बाढी पहिरो लेराउने र मान्छे लाने यी खोला
यिनै भए पुगी हाल्छ, चाहिन्न हाम्लाई इबोला !
इबोला, इबोला, ओली, दाहाल कोइराला !
लेदो जम्ने किरा डुब्ने पाइन्छन् कोका यी कोला
यिनै भए पुगीहाल्छ, चाहिन्न हाम्लाई इबोला !
इबोला, इबोला, ओली, दाहाल कोइराला !
देशै डस्न झुम्मिएका सभासद्का यी गोला
यिनै भए पुगी हाल्छ, चाहिन्न हाम्लाई इबोला !
इबोला, इबोला, ओली, दाहाल कोइराला !
इबोलाले लिएको छ नेतारूपी यी चोला
यिनै भए पुगी हाल्छ, चाहिन्न हाम्लाई इबोला !
इबोला, इबोला, ओली, दाहाल कोइराला !
देशै लुटी भरिएका नेताजीका यी झोला
यिनै भए पुगी हाल्छ, चाहिन्न हाम्लाई इबोला !
इबोला, इबोला, ओली, दाहाल कोइराला !