पूर्खाका वीरताका बयान गर्दै
गफ, हल्लाका घर बनाउँदै
संस्कृति र सम्पदाका ज्ञाता, प्रणेता सरी
चिरा परेका, टेकोमा अडिएका गौरवका बीचमा
फिस्स हाँस्दै
सेल्फी लिर्दै
दुई लाइन विचारणीय कुरो पोखम्
आऊ स्टेटस अपडेट गरम्
राष्ट्रको भार नै आफ्नो काँधमा रहेको
मैले नगरे कसले, यहाँ नगरे कहाँ, अहिले नगरे कहिले
प्रश्न माथि प्रश्न फ्याकौं
सुन्नेका मथिङ्गल तताऔं
गाडीका जामदेखि नोट साट्ने लाम, खुलेयाम छलछाम केही नछोडम्
गभ्भीर होऔं, दुखित बनम्, खुइए गरम्
आऊ स्टेटस अपडेट गरम्
बुद्धभन्दा बढी बुद्धत्व पाए सरी
अर्ति बाढम्
मूल नायक नै आफू भएको कथा रचम्
गमक्क पर्दै, चाउरिएका गाला रसिला देखिने कोण खोज्दै
फुटो खिचम्
आऊ स्टेटस अपडेट गरम्।