म छोरी मान्छे
त्यसैले भन्छन्
हिँड्दा समयको ख्याल गर्नु रे
साँझ बिहान भुइँतल्ला नझर्नु रे
सर्मिली स्वभाविली बन्नु रे
मान्छेको माझ मुख नखोल्नु रे
कडा स्वरले कत्ति नबोल्नु रे
किनकि म छोरी मान्छे
किन?
यी सबै सीमा रेखा छोरीले मात्र झेल्नु पर्ने?
कहिले छोरी बनाएर
कहिले बुहारी बनाएर
कहिले आमा बनाएर
कहिले हजुरामा बनाएर
खुट्टामा जन्जिर लगाइन्छ
उड्नै लागेको पखेटा कटाइन्छ
खुल्नै लागेका ओठहरू दबाइन्छ
आखिर किन?
म पनि त मान्छे हुँ
मेरा पनि इच्छा र चाहनाहरू छन्
यी खुल्ला आकाशमा पखेटा लगाएर उड्ने
अनि खुल्ला धर्तीमा पांग्रा लगाएर गुड्ने
फूलबारीका लहलहाउँदा फूलहरूमा लठ्ठ परेर भुल्ने
अनि जोवनमा ढकमक फूल्ने
मेरा पनि त रहरहरू छन्
चाहनाहरू छन्
म पनि त मान्छु हुँ
न रोक मलाई
निर्धक्क भएर
फूल्न देउ
खुल्न देउ
डुल्न देउ
नरोक मलाई
सक्छौ भने रोक
बाटोमा हिँड्दा सिठ्ठी बजाउनेलाई
सार्वजनिक ठाउँमा धक्का लगाउनेलाई
दाइँजोको निउँमा जिउँदै जलाउनेलाई
बलत्कार गरी बली चढाउनेलाई
बोक्सीको निहुँमा जगल्टाउनेलाई
सक्छौ भने उनीहरूलाई रोक !
हाल -इजरायल