जिउभरी सियो घोपेको जस्तो दुख्यो आमा
मेरो वरीपरी राक्षस नै राक्षसले घेरेर
मेरो मासु लुछेको जस्तो भयो आमा
म रोए आमा, म चिच्याए आमा
मेरो दुर्दशा हेर्न नसकेर मेरो आशु नै सुक्यो आमा।
मलाई टाउकोमा पिट्यो
मेरो हात खुट्टालाई चल्न दिएन
लगाएको लुगा मेरो जीउबाट हुत्याइदियो
पहाडले थिचे जस्तो मलाई थिच्यो आमा
म रोए आमा, म चिच्याए आमा।
मुखमा मेरै कपडा कोच्यो
मैले लगाएको फ्रकले मलाई बाध्यो
अनि फेरि वन्चरोले काटे सरी मलाई दुखायो
पहाडले थिचे जस्तो मलाई थिच्यो आमा
म रुन सकेन आमा, म चिच्याउन सकेन आमा