भाइबरमा फोन गरेर भाइको पगरी गुथेका बयस्क मानिसद्वारा निम्छरो शैलीमा अादेश पाइयो, 'दाइ तपाई जस्तोमान्छे नेपाल जानुस् यार, मुलुकको लागि केही गर्नुस। के मुसलमानको मूल गेटमा डन्ठा हल्लाउँदै बसेको'? भाइबरे भाइको रूखो अावाज सुनेर मेरो निरन्तरतामा क्रम-भङ्ग भयोl त्यै पनि त छलाङ मार्न कोरिया पुगेर खोरीया खन्छन् नी यार! यीनको यत्रो फूर्ति? म अाफूलाई केहिबेर काबुमा राख्छु। न, न शान्त राख्छु।
म जान्दिनँ यो 'केही गर्नुस' भन्या के हो? यो शब्द सयौ वर्षदेखि अमूर्त छँदै छ। यद्यपि भाइबरे भाइको उत्तेजक अावाज सुनीकन 'म' मा अावेग पलायो। एक बारको जुनीमा यसै पनि चर्को नुन खाइएको छ। अनी रगत उम्लदैन त?
म ती भाइबरे भाइलाई रुखो बचन फर्काइ दिन्छु- ए ! भाइ तीमी को हौ हँ? मलाई मुलुक फर्कन अादेश गर्ने? अवतारी मनुवा दलाई लामा हौ? जो तिब्बतीको चीन सपना मगजमा राखेर महान बनेका छन्। तिमी शुशील दा, हौ? जसले अमेरिबासी नेपालीलाई लगानीको वातावरण राम्रो भएको कारण मुलुकमै फर्कन अाग्रह गरे। तिमी को हौ हँ?
तिनी आफ्नो कुराको चुरो मेरै कान सामु खोलिदिए-'बाख्रा पाल्नेक्रम परापूर्व कालदेखि चल्दै आएको प्रचलन हो। तर, भेडाले बाख्रा पाल्छ भन्ने चै थाहा थिएन, अहिले थाहा पाइयो। पहिलै नै यो सदबुद्धि आएको भए १४ हजारको ज्यान जाँदैन थियो कि?'
मलाई कन्सिरीमा हल्का गर्मी उत्पन्न भयो। मैले भने-"कल्लाई भनेको बाख्राको कूरा? बाबुरामलाई की मलाई? भाइबरे भाइ गलल हाँस्छ।
कुनै पनि गम्भीर प्रश्नको उत्तर दिनु अगावै जो गलल हाँस्छ, उ उपर म सन्किने गर्छु। अन्तमा, उनी मुख खोले-'अँ बाबुराम अँ, हजुरl'
मैले भने-'यस्तै छ भाइजान यो मुलुकमा। बाख्रा पाल्ने हैसियतका मानिस राजनीति गर्छन्। जब चाल पाउँछन् ती आफ्नै पुर्ख्यौली पेशामा फर्कन्छन्।'
हामि दुबैजना गलल हाँस्यौ।
'दाइ तपाई एम्बुस हो, म एम्बुलेन्स हुँ। तपाई तोपको गोला हो, म ढाल हुँ।'
भाइबरे भाइ पाखामा घाम परेपछिको हीउँझै बीलय बने I
म तिनलाई किन गाली गरे हुँला? म कस्तो मान्छे यार?
केवल म अाफैं गम खान्छु।
मुलुकको लागि केही गर्नुपर्ने मान्छे को थिए? सरकारी लगानीमा डाक्टर पढेका भाग्यमानी चीनबाट नेपाल फर्कदैनन्। ती उतै बेलायत अनी अमेरिका पुग्छन्। किमार्थ बझाङ र अछाम पुग्दैनन्। झोलामा राष्ट्रिय झन्डा बोकेर खेलाडीहरू युरोप पुग्छन्। त्यी खेल मैदान पुग्दैनन्। दुःखको कुरा तीनलाई खेलाडी बनाउन सरकारको करोडौं रकम खर्च गरेको हुन्छ।
मुलुकको लागि केही गर्ने मानिस यी हुन् कि म?
थुप्रै बौद्धिक हुलहरू, बथानहरू विभागीय रकम बटुलेर युरोपमा पुग्छन्। त्यी तालिममा सहभागी हुदैनन्। त्यी गोष्ठी र सेमीनार जान्दैनन्। एक बारको जुनीमा सरकारलाई बिल भर्पाई बुझाउने गरी युरोप पुगेका ती मृगझै फाल हान्छन्। तीनको कुर्ची टेबलमाथि दाग लाग्दैन, भलै नेपालको इज्जत र नैतीकतामाथि दाग लागोस्।
मुलुकको लागि केही गर्ने मानिस यी हुन कि म? तर, मलाई थाहा छ यार -'मानिसको जीवन निकै झुर हुन्छ। मुटु, मृगौला र कलेजो निकालेर बेचिदिन्छ अनि दुई डब्बा भोड्का किनेर खान्छ।'
म कस्तोमान्छे यार?
सरकारलाई उल्टो दस्तुर तिरेर यही एउटा नागरिकता र पासपोर्ट बाहेक मैले कुनै राहत पाइन। सरकारी नाफा र सहुलियत लिइन। सरकारले खुब गर्यो नागरिकता र पाससपोर्ट उपर उसको सरकारी छाप लगाइ दीएर। म जस्तो कङ्गाल बनेको मान्छे। उ जस्तै कङ्काल नबनेको मान्छे। यो कङ्काल र कङ्गाल पनि बडो अजीव लाग्दछ। मानौ संसारका मजदुरहरू एक जुट हौ भनीकन झोलामा डलर उमार्ने मनुवा जस्तो क्या।
अाजकल महान तथा गौरवशाली मनुवाहरू छोटा-छोटा काम कहाँ गर्छन र? हात्तीको मुखलाई जिरा देखाएर कहाँ पुग्छ? जीराले त्यी कहाँ अघाउँछन्। यसकारण त होला नि दूताबासको बगैचामा फूल उम्रिदैन। हरीयो घाँस उम्रन्छ।
म कस्तोमान्छे यार?
बुद्धिजीवी मनुवासँग दर्शन छ, दया छैन। म कुबुद्दीवालासँग मुटु भरी दया भएर के गर्ने? दिने चीज छैन। मार्क्सवादमा डिग्रीको कागजात हात नलागे पनि नीम्छरो विचार त छ नि हगी? त्यो के भने 'संसार बदल्नु छ भने सुरुवात अाफैबाट गर'। एक बारको जुनीमा बदलिन्छु भनीकन लाहुर अाएको। न,न मुलुकमाले मलाई मुल बाटो देखाउन नसकेपछि निमेक गर्न हीँडेको।
एक फेर शीरदेखि पाइतलासम्म अाफूलाई नियाली हेर्छु। यो हातको घडी गाँउमा छँदा कहाँ थियो? जो पाइतलामा एक जोर बुट छ, त्यसकै जगामा पनि हात्तीको छापवाला चप्पल हुन्थे। यो ज्याकेट पनि उती सारो सस्तो जिनीस होइन। मोबाइल अाफ्नो ठाउँमा छ। चस्मा अाफ्नो ठाउँमा छ।
यो धर्तीमा म बाहेक अरू जो जो बसोबास गर्छन त्यी सबै मंगल ग्रहबाट आएका हुन्। एक बारको जुनीमा रकेटकै गतिमा चलायमान हुन नसक्दा म अझैसम्म यो दुखि पृथ्वीको कुन कुनामा बस्ने घरको खोजि गर्छु। अरे यार, चोकको मुख तिर एक हात जमिन पनि छैन! झुप्रो पनि छैन? अहँ छैन।
कुनै दिन यस्तो पनि दीन थियो। चिया दोकानको टेबलमाथि नेपाल बनाउने बहस हुन्थ्यो र टेलिभिजनको खबर देखेर नेपाल बनेन यार भन्दै नाक उँभो लगिन्थ्यो। दोकानबाट निस्कने बेला चियाको हीसाब-किताब भोलि गर्न सहमति बन्थ्यो साहुजीसँग।
अधीराज्यका सबै चिया दोकान नेपालको राजनीतिक पलेटी हुन्। मुलुकमा केहि गरौ भन्नेहरूको उधारे बचन हुन्। त्यो भोलि कहिल्यै अाउँदैन। भट्टीको कुरा छाडौ। बडो शरम लाग्छ। मुलुकको लागि केही गर्ने र मुलुक बदल्ने भेडीगोठ जो छन् तीनले डाक्टर, पाइलट, पत्रकार , इन्जिनियर, बौद्धिक जमात सबैलाई पास्पोर्ट थमाएका छन अनी अाफु झन्डा उचालेर सडकमा
नाराबाजी गर्छन। यसको त कसरी बन्छ मुलुक? नेपालको उधो गतीमा राजनैतिक फोबीया जो छ यो नै मुख्य जडबादी चीन्तन हो अविकसित मुलुक बन्नुमा पनि।
चोक र गल्लीमा जीन्दाबाद र मुर्दाबाद गर्नु सबैभन्दा ठुलो कारण होइन। सबैभन्दा ठुलो काम त अाफुले साना-साना कामको सुरुवात गर्नु रहेछ। चीया दोकान, भट्टी, चोक अन्य गल्लीमा मुलुक बनाउन बकम्फुसे बात तब सम्म चली रहनेछ तब सम्म अधीकांश काइते मनुवा बेरोजगार रहनेछन्।
गाँउमा बाझो जमीन जो छन I त्यी कामदार पर्खेर बसेका छन्। फाँट र गराहरू बाँझो राखेर फेसबुकमा दही चीउरा खान त हाई सन्चो छ। म कस्तोमान्छे अाफ्नो जमिनमा तीते पाती फुलाएर यतै कतै सुन्दर बगैचा देख्छु। एक कपी तस्विर पनी उतार्छु। म कस्तोमान्छे यार?
सीद्दान्त र खोक्रो रणनीतिको सुगा रटानले समुदाय र मुलुकको उन्नती संभव छैन। असल, इमान्दार र योग्य नागरिक संग इलम भएन भने उ खुब दुखी हुन्छ। राज्यले यस्ता नागरिकको पहीलो पहीचान गरी अाफ्नो गरीमा बढाउन सक्नु पर्छ। गरीब हटाउन सक्नु पर्दछ। कुरो दुर्गम जील्लाको अस्पतालमा डाक्टर कीन बस्दैन? सुगम ठाउँहरूमा पनी अाफ्नै इन्जिनियरको खपत हुन कीन सकी रहेको छैन?
टेक्नीकल्ली कुराहरूलाई राजनैतिक भागबन्डा गर्दा खुबी भएका तर राजनीति नजानेका युवा जन शक्ति अवसर बाट बन्चीत हुन्छन् की हुदैनन? राज्यको ध्यान कहाँ छ?
नेपाली समुदायको एउटा दोहोरो चरीत्रकोमान्यता छ। यसलाई म अाँशीक खतरनाक सम्झन्छु। हुन त यो पुँजीवादी सामाजको उपज हो फेरि पनी यो जन उपकारी मान्यताको होइन। हाम्रो मुलुकमा पढेलेखेका युवा युरोप उडेर दाम कमाउन सकेन भने तीनलाई नीकम्मा बनाइन्छ। बीषयगत काम पाइने कुरा त छाडौ। लौ त, भनीकन एउटामास्टर पढेकोमानुवा उसको जीवनमा उडान भर्छ।
अनी राष्टबादी समाज अाफ्नो पोयाँ फुकाउछ- "पढेकोमान्छे पनी भाँडामाझ्न बाहीर जाने हो"? खुबी भएकोमान्छे पनी बगैचामा पाइन्छ हाल्न जाने हो? मुलुकमै बसेर केही गरे भैहाल्छ नी। म फेरी पनी जान्दिनँ यो केहि गर्ने भनेको के हो? राजनैतिक गर्न भनेको? ठेक्का पट्टा गर्ने भनेको? म्यानपावर खोलेर बस्ने भनेको?
समुदायको मान्यतामात्र खतरनाक छैन। हाम्रा नेता र राज्यको नेतृत्वमा रहेका अादर्शबादीहरूको चीन्तन ज्यादै खतरनाक छ। यस्लाई सामान्यमान्न सकिदैन। तिनले मुलुकको विकास गर्न सक्दैनन्। युवालाई रोजगार दीन सक्दैनन्। कदम कदाचीत सके भने तिनलाई भारत, चीन र अमेरिकाको दबाब खेप्नै नसकेर काम ज्वरो नै अाँउछ। तिनको टाउको सानो छ। तिनको दील, मस्तिष्कमा र मुटु छैन।
तीनका दुई कान छन। अावाज सुन्ने वाला कान छैनन। तीनका दुई अाँखा पनी छन्। सडकमा भौतारीएका बेसुर युवा देख्ने अाँखा छैनन्। मुख छन खानको लाग्छ, जन हीतमा बोल्न होइन। मुलुक हीतमा अावाज उठाउन होइन। तिनका खुट्टाहरूमा फलामको साङ्ला बाँधीएका छन। तिनका पाइला चाल्न सक्दिन। तिनका कान भीत्र कानेगुजीको बीशाल पहाड छ l
भुपी शेरचनले भनेका थिए- 'हामी फगत क्यारीमबोर्ड का गोटी हौ।' हामी अाफु खुसी जुट्न जान्दैनौ, कसैले जुटाइदीन पर्छ। यती सम्म की हामीले अाफु खुसी फुट्न पनी जान्दैनौ कसैले फुटाइ दीनु पर्छ। क्यारीमबोर्डको गोटी झै मेरो मुलुक सार्वभौम कसरि भयो? के हामीले सधै भरी अन्धकारमा नै चम्कनु?
मलाई मन पर्ने एउटी स्वदेश गीत छ। यो गीत कस्ले र कुन परीबेशमालेखेका हुन थाहा छैन। गीतमा कस्ता अावाज भरीएको थियो त्यो पनि थाहा छैन। तर गीत खुब मन पर्छ- 'यो नेपाली शीर उचाली संसारमा लम्कीन्छ,जुनकीरी झै ज्योति बाली अन्धकारमा चम्कीन्छ।' हो हामी शीर उचालेर संसारमा चम्कीएका छौ। धन्य पास्पोर्ट शीर भएको भए।
हाम्रो माननीय सभासद रातो पासपोर्ट बेचेर संसारमा चम्किलो देखीन्छन्। नीलो पासपोर्ट धारी पनी संसारभरका जुठेल्नामा चम्कीन्छन। फुलवारीमा चम्कीन्छन। खजुर उमार्दा चम्कीन्छन। भाँडा बर्तनलाई चम्किलो बनाउदा चम्कन्छन। अनी हामी नचम्केको चम्कन्छ? हामी नलम्केको लम्कन्छ? भएन त नयाँ नेपालको चमत्कार?
तर पनि मलाई मुलुकको मााया किन यति सारो? म कस्तोमान्छे यार? म हिमाल लाइ भन्छु- 'हरेक बिहान यसैगरी तिम्रो हँसिलो 'शुभ प्रभात'ले बिउताओस। त्यही खुशीले हर दिन उज्यालो होस। त्यसैले मेरो इज्जतको ख्याल राखनु-तिमि हिमाल पनि। बर्षौ देखि अध्यारो
मा टुकी बालेर जीवन गित कसले लेख्यो लेखेन मलाई मतलब छैन। म कस्तोमान्छे यार?
संसारको उच्च हिमालको काखमा मेरो होचो हैसियत लाइ कैद गर्नुको पिडा उ कुन मदिरा ब्राण्ड संग पिउछ होला? म अाफै गम खान्छु।आमालाई रोगी बनाएर अचेल 'म' रोजगार गर्छु l रीत्तो चुलो संग तातो पानीमाग्ने मेरी आमा र, मेरो 'शीर' भएर बग्ने तातो हावामानौ,थोत्रो झुपडीमा एक्ली बुढी आमालाई भीत्ताको आफ्नै छाया हेर्न लगाएर
म समुन्द्र किनारमा उभिने गर्छु। अनि, खिच्दछु एक कपी तस्बिर-छाँया जस्तै। मेरी आमा, फेरी सोच्दी हुन भीत्ता र समुन्द्रमा कुनै अन्तर छैन । तस्बिर र छायामा पनि कुनै त्यस्तो फरक छैन। म कस्तोमान्छे यार?मलाई तेल घसेका मेरी आमाको हातमा डाले घासका काँडा बिझे पछि मेरी आमा सोच्दी हुन छोरा र काडमा कुनै त्यस्तो अन्तर छैन l म कस्तोमान्छे यार?
ओ आमा ! ओ मेरो प्राण भन्दा प्यारो देश ! मेरो अनुमान र तीतो यथार्थमा हिजोको कठ्याङग्रिने जाडोमा न्यानो प्रदान गर्ने सुर्य आज ‘त्यै’ सुर्य रहेन। आज एक फरक सुर्य अनुभुति गर्दैछु। कतिन्जेल बोलु म? रातो चन्द्र र सुर्य जब हामि जंगी छैनौ भनेर l अब त जंगी हुन् जरुरी छ l
म यतिखेर भुपी शेरचनको कबिता पढी रहेको छु-
जहाँ जतिसुकै व्यभिचारीको पनि
इज्जतको ‘वास एन वियर क्रिज’कहिल्यै बिग्रिन्न,
जहाँ जतिसुकै पाप गरेको वेश्याको पनि
अनुहारको तेरेलिनको छाला कहिल्यै खुम्चिन्न,
जहाँ कृषि-मेलामा
दोब्बर उब्जनी हुने बीउको प्रदर्शनी गरिन्छ
र जहाँ खडेरी र अनिकालका समचारले भरिन्छ,
जहाँ बागमती र बिष्णुमतीका साटोमा
अब बियर र व्हिस्की बग्दछन।