भियतनामको दक्षिणी सहर हो चि मिन्हमा बुधबार भएको एक सैनिक विमान दुर्घटनामा परी चार जनाको मृत्यु भएको स्थानीय अनलाइन समाचार समितिले जनाएको छ।
भियतनाम पिपुल्स आर्मीका अनुसार सो विमानमा रहेका चारैजनाको मृत्यु भएको हो ।
हो चि मिन्ह सहरको तान सोन न्हाट विमानस्थलबाट स्थानीय समयाअनुसार बुधबार बिहान ७ बजे उडेको सो विमानमा आठ मिनेटपछि सम्पर्क हुन नसकेको बताइएको छ।