माघ आठमा संविधान आए हामी जनता कहाँ जाने ?
माघ आठमा संविधान नआए तिमि नेता कहाँ जाने ?
सिङ्गै एउटा नेपाललाई प्रदेश मान्दाको सामर्थ्य देखिसकियो,
अब यसका पनि टुक्राको सामर्थ्य कहाँ खोज्ने?
सिङ्गै नेपालको पहिचान जोगाउन त यो धौ धौ छ,
अब जोगाउने पहिचान के रोज्ने?
पहिचान सहितको संविधान आए पहिचान नहुने कहाँ जाने?
पहिचान बिनाको संविधान आए पहिचान हुने कहाँ जाने?
संघियता सहितको संविधान आए हामी को को कहाँ जाने?
संघियता बिनाको संविधान आए तिमि को को कहाँ जाने?
सामर्थ्य देखिए पहिचान खोइ? पहिचान भेटे सामर्थ्य खोइ?
भविष्य देखिए इतिहास खोइ? इतिहास भेटे भविष्य खोइ?
संविधान दिनेहरु यिनैहुन् भने लिनेहरु खोइ?
संविधान लिनेहरु यिनैहुन भने दिनेहरु खोइ?
माघ आठमा संविधान आए हामि जनता कहाँ जाने ?
माघ आठमा संविधान नआए तिमि नेता कहाँ जाने ?