माल्दिभ्सका राष्ट्रपति अव्दुल्ला यमीन अव्दुल गयुमलाई श्रीलंकाका राष्ट्रपति महेन्दा राजापाक्षेले श्रीलंकासम्म लिफ्ट दिने भएका छन्। राष्ट्रपतिद्वय राजापाक्ष र गयुम आजै राति सवा नौ वजे श्रीलंकन विशेष विमानबाट सँगै उड्दै छन्। राजापाक्षलाई लिनका लागि श्रीलंकन विशेष विमान अबको केही बेरमा काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आईपुग्दै छ।
समाचार स्रोतका अनुसार आफनो देशको विशेष विमान नभएका कारण माल्दिभ्सका राष्ट्रपति गयुम कतार एयरवेजको नियमित उडानबाटै भए पनि बिहीबार राति नै दोहाहुँदै स्वदेश फर्कन लागेका थिए। समाचार स्रोतका अनुसार उनी जतिसक्दो चाडो स्वदेश फर्कन हतार गरिरहेका छन्।
सेतोपाटीलाई प्राप्त जानकारी अनुसार काठमाडौं आएदेखि नै राष्ट्रपति गयुमले अत्यन्तै जरुरीको काम भएकाले जसरी पनि बिहीबार साँझ फर्कनै पर्ने बताइरहेका थिए। गयुमको आग्रह अनुसार बिहीबार (आज) साँझ राष्ट्रपति डा. रामबरण यादवले आयोजना रात्री भोज समेत एक घण्टा अगाडि सारिएको छ।
काभ्रेको धुलिखेलस्थित द्वारिकाज रिसोर्टमा दिउँसो सम्पन्न रिट्रिटमा श्रीलकन राष्ट्रपति राजापाक्षले माल्दिभ्सका राष्ट्रपति गयुमलाई लिफ्ट दिने निधो भएको हो।