उसले सपनामा
एक लात्ती हिर्कायो
भत्काइदियो भित्ता
सानो झुप्रोको
देख्यो विशाल विशाल
अलिशान दरबारहरू
तर
राजाको हैन
राजनीतिक नेताहरूको
निर्वतमान शासकहरुको
अनि
तिनका आसेपासेहरूको
उसलाई अचम्म लाग्यो
हिजोको एकजोडी थोत्रे चप्पलहरू
आज इटालियन महंगा
शानदार जुत्ताहरू भएछन्
हिजोका उकाली ओरालीका
पसिनाका हिँडाइहरू
आज बिएमडब्लु र मर्सिडिजका
चिसो र तातो सररर मिलाउने
एसयूभिज भएछन्
माथि माथि तल्लाका सिसाबाट
हेलिकोप्टर र प्लेनहरूबाट
विदेशका घुमाइ र भ्रमणहरुबाट
अत्यानुधिक दुरबिन र गगल्सहरूबाट
हेरिरहेजस्तो गरिरहेछन्
शहिदका सालिकहरूलाई
तिनका विधुवा र टुहुराहरुलाई
अनि
हिँडदा हिँडदै छुटेका छोडिएका
औँला बङ्ग्याउन नमान्ने
इमान धर्म भएका
पहिलेका आफ्नै सहयात्रीहरू
त्यसपछि
कोही भूकम्पले सर्वश्व लुटिएका
निमुखा जनताहरु
अनि तिनका
भोका पेटहरु
अभावहरु
समस्याहरु
र छेउमै सहिदजस्तै देखिएका
आकृतिहरू।