पार्टीका तीन शीर्षनेतालाई आन्दोलनको कमाण्डर तोक्दै एमाओवादीले आन्दोलनका लागि तयारी गरेको छ। प्रचण्ड निवासमा बिहान बसेको बैठकले पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले पश्चिम र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले पूर्वी कमाण्डको नेतृत्व गर्ने सहमति भएको छ। सहमति अनुसार अध्यक्ष प्रचण्डले मध्य कमाण्डको नेतृत्व गर्ने भएका छन्।
पार्टी कार्यालय पेरिसडाँडामा आज बस्ने बैठकमा प्रचण्डले नेताहरुको कार्यविभाजनको प्रस्ताव पेश गर्ने भएका छन्।
सहमतिका आधारमा संविधान जारी गर्नुपर्ने माग गर्दै एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले फागुन १६ गतेसम्म पहिलो चरणको आन्दोलन घोषणा गरिसकेको छ।