फाइल फोटो सौजन्यः पिजे क्लब
सार्क राष्ट्रका प्रथम महिलाहरु भक्तपुरको भ्रमण गरी फर्केका छन्।
सार्क राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरु धुलिखेल रिट्रीटमा गएकै समयमा प्रथम महिलाहरुले बिहिबार बिहान नेपालको प्राचिन सहर भक्तपुरको भ्रमणमा गएर फर्केका छन्।
सबै सदस्य राष्ट्रका प्रमथ महिलाका लागि कार्यक्रम तय गरिएको भएपनि अरु देशका प्रथम महिला सार्क सम्मेलनमा नआएपछि माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यमिन अब्दुल गयुम र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफकी श्रीमती आएपछि उनीहरुलाई भक्तपुर घुमाउन लगिएको थियो।
कांग्रेस नेतृ सुजाता कोइरालालाई नेपालको प्रथम महिला चयन गर्दै सार्क राष्ट्रका प्रथम महिलाको भ्रमण गराउने जिम्मा दिइएको थियो।
सरकारले तय गरेको कार्यक्रम अनुसार सार्क प्रथम महिला बिहान १० बजे भक्तपुर दरबार स्क्वाएर र त्यहाको कला संग्राहलयको भ्रमण गरेका थिए। परराष्ट्र मन्त्रालयकी सहसचिव अम्बिकादेवी लुइलेटको संलग्नतामा बंगलादेश तथा श्रीलंकाका विदेशमन्त्रीका पत्निहरुसमेत रहेको टोलीको स्वागतका लागि भक्तपुर च्याम्बरअफ कमर्र्स तथा इन्डष्ट्रिले आयोजना गरेको हस्तकला प्रदर्शनीकेा अबलोकन समेत गरेका थिए।
उनीहरुले तौमदी मन्दीर तथा स्थानीय पसलहरुमा घुमफिर गरी केही हस्तकलाका सामाग्रीहरु समेत किनेका थिए। त्यस लगत्तै ११ः३० बजेदेखि अपरान्ह १२ बजेसम्ममा न्यातपोलो क्याफेमा चिया कफि र भक्तपुरको जुजु धौ दहि खाएर फर्किएका छन्।