पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार छाडेर नागरिक भएपछि पहिलोपल्ट कविता लेखेका छन्। उनले आफ्नो जन्मदिनको अघिल्लो दिन कविता लेखेका हुन्। पछिल्लो समयमा जिल्ला भ्रमण गर्दा नागरिक अभिनन्दनसहित सम्बोधन गर्न थालेका पूर्वराजाले झण्डै सात वर्षपछि पहिलोपटक जी शाहको नाममा कविता लेखेका आजका नेपाल समाचारपत्र र अन्नपूर्ण पोष्टमा खबर छ। कवितामा उनले फाटो ल्याउने वैरीविरुद्ध लाग्न तथा हिमाल, पहाड र तराईका सबै नेपाली जनता एक हुन आह्वान गरेका छन्। कवितामा हिमाल, पहाड र तराईका जनताको एकताको जीवन अमृतसरी भएको बताएका छन्।
आज उनको जन्मदिन हो। सोही अवसरमा देशबासीलाई सन्देश प्रवाह गर्न कविता लेख्नुभएको हो' पूर्वराजका संवाद सचिव फणीराज पाठकले भने।
उनको कविता यस्तो छ
हिमाल पहाड तराई नेपाली जीवन अंगएकता नै नेपाली प्राण अमृत रस–रंग
गाँसेका छौं अन्न जलले यही भूमिमा
छापेका छौ अटल हिमाल यही छातीमा
हाँसो खुसी नेपालीको नेपाल आमा मूल
बगैचामा रङ्गीचङगी विविध नेपाली फूल
यहाँकै उब्जाउने माटो छानेका फैली बाटो
यहाँ नै फाटो ल्याउने कुरैको वैरी बाठो
हिमाल पहाड तराई नेपाली जीवन अंग
एकताको धागो छिने हुन्छौं भताभुङ्ग