लाइक गर्यो एड गर्यो, जोड्यो नाता फेसबुकले
अनफ्रेन्ड र ब्लक गर्यो, तोड्यो नाता फेसबुकले।।
संसार कति भर्चुअल भो बुझ्न नसकिने, टेक्नोलोजी मुटु अनि मन भो
हर एक्टिभिटी र पिक्चर पोष्ट गर्यो, फोड्यो गाथा फेसबुकले।।
बच्चा जन्म्यो कि चिच्याउँछ, भन्दै याहु-याहु जिमेल जिमेल...
वाल्क गर्दैन स्किप र रन गर्छ, छोड्यो ताता फेसबुकले।।
के लिडर, पब्लिक फिगर, सेलिब्रेटी, विद्यार्थी,गृहिणी सबैतिर
लाइक्स, कमेन्टस् र सेयरको बुनि टालो, ओड्यो छाता फेसबुकले।।
अचम्मित छु म पनि आफ्नो फेस हेरेर होईन, फेसबुकनीलाई देखेर
बन्चरो घोटि घन, सियो घोटि बन्चरो भो, घोट्यो कता फेसबुकले।।
छिर्यो कि छिरायो श्रीमान/श्रीमती, BF / Gf भित्र कता कता विच विच
नर्थ, साउथ, इस्ट, वेष्ट चारै दिशा, मोड्यो कता फेसबुकले।।
"हा हा हा" ''हि हि हि" ''होहोहो" ,कति हाँस्नु, सुँक्कसुँक्क रूनु कति
मुखै दुख्यो भुडी फुट्यो, के के गर्यो गर्यो हजुर ,यही फेसबुकले।।।