आमा,
आज मातातिर्थे औंशी रे
त्यसैले त......,
आज मेरो मन मस्तिष्कमा पनि
औंशीको कालो छाँया सल्बलाई रहेछ
किनकी......,
तिमी मेरो सामियातामा
छैनौ नि त यो समय।
भन्छन सबै आज
आमाको मुख हेर्ने दिन रे
खै! कसरि हेर्ने आमाको मुख?
घुम्टो उघारेर हेर्ने हो कि?
औंशीको अँध्यारोपन छलेर हेर्ने हो कि?
या त कल्पनाको आमा कोरेर हेर्ने?
अंह ........केहि छैन उपाय
आमा तिमीलाई हेर्ने ,
तिमीलाई स्पर्श गर्ने
बस, छ त केवल तिम्रा धुमिल मुस्कान
र, तिम्रा मात्रीवात्सल्यताका आभासहरु|
हो आमा.........,
तिमी हरेक मातातिर्थे औंशीमा मात्र हैनौ
हरेक पल मेरो स्मरणमा छाउँछौ
हर समय मेरो हृदयको ढोका खोलि आउँछौ
तब म किन गरु तिम्रो प्रतिक्षा?
केवल मातातिर्थ औंशीमा मात्र,
त्यसैले म त हर समय
तिम्रै सामिप्यातको आभासले लिप्त हुन्छु
अनि तिम्रो न्यानो काखमा लुटुपुटु भैरहन्छु
उसरी नै,जसरि बालककालमा
तिम्रा साडिका झुत्रे थांग्नाहरुमा
न्यानो मान्दै गुडुल्किन्थें
हो............., आमा जे भनेपनि आज
तिमीलाई सम्झिने दिन
त्यसैले.......,
बिशेषरुपले नै सम्झिदैछु
अनि.........,
तिम्रै सम्झनामा यी हरफहरु कोर्दैछु
हो आमा आज तिमीलाई
कल्पनाको स्पर्शले छाम्दैछु
तिम्रै समर्पणमा यो भावनाका लहरहरु
चढाउँदैछु !
अनि तिम्रो मातृत्ववात्सल्यातामा डुब्दैछु म................/