भारतले आन्तरिक सुरक्षा कारण देखाउदै नेपाली नागरिकलाई जोगबनी नाकाबाट रेलमार्ग हुँदै आफ्नो देश प्रदेशमा कडाइ गरेको खबर आजको अन्नपूर्णमा छापिएको छ ।
अब अत्यावस्यक कामको लागि भारत जाने नेपालीले पासपोर्टको प्रमाणित प्रतिलिपि पेस गरेपछिमात्र रेलको टिकट पाउँनेछन् ।
भारतीय पक्षले करिब ६ महिनायता रेलको टिकटमा कडाइ गरेको हो । केन्द्रिय बैक अफ इन्डियाको जोगबनीस्थित शाखा मार्फत नेपालीले गर्दै आएको कारोबारमा पनि कडाइ गरिएको छ । यसअघि नेपालीले नागरिकताको प्रमाणपत्र देखाएर रेलकको टिकट पाँउथे बैकिंङ कारोबारका लागि पनि नागरिकता पेस गरे हुन्थ्यो। नेपालीका खाता पनि रोक्का गर्ने काम भइरहेको उक्त बैकले जनाएको छ । बैकमा नयाँ खाता खोल्नुपरे पासपोर्टको प्रतिलिपि पेस गर्नुपर्ने नियम बनाइएको छ ।
'उच्च तहबाटै आएको निर्देशन हो' जोगबनीस्थित रेल स्टेशनका प्रबन्धक जीवनलाल मेहताले भने, 'नेपाली नागरिकलाई तत्काल टिकट चाहिए एमआरपी पेस गरेपछि पाइन्छ । नागरिकता देखाएर टिकट पाउँन १० देखि २० दिन कुनुपर्छ ।' मेहताका अनुसार पछिल्ला समयमा नेपालीको भारत आवत जावतमा कमि आएको छ । यसअघि भारतले नेपालीमाथि यस्तो कडाइ गरेको थिएन ।