एकदिन अचानक, एकजना चालिस–पचासकी महिला, हातमा एउटा ठूलो खाम बोकेर, शिरीष रेस्टुरेन्टभित्र प्रवेश गर्छिन। र, काउन्टरको अगाडिपट्टिको मेचमा बसिरहेका एकजना ग्राहकलाई सोध्छिन– ‘बाबुको नाम अकिञ्चन हो ?’
‘हजुर, हो।’ अकिञ्चनले छोटो जवाफ दिन्छ।
‘आयुषको अन्तिम इच्छा छ, यो खाम तपाइँ सम्म पुगोस भन्ने।’ भन्दै एउटा खाम अकिञ्चनको हातमा थमाइँ दिन्छिन।
‘को आयुष ? म चिन्दिन। के छ, यहाँ भित्र ?’ भन्दै निदार खुम्च्याउँछ, अकिञ्चन। र, खाम स्वीकार गर्छ।
‘आयुष मेरो छोरो हो। खै, के छ, यहाँ भित्र ? त्यो त मलाई पनि थाहा भएन। यो शिरीष रेस्टुरेन्ट सम्म पु¥याइ दिनु ल, आमा ! त्यहाँ एकजना अकिञ्चन भन्ने ग्राहक आउँछन। उसलाई दिनुहोला भन्यो। छोराको अन्तिम इच्छा यही छ।’
यति भन्दै ती महिला त्यहाँ बाट बिदा हुन्छिन।
निस्कनेबेलामा काउन्टरमा बसिरहेकी मानुषीलाई गौण गरेर हेर्छिन। र, निथ्रुक्क भिजेका आँखा लिएर त्यहाँबाट बिदा हुन्छिन।
मानुषी सोचमा पर्छे। ठम्याउन सक्तिन कि ती महिला को हुन। तर, उनको चेहराले ठूलै बज्रपातमा छिन, भन्ने देखाउँदथ्यो।
अकिञ्चन अलमल्ल पर्दै खामको बाहिरपट्टि हेर्छ। पाउँनेतिर अकिञ्चन, शिरीष रेस्टुरेन्ट र, पठाउँनेतिर आयुष लेखिएको हुन्छ।
आयुष भन्ने मान्छेको हुलिया सम्झने प्रयास गर्दै अकिञ्चन बिस्तारै खाम खोल्छ।
हस्तलिखित कागजका केही पृष्ठहरू हुन्छन।
लेखिएको हुन्छ–
***
अकिञ्चन,
अल विदा।
शिरीष रेस्टुरेन्टमा तिम्रो पहिलो आगमन थियो। तिम्रो अनुहारमा कान्ति थिएन। तिमी उदाश देखिन्थ्यौ। पिउनेगरि तिमी त्यहाँ आएको सायद, पहिलो पटक थियो।
तिमी आफ्नो निर्दोष अनुहारलिएर सामुन्नेको एउटा मेचमा बस्यौ। तिम्रो दयालाग्दो अनुहारले मानुषीको अनुहारमा एकाएक स्फूर्ति ल्याइदियो। मैले मानुषीकको चेहरामा त्यो परावर्तित खुसी देखेँ, जुन खुसीको प्रतिक्षामा मैले बर्षौ बिताएँ।
म चाहान्थे। मानुषीको त्यो परावर्तित खुसीको श्रोत म बन्न सकौं। तर, मैले सोचे जस्तो भएन। तिम्रो आगमनले लिएर आएको मानुषीको खुसी, मेरो पिउने बहाना बन्यो। पिउँदापिउँदै यति पिएछु, आज, अल विदा भन्ने ठाउँमा आइपुगेको छु।
खैर, म मृत्युको सँघारमा बसेको मान्छेको के कुरा। दुइदिनको पाहुना न हुँ।
तिम्रो आगमनले मानुषीको रक्तसञ्चनर प्रणालीमा खुसीका तरङ्गहरू प्रवाहित गरिदिएको, मैले अनुभूत गरेँ।
तिमीले किञ्चित बनावटी हाँसो हाँस्यौ।
मानुषी, आफै उत्ताउलिदै मेनु लिएर आइपुगी।
मानौ, ऊ तिम्रो आगमनको विशेष प्रतिक्षितमा थिइ। सायद, बषौं भएको थियो तिम्रो आगमनको पर्खाइमा बसेकी। त्यसदिन बल्ल स्वागत गर्ने सौभाग्य पाएकी थिइ, उसले। यस्तैलाग्थ्यो, उसका चंचले हाउभाउहरू देख्दा।
‘प्रतिक्षाको फल मीठो हुन्छ’ भन्ने लोकोक्तिको प्रत्यक्षप्रशारण हेरेको अनुभूत भयो, छेउछाउमा बस्ने हामी सबैलाई।
एक प्याक रम र खसीको वोयलगरेको टाउकोको आदेश दियौं, तिमीले।
तिम्रो अडरले प्राथमिकता पायो। हामी सबै कुरेको कु¥यै भयौं। मानौ, मानुषीले हामी सबैलाई बिर्सी दिइ। तिमी देखि बाहेक हरुहरू कसैलाई देखिन, उसले।
तर, तिम्रो चेहरामा भने प्राकृत उदासीनता र कृत्रिम हाँसो प्रष्टै देखिन्थ्यो।
तिमी बारम्बार घडी हेथ्र्यौ। घडीलाई झड्काथ्र्यौ र हिर्काउँथ्र्यौ, पनि।
सायद त्यो तिम्रो पुरानो बानी थियो। बद्लिएको रैनछ भन्ने ठानी, मानुषीले।
उसलाई तिमी हतारमा छौ, भनेर बुझ्न गाह्रो परेन। र, बिलम्व नगरी तिम्रो अर्डर ल्याइपु¥याइ।
रमले भरिएको गिलास तिम्रो सामुन्ने हुन्छ। जतिसक्तो चाँडो रित्याउछौ, तिमी। र, फेरि घडी हेर्छौ। घडीले पाँच बजाइ सकेको हुन्छ। तिमी हतारमा र्छौ, भनेर बुझ्न अब मलाई पनि गाह्रो पर्दैन।
तिमी रोज आउन थाल्यौ। हरेकदिन मानुषी तिम्रो आगमन प्रति उत्साहित हुन्थी। मलाई न तिम्रो आगमन मन प¥यो, न मानुषीको खुसी। बरु, मलाई त प्रतिगमन मनपर्न थाल्यो। कम्तिमा मानुषीको निर्दोश हनुहारमा मग्न भएर सपना देख्न त स्वतन्त्र थिए। तिम्रो आगमनले त मेरो स्वप्नील स्वतन्त्रताको पनि हनन गरिदियो।
मानुषीको सामुन्नेको मेचमा बसेर तिमी पिउन थाल्यौ। थाहा छैन तिमी के सोचेर पिउँथ्यौ। तर, तिम्रो सामुन्ने बसेर म तिम्रो हत्याको योजना बनाउन थाले। तिम्रो मृत्यु मेरो कार्यनीतिक लक्ष बन्यो। र, मानुषीको प्राप्ति मेरो रणनीतिक लक्ष। मैले एउटा सिद्धान्तको अविस्कार गरेँ। वुद्धको शान्तिलाई मृत्युहरूले विस्ताबित गरेको देशमा तिम्रो एउटा मृत्यु थपिदैमा के नै फरक पथ्र्यो र ? तिम्रै अगाडि मैले तिम्रो मृत्युको टुङ्गो गरेँ। तिमीले थाहानै पाएनौ।
त्यसपछि, पिउनु मात्रै होइन, तिम्रो बारेमा बुझ्नु पनि मेरो मक्सद बन्यो।
***
एकदिन म तिम्रो पिछा गर्दै गएँ। मेरो उद्देश्य तिम्रो हत्याको याक्सन प्लान बनाउँनु थियो। तर, तिम्रो घरको पेटीमा कलेटी परेको ओठ लिएर बसेकी तिम्रो पाँच बर्षकी छोरी रहिछ। हरेकसाँझ, तिम्रो बाटो हेरेर बसिरहेकी हुँदिरहिछे। छेउमा स्कूल व्याग, युनिफर्म समेत नखोलिएको, भोकले होला, कलेटी परेका ओठ, टिलपील–टिलपिल आँशु आँखामा लिएर, बाबाको प्रतिक्षामा बसेकी, तिम्री नावालक छोरीलाई देखेर मैले आफ्नो बाल्यकाल सम्झिएँ। घर पुग्नै नपाइ आमा बाटामै लिन आउनु हुन्थ्यो। दुई हातले उठाउँनु हुन्थ्यो। र, सबै ठाउँमा म्वाइँ खानुहुन्थ्यो। लुगा फेरिदिनु हुन्थ्यो। काखमा राखेर खाजा खुवाउनु हुन्थ्यो। मलाई कहिल्यै पनि बाबाको खाँचो महसुस भएन।
यदि तिम्री पाँच बर्षकी छोरीसित उसकी आमा हुन्थिन भने, उनले तिम्रो प्रतिक्षामा अबेला सम्म पेटीमा कुरेर बस्नुपर्ने थिएन। तिमी घर पुग्दा आमाको न्यानो काखमा निधाइसकेकी हुनेथिइ। जसरी म बाबा आउँदा निदाइ सेकेको हुन्थे। न त तिमीले हतार गर्दै पिउनु पर्ने नै हुनथ्यो।
तिम्री छोरीलाई देखेपछि तिमी किन हतार गर्छौ भन्ने कुराको रहस्य पनि खुल्यो। सम्झिएँ, ‘यदि तिमीलाई मारिदिने हो भने यो बिचरी पिँडीमा बसेर कस्को प्रतिक्षा गर्छे होली ?’ मेरो मनमा दया पलायो। तिमी बाँच्यौ।
तिमी हरेकदिन छोरीसित बाचा गथ्र्यौ, भोलि देखि नपिउँने। तर, खै तिम्रो त्यो भोलि आजसम्मपनि आएको छैन। तिमी उसैगरि, सँधैभरि साँझ पार्छौ। पटक–पटक घडी हेर्छौ। घडीलाई झट्कारर्छौ र थप्पड हान्छौ। मानौ कि त्यो घडी समयसुचक यन्त्र नभएर समयको गति निर्धारण गर्ने सारथि हो।
तिमीलाई थाहा छ कि छैन ? तर, तिमीलाई देखेपछि मानुषीको अनुहारमा ओझेलपरेका खुसीहरू अङ्कुराउन थाल्छन। र, हाँसोहरू उत्ताउलिएर पोखिन्छन। तर, मानुषीप्रति तिम्रो कुनै आकर्षण देखिँदैन। तिमी गिलास सिनित्त पार्छौ। रमले आफ्नो काम गर्नथाल्छ। तिमी बिल भुक्तानी गर्छौ। र, लरखराउदै बाटो लाग्छौ।
तिम्रा दैनिकिहरू यसैगरि बित्छन।
तिमीसित आमा र बुबा दुबैको भूमिका खेल्नु पर्ने दाइत्व थियो। तर, तिमी एउटा भूमिका पनि राम्ररी खेलिरहेका थिएनौ।
बुझ्दै जाँदा थाहा लाग्यो– शकुनसित विछोडिनु परेको विरक्तिमा तिमी पिउन चाहान्थ्यौ। तिमी बैरागिन चाहान्थ्यौ। तर, छोरी कै कारण तिमी स्वतन्त्रतापूर्वक बैरागिन पनि पाइ राखेका रहेनछौ।
तिमीले घरमै लगेर पनि पियौ। एक दिन मानुषीले तिमीलाई सोधिकी थिइन– ‘किन घरलिएर जान छोड्नु भयो त ?’
तिमीले भन्यौ, ‘छोरीले असाध्यै पीर गरी। मैले पिउन थाले पछि, ऊ रुन थाल्छे। अनि, रुँदारुँदै निदाउँछे।’
‘अनि किन पिउनु हुन्छ त ? त्यो निष्ठुरीकोलागि किन यति धेरै पीर गर्नुभएको त। त्यस्ती कुलकुलाउँदी काखकी छोरीलाई छोडेर हिंड्ने, कस्ती आमा ? अनि त्यसैको पीरमा डुबेर छोरीको जिन्दगी किन बरवाद बनाउनु हुन्छ ?’ मानुषीले तिमीलाई सम्झाउने कोशिश गरेकीथिइ।
मलाई आश्चर्य लाग्यो कि मानुषी तिम्रो बारेमा यतिधेरै जानकारी कसरी राख्छिन।
बाँकिरहेको रम सिनित्तै पा¥यौ र तिमी बरबराउन थाल्यौ, ‘भन्न त मायालाई भोग, वासना र ऐश्वर्य प्राप्तिको आशक्ति हो पनि भन्छन। तर माया समर्पण, विश्वास र भरोसाको प्रतीकको रूपमा आत्मलीन भएपछि निबृत्त–प्रेम आत्मदाह जत्तिकै कष्टकर हुँदोरहेछ।’
‘शकुनले प्रेमलाई भोग, वासना र ऐश्वर्य प्राप्तिको साधन बुझी। मैले प्रेमलाई समर्पण, विश्वास र भरोसाको प्रतीकको रूपमा आत्मलीन गरेँ। त्यसैले उनको बिछोडले मलाई पीडा बोध हुन्छ।’
तिमी लरबरिएको बोलीमा फतफताउँदै बाहिर निस्क्यौ, ‘हो, कोहीकोही भन्छन– शोक भनेको मोहजन्य विकार हो। होला, यसमा मेरो कुनै रिजर्भेशन छैन। तर, यो मेरो आत्माको अभिव्यक्ति हो। यसको मुल्य छ कि छैन, यहाँ। मलाई थाहा छैन। तर, उनको बिछोडले मलाई पीढाबोध हुन्छ।’
मानुषीले बिरक्तभावमा सोधि टोपली, ‘पिउँदा खेरि पीडा मक हुन्छ ?’
तिमीले सुन्यौ या सुनेनौ, तिमीनै जान। तर, तिमीबाट कुनैपनि उत्तर आइन। मानुषीले देखुन्जेल तिमीलाई हेरि रहिन। मैले मानुषीलाई।
मानुषी तिमीसित बोल्न चाहान्थी, म मानुषीसित। तिमी मदिरासित।
अर्कोदिन मानुषीले तिमीलाई फेरि सोधिन, ‘के शकुनको पुनरागमन तपाइँलाई स्विकार्य छ।’
तिमी झस्क्यौ। नाजवाफ भयौ। र, भन्यौ, ‘के पताइँलाई म यहाँ आएको मन पर्दैन ?’
मानुषीले भनिन, ‘यो मेरो प्रश्नको जवाफ होइन।’
र, तिमीले फेरि सोध्यौ, ‘तपाइँलाई मेरो बारेमा यति धेरै चासो किन ? मेरो जीवन मलाई आफ्नै हिसावले बाँच्न दिनुन।’
मानुषीले थपी, ‘जसको निम्ति पताइँ चिन्ता गर्नु हुन्छ। उसको पुनरागमन पनि तपाइँलाई स्वीकार्य छैन। भने, उसको बहिर्गमनमा किन शोक र सुर्ता गर्नुहुन्छ ? म यसकारण चासो राख्छु कि तपाइँसँग पाँच बर्षकी एउटी छोरी पनि छ।’
मानुषीका यी प्रश्नहरू द्वारा तिमी सताइयौ, सायद। तिमी भोलिपल्ट आएनौ। तर, मानुषीले अबेला सम्म अधैर्यतापूर्वक तिम्रो प्रतिक्षा गरि।
***
अकिञ्चन,
मलाइ माफगर। आशा छ, मेरो हृदयको अन्तिम धड्कन सुनिदिने छौ।
तिमीलाई थाहा छ ? मानुषी तिमी प्रति किन यतिधेरै रुचि राख्छे। यसकारण कि मानुषी तिमीलाई प्रेम गर्छे। तर, तिमीले कहिल्यैपनि मानुषीको अनुहारमा आफैप्रति जागृत प्रेमलाई बुझ्ने प्रयत्न गरेनौ।
नारीभएर प्रेम जाहेर गर्न त्यति सजिलो छैन, हाम्रो समाजमा। जतिसजिलो एउटा पुरुषलाई हुन्छ। यदि, मानुषीले तिमीलाई प्राप्त गर्न केही सानो–तिनो हत्कण्डा अपनाएकी भए, के हुन्थ्यो होला ? सायद उनले धेरै उपनामहरू पाउँने थिइ।
चरित्रहीन, बेहोरा नभएकी, नक्कली... आदिइत्यादि।
एकपटक पछाडि फर्केर हेर त, तिमीले शकुनलाई पाउँन के मात्रै गरेनौ। तिमीले कृत्रिम रुचि र चाहना, आचरण र आदर्शको निमार्ण गरेर शकुनलाई प्राप्त गर्यौ। तर, त्यो प्राप्ति दीर्घजीवी बन्न सकेन।
शकुनको अमेरिका जाने चाहनालाई उर्जा दिन तिमीले नक्कली आफन्तहरू सृजना गरेर अमेरिकाबाट फोन आएको नाटक गर्यौ।
आफूलाई सभ्रान्त देखाउन ऋण खोजीखोजी दामीदामी कपडाहरू किन्यौ। डेटिङ्मा लग्यौ। बहुमूल्य र किम्मती उपहारहरू दियौ।
उनका अकृत्रिम रुचि र चाहनाहरूदाई कृत्रिम कृत्यहरूबाट सम्बोधन गर्ने प्रयत्न गर्यौ। तिम्रो मायामा कृतिमता थिएन होला। तर, तिमीले छनौट गरेका मार्गहरू कृत्रिम थिए। तिमीले रचनागरेका कृतिम राजमार्गमा शकुनका रुचि, चाहना र सपनाहरू दुर्घटनाग्रस्त भए। र, आफ्ना रुचि र चाहनाहरूको मृत्यु उनलाई स्वीकार्य भएन।
संयोगले उनले अमेरिकाको ग्रीनकार्ड होल्डर भेट्टाई। तिम्रो प्रेम शकुनको अमेरिका जाने चाहनाको अगाडि फिक्का साबित भयो। र, तिम्रो प्रेम चिरञ्जीवी बन्न सकेन।
तिम्री एक्स–वाइफ् शकुनले रोजेको त्यो स्वतन्त्रतामा, ऊ खुसी छ कि बेखुसी ! उही जानोस। तर, उनको वियोगले तिमी बिछट्टै रोयौ। एउटी आमाको अतृप्तइच्छाको अगाडि, तिम्री छोरी टुहुरी बन्नपुगी।
तिम्रो जीवनलाई मैले नजीकबाट हेरेँ, पढेँ। तिम्रो पीडालाई मैले तिम्रो ढाउँमा उभिएर अनुभूत गर्ने प्रयत्न गरेँ।
तिमीलाई याद छ कि छैन ? मानुषीले तिमीलाई सोधेकी थिइन – के तिमीलाई शकुनको पुनरागमन स्विकार्य छ ? सायद यो प्रश्नले तिम्रो पीडामा हल्का मलहम लगाएको हुन सक्छ।
तिमी नाजवाफ भयौ। यसकारण कि तिमी भावनामा बहकिएर वाँचिरहेका थियौ। तर, प्रश्न भौतिक थियो।
के साँच्चै शकुनले पुनरागमनको याचना गरिभने तिमी उनलाई पुनः स्वीकार गर्न तयार छौ ?
पक्कै स्वीकार गर्न पयार छैनौ, तिमी।
त्यसो हो भने मानुषीको प्रश्न सही छ। जसलाई तिमी स्वीकार गर्न सक्तैनौं। त्यसको बहिर्गमनमा किन शोक र सुर्ता गर्छौ ?’
***
अकिञ्चन,
जीवन नश्वर छ। तर, निःस्पृह छैन।
तिमीलाई थाहा छ ? डाक्टरले मेरो जीवनको मृत्युकरार दियो।
हल्का जरो आएको थियो। अल्सर भैसकेको र‘छ। पिउनु हुँदैन थियो, अरे। तर, मैले पिएँ। र, यतिबेला म जिल्ला अस्पतालको शय्यामा मृत्युको परखाइमा छु। जुन पर्खाइ मेरो रोजाइ होइन। त्यसैले अपृय छ। तर, म विकल्पहीन छु।
मेरा इच्छाहरू ज्यूँ का त्यूँ छन। मेरो यो शरीर दाह््य छ। तर, मेरा इच्छाहरू अदाह््य छन। र, फेरिपनि मेरो यो नश्वर पार्थिव शरीरबीना मेरा यी अल्केद्य इच्छाहरूको केही अर्थछैन।
र, म मेरा यी अतृप्त इच्छाहरू तिमीलाई समर्पण गर्न चाहाँन्छु।
भन्छन– गल्तीहरूले मान्छेलाई सचिने मौका दिन्छ। तर, कतिपय गल्तीहरू यत्ति कठोर हुँदारछन कि सचिने मौकै दिँदारैनछन।
मानुषीको प्राप्तिमा म मेरो जीवनको सार खोज्दै थिए। तर, जीवन निसार बनिसकेछ।
मानुषीलाई मैले पहिलो पटक जिल्लास्तरीय खेलकुद प्रतियोगितामा देखँे। ऊ बास्केटबल खेलाडी रहिछ म पनि वास्केटबल नै खेल्थे। उसलाई देख्नेबित्तिकै उसको रूपले मलाई आकर्षित गर्यो। उसको शालीन अनुहारले मलाई मोहित
बनायो।
स्पोर्टस् डेको अन्तिम दिन खेल सकिएपछि म उनलाई पछ्याउँदै गएँ।
ऊ यसै शिरीष रेष्टुरेन्टमा आएर पसी। र, म खुसीले बुर्कुसीमार्दै घर गएँ। त्यसपछि शिरीष रेष्टुरेन्ट धाउँनु मेरो नित्यकर्म बन्यो। यसैले मलाई पिउन सिकायो। सेकुवा र सिकुटी खाँदाखादै म पिउन थाले। तिम्रो आगमनले मेरो डोज बडाइदियो।
प्रेम दुई आत्माको मिलन हो भन्ने सुनेको थिएँ। तर, त्यसको मर्म बुझ्न धेरै ढिला भएछ।
भौतिक सामिप्यता भित्र आत्माको मिलन खोजेँ, मैले। तर, आत्माको मिलन त रुचि र चाहनाहरूको दिलचस्पी एकत्वले गराउँदो र‘छ।
र, ती सम्बन्धहरू प्राकृतिक हुँन त्यत्तिनै जरुरी र‘छ। जुनकुरा मैले तिम्रो जीवनबाट सिकेँ।
तिमीहरू यही शिरीषको बोटमुनि भाडाकुटी खेलेर हुर्केका रहेछौ। एउटै स्कूलमा पढ्यौ। मानुषीले प्रेमको उजागर गर्न कहिल्यै सकिन। किनभने ऊ एकजना नारी थिई। मानुषी तिमीलाई विन्दास प्रेम गर्छिन। उनको प्राचीन चाहना अझै मरेको छैन। तिमीले पिएको उनलाई मनपर्दैन। तिमी रोएको उनलाई नरमाइलो लाग्छ। तिमीले कहिल्यै बुझ्ने कोशिश गरेनौ।
तिम्रो अचानक पुनरागमनले उनको मुच्र्छितभएर बसेका चाहनाहरू फेरि बौंरिन र चलमलाउन थालेकाछन। सक्छौ भने मानुषीको अकृत्रिम प्रेमको सम्मान गर। मेरो अन्तिम आग्रह छ।
***
थाहा छ अकिञ्चन, मेरी आमाले मेरो यस्तो अबस्था देखेर बुबालाई के भन्नु भयो ?
उहाँले मेरो बुबालाई हत्यारा भन्नु भयो।
आमाले भन्नु भयो, ‘बाबु–आमाको कर्तव्य छोराछोरी जन्माउँनु मात्रै होइन। उनीहरूको इच्छा र चाहनाहरूको पनि ख्याल गर्नु पर्छ। मान्छे किन बिर्सनछन आफ्नो प्राकृतिक बिरासत। मैले पटक–पटक तपाइँलाई जानकारी गराएँ। छोराको चाला ठीक छैन। छोराछोरीलाई समय दिनुस। छोराछोरीलाई बाबुआमाको माया र सान्निध्यताको आवश्यक हुन्छ।’
‘तपाइँले मान्नु भएन। आज छोरालाई यो अवस्था सम्म ल्याइपु¥याउने तपाइँनै हो ......’ भन्दै आमा रुनथाल्नु भयो।
र, बुबा चुपचाप आएर मेरो शीरानीमा बस्नु भयो र मेरो टाउको सुमसुम्याउन थाल्नु भयो।
र मैले तिम्रो नाममा कोर्दैगरेका यी पङ्तिहरू कोर्न छोडेर बुबाको सान्निध्यताको पहिलो र अन्तिम अनुभव गरेँ। मलाई अत्यन्त प्यारो लाग्यो।
अकिञ्चन, यदि तिम्री छोरीले भोलि बाबाको कारणले गर्दा म टुहुरी भएँ, भनिभने आश्चर्य नमान्नु।
तर, त्यत्तिखेर छोरीका यस्ता बचनहरू हृदयबिदारक लाग्नेछन, तिमीलाई। र, तिमीसित समय हुनेछैन।
त्यसैले मेरो पुकार छ कि मदिरा त्याग गर, मानुषीको प्रेमलाई स्वीकार गर। छोरीले आमा पाउँने छे। तिमीले सच्चा जीवनसाथी।
यो मेरो आत्माको पुकार हो। मान्ने नमान्ने तिम्रो जिम्मा।
सम्भवतः भोली मेरो अन्तिम दिन हो। अबदेखि, म तिम्रो सीधा घगाडिको मेचमा कहिल्यै देखिने छुइन।
अलबिदा, मित्र।
***
अकिञ्चनले पुलुक्क आफू अगाडिको मेचमा हेर्छ। मेच खाली हुन्छ। आयुषको अनुहार उसले आँखामा नाच्न थाल्छ।
बाहिर हेर्छ। रात परिसकेको हुन्छ। छोरीलाई सम्झिन्छ र, अत्तालिँदै बाहिर निस्कन्छ।
‘छोरी लिएर जानुस।’ भन्ने आवाज आउँछ, पछाडिबाट। फर्किएर हेर्छ। छोरी मानुषीको छातीमा लुपुक्क टाँसिएर निदाएकी हुन्छे।
आयुषले पठाएको त्यो खामलाई त्यही काउन्टरमा छोडिदिन्छ र छोरीलाई लिएर बाटो लाग्छ।
मानुषी अकिञ्चनले छोडेको र आयुषले कोरेका ती पृष्ठहरू आद्योपान्त पढ्छे। र, आयुष प्रति एक्कासि कृतघ्नभाव जगृत भएर आउँछ।
भोलिपल्ट बिहान सबेरै अकिञ्चनलाई लिल्ला अस्पताल पुग्छ। छोरीपनि साथमै हुन्छे। अस्पतालको प्रारङ्णमा रुवाबासी चलिरहेको हुन्छ।
आयुषकी आमा बेहोस अवस्थामा हुन्छिन। मानिसहरू पानी छ्यापिरहेका हुन्छन।
मानुषी अघि आइपुगिसकेकी हुन्छे। गहभरि आँशुपारेर छेउमा उभिरहेको देख्छ।
वातावरण स्तब्ध हुन्छ ........। छोरी कुद्दै जान्छे र मानुषीको हात समाउँछे।
मानुषी र अकिञ्चनका आँखाहरू जुध्छन। र, सङ्कोचभावले दुबैजना आँखालाई अन्यत्रै मोड्छन।
सेतो कपडाले ढाकिएको आयुषको लाश लमतन्न परेर सुताइएको हुन्छ।
-birendra_katuwal@yahoo.com