कहाँगएर अन्त्य हुन्छ, टुंगो नै नभएको कथाको शुरुवात पनि कहाँबाट गर्ने टुंगो हुँदो रहेनछ। धोका नै धोका, हण्डर नै हण्डरको अविछिन्न श्रृङ्खलाले निर्मलाको जिन्दगी बनेको छ। निर्मलाको जिन्दगी सिधा रेखा भएर कहिल्यै बगेन। त्यसैले उसको जिन्दगीमा समयसँगै धेरै गन्तव्य फेरिए। तर विचरा कहिँ पुगिन्।
बुबासँग निर्मलाको आमाको सम्बन्ध राम्रो भएन। घर व्यवहारभन्दा जुवाको खाल र रक्सी भट्टी निर्मलाको बाबुलाई प्यारो हुन्थ्यो। साँझ परेपछि लर्वराउँदै आउनु, तथानाम गाली गर्नु, कामको नाममा ढलेको सिन्को नउठाउनु, आँखाकान छलेर घरमा भएको अन्नसमेत चोरर भटृीतिर लैजानु निर्मलाको बाबुको दैनिकी हुन्थ्यो।
एकदिन रक्सीको मातमा निर्मलाको बाबु घरमा आए। श्रीमतीसँग पैसा मागे। हातमुख जोर्न त कुन मुस्किल, निर्मलाको आमाले श्रीमान्लाई पैसा दिन सकिनन्। यही झो“कमा श्रीमतीलाई पिट्नुसम्म पिटे। यो घटना पहिलो हैन। निर्मलाको आमाले सहनु सहेकी थिईन् तर सहनुको पनि सीमा हुँदो रहेछ। त्यही दिन निर्मलाको आमाले कर्मघर छाडेर माईती फर्केने निधो गरिन। का“खे छोरी निर्मलालाई लिएर माइतीको शरणमा पुगिन्। त्यसैले निर्मला बाबुको माया कस्तो हुन्छ, आफ्नो घरको आँगन कस्तो हुन्छ, थाहै नपाई मामाघरमै हुर्किईन्, त्यही बढिन्, त्यही पढिन्।
निर्मलाले एसएलसीसम्मको अध्ययन मावली गाउँबाटै पुरा गरिन्। त्यतिन्जेल बाबु बितिसकेका थिए। आमाले विगतमा गरेका सघर्ष, पाएका दुःख र उनलाई हुर्काउन भोग्नु परेको सास्तीका कथाहरु निर्मलाले धेरै सुनेकी थिईन्। त्यसैले हुनुपर्छ, उनलाई एकदिन पढेलेखेर ठूलो हुने, आमालाई सुख दिने धोको थियो। निर्मला धेरै पढ्न चाहन्थिन्। तर त्यो गाउँमा सम्भव थिएन। शहरमा राखेर छोरी पढाउने हैसियत आमा र मामाहरुमा थिएन।
‘जहाँ ईच्छा, त्यहाँ उपाय’ एकजना मामा पर्ने व्यक्ति काठमाण्डौ“मा बैकमा जागिर गर्थे। निर्मलाको दुःखका दिनहरु देखेँ–जानेका ती मामाले निर्मलालाई काठमाण्डौ“ लगिदिने, सानोतिनो जागिर खोजिदिने आश्वासन दिए। तर मामाको भनाई थियो ‘पेट पाल्ने जोहो गर्दिन सक्छु, तर शुरुमै क्याम्पस भर्ना हुने र जागिर नपाउन्जेल काठमाण्डौमा टिक्ने बाटोचाहिँ आफै गर्नुपर्छ।’
कस्तो आपत † सम्पत्तिको नाममा बारीमा फल्दै गरेको अन्न र अलिअलि भकारीमा भएको धानबाहेक केही थिएन। थियो त, आमाको कानमा भएको नाममात्रको सुन। छोरीलाई पढाउन अब त्यही सुन पनि बेच्ने भईन, आमाले। त्यसैबाट जेनतेन काठमाण्डौ जाने रकमको जोहो भयो।
***
निर्मला काठमाण्डौ छिरिन्। गाउँमा हुर्केकी निर्मला डोको–नाम्लो, चुलो–चौको, गोठालो–खेलातो र उकालो–ओरालोसँग राम्रोसँग परिचित थिई। तर काठमाण्डौमा निर्मलालाई हरेक कुरा नयाँ लाग्दथ्यो। यहाँका मान्छेको पहिरन नयाँ, बोलाई नयाँ, हिँडाई नयाँ, व्यवहार नयाँ, खुवाई नयाँ, सबै नयैनयाँ। निर्मलालाई हरेक कुरासँग परिचित हुँदै नयाँ जीवन जिउनु पर्ने बाध्यता थियो।
काठमाण्डौमा आएपछि निर्मला क्याम्पस भर्ना भईन्। दिउँसोको समय सानोतिनो जागिर खान चाहन्थिन्। त्यसैले बिहानी कक्षामा क्याम्पस भर्ना भईन। बिचरा मामाले जागिरको लागि गर्नुसम्म दौडधुप गरे। कहिँ पाएनन्। अन्त्यमा आफैले जागिर खाएको बैङ्कको एउटा शाखाको मेनेजरसँग विन्ति बिसाए“। हाकिमले भान्जीको योग्यता सोधेनन्। बरु एकपटक अफिसमा ल्याउँ। त्यसपछि विचार गरौ“ला भने। सायद मेनेजर भान्जीको योग्यता हैन, रुप हेर्न चाहन्थे। चालढाल र बान्की हेर्न चाहन्थे।
भोलिपल्ट मामाले भान्जीलाई ल्याए। मेनेजरको सामू पेश गरे। मेनेजरले निर्मलाको शीरदेखि पाउसम्म पटकपटक आँखा गाड्यो। गाउँकी केटी, छलछाम, झुट–कपट केही नभएकी, रुपले बलेकी, निर्मलालाई जागिर दियोभने उबाट पनि केही पाउने आशा थियो, मेनेजरको। पहिलो भेटमै निर्मलाप्रति मेनेजरले गीद्देनजर गाडिसकेको थियो। मेनेजरले जागिर दिने भयो। निर्मलाले भोलिदेखि काम गर्ने गरी नियुक्ति पत्र पाई।
निर्मला आज धेरै खुसी छ। आप्mनो अप्ठ्यारो बुझिदिने मेनेजरलाई निर्मला सात्क्षात भगवान ठान्छे। नराम्रो कुरा राम्रोले छोपेर लुकाईन्छ भन्ने विचरा † उसलाई के थाहा। सानो–तिनो जागिर खाने, अनि काठमाण्डौमा बसेर पढ्ने, निर्मलाको सपना साकार हुने भएको छ। त्यसैमा उ द¨ छे। हिजोसम्म विद्यार्थीमात्र भएकी निर्मला आजदेखि जागिरे पनि भएकी छे। त्यसैमा ऊ फुर¨ छे।
***
भोलिपल्टदेखि निर्मला अफिस जान थाली। कार्यालय सहयोगीमा नियुक्ति पाएकीले हरेक काम गर्नुपर्ने उसको कर्तव्यभित्र पर्दथ्यो। कार्यालयका फायलहरु वल्लो टेबुलबाट पल्लो टेबुलसम्म पु¥याउनु, एक कोठाबाट अर्को कोठासम्म पु¥याउनु, उसको जिम्मेवारी थियो। तर उसलाई मेनेजरको घण्टी बज्दा हाजिर हुनुपर्ने जिम्मेवारी दिइयो।
सबैको नमस्कार खाने, सबैको हजुर र ज्यूज्यू पाउने हैसियत थियो मेनेजरको। मेनेजर घुम्ने मेचमाथि उपरखुट्टी लगाएर गजधम्म बस्थ्यो। काँशजस्तै सेतै फुलेका कापललाई मेहेन्दीले कालो पारेको थियो। उमेरले ६० पुग्न लागेको मेनेजर खुब मिठा गफ गथ्र्यो। उसलाई छिनछिनमा चिया खाने बानी थियो। त्यसैले छिनछिनमै घण्टी बज्दथ्यो। उसकै सेवासुसारमै निर्मलाको दैनिकी बित्दथ्यो।
पदले, उमेरले, नियुक्तिले मेनेजरलार्ई धेरै अधिकार थियो। अधिकारभन्दा ठूलो नैतिकता हुन्छ, तर त्यो मेनेजर चाहिँ नैतिकताभन्दा अधिकारको बढी ख्याल गर्दथ्यो। हाकिममा नैतिकतालाई शीरमा राख्न सक्ने, हृदयमा सजाउन सक्ने र व्यवहारबाट प्रमाणित गर्न सक्ने गुण हुनुपर्छ। तर त्यो मेनेजरमा यस्तो पटक्कै थिएन। त्यसैले उसँग सबै कर्मचारीहरु डराउँथे। मेनेजर कपटले फुलेको केश देखाउँदै दक्षता, अनुभव र आदर्शले फुलेको भन्न भ्याउँथ्यो। आफू गाईगंगाजस्तै पवित्र रहेको स्वाँङ पार्न सक्ने गज्जवको खुशी थियो मेनेजरसँग।
छिनछिनमै घण्टी बजिरहन्थ्यो। निर्मला डराउदै भित्र पस्थी। ढोका नजिकै बसेर आदेशको प्रतिक्षा गर्थी। तर मेनेजर त्यसबाट सन्तुष्ट हुँदैनथ्यो। नजिक आउन इशारा गर्दथ्र्योे, मानौ निर्मला कान नसुन्ने केटी हो, त्यसैले उसको कानमै मेनेजर आदेश दिन चाहन्छ। उ डराई डराइ जान्थी। मेनेजर निर्मलाको शरीरका अङ्गअङ्गमा आँखा नचाउथ्यो। कहिले आँखाको प्रशंसा, कहिले ओठको प्रशंसा त कहिले निर्मलाले लगाएको पहिरनको प्रशंसाबाट मेनेजरका कुरा शुरु हुन्थे। निर्मला लाजले लाल हुन्थ्थी तर विचरा केही गर्न–भन्न सक्दिनथी।
यही सेरोफेरोमा मेनेजरका कर्तुत एउटी दिदीबाट निर्मलाले सुन्न पाएकी थिई। घटना केही समय पहिलाको रहेछ। एकजना सुजता नाम गरेकी महिला त्यही कार्यालयमा भर्खर जागिरे भएकी थिई रे। मेनेजरले भित्र बोलाएछ। आलिङ्गन गर्दै चुम्बन गरेछ। सुजताले प्रतिकार गरिछ। अरु सहकर्मीहरुसँग गएर हाकिमको व्यवहारको सिकायत गरिछ। हाकिमले त्यो कुरो सुनेछ र थामथुम पार्न, उसलाई बोलाएर ‘युरोप अमेरिकातिर यो कुरो सामान्य हो, डन्ट माईन्ड’ भन्न भ्याएछ, कस्तो उदेकको कुरा।
सुजताले पनि निर्भिक भएर मेनेजरलाई पाठ सिकाइ दिइछ ‘युरोप अमेरिकामा यो सामान्य कुरो होला। तपाईलाई त्यत्रो विदेशको ज्ञान रहेछ। तर अरबतिर यो घटना भएको भए तपाईलाई तेस्रो लिंगी बनाई दिई सक्थे। तपाईजस्तो व्यक्तिले त्यो पनि हेक्का राखेको भए हित हुन्थ्यो, सर।’ मेनेजर झस्केछ। तरपनि त्यस्तै हर्कत भोलिपल्ट पनि दोहोराउन थालेपछि सुजताले जागिर छाडिछ, त्यही छाडेको ठाउँमा निर्मलाले नियुक्ति पाएकी रहेछ।
***
निर्मला सचेत थिई। जागिर खान थालेको दिनदेखिनै निर्मलाले मेनेजरको स्वाभावका बारेमा धेरै कुरा सुनेकी थिई। मेनेजर कडा छ, यसको आँखामा विझ्यो भने यसले पानीमुनि गएपनि छाड्दैन। उसले कलम घुमाएकै भरमा जागिर चट् हुन्छ, आदिआदि। त्यो सुन्दा निर्मला पनि मेनेजरभन्दा बढी जागिर जाने डरले थर्कमान हुन्थी। तर सोच्थी, लगाए–अह्राएको काम इमान्दारीपूर्वक गर्दा कसको के डर। तर मेनेजरको स्वाभावै डरलाग्दो थियो। दुईचारपटक मेनेजरको नजिक पर्दैमा नियतमाथि निर्मलाले शंङ्का गरिसकेकी थिई।
मेनेजरको घण्टी बज्ने, निर्मला भित्र छिर्ने। म्यानेजरले कान पाकुनजेल के के कुरा गरेको सुन्नु पर्ने, निर्मलाको दैनिकी थियो। सयम बित्दै गयो। मेनेजरको घण्टी धेरै बजे, निर्मला पनि मेनेजरको कोठामा धेरै छिरी। एक हिसाबले लुकामारीजस्तै हुन्थ्यो त्यहाँ। सायद अब मेनेजरको धैर्य गुम्न थालेको हुनुपर्छ। पहिलापहिला निर्मलाको शरीर आँखाले मात्र नियालेर उ सन्तुष्ट थियो। अब उसलाई त्यतिले पुग्न छाडेको छ। त्यसैले हुनुपर्छ, निर्मलाको शरीर सुम्सुमाउने हदसम्म पुगिसकेको थियो मेनेजर। यतिसम्म सह्य नै थियो तर अब सीमा नाघ्न थालेको थियो। निर्मलाको शरीरमा सल्वलाउन पाउनु मेनेजरले आप्mनो अधिकार ठान्न थालेको थियो। धेरैचोटि निर्मलाले मेनेजरको प्रतिकार गर्दै आएकी छे।
निर्मलालाई मेनेजरले फकाउन खोज्यो। निर्मला फकिईनन्। डर देखाउन खोज्यो, निर्मला डराईन। निर्मलालाई प्रमोशनको आश देखायो। निर्मलाले शरीर दिएर त्यो लिन चाहिन। एकदिन फेरी कार्यालयको घण्टी बज्यो। निर्मला भित्र छिरी। मायालु पाराले मेनेजरले मुख खोल्यो।
मेनेजरः ‘हाम्रो अफिसमा एउटा पद खाली छ, म तिमीलाई पदोन्नति दिन चाहन्छु।’
निर्मलाः ‘धन्यवाद, सर’
मेनेजर: ‘तर मबाट केही लिन तिमीले पनि मलाई केही दिनुपर्छ।’
निर्मलाः ‘कस्तो कुरा सर।’
मेनेजर लाच पचाएर मुख खोल्छ ‘मात्र एकरात हामी कतै सँगैबस्ने गरी जाउँ।’
निर्मलाले उसको कुरो भुईमा नखस्दै गाली गर्दै, थुक्दै बाहिर निस्किई।
हुन त मेनेजरको यस्तो प्रस्ताव र व्यवहारको शिकार भएकी निर्मला नै पहिलो कर्मचारी होईन। यसभन्दा अगाडिपनि मेनेजरले धेरैलाई यस्तै व्यवहार गरेको थियो। तर लाज पचेको हाकिमको कर्मचारी हुनुको नाताले लाचार हुनुको विकल्प कर्मचारीमा सायद थिएन होला। एकपटकको गल्तीको लुक्छ, पटकपटकको गल्ती त लुक्दैनन। मेनेजरका पटकपटकका गल्तीहरु लुक्न सकेका थिएनन्। मेनेजर भर नभएको र सुरक्षा नभएको व्यक्ति थियो। त्यसैले बैकका कर्मचारीहरु मेनेजरबाट तर्किएर हिड्नुमै आप्mनो कल्याण देख्दथे।
***
आलोचना नरुचाउनु हाकिमको जात हो। प्रशंसाको भोको हुनु हाकिमको गुण हो। यही बुझेर हुनुपर्छ मेनेजरका पापहरु, अधर्महरु र कुकर्महरुको आलोचना गर्ने आँट कसैले पनि गर्दैनथे। आँखै अगाडि देखेर पनि नदेखेझै गरेर हिँड्नु पर्दथ्यो। सुनेर पनि नसुनेझै, सत्यलाई पनि असत्यझै ठान्नु त्यस बैकका कर्मचारीको बाध्यता थियो। यति हुँदाहुँदै पनि अतिसार भएपछि कहिलेकाहिँ मेनेजरलाई कुनैकुनै कर्मचारीले विनम्रतापूर्वक भद्र–आलोचना गर्थे। तर निदाएको मान्छेलाई उठाउन पो सजिलो, निदाएको स्वाँङ पारेकोलाई विउझाउन त गाह्रो पो हुन्छ त। प्रयास निरर्थक हुन्थ्यो। स्त्रीको मामिलामा मेनेजर यति नकचरो, थेत्तरो र लाजघिन पचेको थियो कि, मानौ उ डढेर खरानी भई सकेको छ, खरानी डढेर के हुन बाँकी रहन्छ र ?
कहिलेकाहिँ लोकलाज पचाउन मेनेजर अनेक नौट¨ी गर्न पछि पर्दैनथ्यो। आप्mनो पाप लुकाउन कर्मचारी सामू गलेको सागजस्तो भएर आपूm ठीक भएको, अरुले अनावश्यक कुरा काटेको भनेर स्पष्टिकरण दिन पनि भ्याउथ्यो। तर पाप छोपेपनि गन्हाउन छाड्दैन भन्ने हेक्का राख्दैनथ्यो।
एकदिन सधैं झै मेनेजरको घण्टी बज्यो। निर्मला डराईडराई भित्र छिरी। मेनेजरले छेउ न टुप्पाका अनेक कहानि सुनायो। च्याप्प समात्यो। निर्मलाले प्रतिकार गरी। फुत्किई।
आफ्नोपञ्जाबाट शिकार फुत्किएकोमा पछुतो गर्दै मेनेजर भन्दै थियो: ‘हेर, त धेरै भाउ नखोज। मैले चाहेभने तेरो जिन्दगी बदलिदिन सक्छु, फलानो फलानोले मबाट यो–यो फाइदा लिए, त“ पनि मबाट फाईदा लिई, नत्र पछुताउलिस्।’
निर्मला भर्खर जागिर खाँदाजस्तै डरपोक छैन आजभोलि, भन्छे ‘अरुले लिए होलान्, म शरीर सुम्पेर केही लिन्न। म तपाईलाई मेरो बाउभन्दा माथि देख्छु।’
मेनेजरः ‘तर म तलाई छोरी देख्दिन।’
निर्मलाः ‘म तपाईलाई शरीर सुम्पेर केही लिन्न।’
मेनेजरः ‘म पनि तलाई उधारोमा केही दिन्न।’
निर्मलाः ‘त्यो त हेरौ“ला।’
मेनेजर: ‘तलाई मेरो कार्याकालभर केही दिएछु भने म एक बाउले जन्माएको छोरो नै हैन।’
रिसको झोकमा निर्मला अफिसबाट निस्किई। मेनेजर आफै साँचो लगाएर घर गएछ।
***
भोलिपल्ट अफिस लाग्यो। घण्टी बज्यो। निर्मला कार्यालयमा छिरी।
मेनेजरः ‘हिजोको कुराले तेरो जिन्दगीमा ठूलो क्षति पुग्नेछ। तैले मौका गुमाईस्।’
निर्मलाः ‘मैले जे गरे“ ठीक गर“े, तपाईको सामू घु“डा टेक्ने केटी नसम्झनु, तपाईले पनि हिजोको घटनाको ठूलो क्षति बेहोर्नु पर्नेछ।’
मेनेजरः ‘फूर्ति नलागा, मलाई चिनेकी छैनस्, म तेरो हाकिम हो, हुकुम दिन र हैकम चलाउनु मेरो काम हो।’
निर्मलाः ‘तपाई भन्दापछि माथि अरु हाकिम छन्, विर्सनु भयो, डर लाग्दैन।’
मेनेजरः ‘मलाई कसैको डर छैन।’
निर्मलाः ‘अरुको डर नभएपनि भगवानको त डर होला नि।’
मेनजर: ‘छैन।’
निर्मला: ‘अनि किन यो टेबुलमा भगवानको मूर्ति राखेर ढोग्नु हुन्छ त ?’
मेनेजर: ‘यो सब तजस्तालाई देखाउन हो, मुख बोल्नेको त केही लाग्दैन, जावो यो मुख नबोल्ने मूर्तिलाई देखाएर के डर देखाउछेस्।’
निर्मला: ‘पापी। हेर्दै जा, तेरो भगवानले पनि सध“ै सहने छैन, त्यो दिन छिट्टै आउनेवालाछ।’
मेनेजर: ‘नखोक। हेर त“, कत्रो विश्व सुन्दरी होस् र, भाउ खोज्छेस्।’
निर्मला: ‘तपाईको लागि हैन, तर कसैको लागि हुन सक्छु।’
मेनेजर: ‘पूmर्ति नला, त चोखी छैनस्।’
निर्मला: ‘चोखी छु, छैन तपाईलाई प्रमाणित गर्नु पर्दैन। हरेक विवाहित महिला चोखी हुँदैनन्, तर जुठो भएभन्दैमा हरेकलाई शरीर सुम्पनु पर्छ भन्ने कहिँ लेखेको छैन।’
मेनेजर: ‘सानो मुख, ठूलो स्वर नगर। तैले अरुलाई शरीर सुम्पने मलाई सुम्पन नहुने ?’
निर्मला: ‘त्यो मेरो इच्छा हो, ईच्छामा जे पनि हुन्छ, अनिच्छामा केही पनि हुँदैन।’
मेनेजर: ‘बढी नबोल।’
निर्मला: ‘तपाई बढी नबोल्नुस्। देह वेच्ने बेश्याले पनि अनिच्छामा कसैलाई शरीर सुम्पदिन, पैसा र पदको ध्वा“स लगाउनु पर्दैन। सक्नेभए बेश्यालाई सडकमा ल्याएर भोग गरेर देखाउनुस्, अनि तपाईको पैसा र पदको पूmर्ति थाहा हुन्छ।’
संवाद चर्काचर्की हुँदाहुँदै अर्पझट एकजना व्यक्ति कार्यालयमा छिर्छन्। संवाद यत्तिमै थामथुम भयो।
***
भोलिपल्टदेखि मेनेजरको रिसको डिग्री बढ्छ। निर्मलासँग बदला लिन अनेक प्रपञ्च रच्छ। सानोतिनो कुरैमा पनि किचकिच गर्छ। त्यसो त कुनै महिला कर्मचारीलाई अलिबढी रिस पोखियोभने जाने हुन्थ्यो, त्यो हाकिमले महिला कर्मचारीसँग केही अर्थात् यौनको भोक मेटाउन चाहेको थियो। उसले मानिन, परिणाम यो वा त्यो बाहनामा मेनेजर कर्मचारीमाथि पोखि“दैछ। घामजस्तै छर्ल¨ यो तत्थ्यबाट परिचित कर्मचारी कानेखुशी गर्दै थिए।
एक कान–दुई कान–मैदान हुँदै जब कुनै घटनाले अति बढी चर्चा पाउँथे। अनि त्यसको सुईको मेनेजरले पाउँथ्यो। सायद उ सम्झिन्थ्यो, मैले गलत गर्दैछु। तर उसको बुद्धिको विर्को क्षणिक समयको लागि मात्रै खुल्थ्यो। अनि उ केही दिन मत्थर हुन्थ्यो। सायद रक्सीको कुलतमा फसेको मान्छे, रक्सी नदेखुन्जेलमात्रै त्यसको बैगुन देख्छ, रक्सी देखेपछि के को बैगुन ? रक्सीको गुनैगुन देख्छ। हो त्यस्तै स्त्रीको शरीरमाथि खेल्ने कुलतमा फसिसकेको थियो मेनेजर पनि। त्यसैले केही दिन साधु बन्न खोजेपनि मेनेजेर फेरीफेरी महिला कर्मचारीको शरीरलाई भोग गर्ने साधनकै रुपमा देख्न थाल्थ्यो। पूmलको आँखामा फूलै संसार, का“डाको आँखामा का“डै संसार.... यो शाश्वत सत्यबाट उ टाढा थिएन। त्यसैले उ महिला कर्मचारीलाई अप्ठ्यारोमा पासो थाप्छ। अबेरसम्म राख्न खोज्छ। एक्लैदुक्लै पारेर थिच्न, निर्चन, चिथोर्न र चुस्न चाहन्छ। कुनै महिला कर्मचारी अरु पुरुषसँग बोल्यो भने रिस गर्छ, शंका गर्छ, भन्छः ‘के हो उसलाई त निकै खुशी पारेकी छौजस्तो छ नि, हामीलाई चाहिँ खुशी नपार्ने ?’ घुमाउरो प्रश्न तथा सोझो अर्थ दिने यस्ता बग्रेल्ती प्रश्नहरुका बाण तेसाई रहन्छ।
‘ट्रयाप’ मा पार्न, राति अबेरसम्म कहिँकतै जानुपर्ने काम प¥योभने पुरुष कर्मचारीलाईभन्दा महिला कर्मचारीलाई सँगै लैजान खोज्थ्यो उ। किनभने उसलाई थाहा छ, दिनभन्दा रात, भिडभाडभन्दा एकान्तले उसलाई स्वार्थ पूरा गर्न साथ दिन्थ्यो। मेनेजर यस्तै मौका ढुकेर बस्थ्यो। मौका पर्नासाथ महिला कर्मचारीलाई आदेश दिन्थ्यो। नमानु मेनेजरका कुरा, मानु उसको नियत घामजतिकेै छर्लङ छ। पर्नुसम्मको आपत पर्दथ्यो। वाघको ओडारमा बसेर बाघसँग पौढेजोरी खेल्नुजस्तै खतरा हुन्थ्यो महिला कर्मचारीलाई। तर के गर्नु, विचरा † मुठीको माखोजस्तै निरीह थिए ।
यस्तो लाग्थ्यो, अरुलाई जीवन र जगत् बुझेको, नीति र नियम बुझेको, देश र विदेश जानेको गफ छाड्न सक्ने मान्छेले यी विषयमा अझै क,ख, पढ्नै बाँकी छ। उ बुद्धि भएको विवेक नभएको मान्छे थियो। उचाई भएको मोटाई नभएको मान्छे थियो, प्रतिष्ठाको आयातन थियो तर अड्ने धरातल थिएन उसको। महिला हकहितका लागि धेरै नीतिनियम आएका छन्। कानुन छ, तर यतिले मात्रै कहिल्यै काफि हुँदैन रहेछ किनभने नीति भन्दापनि ‘नियति’ ठीक हुनुपर्ने रहेछ। मेनेजरको व्यवहारले यस्तै खाँचो औल्याउथ्यो।
बचेर मर्न सकिन्छ, तर मरेर बच्न सकि“दैन। मेनेजरले निर्मलाको इज्जतमाथि धेरैपटक धावा बोलेको थियो, तर हरेक पटक असफल हुँदै आएको थियो। तैपनि अब त मेनेजरसँग निर्मलाको नाम जोडिन थालिसकेको थियो। मेनेजरको व्यवहारले निर्मला न रुन सक्थी, न हाँस्न सक्थी, न त जागिर छाड्न सक्थी।
***
केहीदिन अगाडिको घटनाले मेनेजर घाईते बाघ भएको थियो। घाईते बाघ सामान्य बाघभन्दा सयाँै गुना खतरनाक हुन्छ भन्ने सुनेकी थिई, निर्मलाले। त्यसैले मेनेजरको मनोविज्ञानबाट परिचित उ सचेत थिई। सध“ैझै कार्यालय समय सकियो। निर्मला रेडियो सुनेर बसिरहेकी थिई। रेडियोमा महिला हकहितका धेरै चर्चा गरिएको थियो। यसैसन्दर्भमा यो पनि भनियो: ‘हिंसा गर्ने पीडक र हिंसा सहने पीडित दुवै खराब हुन्, किनभने महिलाले हिंसा सहिदिएकै कारण पीडकको आत्मबल बढेको हुन्छ, पटकपटक हिंसाको घटना दोहोरिन्छ।’
रेडियोको यो सन्देशले निर्मलामा आत्मबलको उर्जा भरेको थियो। रेडियो कार्यक्रम सकिँदा नसकिँदै मेनेजरले अफिस घण्टी बजायो। निर्मला आज प्रमाण जुटाउने धुनमा थिई। घण्टी बज्नासाथ मोवाईलमा अडियो रेकर्ड अन गरी। गोजीमा राखी। अनि डराईडराई भित्र छिरी। आज पनि हामी फकाउन चाहन्थ्यो, तर मागेर नपाए खोसेर लिने सुरमा थियो।
मेनेजर: ‘आखिर त्यो कुरो केही हैन, तिमी किन यस्तो अटेर।’
निर्मला: ‘केही हैन भने तपाई पटकपटक किन त्यही खोज्दै हुनुहुन्छ।’
मेनेजर: ‘तिम्रो हितका लागि।’
निर्मला: ‘कसरी ?’
मेनेजर: ‘तिमीले जिउ सुम्पियौभने मैले तिमीलाई धेरै कुरा दिन तयार छु।’
निर्मला: ‘चाहिएन मलाई।’
मेनेजर: ‘तर चाहियो मलाई।’
मेनेजरले निर्मलालाई बाघले मृग झम्टेझै झम्टियो। निर्मलाले प्रतिकार गरी। मेनेजरको सर्टको गोजी समाति, गोजी च्यातियो। मेनेजर रिसले चुर हुँदै निर्मलालाई भूईमा लडाउन खोज्यो। निर्मलाले मेनेजरलाई नै लडाई, सँगै बसेको टेबुल हल्लियो। सायद सबै घटनाको साक्षी बनेको अमुक मूर्तिलाई पनि असह्य भएछ क्यारे। टेबुलमा भएको धातुबाट बनेको गणेशको मूर्ति खस्यो, मेनेजरको नली खुटृामा बज्रियो। मूर्ति फुट्यो। मेनेजर खुटृा समाउदै रुन थाल्यो। निर्मला त्यहाँबाट फुत्किई, सरासर प्रहरी थाना पुगी। इतिवृतान्त सुनाई। उजुरी दर्ता गरी। अनि प्रहरीसँगै सिधै बैकतिर हान्निई।
मेनेजर अझै रनाहामा थियो, रगत पुछ्दै थियो। पुलिस देख्नासाथ मेनेजर आत्तियो। पुलिसले केरकार ग¥यो। मेनेजरले टार्न खोज्यो। भा“चिएको कुर्ची, छरपष्ट सामान, च्यातिएको सर्ट, धैर्य गुमाएको हाकिमको आवाज सव एकसे एक प्रमाण बनेर सत्य कुरा बकिरहेका थिए। अन्त्यमा मेनेजरलाई पुलिसको खोरमा लगियो। भोलिपल्ट पत्रिकामा भगेरा टाउके अक्षरमा समाचार छापियो। कार्यालकी महिला कर्मचारीलाई दुव्र्यवहार गर्ने मेनेजर पुलिस खोरमा जागियो। निर्मलाको साहसलाई सबैले सलाम गरे।
***
एउटा सलाईको काँटीले सिङ्गो घर बन्न सक्दैन तर एउटा काटीले सिङ्गो घर जलाउन काफि हुँदोरहेछ। निर्मलाले मेनेजरको प्रसिद्धिलाई एकाएक आकाशमा पु¥याउन सक्ने हैसियत पक्के थिएन तर बर्षौ लगाएर मेनेजरले कमाएको ख्याति, प्रसिद्धि छिनभरमा बर्बाद पार्नभने सकी। तासको घर ढलेझै मेनेजरको सपना ढल्यो र पनि आज निर्मलालाई शान्ति छैन, पछुतो छ, किन ?
किनभने उ सोच्छे: पापी मेनेजरलाई बेलैमा यो पाठ सिकाउन सकेको भए पटकपटक मरेर उ बाँच्नु पर्दैन थियो। उजस्ता धेरै निर्मलाहरुका आत्माले शान्ति पाउने थिए।
मेनेजर खोरको चिसो छि“डिमा लामखुटृे मार्दै पछूतो गर्दैछ: बेलैमा सुध्रेको भए जीवनमा सङ्गालेको मान–प्रतिष्ठा छिनभरमा स्वाँह हुँदैन थियो।
आखिर पछुतो पनि फरक हुँदो रहेछ, निर्मलाको पछुतोलाई शान्तिले सान्तवनाको धाप मार्दैछ तर मेनेजरको पछुतोलाई आत्मग्लानी र हिनताबोधले कुरीकुरीकुरी भनिरहेछ।