अघिल्लो दिनको सम्बाद,
‘कोल्टे फेर्दा उज्यालो भएछ' अकिञ्चनले भन्यो, ‘रातभरि सुतिन यार।'
‘किन?' आयुषले सोधेन।
यसर्थ कि उसलाई थाहा थियो। ऊ त्यही पुराना खिचडी प्रेम कहानी सुनाउने थियो। कति आफ्ना, कति सुनेका, कति सिनेमा र थिएटरबाट टिपेका।
आयुषले सम्झायो,
अकिञ्चन! सिनेमा जस्तो हुँदैन, वास्तविक जीवन। तँ वास्तविक जीवनमा फर्कि, यार। आफुलाई चिमोट। तँ सिनेमाहलभित्र छैनस। तँ थिएटर सामु मुनामदन हेर्दै पनि छैनस। तँ धरतीमा वास्तबिक
जीवन भोग्दै छस, अभावहरूको बीचमा।
कथाहरू, कहानीहरू, नाटकहरू, सिनेमाहरू जीवनका प्रतिबिम्ब हुन। जीवन– थका, कहानी, नाटक, सिनेमाको प्रतिबिम्ब होइन। हुनपनि सक्दैन। प्रतिबिम्ब छायाँ हो। ती अमूर्त हुँन्छन नै, कतिपय प्रतिबिम्बहरू भ्रम हुन। तर, तँ मूर्त र साकार जीवन बाँच्दै छस। सपना बाट ब्युझि।
अकिञ्चनले भन्यो, ‘त्यसो भए के ती सबै झुट हुन।'
‘झुट होइन, भ्रम हुन। छायाँ झुट होइन। प्रतिबिम्ब पनि झुटो होइन। त्यहाँ भ्रमहरू हुन्छन। तर, तैले पूर्ण सत्य हो, भनेर बुझिस।
‘के त्यसोभए प्रेम पनि भ्रम हो?' अकिञ्चनले प्रतिवाद गर्यो।
‘हो, अलिअलि भ्रम पनि हो।' आयुषले भन्यो,
प्रेमको रुप जति पृय लाग्छ। त्यसको सारमा अदभूत फरकहरू छन।
प्रेमको रूपको स्पर्श जति पृय छ। सारमा त्यत्तिनै कठोर पनि छ।
प्रेम जति सुशान्त देखिन्छ। सारमा त्यत्तिनै अशान्त पनि छ।
प्रेम जति सुवासित लाग्छ। सारमा त्यत्तिनै दुर्गन्धित पनि छ।
प्रेम जति कञ्चन लाग्छ। सारमा त्यत्तिनै वासनाको अचेत लालसा पनि छ।
तँ जसरी शकुनको प्रेममा मुरमुरिन्छस। आफुलाई आफैले धिकार्छस। दुःख दिन्छस। मेरो बिचारमा त्यो वासनाको अचेतन लालसा हो।
तँ भविष्यमा कथाको पात्रबन्न सक्छस। थाहा छ, फरक के हुन्छ? तँ मूर्त छस। पात्र अमूर्त हुन्छ। तँ बोध गर्न सक्छस। ऊ सक्दैन।
तेरा छटपटी कथाको सब्जेक्ट म्याटर बन्छ। तँलाई कथा बाचकले जे बुज्छ। तँ उसको कथामा त्यसैगरि प्रतिबीम्बित हुन्छस। तेरो प्रतिबिम्ब कथामा पागलरूपमा बर्णित हुनसक्छ। जुन सत्य नहुन सक्छ।
तर, तँजस्ता पाठकले त्यसलाई सत्य मान्छन र तँलाई पागल ठान्दछन। त्यही हो भ्रामक प्रतिबिम्ब।
तँ जो मुना–मदन, लैला–मजनुन, रोमियो–जुलिएटका कथा पढेर, नाटक हेरेर छट्पटाउँ छस, नि। सबै भ्रम हो। जुन भावभङ्गीमा ती नाटक हेर्न मजा आउँछ। त्यसले जति प्रभावशाली रूपमा मान्छेलाई प्रेम–सिञ्चित गर्छ। तर, वास्तिविक जीवनमा ती नाट्य अभिव्यञ्जना त्यत्तिनै अग्रह््य छ। यो सपाट सत्य तँ किन बुझ्दैनस?
थिएटर र सिनेमामा प्रेमीहरूलाई भोकै महिनादिन सम्म राख्न सकिन्छ। प्रेमालाप गराउँदै अचिन्त्य कष्ट भोगाउन सकिन्छ। तर, वास्तबिक जीवनमा एक दिनको भोकले प्रेम बिच्छेद गर्न सक्छ। एउटा औठीले, सिक्रिले... यो त हाम्रोलागि ठूलो कुरो भयो। राति बिस्तारामा सुन्ते नाइट–ड्रेसको अभावमा प्रेम बिच्छेद हुन सक्छ।
तँ शकुनलाई प्रेम गर्दैनस भन्ने होइन। तर, ऊ ठान्छे कि तँसित उसको जीवन सहज बन्न सक्दैन। उसका आवश्यकता तँबाट पुरा हुन सक्दैन।
अकिञ्चन! प्रेम निराधार टिक्दैन। त्यो केही न केही प्राप्तिमा टिकोको हुन्छ। केही न केही सन्तुष्टिमा टिकेको हुन्छ। यो सत्य हो।
यदी प्रेम निराधार टिकि रहने भए, तँ किन शकुनको अप्रप्तिमा उदास छस। किन शकुनको शरीरको भोको छस? शकुनलाई प्राप्त गरेपछिको तेरो पहिलो चाह के हुन्छ? सोचेको छस?
यदि सोचेका छैन भने, सोच। के शकुनले त्यो चाहा तेरो जीवनभरि पुरागर्न इन्कार गरि भने? तँ शकुनलाई जीवनभरि प्रेम गरिरहन सक्छस? सक्दैनस। तँ प्रेमको तन्द्राबाट बिउँझिने थिइस।
तर, त्यो अवसर पनि प्राप्त हुने छैन, तँलाई। किनभने शकुन तँलाई अपनाउनै चाहान्न। जत्ति चाँडो तँ यो सत्य बुझ्छस, त्यत्तिनै चाँडो प्रेमको भ्रमबाट व्युझिने छस।
तँ जस्तै कोही पागल प्रेमी नाटककार भएभने, नाटकमा, त्यो प्रतिबिम्ब उत्रिन सक्छ। तर, त्यो मिथ्या, केवल भ्रममात्र हुने छ।
बन्द कोठामा बसेर, भावविभोर हुँदै पढ्न त मजै हुँदो हो। तर, जीन्दगी चल्दैन।
‘त्यसो भए मैले के गरौं' अकिञ्चनले सल्लाह माग्यो।
‘मेरो बिचारमा तँसित तीन–चार वटा बिकल्प छन' आयुषले भन्यो,
बिकल्प एक– सबै भन्दा राम्रो, शकुनलाई दिमागबाट निकालेर फ्याकि दे। आफ्नै धरातलमा बाँच्ने कोशिश गर।
बिकल्प र्दुइ– कि शकुनलाई पनि आफू जस्तै, कथा, कहानी, नाटकको अमूर्त भ्रममा बाँच्न सिका।
बिकल्प तीन– उसको रुची बुझ र उसले चाहेे अनुसार सबै कुरा पुर्याउने सामर्थ बना।
बिकल्प चार– यदि केहीपनि गर्न सक्दैनस भने, झुण्डिएर मर।
तर, सँधैभरि शकुनसितको यो बकबास प्रेम कहाँनी मलाई नसुना।
शकुन....शकुन... शकुन....शकुन...जतिखेर भेटो शकुन। उसले पनि तेरो प्रेमको महत्व बझ्ने भएको भए पनि त, हो है भन्नु।
यत्ति भनेर आयुष फतफताउँदै उठेर हिड््यो।
***
भोलिपल्टको घटना,
‘आयुष दाइ! ए आयुष दाइ!' बाहिर कसैले बोलायो।
आयुष ओछ््यान मै थियो।
‘सुतिरहेको छ, बाबु, किन होला, यति बिहानै?' आमाको बोली आयुषले सुन्यो।
‘के भयो अभिशेक?' जीउ तन्काउँदै ओछ््यान बाटै करायो, आयुष।
‘अकिञ्चन दाइ झुण्डिएर मर्नु भएछ। बाबाले हजुरलाई बोलाएर ले भन्नु भा‘को छ।' अभिषेकको कुरा सुनेर आयुषलाई ओछ्यानबाटै लडे जस्तो भयो।
‘के भन्छ यो' आत्तिदै उठ््यो।
आयुषलाई के गरौं र कसो गरौं भयो। ‘हे, भगवान। कस्तो पागल। मरि नै हाल्यो?' फतफताउँदै भर्याङबाट झर्यो।
बिमलाले भनिन, ‘बाबु! अकिञ्चन मर्यो। तेरो बचपनको साथी हो, दुःखलाग्नु स्वाभाविक हो। तर, तँ किन आत्तिएको?'
‘मर्ने सल्लाह मैले नै दिएको थिएँ, ममी। के थाहा, त्यही अन्तिम बिकल्प नै रोज्छ भनेर।' आयुष चिच्यायो।
‘साथीलाई मर्ने सल्लाह पनि दिन्छन त। चिन्ता नगर केही हुदैन। हिड, म पनि जान्छु।' आमाले साहारा दिने कोशिश गरिन।
पर्दैन आमा म पुगेर आउछु भनेर आयुष कुद््यो। अभिषेकपनि पछिपछि लाग्यो।
विस्मित, भय र दुःख मिसिएको अनुहार लिएर आयुष घटनास्थलमा पुग्यो।
प्रहरीहरू पनि आइपुगिसकेका थिए।
प्रहरी इन्सपेक्टरले एउटा कागतको चिर्कटो हल्लाउँदै सोधे, ‘तपाइँ नै हो, आयुष?
आयुष– हो।
इन्सपेक्टर– ल यो पढ्नुस। र, हामीसित ठाना हिड्नुस।
आयुष– के हो यो?
इन्सपेक्टर– यसलाई सुसाइटनोट भन्छन।
आयुष– के छ यसमा?
इन्सपेक्टर– पढेर त हर्नुस।
आफ्नो सुसाइट नोटमा अकिञ्चनले लेखेको हुन्छ,
***
आयुष,
हिजो राति शकुन नइन्द्रसित हिँडिछ। तेरो पहिलो सुझाव थियो। शकुनलाई बिर्सने। रातभरि कोशिश गरेँ। तर, मलाई भुल्न सक्छु जस्तो लागेन। दोश्रो र तेश्रो सुझाव शकुनको अनुपस्थितिमा सम्भव
थिएन। त्यसैले मैले चौथो सुझाव रोजे।
यसमा तेरो केही दोष छैन। मैले जीवन र प्रेमलाई बुझ्न र भोग्न जानिन, सायद।
तँ भन्थिस नि, कथा बाचकले मलाई जे बुझ्छ। म कथामा त्यसैगरि प्रतिबीम्बित हुन्छु। तर, मैले कथामा एउटी केटीको एकोहोरो प्रेममा पागल भएर प्रतिबीम्बित हुन चाहिँन। त्यसैले मैले मेरा प्रणेताहरू कै बाटो रोजे।
मुना–मदन, लैला–मजनुन, रोमियो–जुलिएट, एन्थोनी–क्लिओपात्रा प्रेमका भ्रामक प्रतिबिम्ब थिए, सायद। म त्यो भ्रमबाट व्युझिन सकिन। बरु, म आफै भ्रमको शिकार भएँ।
सायद, कतै उनीहरू पनि म जस्तै प्रेमको शिकारको भ्रामक प्रतिबिम्ब थिए होलान। खैर जे होस। म जस्तो सत्य र भ्रम छुट््याउन नजान्नेको के कुरा।
तर, आयुष! तँलाई यो मेरो नासो छोडेर जाँदै छु। मेरो ‘अतृप्त प्रेम'। आशा छ, तैले यथार्थ प्रतिबिम्ब उतारेर एउटा कथा लेखिदिने छस। यदि पूनर्जन्म भएछ भने, मेरो नासो बुझ्न म स्वयम आउँने छु।
तर, यार भ्रामक प्रतिबिम्ब नउतार है। तैँले मलाई जे बुझ्छस, त्यही लेख। फेरि अर्को मुनामदनको पूनराबृति नहोस।
मेरो आत्माले शान्ति पाउँछ नै। थप, नयाँ पुस्ताले भ्रामक प्रेमको शिकार हुन नपरोस।
आयुष,
अब, म तँलाई मेरो बकबास प्रेम कहाँनी सुनाएर कहिल्यै परेसान गर्दिन।
मलाई माफ गरिदे, यार!
अल बिदा।
अकिञ्चन
***
‘अकिञ्चन गधा! तँ त मान्छे नै अमूर्त र‘छस, यार! तँलाई मैले बुझ्नै सकिन। के गरिस यस्तो!' सुसाइनोट कच्याककुचुक्क पारेर, आफ्नै टाउको ठोक्दै, आयुषले भन्यो।
‘ओ भाइ! सबुत मेटाउन खोल्ने' भन्दै प्रहरीले एक झापड आन्यो। र, चिकर्टो खोस्यो।
‘अकिञ्चनको सत्य र मूर्त कथा कस्तो होला?' सोच्दै, आखाँबाट बलिन्द्रधारा आशु झार्दै आयुष ठानातिर लाग्यो।