दसैं किन आउँछ दु:खको घाउ बल्झाउन घरिघरी।
राती मस्त निन्द्रा मा पनि ऐठन मार्न आउँछ उस्तैगरी।
तिर्छु भन्दै ३ महिना भईसक्यो घरभाडा तिरौं के गरि?
बिहान् सांझ छाक टार्न जोइपोई खटिएकै छौं मरिमरी।
छिमेक मा दिनहुँ जस्तो काट्छन् बंगुर, कुखुरा, रांगो र खसी।
लुम्रे र झुम्री मेरा सन्तान थुक् निल्दै हेररिरहन्छन् छेवैमा बसि।
भतभती पोल्छ मेरो मन् कैले सम्म भोग्न पर्ने हो यो दुर्गती।
धिकार्न मनलाग्छ आफैलाई गरिब हुनुमा भुराहरुको के गल्ति ?
दिनमा बोनिबुतो गरि ल्याउछु म, बिदेशमा हड्डी घोट्छन् वहाँ।
एकफेरो सारिचोला फेर्न त के कापी कलम किन्नै पुग्दैन यहाँ।
जडौरी ले नै टार्दैछौं दसैं अरुको जस्तो हाम्रो दिन कहाँ।
कोहि हुन्नन् आफ्ना भएपनि मलम पट्टि लगाउंछन् अन्तै जहाँ।
धनी गरिब सबैको दसैं हो, मान्नै पर्यो सिठोपिठो खाएपनी।
ओंठ मा मुस्कान देख्नु छ यी बबुराहरुको जसरी पनि।
रातदिन जोहो गरेर एक धार्नी मासु र भातमा रमायौं हामिपनी।
हरेक दु:ख भित्रै लुकेको छ हामी सबैको सुख भनी।