तस्विरःपिएमओ इन्डिया ट्विटर
एकीकृत नेकपा माओवादीले संख्याको आधारमा नभइ सहमतिको आधारमा संविधान बनाउनुपर्ने भन्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिले उत्साहित बनाएको प्रतिक्रिया दिएको छ।
मंगलबार राजधानीस्थित होटल सोल्टीमा मोदीलाई भेटेर फर्केपछि एमाओवादी महासचिव कृष्णबहादुर महराले आफूहरू मोदीको भनाइबाट उत्साहित भएको बताए।
'संख्याको आधारमा नभइ सहमतिबाटै संविधान बनाउन भारतीय प्रधानमन्त्री मोदीको जोडले हामीलाई उत्साहित बनाएको छ,'महराले भेटपछि भने, 'हामीले सहमतिमै संविधान बनाउनुपर्छ त्यो भन्दा बाहिरबाट हुँदैन भन्दै आएका थियौ आज उहाँले त्यही कुरामा जोड गर्नभयो।' होटल सोल्टीमा मोदीलाई भेट्न अध्यक्ष प्रचण्ड,नेता बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव महरा र टोपबहादुर रायामाझी पुगेका थिए। मोदीले सो विषय ट्रमा सेन्टर हस्तान्तरण कार्यक्रममा बोलेका थिए।
हेर्नुहोस् समाचारमा
यसअघि सत्तारूढ दल नेपाली काग्रेस र एमालेका शीर्ष नेताले मोदीलाई भेटेका थिए। भेटमा मोदीले समयमै संविधान बनाउन तथा प्रतिपक्षलाई पिन सहमतिमा ल्याएर अघि बढ्न आग्रह गरेका थिए। मोदीले मंगलबार साँझै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्द तराई मधेस केन्द्रीत ६ दलका शीर्ष नेतालाई पनि भेट दिएका थिए।
नेपालका राजनीतिक दलहरूसँग शिष्टाचार भेट गर्ने मोदी एकमात्र सार्कका पाहुना हुन्।