सधैंझैं यो पटक पनि
मेरालागि दशैं उस्तै-उस्तै रह्यो
खोला बग्यो, रगत बग्यो
(जिन्दगीको) अर्थ बयो
चेतनामा फेरी एकपल्ट मार हान्दै
दशैं आयो, अनि गयो
खै के भयो?
तर कलियुगमा पनि कुन्नि कुन 'मान्छे'को
आँखा परेछ -- माइली बिकलाई अचम्मै भयो।
यो पटकको दशैं
उनका लागि सानो एउटा कुखुरा बनेर आयो
दश पोका वाईवाई
पाँच माना चिउरा बनेर आयो
छोराछोरीलाई नयाँ नाना बनेर आयो
कहिले नदेखेको क्षण
कहिले नभोगेको क्षण
अलिकति मानवता पोखिंदा
माइली बिकलाई दशैं,
पारि डाँडामा फुल्ने गुराँस भएर आयो
ओसिलो घरमा पारिलो घाम भएर आयो।
विवेकमाथि बञ्चरो हान्दै
मलाई त दशैं आयो अनि गयो
माइली बिकलाई चाहिं यो दशैं,
कहिले नविर्सिने उपहार भएर आयो।
(रवीन्द्र मिश्रको फेसबुकबाट)