विषेश अदालतले जनक शिक्षा सामाग्री केन्द्रका अघिल्ला प्रबन्धसञ्चालक रामचन्द्र सिलवाललाई भ्रष्टाचारी ठहर गरेको छ ।
अदालतका अध्यक्ष केदाप्रसाद चालीसे तथा सदस्यद्वय भूपेन्द्रप्रसाद राई र मोहनरमण भट्टराईको इजलासले केन्द्रको रकम हिनामीनामा दोषी देखाउदै १ लाख रुपैयाँ जरिमाना र डेढ वर्ष कैद सजाय सुनाएको आजको कारोबारमा खबर छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालसहित उनकै कार्यालयका अरु सात कर्मचारीविरुद्ध मंसिर २७ गते विशेषमा १ करोड ३४ लाख रुपैयाँ विगोसहित मुद्दा लहालेको थिायो । मुद्दाबारे अन्तिम फैसला गर्दै विशेषले अन्य सातजनालाई सफाइ दिएको छ । केन्द्रमा भएको अनियमितता अन्य आरोपीतको संलग्नता पुष्टि हुन नसकेको र सिलवाल तात्कालीन प्रमुख भएकाले सरकार र संस्थालाई पुग्न गएको नोक्सानी उनिसँगै भराउन उपयुक्त देखिएको अदालतको ठहर छ ।
सिलवालको कार्यकालमा जनकशिक्षा १६ करोड ९० लाख रुपैयाँ घाटामा गएको थियो । संस्था डुवाउने प्रबन्धकमध्ये विशेष अदालतबाट भ्रष्टाचारी ठहर उनि पहिलो हुन् ।