जगत र जनको क्रन्दन सुन्दैन जसले,
आँखा, कान, मुटको अर्थ बुझ्दैन उसले!
मुटुभन्दा धेर ढक्ढक त भैँचालो गर्छ,
हृदयहीन भैदिन्छ हाड-मासुको पसले!!
****
पाएदेखी उस्ले मान्छेनै काटी बेच्थ्यो!
बारपाक र लाङ्टाङ गै लास बटुल्थ्यो!!
गिद्ध पनि रुन्छ देखि उस्को चाला!!!
नखुले ऐल्हे कब खुल्छ बुद्धी-ताला!!!!
****
बाँचीरहे जन्तु एस्ता, प्रलय छैन दूर!
मन-मुटु मरेकालाई राहु खाल्टामा पुर!!
सकिएला दूखि उपर यिन्को राक्षसी कर्म!!!
तब बल्ल होला नयाँ मानवताको जन्म!!!!
****
बाँच अनी बचाउको राज्य निर्धक्क चल्थ्यो!
धिप्धिपिएको सभ्यता दीप धपक्क बल्थ्यो!!
आमालाई हेर्थ्यौं हामी लगाई दयाको आँखा!!!
हुन्थे सब समान नेपालमा, लाखा न पाखा!!!!