नेपाली बजारमा सुनको मूल्य फेरी ओरालो लाग्न थालेको छ । हिजो तोलामा ५१ हजार २ सयमा कारोबार भएको सुन आज एकैदिन १२ सय रुपैयाँ घटेर ५० हजार रुपैयामा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा छापावाला सुनको मूल्य ५० हजार तथा तेजाबी सुनको मूल्य ४९ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको बताएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट आएपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको हो । बिहीबार चाँदीको मूल्य पनि तोलामा २६ रुपैयाँ घटेर तोलाको ८ सय ५४ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।