१. माहोल
घरमा देवी जागेकी छन्
बजारमा उन्मत्त भैरव जागेका छन्
बिचमा ‘शुभ कामना’ को ओइरो छ
फेरि अर्को दशैँ आउँछ भन्थे, हो रैछ!
अब, लुगामा चिप्लला इज्जत, मासुमा गइ लड्ला कि?
ठेस लाग्ला दक्षिणामा, जुवामा गई बिकला कि?
छोराले लिन्छ कि हुर्मत, छोरीचै ले रुवाउने हो?
प्यारी चित्त दुखाउलि कि पाहुनाले सताउने हो?
तर, के लछार्छ बजार भाउले बजारै नगयो भने?
एउटा बोको नमार्दैमा जाओस इज्ज़त गयो भने!
घरमा जे छ पकाएर टन्न खाने रमाउने
नभए उपवास बस्ने टन्न धर्म कमाउने।
२. काटमार
वर्षभरिको झिकी झोक काटौ खसी बोका सब
काट्ने पर्ने त अरुनै थिए, यसमै चित्त बुझाऊँ अब।
३. मासु
अस्टमिमा खसी काटियो, त्यसै दिन पकाईयो
साँझमा अरुके हुन्थ्यो त्यहि मासु तताइयो
नवमीको तिनै छाक मासु तात्यो मासु पुनः पुनः
दशमीमा दसचोटि तात्दा, कुन मासु, गोल हो कुन?
एकादशी ज्य्वाई र भान्जा, गनी गनी तताइयो
द्वादशिमा पनि आए, तातै मासु खुवाइयो
त्रयो दशी, चतुर्दसि पुर्णिमा च: तथै वच
कयौं पटक तताएको मासुअ बाँकी यथावत
खुबै खाइयो, जेलोसिल र हाजमोला र इनो पनि
अझै छ मासु त्यो बाँकी खान आउनुहोस तपाई पनि !
४. आशीर्वचन
कोपराको उन्नति हेर्नुस, पहिला चर्पी रुप लियो
त्यसपछि बनी ट्वाइलेट घरभित्रै पनि गयो
धारासंग मिलि फेरी बाथरुमको पदवी लियो
पसेर सुत्ने कोठामा "एटैच बाथरुम" पनि भयो
सफाभो, बसाउने भो, चम्कने टल्कने भयो
पूजाकोठा होस् कि नहोस, बाथरूम पक्कै हुने भयो
शृंगारका सबै साधन देख्ने सुँघ्ने उही भयो
उन्नातिहोस कोपरा को झैँ, आशीर्वचन यहि भयो