पुष्टि भइसकेको थियो। कुनै पनि सार्वजनिक पदमा नियुक्ति गर्दा पार्टीप्रतिको वफादारीलाई केन्द्रमा राख्ने नगरेको भए ओलीले पहिले त ज्ञवालीभन्दा धेरै योग्य मानिसलाई प्राधिकरणमा ल्याउने थिए। भुलवश त्यस्तो मानिस नियुक्त भएको भए कार्य सम्पादन हेरेपछि फेरेर अर्को मानिस राख्ने थिए। 

    जीवन क्षत्री

  • माघीलाई मिलनको पर्व बनाउने कि फुटको? माघीलाई मिलनको पर्व बनाउने कि फुटको?

    माघीको मौकामा मालिकहरू गाउँमा गएर गरिब, सोझा अभिभावकलाई ललाईफकाई विभिन्न प्रलोभनमा पारेर, वर्षको सिर्फ एकजोर कपडा दिएर वा एकदम न्यूनतम पैसा दिएर ५ देखि २० वर्ष सम्मका छोरीलाई आफ्नो घरायसी काम गर्नका लागि कमलरीको रूपमा लैजाने चलन थियो। कमलरीको नाउँमा हजारौं थारू चेलीवेटीहरूको विभिन्न तवरले शोषण हँुदै आएको छ। उनीहरू श्रम शोषण, यौन शोषणमा परी मानसिक पीडा भोग्दै विक्षिप्त अवस्थामा मालिकको घरमा नारकीय जीवन जिउन विवश छन्। कुनै न कुनै बहाना पारेर चेलीवटीलाई अझैसम्म कमलरी बनाउने काम हुँदै आएको छ। यसलाई रोक्न समाजका हरेक सचेत नागरिक लाग्नु जरुरी छ। साथै राज्य पक्षबाट यी सामाजिक विकृतिपूर्ण कुप्रथालाई हटाउनका लागि ठोस कार्यक्रम अगाडि ल्याउनु पर्दछ। तर उनीहरुले अझैसम्म कमलरी परिचय पत्र समेत पाएका छैनन्।

    शत्रुघन चौधरी

साहित्यपाटी

  • खाम भित्रको माया खाम भित्रको माया

    मैले भनें– म थाकेकी थिएँ, यसो पल्टेको भुसुक्कै निदाएछु । ‘तिमी बद्लियौ।’ ‘मेल्वर्नको मौसम जस्तै भयौ भन्न खोजेको कल्याण?’ ‘तिमी नजिस्क त मसँग।’ ‘हुन्छ, त्यसो भए अर्कोसँग जिस्किन्छु नि त।’

    निरु त्रिपाठी

  • कसको सिन्दूर? कसको सिन्दूर?

    गएको वैशाखमा गिरानचौरतिर बिहे भएको रहेछ मस्यौरीको। रामदाइ घर फर्किएको खबर सुनेर मामाघर राउतगाउँ जाने बहाना बनाएर आएकी रहिछन् यता।  हुनु–हुनामी भइसक्यो। रिसाएर अथवा रोएर अब केही हुनेवाला थिएन। 'के गछ्र्यौ त अब?' रामदाइले सोधे।  'तिमी जे भन्छौ, त्यही गर्छु... !' उनले आँसु पुछ्दै भनिन्। 'जान्छ्यौ त मसँग?' रामदाइले खिरिल्याएर सोधे। मस्यौरीले मुन्टो हल्लाइदिइन्।

    प्रोल्लास सिन्धुलीय

  • जुग्री जुलुस जुग्री जुलुस

    तराईमा औलो उन्मूलन भयो। पहाडबाट मान्छे ओइरिए। त्यसबेला दाङका फाँटमा धान झुलेका थिए। पहेलपुर तोरी फुलेका थिए। र, तिनकै रङमा भूमिपुत्र थारूका अबोध मन खुलेका थिए। पहेलपुर तोरीको फूलसित बाजी लाग्दै जुग्री–जग्गु प्रेमको कोपिला लागेको थियो। दाङ झरेका शासक खलकका अाँखा पहेलपुर फाँटमा परे। थारू र अक्षर, थारू र राज्यसत्ताबीच गोरु बेचेको साइनो पनि थिएन। त्यसैले ‘शासक खलक’लाई ती फाँट कब्जा गर्न कुनै आइतबार कुर्न परेन।सिङ्गो पञ्चायत नै तिनका भएपछि छिनभरमै सारा फाँट आफ्नो बनाए। हेर्दाहेर्दै पहाडबाट झरेका शासक खलक जति जिम्दार भए भने थारू भूमिहीन।

    नवीन विभास

पाठक विचार

  • विकासको नाम जपी, माछो-माछो भ्यागुता बनाए

    हेर हाम्रा नेताले, आफैंलाई भुइ-फुट्टा बनाए। बिखन्डनको बाटो रोजी, न यता न उता बनाए ।   अनेकौ वाद तन्त्र भनी सधै जनता झुक्याइरहे, विकासको नाम जपी, ...

    डा. रबिन खड्का

  • हामी मधेसीबाट कहिले नेपाली हुने?

    lsquo;ल् उठनुस तपाईहरु, आ–आफनो झोलाहरु चेकजाच गराउनुहोस्’, यसरी जोडले आएको एक्कासी आवाजले म झस्केर उठेँ। उठेर देख्दा भर्खर हेटौडा, मकवानप...

    सुशीलकुमार साह

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट