धड्कनको चाल मन्द हुँदा
बाँच्ने चाह नै बन्द हुँदा
आफ्नै आँतलाई सुकाएर
नौ महिना कुरीरहिन्
पाठेघरमा लुकाएर।
कति धामा गरीन् सुन
मलाई अमृत पिलाउन
भरीदिईन् यता, आफू निर्खीएर
गल्दै गइन् अनि किन?
मलाई हुर्काएर।
सपना उनको भविष्य मेरो
बनाइथिन् ‘ज्ञानी’ बनाउने घेरो
आफ्नै हातले, अक्षर चिनाएर
ती हातलाई लुलो पारिन्
मेरो तग्राएर।
अभावको सुगन्ध, कहिले चिनिनँ
जानिनन् किन, उनले पीडा दिन
दुःख जिलो, गर्दै पढाएर
आफू उस्तै रहिरहिन्
मलाई बढाएर।
पार्स्व पीडालाई स्वीकारी
जीवनसँग नहारी
आफ्नै आत्मा भुलाएर
अन्तर शरीर च्याती उनले
के पाइन् मलाई जन्माएर?