नेपाली सेनाले आफ्नो संस्थाबाट अनिवार्य अवकास पाउन लागेका अधिकृतलाई अन्य सुरक्षा निकायमा जिम्मेबारी दिन प्रश्ताव गरेको आजको अन्नपूर्ण दैनिकमा खबर छ । केन्द्रिय सुरक्षा सममितिको शुक्रबार अपराह्न बसेको बैठकमा सेनाको तर्फबाट युद्धकार्य महानिर्देशक उपरथि पवनबहादुर पाण्डेले उक्त प्रश्ताव राखेका हुन् । मन्त्रिपरिषदका वैठकले केही दिनअघि नेपालप्रहरीमा ट हजार दरबन्दी थप्ने निर्णय गरेको सन्दर्भमा उपरथि पाण्डेले यस्तो प्रस्ताव अघि सारेका हुन् ।