प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सबै मन्त्रालयका सचिवलाई सीसीटीभीबाट निगरानी गर्ने तयारी गरेकोमा सचिवहरू असन्तुष्ट बनेको खबर आजको अन्नपूर्णपोष्टमा छ ।
मन्त्रालयका सचिवहरु र प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा कार्यकक्ष रहेका मुख्य सचिवबीच सीसीटीभी प्रणाली मार्फत सम्पर्क कायम गर्न आवश्यक तयारी अगाडि बढाइएको छ ।
मन्त्रिपरिषद कार्यालयले जेठ १ गते सीसीटीभीप्रणली खरिद गर्न टेन्डर आव्हन समेत गसिरसकेको छ । सचिवहरूको कार्यकक्षमा सीसीटीभी उपकरण जडान गर्ने र यसको अनुगमन मूख्यसचिवले गर्ने तयारी प्रति असन्तुष्ट सचिवहरुले सामूहिक रुपमा कुराउठाउने तयारी गरेका छन् ।