मलाई माफ गरिदेऊ
म तिम्रै नजरबाट आफूलाई हेर्न थालेछु
तिमीले आफैंलाई चिन्न छाडे झै
म आफ्नै यथार्थलाई भुल्न थालेछु
तिमीले आफ्नै मुहान बेची
उधारोमा सिंगारेको मेरो गल्लीहरू बीच
म आफ्नै घरको बाटो बिर्सिन थालेछु
तिम्रो मृगतृष्णाको सीसाका हांगाहरू बीच
म आफ्नै जराहरू काट्न थालेछु
म इन्द्रेणी झै एकै धागोमा उनीने गर्थे
तर तिम्रो रंगीन बजारमा आज बिक्न थालेछु
म समान्ताको पखेटा फिजाउने गर्थे
आज सीमानाको मुद्दा लड्न थालेछु,
म परिवारको परिभाषा उन्ने गर्थे
आज परिवारको पराजयमा रम्न थालेछु
तिमीले सिकाएको मात्र के थियौ
म अहंकारको मातमा झुम्न थालेछु
म भगवानमा सधै आस्था राख्थे
आज बिकाउ धर्मको पाउ चुम्न थालेछु,
म अटल, अविरल, उदार हुने गर्थे
आज शक्ति, भक्ति र रक्ति बीच बिक्न थालेछु,
बन्दै-बन्दिन भन्दा-भन्दै पनि
म छल-कपट र धनीको राजधानी बन्न पुगेछु
तिमीले दिएको परिचयमा
आफूलाई चिनाउने हर प्रयास गर्दा-गर्दै पनि
आज आफैंसँग अपरिचित हुन पुगेछु
भो यो ऋणमा डुबेको मेरो घुम्टो नउठाइदेऊ
बरु सक्छौ भने मलाई माफ गरिदेऊ।