प्रिय सानु ......
आज अचानक प्रणय दिवसको मौका पारेर फेरि तिमी प्रश्न भएर मनमा झुल्कियौँ। हिउँदको चिसो र सुनसान जुनेली रातमा ,बादल र जुन आपसमा लुकामारी खेलिरहेको छ यो शूक्लपक्षमा ! यस्तो मौसममा म प्राय तिम्रो सम्झनाले बिक्षिप्त जस्तै हुन्थे। तिम्रो अभाव र यादमा मसानघाटको बिरह लाग्दो सुन्यता मेरो वरीपरी अवतरित हुन्थ्यो।
सानु ! तिमीले छोडेर गएपछि, तिम्रो वियोगमा तड्पिएका पिंडादायी ती दिनहरूलाइ अभिब्यक्त गर्ने क्षमता कुनै शब्दहरूमा सायदै होला। तिनलाइ केवल मैले महशुस गरेको छु। तिमी सुन्दैछौ हैन सानु ! सुन, तिमी बिनाका ती अनिदा हिउँदका चिसा र लामा रातहरूमा जब दुर दराजमा कुकुरहरू जाडोले रून्थे अनि लाटोकोसेरो बिरह लाग्दो गरी कराउन थाल्थ्यो म तिम्रो सम्झनामा कुनै बालक जसरी रून्थे। तिमीसँग बिताएका ती छोटा तर मधुर दिनहरू झल्झली आँखामा नाच्थ्यो । बिशेष तिम्रो हाँसो । जब तिमी हास्थ्यौ नि सानु ! म संसारका सबै दुखहरू भूल्थे। म ति एक एक कुरा सम्झन्थे सानु। एक एक.....तिम्रो र मेरो प्रणय अनि मधुमासका ति दिनहरू ......सबै सबै सम्झन्थे।
तर सानु म आजकाल बिचलित हुँदिन। मेरो सरलासगँ बिहे हुदाँ तिमीले के साेच्याैं सानु ? हुनत मलाइ पनि कता कता अपराधबोध भएको थियो। तिमी आकाशमाथीबाट हेरेर रूदैँछौ कि जस्तो लाग्थ्यो। तर सानु जीउनुको नाम नै त सम्झैाता रहेछ। मैले सम्झाैता गरे यसलाइ अन्यथा नठान ल।
मैले स्पष्टिकरण दिएको होइन सानु ! छोराको बारेमा तिमी निश्चिन्त हुनु। त्यो अबोधलाइ आफु टुहुरो भएको थाहा नै छैन। भोकाउँदा सरलाले नै ख्वाउछे। उसैले लहै लहै गरी सुताउछे। तिमी कतैबाट आएर उसलाइ दूध खान बोलाउँदा उ कति खुशी र उत्साहित हुन्थ्यो तिमीलाई याद छ सानु ? थोते मुखले प्याक्क हासेर हातखुट्टा फाल्दै कस्तो रमाउथ्यो। तर त्यसरी चाँहि उ हिजोआज रमाउदैँन। उसका कलिला आँखाहरू पनि कता कता सून्य छन सानु। केही आफ्नै चिज खोजीरहे झैँ लाग्छ मलाइ उसका आँखाहरूले। तर म के गन सक्छु र सानु ! बस महशुस मात्र हून्छ मलाइ उसका पीडाहरू। उसले आफ्नो सारा बालापन आमाको माया बिना नै बिताउनुछ भन्ने कुराले मनको गहिराइ सारै दुखेर आउछ सानु ! तर इश्वरको इच्छा नै यस्तो भएपछि कसको के लाग्छ र ।
तिम्रो मृत्युको शोकबाट ब्युझेँपछि म तराइ झरेको थिए। हाम्रो बिहे पछि तिमिलाइ पनि त मैले हाम्रो तराईको घर जग्गा देखाउन तराइ झारेको थिए। त्यही नागढूङगा हुदैँ तिमिसगँ त्रिशुलीको किनारै किनार तराइका जगल र फाँटहरू छिचोल्दै कोशी तरेर चियाबगानको बिचमा रहृको हाम्रो घरसम्म गरेको यात्रालाइ झल्झली सम्झिरहे।
तिमिले कस्तो नंयाँ मानेर हेरेकी थियौ त्यो संसारलाइ। चियाको बगान देख्दा कस्तो रमाएकी थियौ। तोरिको फूल देखेर,यो कुन फूल हो भनेर तिमिले सोध्दा सरला कस्तरी खित्का छोडेर हांसेकी थिइ। ती सब सपना जस्तो लाग्छ मलाइ।
तराइ झरेपछि तिम्रो याद अरू सघन भएर आयो। दिन भरी भरी चियाबगानको एकान्तमा तिमीलाइ सम्झेर टोलाइरहन्थे। रेग्मीबाजे हाम्रो दुखमा सारै दुखी थिए। मलाइ दुख हुदा ती कता कता आफ्नो पिता जस्तो लाग्छ। हाम्रो जग्गा कमाएर बसेपनि हाम्रो परिवारले उहाँलाइ ठूलो इज्जत दिएको छ। आमा पनि दाजू भनेर सम्मान दिनुहुन्छ ।
सानु ! एकसांझ तिनै रेग्मी बाजेले बिहाको कुरा उठाउनु भयो। सरला सगँ। मैले केहि जवाफ दिइन। उहाँले फेरि आमासगँ त्यही कुरा उठाउनू भएछ। आमाले बारम्बार सरलासगँ बिहाको कुरा उठाउन थाल्नूभयो। म छक्क परे। चालिस छेउछाउको म जस्तो एउटा बिधुरले कसरी एउटी १५/१६ कि केटीसगँ बिहे गने ? त्यो पनि यस्तो हालतमा ? पछि धेरै नै दबाब आएपछि मैले गएर सरलालाइ सोधेको थिए ।
याैवनको लाजले झुकेका आँखाहरूले मलाइ एकपलक हेरेर उसले स्बिकारोक्तिमा टाउको हल्लाइ। मलाइ उश्रृंखल नसम्झ ल सानु ! तर मलाइ त्यो पल अब उ बच्ची रहिन जस्तो लाग्यो। मैले उसका ठूला आँखामा योवनका रहरहरू सलबलाइरहेको देखे। म साच्चै भन्छू सानु तिमीलाइ ,ती उसका रहरहरूले मलाइ पनि कता कता बाच्ने प्रेरणा मिल्यो।
जीउने अाश जगाइदियो। अनि बच्चा सम्हाल्ने र बुढीआमालाइ भात पकाउने बहाना गरेर मैले सरलासगँ बिहा गरे सानू ! सरलाले मलाइ सम्पुर समर्पण भाबले प्रेम गरी। जसरी तिमीले गरकी थियौ। नारीमा प्रेम गने ठूलो शक्ती हुनेरहेछ। उसले मलाइ यती माया र प्रेम दिइ म बिगतका सबै दूख भुलेर हाँस्न थाले छु। उसको आगमनले एउटा कष्टकर एैठानले गांजेको रातको अन्त्य भएर एउटा नँया बिहानी उदायो मेरो जीवनमा ।
हिजोआज मलाइ एउटा दुखद सपनाबाट ब्युँझे जस्तो लाग्छ। तिम्रो र मेरो सम्बन्ध एउटा सपना जस्तो त भयो नि सानु ! त्यसैले म पनि हाम्रो सम्बन्धलाइ एउटा सपना सम्झेर भूल्दैछू। उसगं उसले जति नै माया गरेर बाच्चे प्रयासमा छु। सानु ! के मैले गल्ती गरेर ?
तिमी कहिलेकाँही यसरी प्रश्न भएर आइदिन्छौ अनि मलाइ स्पष्टिकरण दिन मन लाग्छ। हिजोआज त धेरै कम आउँछौ तिमी । सरलासगंँ छु भने त आउँदै आउदिनौ । खै तिमीले भुल्यौ कि मैले भूले थाहा छैन। सानु ! सम्भवत तिमीलाइ यो मेरो अन्तिम पत्र हुनसक्छ। जहाँ भएपनी तिमी चिर शान्तिमा रहनु। प्रणय दिवस अवसरमा तिमीलाई सप्रेम श्रद्धाञ्जली सानू ! .......