सुत्केरी व्यथा र पहिलो भेटी

skoda
  • Get News Alerts

united
कथा:
tata

क्याप. एमोक्सासिलिन ५००मि. ग्रा.×३ = ७ दिन

ट्याब. कम्बिफ्लाम × ३ = २ दिन (दुखेमा खाने)

भिटामिन B कम्प्लेक्स २ चमच = १ महिना

आईरन चक्की × २  = १ महिना

सरसर्ती लेखेर पन्ना च्यात्दै उनको श्रीमानको हातमा, खुब पपुलर क्लिनिकको डाक्टरले जस्तो थम्याइदिए दबाइको पुर्जी, यो किनेर जहानलाई खानदिनुहोला। म आफ्नो किट्बक्स बोकेर बाहिर निस्कँदै सबैबाट बिदा लिन खोजें।

अघिदेखि मलाई नै हेरेर बसेकी घरकी आमाले भनिन्, ‘हैन सिस्टर! एकैछिन हाम्रो घराँ बसेर जानुस् धन्य हुनेछौं।’

आँखा अघि घुमाएँ। सबैले क्वारक्वार्ती मलाई नै हेरिरहेका थिए। नर्स भएपछिको पहिलोपटक आफूलाई नर्भस महसुस गरें। आफूलाई सम्हाल्दै खाट्माथि ओछ्याइएको सुकिलो राडीमा बसें।

सानो चिटिक्क टिनको छानामा गित्राले बारेर रातोमाटोले लिपेको घर, सफाचट सुन्दर थियो। बाहिर बरण्डाजस्तो खाली ठाउँलाई बेरबार गरेर भान्साघरमा तीन ढुंङ्गाको मुख एकैतिर फर्काएर गज्जबको चुल्हो बनाएको। कित्लीमा तातो पानी उम्लिरहेको।

एक गिलास गाईको दुध सारेर दिइन् ती बुढी आमैले, ‘खाँटी दुध हो नानी स्वाट्टै पार्नुनी, उता सहराँजस्तो हैन।’

ती बाहुनी बज्यै ५०-५५ वर्षको लाग्ने। नाकाँ सानो मुन्द्री झुण्ड्याएकी, सेताम्मे कपाल, दुब्ली, हाँस्दा चाउरी परे पनी खुब फर्साइली मेरै आमाजस्तो लाग्यो। आमै थप्छिन्,‘नानी! तिमी लिम्बूनी जस्ती त कतै लाग्दिनौ। के थरी हौ? कति बर्खकी पुग्यौ ?’

एकैचोटी सारा प्रश्न तेर्स्याइन्।

‘हामेरु ता बाहुन हो तर अब जातमात्रै रह्यो, भाषा त लिम्बू पो बोल्छौं नि।’

म तीन छक्क परें आमैको लिम्बू लवज सुनेर।

सुस्तरी हाँस्दै भनें, ‘लिम्बू भाषा सिक्न सकुँ भनेर नै यहाँ आएँ आमा।’

‘मेरो घरको बोजु बोल्नु हुन्थ्यो, अलिअलि बुझ्छु नि। अब मलाई पनि सिकाउनुहोस् है।’

म भर्खरै लोकसेवा पास गरी सहायक पाचौं तहको जागिर खान भनी म्याङ्लुङ, जिल्ला अस्पताल, तेह्रथुममा आएकी थिएँ।

आएको २, ४ महिना त होमसिकले थलो परें, खाना भन्दा पनि पानी पचेन। 

अस्पतालका कर्मचारीहरू पनि लोग्ने मान्छे प्राय: दौरा, सुरुवाल, टोपी अनि महिलाहरू सारी-चोला र बर्को ओढी ड्युटी आएको देखें।

लिम्बूहरूको घनाबस्ती भएकोले होला, अन्य जातजातिका मान्छेहरू नि ठ्याक्कै लिम्बू लवजमा बोलेको सुनेर अक्क न बक्क परें।

म्याङ्लुङ बजारमा सानो चिया पसल खोलेर पेटपालो गरिरहेका सुवेदी परिवारमा आमा, छोरी, छोरा र बुहारी गरी जम्मा चार जना। सुवेदी बाजे ४५ सालको भुइँचालोले बितेका रहेछन्। दु:खगरी पालिँदै आएका परिवारमा, आर्थिक अवस्था कमजोर भएकै कारण अस्पताल नल्याएको कुरा प्रस्ट झल्कन्थ्यो। पहिलो पटक बुहारीलाई घरैमा सुत्केरी गराउँदा बच्चाको साथी यानी सालनाल अड्किएर समस्या परेपछि भने दाजु, बहिनी भएर नर्स खोज्दै आएका रहेछन् जिल्ला आस्पतालमा। 

गाउँ-गाउँमा सुडेनी (मासिका)हरूले सुत्केरी अवस्थामा सघाउँछन् भन्ने कुराको हेक्का थियो मलाई। 

म आफू इन्चार्ज भएको नाताले उनीहरूको समस्या जसरी पनि सुल्झ्याउन पर्ने बाध्यतामा फसें। 

म आनाकानी गर्दै हल्का रिसाएझैं गरी, ‘नजिकै अस्पताल हुँदा सरासर यतै आ भए हुने। कति टाढा हो जान पर्ने?’

उनीहरू हत्तपत्त भन्नथाले, ‘यहीँ नजिकै दस मिलेटजति लाग्छ सिस्टर। हजुरको ठूलो आश बोकेर आयौं। सुत्केरी लाई हेरेसी हजुरले जे भन्नुहुन्छ मन्जुर छौं।’

धन्न आउनेबित्तिकै जनस्वास्थ्य हाकिमलाई भनी ‘अटोक्लेभ मेसिन’को बन्दोबस्त गरेँछु।

त्यै औजार पकाउने भाँडाबाट स्टेरिलाइज गरेको डेलिभरी सेट र दुई जोर पन्जा बोकेर उनीहरुको पछि लुरुलुरु लागें।  नभन्दै घर नजिकै रहेछ पुगेर ढुक्क भएँ।

सिधै घरको सिख्वा हुँदै सुत्केरी भए ठाउँतिर जाने आदेश भयोऽ

बाहिर मेरै बोजुहरूजस्तै देखिने छोरी मान्छेहरू मखमली चौबन्दी, फरिया र तीन खोले मजेत्रोमा बेरिएर सुर्तीको ठुटाको धुँवामा सोचमग्न देखिन्थे। सबैले मलाई ठिटलाग्दो गरी हेरे। म असजिलो मान्दै सिधै हान्निएँ सुत्केरी कोठातिर।

भर्खरै २०-२१ पुगेजस्तो लाग्ने नयाँ आमा पीडाले छट्पटाइरहेको देखें। 

हत्तपत्त सुँडेनी बजैलाई सोधें, ‘रगत कति गयो नाप्नु भयो त?’

ती बुढीले मलाई सानो बच्चालाई जस्तो हेरिन्।

‘बच्चा त जन्मिँदा आसानले जन्मियो। पौने एक घण्टा जति भो क्यार। रगत पनि उति साह्रो बगेन नानी।’

‘अनि बजै, बच्चाको नाभी के ले काट्नुभो? संक्रमण त हुँदैन होला नि?’

बजैले मतिर वितृष्णा फ्याँकिन्, ‘मैले यो काम गरिगरिकन कपाल सेताम्मे भाको हो।’

डेलिभरी गराउने युनिसेफको किट्बक्स देखें।

मनमनै स्टेरिलाइजेसन तौरतरिका गरेको बुझेर म चुप लागें।

साल अड्किने पहिलो कारण मुत्रथैली हुनसक्छ। सुत्केरी पीडाको कारणले अक्सर पिसाब फेर्नमा कठिनाइ हुन्छ।

अब म पहिला नली छिराएर पिसाब निकाल्छु अनि विस्तारै पाठेघरमा हात छिराएर सालसँगै बाँकी रहेको रगतको फाल्सा पनि निकाल्ने कोसिस गर्छु। तिमी मलाई सहयोग गर, शान्त भएर लामो लामो स्वास लेऊ हुन्छ? भनेर सबैले सुन्ने गरी भनें। छेउमा सुडेनी बजै, सासु आमा र नन्द थिए।

पहिलोपटक यसरी बिरामीलाई ढाडस दिँदा, एकातिर मनभित्र भित्रै काँपिरहेको थियो भने अर्कातिर कसैको ज्यान जोखिमबाट बचाउन पाउनुमा खुसी पनि।

पन्जा लगाएर डेलिभरी सेट खोलें, अनि सुस्तरी क्याथेटर युरेथ्रामामा छिराउनेवित्तिकै, लगभग दुई लिटरजति पिसाब निकालें। बाफ्रे मेरो ९०% टेन्सन खत्तम भयो अब रह्यो काम पाठेघरभित्र हात हाल्ने। बच्चा जन्मिएको लगभग डेढ घण्टा भइसक्दा पाठेघरको मुख यानि सर्भिक्स् अगाडि नै बन्द भइसकेको हुन्छ र यो ज्यादै जोखिमपूर्ण काम पनि हो। 

सालसँगै जोडिएको नाभी धन्न ती सुँडेनी बजैले लामो छोडी काटेको रहेछ। त्यो नाभीलाई एउटा हातले विस्तारै औंलामा घुमाउँदै अनि अर्को हातले तल्लो पेटमा मसाज गर्दै म्यानुवल रेमुभल मेथडबाट करिब १० मिनेटभित्र पूरै सर्लक्कै बच्चाको साल निस्कियो। त्यो साल( प्लासेन्टा)को सबै लोबहरु ओल्ट्याई पल्ट्याई हेरें। प्लासेन्टा कम्प्लिट निस्किएको थियो।

अनि तुरुन्तै पाठेघरमा हात छिराएर बाँकी रहेको रगतको फाल्साहरू निकालें।

अघिसम्म भिजेको मुसाजस्तो भएर काम गरिरहेको थिएँ, अब मन ढुक्क भएर बाघजस्तो भएर निस्कियो। मैले यतिबेला पूरै संसार जितेको महसुस गरें।

म प्रफुल्ल भएर नर्सिङ एड्वाईस दिनतिर लागें।

‘ल अब ढुक्क हुनुहोस् सबै काम सोचेजस्तो भयो। आमालाई इन्फेक्सन हुने चान्स धेरै भएकोले एन्टिबायोटिक र बाँकी दबाइहरु म लेखी दिन्छु। बधाई छ सबैजना लाई, लक्ष्मी भित्रीएको शुभ संकेत हो। मलाई न्वारानमा कस्तैगरी बोलाउनु होला है आमा!’

फर्किँदा तिनै दाजु, बैनीसँगै बाटासम्म आउने जिद्दी कस्न थाले। मैले हार मानें। क्वाटरछेऊ आएपछि, दाजु चैंले सेतो खाम झिकेर मतिर अघि बढाए। म एकदम तर्सिएँ, ‘ए! के गर्नु भएको?’

‘हैन सिस्टर ! हजुर आज हाम्रा लागि देवता साबित हुनु भयो।

पहिलो भेटी स्वीकार्नै पर्छ नत्र हामीलाई घिट्घिटो हुनेछ।’

मेरो हातमा सेतो खाम थम्याई दिएर दाजु-बैनी टाप कसे।

Hundai
fasino
sagoon

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hundai

किनमेल

vianet

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मकैको चामल मकैको चामल

    खाना नलिनु अघिः -यो साउले खाना सोध्दा पुग्यो भने ‘आगायो’ भन् हे!
    -नपुगेको चैँ कसरी भन्ने?
    -‘चायो’ भन् न! मलाई फिटिक्कै खसकुरा नआउने। आखिरमा ‘आगायो’ के खाएर भन्न सक्नु ? बल्लबल्ल ‘चायो’ मेरो मुखबाट पाँच किलोको ढक जस्तो गरुङ्गो भएर सुस्तरी प्रक्षेपण हुन्छ। बाले अर्डर दिँदा भात मेरो लागि चैँ ‘हाफ’ भनेको हुन्छ। खाने बेला मैले ‘फुल’ पो खाइसक्छु, कारणः भात चामलको देखापर्छ।

    छम गुरुङ

  • हामी आफैं उखेलिनुपर्ने जरा हौं हामी आफैं उखेलिनुपर्ने जरा हौं

    मैलै जीवनमा धेरै बालबालिकाको कान निमोठेँ। कन्सिरीका रौं तानेँ। गालामा चड्कन लगाएँ। पाइपको लौरोले हत्केला बजाएँ। ढाड भाँचिएला जसरी हिर्काएँ। जबजब म बालबालिकालाई निरीह बनाउँदै शासकीय रवाफमा यी कार्य गर्थेँ म स्वयम् बिरामी पर्थेँ। त्यही दिन या भोलिपल्ट सम्बन्धित बालकसित भेटेर सम्बन्ध पुनसर््थापित भएको अनुभूति भएपछि मात्र आफूलाई सजिलो महसुस हुन्थ्यो।

    नरेन्द्रकुमार नगरकोटी

  • आमा र अनुहारका धर्सा आमा र अनुहारका धर्सा

    घाँटीमा अँगालो मारेर सुत्ने मेरो बानी थियो। बुवासँग सुत्दा पनि त्यसरी नै अँगालो मार्थेँ। उहाँलाई कहिल्यै झर्को लागेन। आमा आइरहन नपाउने। उहाँलाई लिन बुवा नै जानुपर्ने भएकाले चाँडै आँउने सम्भावना कम हुन्थ्यो। चाडपर्वजस्ता विशेष बेलामा मात्र हाम्रो भेट हुन्थ्यो। आमालाई लिन बुवा हिँडेदेखि आईपुगुन्जेलसम्मको पर्खाई सबैभन्दा लामो लाग्थ्यो मलाई। आमालाई सुनाउने धेरै कुराहरु सम्झिएर बस्थेँ म। सुनाउँछु भनेर सम्झिएका धेरै कुराहरु उहाँ नजिकै आईपुग्ने बेलामा हराउँथे।

    सुरज सुवेदी

साहित्यपाटी

  • फर्कनु उसको फर्कनु उसको

    भर्खरै थाहा पाएको हुँ मैले उनी फर्कि आएकी
    उनी जो हाम्रो टोलको सबैभन्दा सुन्दर युवती थिइन्
    अब आएकी छिन् सधैँको लागि विवाहको तीन वर्षपछि फिर्ता

    शिरीष कुमार मौर्य

  • मेयर हर्कचोक मेयर हर्कचोक

    दिनहरु बित्दै गए। मेरा मानसपटलमा ती युवती र त्यो बच्चाको अनुहार धमिलो धमिलो हुँदै गयो। शायद अघिल्लो वाक्य मैले गलत लेखेँ। ती आँखाहरू धमिला हुने किसिमका थिएनन्। सुदूर मानसपटलमा गहिरो गरी कुँदिएका थिए ती।

    शिव संकल्प

  • बैंस बैंस

    चिठी च्यात्छन्। मेरो आफ्नै मुटु च्यातेजसरी दुख्न थाल्छ। चिठी च्यातेपछि राजा घोडा र रेडियो छाडी टाप कस्छन्। त्यसपछि बजिरहेको बाउसा’बको रेडियो पनि बन्द हुन्छ। घोडा मन्टो हल्लाउँदै हेरिरहन्छ- घरी मलाई, घरी नरेशजंग राजा गएतिर त घरी भेरी पारितिर। ‘राजा! किन च्यात्सियो? लालीको चिठी’ भनेर छाडेथे हल्काराले,’ यति भनेर चिठीका टुक्रा उठाउन थाल्छु। बाउसा’ब ओझेल पर्छन्। तैपनि प्रश्नले बाटो छेक्छ, ‘अब लालीको बैंस?’ चिठीका टुक्रा हातमा उठाएर अमूल्य उपहारझैं हेर्न थाल्छु, ‘आँखा देख्ने भए आफैंले सन्चोबेसन्चो सोध्थे हुँला छोरीले पठाएका अक्षरसित।’ जहाँ भए पनि, जे गरे नि लालीले ‘ठीक’ गरेजस्तो ‘अनौठो’ अनुभूत गरी बोलाइरहेछु- लाली!

    नवीन विभास

पाठक विचार

  • प्रधानमन्त्रीज्यू, चुरेभूमिलाई मरुभूमि नबनाईयोस्!

    म कसरी भनूँ मेरो देश चक्रै चक्रको कुचक्रमा फँसेको छ भनेर, म कसरी भनूँ मेरो देश केही मुठ्ठीभर मान्छेहरुको र दलदासहरुको चंगुलमा फँसेको छ भनेर, म कसरी भनूँ स्वार्थको राजनीतिको रापमा देश भत्भति पाकिरहेको छ भनेर ! कसरी भनूँ यहाँ राज्यका अंग अंगमा दलका दासहरुले योग्यता हैन चाकरीको भरमा नोकरी पाउँछन् भनेर ! त्यसैले जब जब अमेरिकीहरुले 'ह्वाई आर यु हियर' भन्छन् तब तब म त्यही नोष्टाल्जियामा हराउँछु । अनि आफैले उठाएको सवाललाई बिषयान्तर गर्छु ।

    - सरगम भट्टराई

  • ठूला सञ्चारमाध्यमको मनोमानी, सरकारको लाचारीपन

     सञ्चारमाध्यमहरुले कहिले समाचारमा त कहिले बिज्ञापनमा पटक पटक यस्ता गल्ती दाहो¥याइरहन्छन् । जसका कारण लोकतान्त्रिक पद्दतिमा पुगेका नेपालीहरुको सही सुचना पाउने अधिकारमा असहजता पैदा भएको छ। यो सुचनजाकै हकमा पहिलो कुरा सञ्चारमाध्यमले स्रोत बिना प्रकाशन/प्रसारण गर्नु नै गल्ती हो। दोस्रो नेपालमा प्रयोग हुने नाङ्गा साबुनको गुणस्तरबारे बिज्ञापन प्रस्ताव आइसकेपछि ती उत्पादनको गुणस्तरबारे छलफल परामर्श तथा सम्बन्धित पक्षको ध्यान आकर्षण गराउनुपथ्र्यो जुन कुरा आम सञ्चारको दायित्वभित्र पथ्र्यो।

    मनीषा अवस्थी

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट