हरेक युवा वर्गलाई गिजोल्ने विदेशको हाउगुजीले विकल्पलाई पनि अछुतो राख्न सकेन। यसै त आम नेपाली भाग्यमाथी विश्वास गर्छन्, झन् दिनदिनै राशीफल हेर्नैका लागि पत्रिका किन्ने विकल्प त भाग्यको अन्धोभक्त नै थियो। गाउँका आफ्ना साथीहरु प्रायजसोस् सानोतिनो काममा विदेशमै थिए। बर्षैपिच्छे घरमा धेरथोर खर्च पठाउँथे। राम्रै काममा पर्नेहरु त जग्गा जमिन जोड्न पनि थालिसकेका थिए। त्यसैले पनि होला, भर्खर उच्च शिक्षा सिध्याएको विकल्पलाई विदेश छिरेर टन्न पैसा कमाउनु र आफ्नो जीवनशैली फेर्नु सपना मात्र होइन, उद्देश्य बनिसकेको थियो।
“छोरो मान्छे भएर देश विदेश चहार्नु पर्छ, टन्न कमाउनु पर्छ अनि रवाफले जिउनु पर्छ” भन्ने बुढापाकाको भनाइलाई ऊ चरितार्थ पार्न चाहान्थ्यो। त्यसैले, विकल्प वैदेशिक रोजगारीको खोजीमा भौतारीन थाल्यो। विदेशको सपना बोकेर हिड्दा उसले अनेक मान्छेका नानाथरी बिचार पनि सुन्यो। कोहिले भने–“विदेश भनेको त विरानो ठाउँ हा,े साह्रै दःुख पाईन्छ”। कसैले सुनाए–“विदेश भनेको सपना साकार पार्ने ठाउँ हो, स्वर्ग हो स्वर्ग”। सुःख र दुःख, राम्रो र नराम्रो विदेशको ठाउँ के कस्तो थियो, कहिल्यै नगएको विकल्पले खुट्याउन सक्ने कुरै थिएन। मनैमनले भने अवश्य सोच्यो होला(“जे छ, जस्तो छ, पुगे पछि थाहा पाउने छु”।
विकल्पको विदेशीने रहरलाई आमाबुवाले भने पटक्कै निको मान्नु भएको थिएन। हुन त कुन चाहिं आमाबुवाले आफ्नो सन्तान काखबाट टाढिएको हेर्न सक्छन् र १ तैपनि आँखाको एकमात्र नानी अनि बुढेसकालको एउटै बैशाखी टाढिने कुराले मात्रै पनि उनीहरुको शरीरमा भुइँचालो गएको थियो। विकल्पले आमाबुवालाई विदेश जाने भनेर पहिलो चोटि कुरा गर्दा झगडै परेको थियो। दुई तीन दिन त विकल्प आमाबुवासँग बोल्दा पनि बोलेन। आमाबुवाको कमलो मन के मान्थ्यो र १ फर्किहाल्यो। आमाबुवाले विदेश जाने सपना देख्न छाडिदे भनेर कैयौं पटक सम्झाउनु भयो तर विकल्पले आफ्नो लिडे ढिपी छाड्दै छाडेन। अन्ततः छोराको जिद्दी सामु आमाबुवा हार्नु भयो। दशैं आउन लगभग बीस बाईस दिन बाँकी हँुदो हो, विकल्प टन्न कमाउने सुरसारका साथ मिठा सपना बुन्दै साउदीतिर भासियो।
आफ्नो पढाई अलपत्र पारेर बिदेशीनु विकल्पको रहर मात्र थिएन, बाध्यता पनि थियो। भलै, उसको आलो मस्तिस्क जिवन दर्शन बुझ्न सक्ने भईसकेको थिएन तर उसको आँखाले आफ्नो भविष्य देशभित्र अन्धकार भने अवश्य देखेको थियो। देशकै शिक्षित जनशक्ती पनि देशभित्र काम नपाएर भटाभट विदेश पलायन भएको खवर यदाकदा रेडियोले भट्याउँथ्यो। त्यस्तो समचार सुन्दा विकल्प एकनासले टोल्याउँथ्यो। सायद उसलाई लाग्दो हो “पढाईमा जिवन विताउनु भनेको समय र पैसाको वर्वादी मात्रै हो”।
बुढा भएका आमावुवालाई एक्लै छाडेर मुग्लान छिर्नु त विकल्पको पनि मन थिएन तर बाध्यता नै रहर भएपछि अरु विकल्प पनि त थिएन। आमावुवाले बुढेसकालमा सुःखले जिवन विताएको हेर्न कुन चाहिं छोरा छोरीको मन नहोलास विकल्पको पनि थियो। तर समय र परिस्थितिको जंघार पनि त तर्नै पर्यो मान्छेलाई। विकल्पले पनि आफुलाई सही लागेको बाटो रोज्यो – मुग्लान।
स्वदेश जस्तो विदेश कहँा हुन्थ्यो र रु विकल्पले साउदी छिरेर काम गर्न थालेपछि बल्ल उसले देशको माटो सम्भि्कयो। सानो झुपडी र टारी खेतको यादले सतायो। घर आमावुवाको न्यानो काख नछाडेको विकल्प एकै चोटि विदेशीको हप्कीदप्की सहनु पर्ने भयो। समय र परिस्थितिको चेपुवामा परेको विकल्पले दशनङ्ग्रा खियाउँदा उठेका हातका ढेलाले भात तरकारी खान नसक्दा आमाले पकाएको ढिडो र सिन्की सम्भि्कयोस बुवाले विदेश नजा भनि भनेको सम्भि्कयो।
घरखेत जस्तै आमाबुवाको मन बन्दकीमा थियो – एउटा साहुकोमा, अर्को छोरोकोमा। छोरो विदेशीए पछि पनि छोरो स्कुलबाट फर्किने बेलामा आमाबुवाले स्कूले डाडँातिर आँखा लगाउनहुन्थ्यो। छोरो जस्तै देखिने कहिले चिल हुन्थ्यो, कहिले बाच्छो। छोरोको न्यास्रोपनले सताउँदा ताता पानीका थोपाहरु आँखाबाट कति उम्लिए थाहै भएन, तैपनि छोराको फलिफाप होस्, चिताएको पुगोस् भनेर सधैं घर नजिकैको वरमा पुजा गर्नुहुन्थ्यो, पानीका धार चढाउनुहुन्थ्यो।
विकल्प गएको पनि बर्षदिन वितिसकेको थियो तर उसको खबर आमाबुवाले पाउन सक्नुभएको थिएन। घर नै सुनो बनाएर हिडेको छोरोको अत्तोपत्तो नपाउंदा ती बुढा मनहरु ब्ोलाब्ोलामा भक्कानिन्थे। ढिलै भएपनि उनीहरुको शोक एकदिन खुसीमा परिणत भयो, जब हुलाकी दाईले विकल्पको चिठी ल्याइदिए। चिठी आयो भन्ने कुरा सुन्दा मात्रै ती चाउरीएका छालाहरु तन्किएका थिए। अनुहारमा उज्यालो कान्ति छाएको थियो, मानौ देशमा निरंकुशता हटेर प्रजातन्त्र आएको थियो। कहिल्यै पाठशाला नगएका बुढा आमाबुवाले हुलाकी दाइलाई नै चिठी पढिदिन हात जोरे। हुलाकी दाइले पनि एक एक अक्षरमा जिव्रो फट्काउदै जेनतेन चिठी सकाए र ती दुई मनलाई हर्षित पारे। चिठीमा छोरोले आफू सकुशल रहेको र विदेशमा निकै कष्ट सहेर कप्तान बनेको कुरा लेखेको थियो। कहिल्यै ढलेको सिन्को नउठाएको छोरो एकाएक “कप्तान” जस्तो सम्मानित पद र पेश समाल्न समर्थ भएकोमा आमावुवाको खुशीको सिमा थिएन। छोरो आफूसँग नभएको पिडा भन्दा ऊ “कप्तान” बनेको हर्षले आमावुवाको मनको ढिकी उचालिएको थियो।
विदेशमा विकल्पको आफ्नै दुनिया थियो। घर र परिवार सम्झेर वेलावेलामा उसको भक्कानो फुट्थ्यो। गाउँ–घरमा “कप्तान” बनेको खवरले आमाबुवाको छाति खुशीले फुलेको थियो। उता, दिनदिनैको एउटै काम गराइर्, कष्टकर जिवनशैली र हप्कीदप्कीले शरीर भने धुजाधुजा बन्दै थियो।
गाउँ–घरमा मात्र होइन, विकल्प, विदेशमै पनि “कप्तान” नामले नै परिचित भईसकेको थियो। आफ्नै नेपाली साथीहरुले राखिदिएको नाम थियो “कप्तान” – कामसँग मिल्ने गरी। साथीहरुकै शब्दमा “विकल्प”को पनि विकल्प थियो “कप्तान”। जेसुकै होस् विकल्पलाई आफ्नो कामले जुराईदिएको न नाम मन परेको थियो न पेशा। बेला–बेलामा सोच्थ्यो विकल्प– “विदेशमा खुट्टा चाले देखिनै काल सर्प दोष लागेको छ। त्यसैल,े अब घर फर्किनुपर्छस कम्तिमा पनि ति बुढा आमाबुवाका खातिर”।
चिल्ला सडक, ठुला ठूला महल, टल्कने मोटर र बास्नादार मान्छेको माझमा बस्दा क्षणिक खुशी मिले पनि दीर्घकालीन आनन्द मिल्दैन भन्ने कुरा विकल्पले बुझिसकेकेा थियो। उसको मनले विदेशी पिज्जाभन्दा स्वदेशी आटो खोज्न थालेको थियो। बाक्लो विस्ताराको भुवाभन्दा न्यानो आमाको काख खोज्न थालेको थियो। उसलाई फेरी बरपिपलको फेंदमा बसेर चिसो हावा स्पर्श गर्ने धोको थियो। खाली खुट्टाले देशको माटो सुम्सुम्याउने रहर थियो। यी र यस्तै रहर साँच्दासाँच्दै जिवन बित्छ कि भन्ने यदाकदा त्रास पनि थियो।
एकदिन विकल्प यस्तै सपनाहरु बुन्दै टोलाई रहेकेा थियो, एउटा कुनामा। सायद कोर्दै थियो आफ्नो स्वप्निल स्वर्गिय संसार। त्यत्तिकैमा, अलि पर सुट पाईन्टमा सजिएको मान्छे पैसा गन्दै चिच्यायो – “कप्तान”। विकल्प झसङ्ग झस्कियो, दुई बर्षे बच्चाको सातो गए सरी। त्यसपछि, निकै सावधानी पूर्वक विकल्पले आफ्नो पाइला अगाडि सार्यो। नजिकैको टेवुलमा आराम गरिरहेका कपहरु तान्यो अनि अलि बाबा क्याफे लेखेको ठूलो बोर्ड छेवैमा रहेको धारामा ती कपहरु पखाल्न थाल्यो – चुपचाप.......।।।