गढीमाई मेला समितिका पदाधिकारीहरुमाथि भारतमा मुद्दा दर्ता भएको छ। भारतीय सुप्रिमकोर्टका अवज्ञा गर्नुको साथै भारतीय कानुन ताडेको भन्दै गडिमाई मेला समितीका १० पदाधिकारीमाथि मुद्दा दर्ता भएको हो।
भारतीय जीवजन्तु कल्याण वोर्डका सदस्य एवम पिपुल फर एनिमलका सदस्य गौरी मलेखीले भारतको रक्सौलमा आएर मेला समितिका पदाधिकारीहरुले बलीको पक्षमा भारतीयलाई भड्काएको भन्दै रक्सौल थानामा मुद्दा दर्ता गराएकी हुन्।
मलेखीले मंसिर ७ गते गढिमाई मेला समितिका अध्यक्ष रामचन्द्र साह ,महासचिव मोतीलाल कुशवाहा, कैलास महतो ,राजन्द्र साह ,पूर्व समासद शिवचन्द्र कुशवाहा त्रिपुरारी साह,विश्वचन्द साहउ अरविन्द गुप्ता,वीरेन्द्र कुशवाहा लगायत १० जना माथि मुद्दा दर्ता गराएकी छन्।
गढीमाई मेलामा भारतबाट अवैध रुपमा रागा लगेर बली दिने गरिएको भन्दै भारतको सुप्रिमकोर्टमा दिएको मुद्दामा कोर्टले १४ अक्टुवरको दिन मेलामा राँगा ल्याउन रोक लगाउने गरी फैसला गरेको थियो। सोही फैसलाको कार्यावन्यनको लागि दुई हप्तादेखि बारा तथा पर्साका सिमाहरुमा भारतबाट भाकलको लागि आइरहेको राँगाहरुलाई पक्राउ गराउने कार्यमा लेखट्ठ सक्रिय रहेकी छिन्।
मुद्दाको बारेमा आफूहरुलाई केही थाहा नभएको र आफूहरु रक्सौलमा गएर कुनै भारतीय मास्ने कार्य नगरेको त्यस मेला समितीका पदाधिकारीहरुले बताएका छन्।