निर्जन एकलासे पाटीहरू
निर्लज्ज पसारिएका सडकका पेटीहरु
कठ्याँङ्ग्रीने जाडोमा मुठ्ठी कसेर
सूर्यलाई पर्खिरहेका मानवहरु।
चकमन्न शून्य!
निरन्तर बेसहारा जिन्दगी
मक्खिसकेका दलिन, अनि चुहिने छाना
कठोर हृदय, खोक्रो पेट अनि अश्लिल शब्दहरु
आहार न बिहार, शिक्षा न दीक्षा
अनि! राष्ट्र्रका कर्णधार, खेर गईरहेको जनशक्ति?
गरिवी, अभाब, अज्ञानता र अशिक्षा
निर्बस्त्र! हातको शिरानी
कुँडिएको मन!
चोरेको रासन, सिमेन्टको आसन
सडक पेटीमा व्यवारिसे छरिएका
राष्ट्र विकासका कर्णधारहरू।
शून्य दिमाख!
जाउँ तिमी त्यहि शून्य समाऊ
जहाँ तिमीलाई पर्खिरहेका छन्
आधुनिक कालका निर्माताहरु
उही निर्लज्ज सडकका पेटीहरु
उही निर्जन एकलासे पाटीहरु।।