साउदी अरब सरकारले उस्को कानून अनुसार गैह्र कानुनी रुपमा बसेका सबै आप्रवासी कामदारलाई स्वदेश फिर्तिको लागि आममाफी (एम्नेष्टी) खुला गरेको छ । साउदीका श्रम मन्त्री अदेल फकेईले सरकारले आममाफी घोणषा गर्दैछ भनेको साढे २ महिनापछि बल्ल सोमवारदेखि खुला गरेको हो ।
सरकारले मे १० देखि ३ जुलाई - वैशाख ३०-असार १९ गते) सम्म १ महिना २० दिनको सीमा तोकी आममाफी घोषणा गरेको साउदीको राजधानी रियादस्थित नेपाली दुतावासले जनाएको छ । गैरकानुनी रुपमा बसेका कामदार स्वदेश फर्किन सक्ने वा त्यही नै काम गर्न बैधानिक हुन सक्ने आममाफीले व्यवस्था गरेको आजको पत्रपत्रिकामा खबर छ ।