साँँझ पर्न लाग्यो,
सूर्य अस्ताउन लाग्यो,
म हतार, हतार ,हस्याङ्गफ्स्याङ्ग गर्दै ,
घरको छतमा गएर अस्ताउँदो सूर्यलाई प्रणाम गरे
मेरो प्रणाम स्वीकारे छ कि क्या हो,
मेरो कुरा सुन्न कै निम्ती भएपनि सूर्य एकछिन
त्यो क्षितिजमा अड्केको भान मलाई भयो,
अनि चेपारे भाषामा सूर्यसँग अनुरोध गरे।
हे सूर्यदेब,
तिमी नाइट ड्युटी गर न,
म बरु तिमीलाई ओभर स्यालरी दिन्छु
तर,त्यो स्यालरी योे कवीयत्रीको पाराले दिनेछु
तिम्रो महिमा यो ब्रहम्राण्डमा गरिदिउँला.....
सूर्य धेरै बेरसम्म अस्ताएन
सोचेँ सायद सूर्य मेरो कुरामा सोचमग्न छ,
म गुनासो पोख्न थाले,
हे सूर्यदेव! हिजो सबेरै उठ्दा घरमा बत्ती थिएन
छामछुम छामछुम गर्दै कलेजको डे्रस लगाए
कलेज पुग्दा तिमी उदायौँ,
यसो आफूलाई हेरे च्यातिएको पुरानो सर्ट पो लगाएछु
कलेजबाट दिउँसो फर्कदा पनि घरमा बत्ती थिएन,
कतिखेर आयो र गयो पत्तै भएन,
यो गर्मीमा कपीले जीउ हम्कदै
सिलिङ्गमा मलाई खिस्साउँदै झुण्डिरहेको पंखालाई सलाम गरे
र भने लोडसेडिङ्ग तिम्रो जय होस्।।
फेरि,
सूर्यदेवसँग अर्को चित्त नबुझेको कुराहरु पनि गर्दै गए,
हे सूर्यदेब! मैले धेरैचोटि,
बाबालाई भने घरको सिमानाभरी अथाहा पानी छ उपयोग गर्नुस् न
निरिह बनेर त्यो छिमेकीहरुको मुख नताक्नुस् न बा ,
आमालाई सिकाए, चाप्लुसी गर्यो भने बालाई छोड्छु भन्नुस् न माँ,
दाइलाई भने भष्ट्रचार नगरनुस् न दाजू,
दिदीलाई के भन्नु अत्तर ज्यान मा छदै मा फूर्सद छैन
अनि प्रेमीलाई सम्बोधन गरे : पे्रमी,
अब अन्धकारकोे यो प्रेम मलार्ई वितृष्णा भयो
बरु जाउ दिमाग ख्याउ
मलाई होइन देशलाइ नै जगमगाइदेउ
प्रेम दक्षिणा यही हुनेछ प्रिय।
कसैको बानी परिबर्तन भएन सूर्र्यदेव
आ–आफ्नो स्वार्थ पूरा गर्न तल्लीन छन्
मन नै अन्धकार भयो
देश नै अन्धकार भयो
न त हिजो बत्तिको दर्शन भयो
न त आज बिहान देखि अहिलेसम्म
मलाई उज्यालोमा नै प्रगती गर्नुछ सूर्यदेव
मलाई दीप्तीमय संसारमा प्रज्जवलीत भएर बाँच्नुछ
मलाई केही लेख्नुछ यही रोशनीमा
मलाई केही बोल्नु छ यही किरणमा
मलाई केही सोच्नु छ यही प्रकाशमा
मलाई भोलीको कर्णधारहरुलाई केही सिकाउनु छ त यही प्रभातमै
अन्धकारमा रुमलिएर प्रगतीको बाटो रोक्नु छैन मलाई
त्यसैले,
दश औला जोडी पाउ पर्छु सूर्यदेव
तिमी नाइट ड्युटी गर न
बरु म तिमीलाई ओभर स्यालरी दिउला
तर त्यो स्यालरी यो कवि को पाराले दिनेछु
तिम्रो महिमा यो ब्राहमण्डमा गरिदिनेछु।।
धादिङ्ग, मलेखु
हाल : अष्टे्रलिया, मेल्वर्न